काठमाडाै । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले एक बर्समा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले बैंकहरूले ऋणीलाई चिट्ठी काट्नुपर्ने बाध्यता रहेको बताएका छन् । ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा उनले सो बताएका हुन् ।
प्रोभिजनको व्यवस्था पुनरावलोकन गर्न जरुरी रहेको उनले उल्लेख गरेका छन् । अध्यक्ष कोइरालाले बैंकहरू नाफामुखी भए भनेर नकारात्मक भास्य सृजना गरिएको बताए । उनका अनुुसार अहिले समग्रमा बैंकहरुले ७ प्रतिशतको रिटर्न मात्रै दिएका छन् । अन्य क्षेत्रलाई पनि पारदर्शी बनाए भने समग्र क्षेत्र तुलना गर्न सकिने उनको भनाई छ ।
बैंकहरु नाफा कमाउन नै खोलिएका संस्था भएको उल्लेख गर्दै अध्यक्ष कोइरालाले सो आधार प्रतिफल हुन नसकेको बताए । कोइरालाले अबको मौद्रिक नीतिमा आधार दर गणनामा परिमार्जन गर्न जरुरी औंल्याएका छन् ।
उनले बैंकहरुको रिडेम्सनमा भएको रिजर्भलाई बोनसको रुपमा भएपनि वितरण गर्न पाउनुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । साथै शाखा व्यवस्थापन, केन्द्रकृत केवाईसी लगायत विसय मौद्रिक नीतिमा समेट्न आवश्यक औल्याएका छन् ।