काठमाडौं । गरिमा विकास बैंक प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालित बन्दमुखी योजना गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने भएको छ ।
योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरेको छ ।
बैठकले योजनाका इकाइधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले योजनाको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण स्वीकृत गरेको हो ।