एलजीका एआई डीडी वासर–ड्रायर बजारमा

काठमाडौं । एलजीका एआई डीडी वासर–ड्रायर नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले एआई डीडी २.० वासर एन्ड ड्रायर बजारमा ल्याएको हो । 

जसमा एउटै मेसिनमा कपडा धुने र सुकाउने सुविधा छ । 

आफ्नो आवश्यकता अनुसार २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा किन्न सकिने कम्पनीले जनाएको छ । 

यसमा एआई डीडी २ प्रविधि, स्टिम एलर्जी केयर र स्टिम रिफ्रेस, एलजी थिंक, एजडिस्पेन्स, ६ मोसन डिरेक्ट ड्राइभ प्लस एआई वाश, टर्बोवास ३६० डिग्रीजस्ता विशेषता छन् । 

ग्राहकहरूले एलजीका आधिकारिक रिटेल नेटवर्कमार्फत यसलाई खरिद गर्न सक्ने जनाइएको छ । 

सीजी डिजिटल, एलजी ब्रान्डशप र अथोराइज्ड एलजी डिलर्समार्फत खरिद गर्न पाउने कम्पनीले उल्लेख गरेको छ । 

Share News