पूर्वगृहमन्त्री सुदन गुरुङबारेको छानबिन प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त छानबिन प्रतिवेदनलाई औपचारिक रूपमा स्वीकार गर्ने निर्णय गरेको हो।

यसअघि गृहमन्त्री पदमा बहाल रहँदा विभिन्न विवादमा परेपछि चौतर्फी दबाबका बीच गुरुङले आफ्नो पदबाट राजीनामा दिएका थिए । 

उनीमाथि लागेका आरोप र विवादका विषयमा सत्यतथ्य पत्ता लगाउन सरकारले एक विशेष छानबिन समिति गठन गरेको थियो ।

समितिले आफ्नो अध्ययन र छानबिन पूरा गरी प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएसँगै आजको मन्त्रिपरिषद् बैठकले त्यसलाई ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

Share News