काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोलामा ५० रुपैयाँले बढी ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार एक तोला चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।