काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ७ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । विभिन्न ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको कुल १ लाख ७२ हजार ६३४ कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् ।
लघुवित्त संस्थाका अनुसार बिनोदकुमार अग्रवालले ४४ हजार ६२३ कित्ता, कोपिला राईले १ लाख कित्ता, बासु खड्काले ५ हजार ३६० कित्ता, कुमार भट्टराईले ४४७ कित्ता, कुमारी शान्ता आचार्यले ९ हजार ३४८ कित्ता, भुवनसिंह तामाङले ८ हजार कित्ता र लक्ष्मी भण्डारीले ४ हजार ८५६ कित्ता संस्थाप सेयर बिक्रीमा राखेका हुन् ।
लघुवित्तको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय भित्र आवेदन नआए सर्वसाधारण लगानीकर्ताहरुका लागि उक्त सेयर बिक्रीमा गरिने लघुवित्तले जनाएको छ ।