काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ ।
बैंकका अनुसार घर कर्जा योजनाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ । उक्त सुविधा देशभरका ३०० शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।
यस योजनामार्फत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै अधिकतम ७ वर्ष अवधिको सवारी साधन कर्जा योजना पनि सार्वजनिक गरेको छ । यस योजनामा सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।
कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसले ग्राहकलाई आकर्षक ब्याजदरमा सहज रूपमा सवारी साधन खरिद गर्ने अवसर प्रदान गर्ने बैंकको भनाइ छ ।
प्रभु बैंकले ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया तथा गुणस्तरीय सेवा उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको जनाएको छ । बैंकका सबै शाखामार्फत यी कर्जा योजना प्राप्त गर्न सकिनेछ ।
घर तथा सवारी कर्जा योजनाबारे थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखा, बैंकको वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।