काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिका–देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ ।
विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।
हाल १९१ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा आयोजित कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा तथा प्रधानाध्यापक दीपक शर्मालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकले विद्यालयलाई झोला, कपी, पेन्सिल, पेनलगायत शैक्षिक सामग्रीका साथै फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सटपुट बल र जेभलिन थ्रोलगायत खेलकुद सामग्री उपलब्ध गराएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै खेलकुद गतिविधिलाई थप सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।