काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.१३ अंकले घटेर २६०० बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३६७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ८.५ प्रतिशत नेपाल बैंक डिभेन्चरको ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै ८.५ प्रतिशत आरबीबीएलको ६९ करोड र ८.५ प्रतिशत सानिमा डिभेन्चरको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १०.६६ प्रतिशत र कुमारी इक्युटी फन्डको ९.०९ प्रतिशतले बढेको छ ।