स्वतन्त्र चालक फाउन्डेसनका सदस्यले आइजीआई प्रुडेन्सियलबाट बीमा सुविधा पाउने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार स्वतन्त्र चालक फाउन्डेसनसँग आबद्ध सदस्यहरूले आइजीआई प्रुडेन्सियलमार्फत दुर्घटना तथा स्वास्थ्य बीमासम्बन्धी सेवा, क्यासलेस उपचार सुविधा तथा दाबी प्रक्रियामा सहज र छिटो सेवा प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाले दुर्घटनापछि आवश्यक समन्वय, क्यासलेस उपचार सेवा उपलब्ध गराउने, बीमा दाबी प्रक्रियालाई सरल बनाउने तथा छिटो भुक्तानी सुनिश्चित गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्झौतापछि आइजीआई प्रुडेन्सियलका बागमती प्रदेश प्रमुख भण्डारीले फाउन्डेसनका सदस्यलाई कम्पनीका विभिन्न बीमा सेवाबाट लाभ लिन आग्रह गरे । उनले गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

यस्तै, स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाँलले आइजीआई प्रुडेन्सियलबाट छिटो र प्रभावकारी बीमा सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै फाउन्डेसनका सदस्यलाई क्रमशः कम्पनीका बीमा योजनामा आबद्ध गराउँदै लैजाने बताए ।

Share News