टेकुमा आइपुग्यो सर्पदंश र रेबिजविरुद्धको भ्याक्सिन

काठमाडौं । सर्पदंश र रेबिजको उपचारका लागि आवश्यक भ्याक्सिन तथा औषधि टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा पुगेको छ ।

स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन बिहीबार (आज) साँझ ५ बजे केन्द्रीय भ्याक्सिन स्टोरमा पुगेको हो ।

त्यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन समेत स्टोरमा आइपुगेको विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

Share News