नेपाली रुपैयाँसंग डलर कमजोर, फाइदा बेफाइदा दुबै

<p>काठमाडौं । पछिल्ला केही महिनायता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर हुदै गएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा तोकेको छ । एक महिनाको अवधिमा नेपाली रुपैयाँसंग डलर झण्डै २६ पैसाँ कमजोर भएको छ । गत साउनको दोस्रो साता १ डलर बराबर १०३ रुपैयाँ थियो । भारतीय [&hellip;]</p>

काठमाडौं । पछिल्ला केही महिनायता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर हुदै गएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा तोकेको छ । एक महिनाको अवधिमा नेपाली रुपैयाँसंग डलर झण्डै २६ पैसाँ कमजोर भएको छ । गत साउनको दोस्रो साता १ डलर बराबर १०३ रुपैयाँ थियो ।

भारतीय अर्थतन्त्र बलियो हुदै गएका कारण भारु रुपैयाँ मजवुत भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ ।

रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बुधबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि गत मंसिरमा १ डलर बराबर ७० भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ ।

गत आर्थिक वर्षमा १ डलर बराबर औसत १०६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ २१ पैसा थियो । सन् २०११/०१२ मा डलर औसत ८१ रुपैयाँ थियो । त्यसपछि डलर मजवुत हुदै १११ रुपैयाँसम्म पुगेको थियो ।

डलर कमजोर हुनुमा भारतीय र अमेरिकी अर्थतन्त्रबीचको सम्बन्ध रहेको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । विकास न्युजसंग कुरा गर्दे शर्माले भने “भारतीय अर्थतन्त्री मजवुत भएको कारण भारु बलियो हुन गई डलर कमजोर हुदा यसको असर नेपालमा परेको हो ।” डलर कमजोर हुदा फाइदा र वेफाइदा दुबै हुने उनको तर्क छ ।

डलर कमजोर हुदाका फाइदा

डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोत्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो ।

यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो ।

वेफाइदा

आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ ।

गत आवमा डलर कमजोर हुदा पेन्सन आप्रवाह घटेको थियो । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । जसले निकासी व्यापारलाई कमजोर बनाउछ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा कमी हुन्छ ।

 

Share News