काठमाडाैं । नेपाली ब्रो भनेर चिनिने कुमार थापामगरले आफ्नो श्रीमतिको हत्या आफैले गरेको स्वीकार गरेका छन् । उनीविरुद्द दर्ता भएको अभियोगपत्रमा उनले श्रीमति ईश्वरी भुजेलको घाँटी रेटी हत्या गरेको बयान दिएका हुन् । उनले प्रतिवादी प्रतिक्षा आचार्यसँग पनि प्रेम रहेको बयान दिएका छन् ।
सरकारी वकिलको कार्यालयले उनीसहित चार जनालाई प्रतिवादी बनाएको छ । सरकारी वकिलको कार्यालयले नेपाली ब्रोको प्रेमिका प्रतीक्षा आचार्यलाई कुमारसँग मिलेर ईश्वरीको हत्या गरी विवाह गर्ने योजना बुनेको आरोपमा मुदद चलाइएको छ भने उनकै भाई विक्रम थापा मगरलाई दाजुलाई हत्याका लागि उक्साएको र आर्थिक प्रलोभन देखाएको आरोपमा मुदद चलाइएको छ ।
यस्तै, कुमारका साथी एवं धनेश्वर अटोमोबाइल्सका सञ्चालक पूजन थापामाथि पनि कुमारलाई लुक्न र बस्न सहयोग गरेको आरोपमा मुदद चलाइएको छ ।
यस्तो छ नेपाली ब्रो भन्ने कमार थापामगरको बयान
मेरो जन्म नुवाकोटमा भई बाल्यकालको शिक्षा दिक्षा गाउघर मै भई नुवाकोट स्थित घरमा बस्दै आई रहेकोमा करिब २०६१/६२ साल तिर नेपाली सेनाको अन्य दर्जामा भर्ती भएको थिए । ६ महिनाको आधारभुत तालिम सकि सकेपछि सिंहदरबार स्थित ब्याण्ड गुल्ममा बिगुल तालिम गर्ने बेलामा निज ईश्वरी भुजेलसँग चिनजान भएको थियो । सो समयमा निज ईश्वरी भुजेल सिपाही दर्जामा कार्यरत थिइन् । बिगुल तालिम मै हुँदा निज सँग माया प्रेम बसि मैले प्रेम विवाहह गरेको थिएँ । विवाह गरेको केही महिना पछी म तालिम सकि आफ्नो छाउनी स्थित रेन्जर गणमा गई सकेपछी साथी भाईहरुले मैले निज ईश्वरी भुजेल संग विवाह गर्नु पुर्व निज कसैसंग एक बर्ष लिभिङ टुगेदरमा बसेको भनि कुरा सुनाएँ । साथी भाईहरुले श्रीमती लिभिङ टुगेदरमा बसेको कुरा सुनाए पछी म तनावमा भएपछी ६ नं वाहिनी अड्डा बैरेनी धादिङमा सरुवा मिलाई गएको थिएँ । श्रीमती ईश्वरी भुजेल पहिले लिभिङ टुगेदरमा बसेको कुरा सुनेता पनि विवाह गरि सकेकाले सुनेका कुराहरुको भरमा त्यति धेरै चाँसो दिएनँ ।
करिब ६÷७ बर्ष जति जागिर खाई सकेपछी नेपाली सेनाको जागिर छाडी उपदान आएको रकम र अरु आफुसँग भएको पैसाले काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं ६ पैयुटारमा हाल घर रहेको घडेरी किनि निज श्रीमती ईश्वरी भुजेलको नाममा गरेको थिए। मेरो जेठो छोरा जेनिस थापाको जन्म भई सकेपछी करिब १०÷१२ बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न देशहरुमा गई आज भन्दा करिब ५ बर्ष पहिले नेपाल आएको थिए । त्यसपछी कान्छो छोरा ईभान थापाको जन्म भएको थियो । नेपाल आई सकेपछी रेसलिङ खेल खेल्नुका साथै सामाजिक संजाल टिकटकमा सक्रिय भई नेपाली ब्रो को नामले भाईरल भएको थिए। म टिकटक तथा सामाजिक संजालमा भाईरल भएपछी मेरा थुप्रै ायिियधभचक भए। भाईरल हुनुका साथै रेस्लिङ खेल खेल्न बिदेशमा समेत गएको थिए । सामाजिक संजालमा भाईरल भएपछी बिभिन्न मानिसहरु संग चिनजान तथा भेटघाट हुन थाल्यो । जस मध्य थुप्रै केटी साथीहरुसंग पनि भेटघाट, चिनजान भएपछी मैले भ्युज बढाउनका निमित्त बिभिन्न केटीहरु संग बिभिन्न प्रकारका भिडियोहरु अपलोड गर्ने गरेको थिए । मैले केटीहरु संगका बिभिन्न किसिमका भिडियोहरु सामाजिक संजालमा अपलोड गरेपछी श्रीमती ईश्वरी भुजेललाई मन परेन र निजले अनेक शंका उपशंका गर्न थालेपछी हामीहरु विच मनमुटाव, वाद विवाद एवम् पारिवारिक कलह सुरुभएको थियो ।
पारिवारिक कलह भएता पनि पुनःमेलमिलाप गरी संगै बस्दै आई रहेका थियौ ं। श्रीमती ईश्वरी भुजेलले सेनाको नोकरी तथा शान्ति सेनामा गई केही रकम कमाउनुका साथै मैले समेत सामाजिक संजाल मार्फत एवम् बिज्ञापन गरी रुपैया पैसा कमाई पैयुटारमा घर बनाई संगै बस्दै आई रहेका थियौं। केही समय पछी मैले पनि निज श्रीमती ईश्वरी भुजेलको पनि कसै संग गलत सम्बन्ध रहेको भन्ने सुने । त्यसपछी म पनि निज श्रीमतीलाई शंका उपशंका गर्न थालेपछी हामीहरु बिच झनै मनमुटाव भई रहेको अबस्थामा करिब दुई बर्ष पहिले यसै मुद्धामा थुनामा रहेकी प्रतिवादी प्रतिक्षा आचार्यसंग सामाजिक संजाल टिकटक मार्फत चिनजान भई फोन नम्बर समेत आदान प्रदान भई कुराकानी एब भेटघाट समेत हुन थाल्यो । त्यसपछी निज प्रतिक्षा आचार्यलाई मैले मेरो रेस्लिङ खेलको लागी ईभेन्ट म्यानेजरको रुपमा नियुक्त गरि ईभेन्ट चलाउदै आई रहेकोमा निज प्रतिक्षा आचार्य संग हिमचिम बढेपछी माया प्रेम बस्यो ।
हामीहरु एक अर्कालाई माया गर्न थाल्यौं । विभिन्न ठाउँमा घुमघामगर्नुका साथै शारिरीक सम्बन्ध समेत राख्ने गरेका थियौं। सामाजिक संजालमा भिडियोहरु पोष्ट गर्ने क्रममा निज प्रतिक्षा आचार्य र मेरो भिडियोमा मेरो डक्टर गल फ्रेण्ड भनि पोष्ट गरेपछी २०८२ सालको जेठ÷अषाढ तिर श्रीमती ईश्वरी भुजेलले थाहा पाई प्रहरी बृत्त बालाजुमा उजुरी गरी हामीहरु दुबै पक्ष बसि अब उप्रान्त यस्तो गल्ति नदोर्याउने भनि मिलापत्र गरेका थियौं ।
म र प्रतिवादी प्रतिक्षा आचार्य बिच माया प्रेम बसेकाले हामीहरु पुनभेटघाट कुराकानी गर्न थालेपछी सो कुरा श्रीमती ईश्वरी भुजेलले थाहा पाई आज भन्दा करिब दुई ढाई महिना पहिले श्रीमती, छोरा, मेरो घरमा काम गर्ने केटी र निजहरुले एक जना अर्को मानिस मिलि मलाई कोठा मै कुटपिट गरेका थिए। कुटपिट गरी सकेपछी मैले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकोमा प्रहरी परिसर काठमाडौंमा हामी दुबै पक्षलाई झिकाई छलफल गरी अब उप्रान्त मैले र प्रतिक्षा आचार्यले भेटघाट नगर्ने, कुनै सम्बन्ध नराख्ने भनि कागज गरी मिलापत्र गरेका थियौं, साथै घरको भुई तलाको फ्ल्याटमा म बस्ने र माथिल्लो फ्ल्याटमा निज श्रीमती ईश्वरी भुजेल र बच्चाहरु बस्ने सल्लाह भई सोही बमोजिम बस्दै आई रहेका थियौं तर हामीहरु बिच बोलचाल नै बन्द भएको थियो । सो समय सम्म प्रतिवादी प्रतिक्षा आचार्य र म बिच प्रेम सम्बन्ध रहेको कुरा सर्वत्र हल्ला खल्ला भई सकेपछी पनि हामीहरु पुन भेटघाट तथा कुराकानी गर्न थाल्यौं। करिब १ बर्ष पहिले होला म र प्रतिवादी प्रतिक्षा आचार्य घुमघाम तथा बस्न भनि जिल्ला नुवाकोट स्थित मेरो घरमा गएका थियौं । सो समयमा मेरी आमा बिन्दा कुमारी थापा बिरामी भई काठमाडौं स्थित बहिनी रोजिना थापाको घरमा बस्नु हुन्थ्यो ।
घरमा बुबा जित बहादुर थापा मात्रै हुनु हुन्थ्यो । दुई दिन घर नुवाकोटमा बसि सकेपछी बुबाले गाली गरेपछी हामीहरु फर्किएर पुन काठमाडौं आएका थियौं। मैले निज प्रतिवादी प्रतिक्षा आचार्यलाई नुवाकोट घरमा लिई गएको कुरा थाहा पाएको केही दिन पछी २०८२ साल साउन महिना तिर मेरी श्रीमती ईश्वरी भुजेलले प्रहरी बृत्त बालाजुमा मेरो नाममा बैवाहिक करणी सम्बन्धि कसुर मुद्धा दिई म अनुसन्धानको क्रममा पक्राउ परी प्रस्तुत जबरजस्ति करणी मुद्धामा सम्मानित जिल्ला अदालत काठमाडौंमा दायर भई रु ५० हजार धरौटीमा छुटी हाल मुद्धा विचाराधिन अबस्थामा छ । निज श्रीमती ईश्वरी भुजेलले मेरो नाममा वैवाहिक करणी मुद्धा दायर भई सकेपछी हामीहरु सम्बन्ध झनै चिसिएको थियो र मैले प्राय घरमा नै जाने छाडी दिएको थिएँ ।
यसरी मुद्धा अदालतमा बिचाराधिन अबस्थामा रहेकोमा मैले निज श्रीमती ईश्वरी भुजेललाई अदालतमा बकपत्र तथा पेशीमा जयकतष्भि भई देउ, मुद्धा मिलाउ, अब मिलौ भनि पटक पटक भन्दै आई रहेको थिएँ । निजले नमानी पुन काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्धा दायर गरिन । मैले बालबच्चाहरु भएका कारण सम्बन्ध बिच्छेद गर्न मञ्जुरी छैन भनि प्रतिउत्तर फर्काई हाल उक्त सम्बन्ध बिच्छेद मुद्धा समेत सम्मानित काठमाडौं जिल्ला अदालतमा बिचाराधिन अबस्थामा छ । यसरी श्रीमती ईश्वरी भुजेलले मुद्धा दिई बिचाराधिन भई रहेको अबस्थामा निजले मुद्धा फिर्ता लिई मिलापत्र होस भन्ने मेरो मनसाय भइ रहेकोमा करिब १ महिना देखि प्रतिवादी प्रतिक्षा आचार्यले पनि भेटघाट गरेकी थिइनन् तर हामीहरु फोनमा कुराकानी भई रहन्थ्यो ।
मैले निज प्रतिवादी प्रतिक्षा आचार्यले पनि अब सम्बन्ध नराख्ने, भेटघाट नराख्ने जस्तो आसयले टेलिफोन गर्ने गरेकी थिइन । यसै क्रममा मिति २०८३ साल जेष्ठ महिनाको २२ गतेका दिन श्रीमती ईश्वरी भुजेलले सम्मानित अदालतमा दायर गरेको वैवाहिक करणी तथा सम्बन्ध बिच्छेद लगाउ मुद्धामा पेशी तोकिएको थियो। मुद्धा मिलापत्रका लागी भेटि कुराकानी गर्न भनि सो दिन बिहान अं ९ः०० बजे तिर निज श्रीमती ईश्वरी भुजेल कार्यरत सैनिक ब्याण्ड गुल्म नारायणहिटीको गेटमा गएको थिए । गेटमा गई गेटमा रहेको डियुटी मार्फत निज श्रीमती ईश्वरी भुजेललाई बोलाउन लगाउदा गेटको डियुटीमा खटिएको सिपाहीले भित्रै जानुहोस भनि भनेकोमा मैले गाडीमा हाल बरामद हुन आएको चक्कु बोकेकाले गाडी लिई सैनिक गुल्म भित्र पसेन। टेलिफोन गरौं भने निज श्रीमतीले टेलिफोनमा कुरा गर्न छाडेकी थिइन् ।
त्यसपछि म फर्किएर बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा गएँ । म अदालतमा पुगी करिब १२ बजे सम्म कुरी बसेकोमा निज श्रीमती ईश्वरी भुजेल अदालतमा आईनन । त्यसपछी मैले जिल्ला काठमाडौं स्थित बालाजुमा धनेश्वर अटोमोबाइल्स प्रा.लि नामक रिकण्डिसन हाउस संचालन गरी बस्ने प्रतिवादी साथी पुजन थापा क्षेत्रीलाई फोन गरी निजको रिकण्डिसन हाउसमा गए। केही बेर गफगाफ गरी बस्यौं । मलाई किर्तिपुरमा खेलकुद कार्यक्रममा अतिथीको रुपमा बोलाएकाले म र प्रतिवादी साथी पुजन थापा क्षेत्री किर्तिपुर गई कार्यक्रममा सहभागी भई बेलुकी अं ४ बजे तिर पुन निजको बालाजु स्थित रिकण्डिसन हाउसमा आयौं । मेरो चिनजानको साथी सुमन थापा पनि त्याहा आएका रहेछन। निज सुमन थापाले खाजा खान जाउ भनि भनेपछी मेरो कार मैले चलाई, प्रतिवादी पुजन थापा क्षेत्री र सुमन थापा सवार भई मुड्खु तर्फ गई हाल मलाई नाम एकिन नभएको खाजा घरमा गई खाजा खाई पुन प्रतिवादी पुजन थापाको रिकण्डिसन हाउसमा आई कफि खाई म जिम जान्छु भनि बेलुकी अं ७ः३० बजे तिर निस्किएको हुँ ।
जिम जान्छु भनि निस्किएता पनि समय हेर्दा ढिलो भई सकेकाले जिममा के जानु भनि सिधै पैयुटार स्थित घरमा गएको थिए। केही बेर घरमा बसि काम गर्ने केटीलाई ईश्वरी मेम खै भनि सोध्दा निजले केही बोलिनन । पछी कान्छो छोरा ईभान थापालाई केही बेर खेलाउछु, डुलाउछु लिएर आउ भन्दा निजले ढोका बन्द गरि दिईन । छोरा लाई भेट्न दिईनन । निज काम गर्ने केटी संग केही बेर वाद विवाद हुँदै गर्दा निज काम गर्ने केटी सुहाना तामाङले पुन रेप केशमा पर्लास नि भनि मलाई भनेपछी मलाई साहै रिस उठी रहेको थियो। म घरमा गएको कुरा जेठो छोरा जेनिश थापाको पाई सोही समयमा मलाई फोन गरी तँ तुरुन्त घर छाड, आमाको घर हो, त त्यो घरमा किन आएको ? भनि नराम्रो बोलेपछी मलाई झनै रिस उठिरहेको थियो। म तनाबमा आई घरबाट सिधै पार्किङ गरी राखेको ठाउबाट मेरो कार निकाली रिसको सुरमा ठमेल तर्फ आउछु भनि मेरोे किया कम्पनिको हरियो कार चलाई आउने क्रममा पैयुटार–बस्नेतटार सडक खण्ड हुँदै आउने क्रममा पैयुटारको उकालोमा पुगेको बेलामा गाडीको स्पिड कम तथा लाईट डिम भयो ।
म घरमा काम गर्ने केटि र छोराले बोलेको कुराले रिसमा हुनुका साथै अदालतमा पेशीको दिनमा श्रीमती ईश्वरी भुजेल नआएकाले तनावमा गाडी चलाई गई रहेको थिएँ । बिपरीत दिशाबाट मेरी श्रीमती ईश्वरी थापा स्कुटर चलाई आउँदै गरेकी रहिछन् । निज श्रीमती ईश्वरी भुजेल ड्युटी सकेर घर आउन लागेको कुराथाहा पाएँ । निजले मैले चलाएको कारदेखि हाल मलाई नामथर थाहा हुन आएको राजु भट्टराई भन्ने मानिसको घर तर्फ अर्थात घटनास्थल तिर जाने बाटो तर्फ स्कुटर मोडिन । मैले पनि निज श्रीमतीले चलाएको स्कुटर मार्फत निजलाई चिनी हालें । म गाडीबाट झरी गाडीमा मैले सधैं गाडीमा बोक्ने बटनवाला धारिलो चक्कु निकाली गोजीमा राखि निज श्रीमती ईश्वरी भुजेललाई पिछा गर्दै गएँ । सो बाटोको अन्तिम तिर घर भएकाले बाटोत्यहाँसम्म मात्रै रहेछ ।
निज श्रीमती ईश्वरी भुजेलले स्कुटर रोकी घरको वाल तर्फ गएकोमा मैले पछाडी गोजीबाट चक्कु निकाली हातमा चक्कु समाई समात्न खोज्दा निज श्रीमती ईश्वरी भुजेलले प्रतिकार गर्न खोजिन् । त्यसपछि मैले निजलाई पछाडीबाट समाई हातले अंगालो मारे जस्तो गरी नियन्त्रणमा लिई मैले साथमा बोकेको धारिलो चक्कुले निज श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी सोही स्थानमा मरिन भनि छाडी त्यहाबाट हिड्दै गाडी भएको ठाउ तर्फ आई वारदातमा प्रयोग गरेको चक्कु गाडी रोकेको ठाउ नजिकै बाटो छेउमा फाली, आफ्नो कार चलाई बालाजु तर्फ आएको हुँ ।
गाडीलाई बालाजु चमाती स्थित सडक छेउमा छाडी प्रहरी कार्यालय तर्फ आउने क्रममा पक्राउ परेको हुँ। अनुसन्धानको क्रममा मैले वारदातमा प्रयोग गरेको चक्कु मेरो रोहवरमा चक्कु समेत बरामद भएको हो । श्रीमती ईश्वरी भुजेलको चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानुन बमोजिम सहन भोग्न मञ्जुरी छु । प्रस्तुत वारदातमा अन्य प्रतिवादीहरु कोही कसैको संलग्नता छैन । प्रतिवादी पुजन थापा क्षेत्रीको बालाजु स्थित रिकण्डिसन हाउसमा म र प्रतिवादी प्रतिक्षा आचार्य गइ रहने र मैले निजको रिकण्डिसनमा रहेका गाडीहरुको भिडियो बनाई टिकटकमा हाल्ने गरेको थिएँ र प्रतिवादी पुजन थापा क्षेत्री, बिक्रम थापामगर मेरो र प्रतिक्षा आचार्यको सम्बन्ध बारेमा थाहा जानकारी भएका मानिस हुन् । प्रतिवादी बिक्रम थापामगर मेरो सहोदर भाई हुन । निज प्रतिवादीहरुको प्रस्तुत वारदातमा संलग्नता छैन । मिसिल संलग्न सिसि टिभी फुटेजमा देखिएको कारबाट झरी पैदल हिडि स्कुटरमा सवार महिलाको पछी पछी जाने र फर्कि आई गाडी चढी गोजीबाट केही चिज निकाली फालेको जस्तो देखिने मानिस म हुँ । स्कुटरमा सवार महिला मेरी श्रीमती ईश्वरी भुजेल हुन् । सो फुटेज वारदात समयको फुटेज हो । मैले श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गर्ने बेलाको र चक्कु प्रहार गरी सकेपछि चक्कु फाली आफ्नो कारमा चढी आउने बेलाको सिसि टिभी फुटेजहरु हुन् ।
जाहेरवालला अम्बिका भुजेलले निवेदन साथ पेश गरेका भिडियो र फोटोहरु देखाँउदा थाहा पाएँ । उल्लेखित भिडियोहरु विभिन्न सामाजिक संजालमा दिएका अन्तरवार्ताहरु हुन् । मृतक श्रीमती ईश्वरी भुजेलले सम्मानित काठमाडौं जिल्ला अदालतमा हाम्रो घरजग्गा आफुले कमाएर बनाएको भनि दावी गरी सम्बन्ध बिच्छेद मुद्दा दायर गरेकाले र निजले मेरो नाममा बैबाहिक करणी मुद्धा दायर गरेकाले अक्रोशमा आई बोलेको हुँ । मिसिल संलग्न डिस्कोमा नाचेको भिडियो करिब १ बर्ष अगाडि म प्रतिवादी प्रतिक्षा आचार्य, बिक्रम थापामगर र एक जना विदेशी केटी डिस्कोमा गई नाचेको भिडियो । डिस्कोको नाम हाल एकिन भएन । अर्को नेपाली ब्रोको गलफ्रेण्ड भनि पोष्ट गरेको भिडियोमा भएकी महिला प्रतिक्षा आचार्य हुन् । सो भिडियो प्रतिवादी पुजन थापाक्षेत्रीको धनेश्वर अटो मोबाइल्समा बनाएको भिडियो हो ।
गाडी कुनै ग्राहकको हुनुपर्छ । अर्को भिडियो पोखरामा रेसलिङ खेल्न जाँदा बसेको होटलको भिडियो हो । सो समयमा प्रतिवादी प्रतिक्षा आचार्य पनि पोखरा सँगै गएकी थिइन् । मिसिल संलग्न सुट भनेको मैले मेरो सम्पत्ति खान खोज्ने जो कोहीलाई पनी सुट गरी दिन्छु भनि भनेको हुँ । फोटोहरु श्रीमती ईश्वरी भुजेलका फोटोहरु हुन् । झै–झगडा हुदाँ चोट पटक लागेको हुन सक्छ ।