दुई वर्षअघि ३० लाख तिरेर रिहा भएका पूर्वगृहमन्त्री खाँण दोषी ठहर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले मतियार ठहर गरेको छ । 

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाउँदै खाणलाई संगठित अपराध र ठगी मुद्दामा मतियारको रूपमा दोषी ठहर गरेको हो । 

दुई वर्षअघि खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका थिए । 

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका थिए ।

Share News