रास्वपाका पूर्व नगर सभापति न्यौपाने कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् । 

सभापति थापाले न्यौपानेलाई टीका र खादा लगाएर कांग्रेसमा प्रवेश गराएको पार्टीले जारी गरेको प्रेस नोटमा जनाइएको छ ।

रास्वपा परित्याग गर्दै लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाएकोमा न्यौपानेले खुसी व्यक्त गरे । न्यौपाने सर्लाहीको हरिवन नगरपालिकाका संस्थापक सभापति हुन् ।

मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापाको नेतृत्वमा पार्टी अघि बढिरहेकाले आफू कांग्रेसमा आबद्ध भएको बताए ।

Share News