काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त भएका छन् ।
भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा रहेका वेंकट वंसीधर कुंचाको स्थानमा चान्दनालाई मनोनयन गरिएको हो ।
भारतीय स्टेट बैंकले चान्दनालाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको बैंकले जनाएको छ ।
यसैअनुसार बैंकको सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले चान्दनालाई सञ्चालकमा नियुक्त गरेको हो ।
सोही बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा समेत चयन गरेको बैंकले जनाएको छ ।
यसअघि बैंकको सञ्चालक समितिमा भारतीय स्टेट बैंकका प्रतिनिधिका रूपमा वेंकट वंसीधर कुंचा रहेका थिए । अब उनको स्थानमा चान्दनाले जिम्मेवारी सम्हाल्ने भएका छन् ।