काठमाडौं । संघीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ ।
संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार नेपाल-भारत संसदीयमैत्री समूह , नेपाल-अमेरिका संसदीयमैत्री समूह, नेपाल अष्ट्रेलिय संसदीयमैत्री समूहलगायत समूह गठन गरिएको हो ।