कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् ।  

नेकपा (एमाले)को समर्थनमा आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।

नेता शाहीले आज दाबी पेस गरे पनि प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई बैठकको छलफलपछि बुधबार मात्रै नियुक्ति दिने प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए ।

शाहीले दाबी पेस गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईंको पनि उपस्थिति थियो । 

हाल कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सदस्यमध्ये १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र १० नेकपा एमालेका प्रदेशसभा सदस्य छन् । 

Share News