काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
प्राप्त मत परिणाम अनुसार डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी २ हजार ६०७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
त्यसैगरी, सोविता गौतमले २ हजार ५९४ मत, शिशिर खनालले २ हजार ४९५ मत र सागर ढकालले २ हजार ३३३ मत ल्याएर विजयी भएका छन् ।
निर्वाचनबाट निशा डाँगीले २ हजार ०८९ मत, तोसिमा कार्कीले २ हजार २५७ मत, रञ्जु दर्शनाले २ हजार २४९ मत, मनिष झाले २ हजार २३७ मत र हरि ढकालले २ हजार २१९ मत प्राप्त गर्दै केन्द्रीय समितिमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
यस्तै, कविन्द्र बुर्लाकोटीले २ हजार १८४ मत, विपिन आचार्यले २ हजार १२६ मत, रमेश प्रसाईंले २ हजार १२३ मत, बिराजभक्त श्रेष्ठले २ हजार ०९४ मत र इन्दीरा रानामगरले २ हजार ०४७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
अन्य विजयी उम्मेदवारहरूमा गणेश पराजुली (२ हजार ०४५ मत), जगदिश खरेल–ललितपुर (२ हजार ०४४ मत), पुकार बम (२ हजार ०३० मत), प्रमोद न्यौपाने (१ हजार ८९२ मत), यज्ञमणी न्यौपाने (१ हजार ८६९ मत), सस्मित पोखरेल (१ हजार ८३३ मत), राजुनाथ पाण्डे (१ हजार ८१२ मत), रिमा विश्वकर्मा (१ हजार ८१० मत), असीम साह (१ हजार ७२८ मत), खगेन्द्र सुनार (१ हजार ७०८ मत) र राजीव खत्री (१ हजार ७०१ मत) रेहका छन् ।
यसैगरी, समिक्षा बास्कोटाले १ हजार ६९९ मत, गणेश कार्कीले १ हजार ६९३ मत, जगदिश खरेल–दोलखाले १ हजार ५१३ मत, लिमा अधिकारीले १ हजार ५०४ मत, टिका संग्रौलाले १,४९० मत, शंकर श्रेष्ठले १ हजार ४८४ मत, आशिका तामाङले १ हजार ४३० मत र सुदीप ढकालले १ हजार ४२९ मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।
क्रान्तिशीखा धितालले १ हजार ४७९ मत, अनुष्का श्रेष्ठले १ हजार ३५३ मत, रोहन कार्कीले १ हजार ०२२ मत, अरनिको पाण्डेले ९१२ मत, धनञ्जय रेग्मीले ८९० मत र रामजी यादवले ८६९ मत प्राप्त गर्दै रास्वपाको खुला केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् ।