एमालेका पूर्वसांसद कोइरी गौशालाबाट पक्राउ

काठमाडौं । थमन विक हत्या प्रकरणमा दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

प्रहरीले उनलाई महोत्तरीको गौशाला क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

यसअघि जिल्ला अदालत महोत्तरीले कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो ।

तर उच्च अदालत जनकपुरको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसला आएको केही समयमै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई कानुनी प्रक्रियाअनुसार सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिने प्रहरीले जनाएको छ ।

Share News