काठमाडौँ । ग्लोकलद्वारा प्रस्तुत र इम्बार्क कलेजले सञ्चालन गरेको एनसेल १२वेल्थ पास : द ग्लिचको पहिलो ब्याच सम्पन्न भएको छ । पहिलो ब्याच सिकाई रचनात्मकता, नवप्रवर्तन, र व्यक्तिगत विकासका तीन रूपान्तरणकारी दिनहरूपछि सफलतापूर्वक सम्पन्न भएको आयोजनकले जनाएको छ ।
यस बुटक्याम्पमा भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका ५० जना विद्यार्थीहरूलाई एकसाथ ल्याइएको थियो । जसले उनीहरूलाई वयस्क जीवन र व्यावसायिक यात्रामा प्रवेश गर्न मद्दत गर्ने उद्देश्यले गेमिफाइड (खेलमा आधारित) तरिकाबाट भविष्यका लागि आवश्यक सीप र व्यावहारिक अनुभवहरू प्रदान गरेको थियो ।
तीन दिने बुटक्याम्पलाई एक इमर्सिभ उडान योजनाको रूपमा डिजाइन गरिएको आयोजकको भनाई छ । आयोजकका अनुसार यसले सहभागीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई), व्यक्तिगत ब्रान्डिङ, सामग्री लेखन/सिर्जना, वित्तीय साक्षरता, सञ्चार, र करियर विकासमा आवश्यक क्षमताहरू प्रदान गरेको छ ।
पहिलो दिन चेक–इन र आइडेन्टिटी एभटार क्रिएसन कार्यक्रमको सुरुवात भएको थियो । जसमा सहभागीहरूले आफ्नो डिजिटल यात्राको सुरुवात स्वरूप आधिकारिक एनसेल सिम कार्ड र हाई–स्पीड डेटा प्याकहरू प्राप्त गरे । एआई नीति अनुसन्धानकर्ता तथा प्रशिक्षक चन्दन गुप्ताको नेतृत्वमा, सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, प्रम्प्ट इञ्जिनियरिङ, र डिजिटल पहिचान निर्माणको अन्वेषण गरे ।
नवीनतम एआई उपकरणहरूमार्फत, सहभागीहरूले आफ्नै एन्टी वायो विकास गरेर आफ्नो भविष्यको प्रतिनिधित्व गर्ने व्यावसायिक डिजिटल एभटारहरू सिर्जना गरे। पहिलो दिनको समापन प्रोफाइल शोकेससँगै भएको थियो, जहाँ सहभागीहरूले आफ्नो प्लेयर प्रोफाइलहरू प्रस्तुत गरे ।
दोस्रो दिन नीरज न्यौपानेको सहजीकरणमा डिजाइन थिङ्किङ, कन्टेन्ट क्रिएसन, र भिजुअल ब्रान्डिङमा केन्द्रित रहेको आयोजनकले जनाएको छ । आयोजका अनुसार सहभागीहरूले ‘एनसेल कनेक्टिभिटी च्यालेन्ज’ मा भाग लिएका थिए जहाँ टोलीहरूले क्यापकट र एआई–सहायता प्राप्त रचनात्मक उपकरणहरू प्रयोग गरेर सामग्रीहरू तयार गरे ।
सहभागीहरूले आफ्ना सिर्जनाहरू सामाजिक सञ्जालमा प्रदर्शन र प्रकाशित गरेका थिए । अन्तिम दिन सहभागीहरुले वित्तीय साक्षरता, बजेटिङ, पब्लिक स्पिकिङ (सार्वजनिक भाषण), र करियर योजनामा केन्द्रित थियो । ओजस्वी श्रेष्ठ र ग्लोकल टोलीको सहजीकरणमा सहभागीहरूले ‘द काठमाडौँ सर्भाइभर एण्ड प्लान ट्रिप टु बाली’ नामक एक अन्तरक्रियात्मक रोल–प्लेइङ चुनौतीमा भाग लिए ।
यसका साथै, सहभागीहरूले एनसेल एपमार्फत सुरागहरू पत्ता लगाउँदै ट्रेजर हन्ट (खजाना खोजी) खेल पनि खेलेका थिए ।
अन्तिम दिन करियर मार्गदर्शन सत्र र ग्लोकल टिन हिरो साउथ एसिया २०२६ को परिचय पनि गराइएको आयोजकले जनाएको छ ।