काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ ।
बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौंमा आयोजित एक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले बैंकका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए ।
बैंकले यो सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय प्रतिवेदन मापदण्डको पालना गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।
माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ ।