काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध लगाउने घोषणा गरिएको ५० प्रतिशत भन्सार शुल्कलाई तीन दिनका लागि स्थगन गरिएको जानकारी दिएका छन् ।
बुधबारदेखि कार्यान्वयनमा आउन लागेको उक्त भन्सार महशुल दुई मुलुकबीच भएको नयाँ सहमतिसँगै तत्कालका लागि रोकिएको हो ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत क्यानडा र अमेरिकाबीच एक सम्झौता भएको उल्लेख गर्दै आवश्यक कागजातहरूलाई अन्तिम रूप दिन बाँकी रहेकाले सो अवधिभरका लागि शुल्क स्थगन गरिएको बताए ।
यसअघि ट्रम्पले क्यानडाबाट आयात हुने सामग्रीहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए । उक्त निर्णय कार्यान्वयन हुनुभन्दा अगावै दुई देशबीचको वार्ता सकारात्मक बनेपछि यो कदम चालिएको हो ।