माउन्ट कैलाश इनर्जीको २२ लाख ५० हजार कित्ता आईपीओ आउँदै

<p>काठमाडौं । माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजना सम्पन्न गरेर परीक्षण उत्पादन थालेको माउन्ट कैलाशले आउदो २ महिनाभित्र आईपीओ निश्कासन गर्न लागको हो । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १५ गरी कुल २५ प्रतिशत आईपीओ निश्कासन गर्नका लागि आन्तरिक तयारी गरिरहेको [&hellip;]</p>

काठमाडौं । माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजना सम्पन्न गरेर परीक्षण उत्पादन थालेको माउन्ट कैलाशले आउदो २ महिनाभित्र आईपीओ निश्कासन गर्न लागको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १५ गरी कुल २५ प्रतिशत आईपीओ निश्कासन गर्नका लागि आन्तरिक तयारी गरिरहेको कार्यकारी निर्देशक भरत खड्काले बताए ।

आयोजनाले असोज १ गतेदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थाल्ने र ढिलोमा २ महिनाभित्र आईपीओ निश्कासनका लागि प्रक्रिया अघि बढाईको उनको भनाई छ । कम्पनीले सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

हाल प्रस्ताव गरिएको भन्दा सेयर संख्यामा थपघट हुन सक्ने उनको भनाई छ । शेयर निश्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडसँग सम्झौता गरेको छ ।

धितोपत्र निश्कासन नियमावलीमा न्युनतम् १० प्रतिशत आईपीओ निश्कासन गरे हुने व्यवस्था भएपनि सर्वसाधारणको सहभागिता बढाउन थप १५ प्रतिशत सेयर निश्कासन गर्न लागेको उनले जानकारी दिए ।

२ अर्ब ५६ करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरे भन्दा १२ करोड रुपैयाँ लागत बढेको कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारणलाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो ।

चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको १ हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ ।

भूकम्प, नाकाबन्दी र बेसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको हो ।  थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिए।

 

Share News