प्रभु बैंकका ग्राहकलाई सासा ट्वा हस्पिटालिटीमा १५ प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले सासा ट्वा हस्पिटालिटी प्रालिका सेवामा छुट पाउने भएका छन् ।

प्रभु बैंक र सासा ट्वा हस्पिटालिटी प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन, कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा सासा ट्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक सुशान महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारी र वैध परिचयपत्र भएका ग्राहकले सासा ट्वा हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

छुट सुविधा लिन ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकको अन्य विद्युतीय प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ ।

प्रभु बैंकले देशभर रहेका ३०० भन्दा बढी शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

Share News