कर्णाली गाडी दुर्घटना : एकजनाको शव फेला, अन्यको खोजी कार्य जारी

तस्विर : सामाजिक सञ्जाल

सुर्खेत । कर्णाली नदीमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एक जनाको शव फेला परेको छ । अन्य बाँकीको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

आज विहान सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा दुर्घटना भएको थियो । कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी खसेको जानकारी दिए । सूचना अधिकारी पचभैयाका अनुसार गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको थियो । 

अहिले घटना स्थलमा सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली परिचालन गरिएको छ ।

https://www.bikashnews.com/story/571474/


 

Share News