दोस्रो बजारमा सेयर कारोबार गर्न प्यान अनिवार्य, २ अर्ब ८ करोड राजश्व संकलन

<p>काठमाडौं ।  आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्न लागेको हो । अनिवार्य प्यान नम्बर आगामी आव ०७५/०७६ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ [&hellip;]</p>

काठमाडौं ।  आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

अनिवार्य प्यान नम्बर आगामी आव ०७५/०७६ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ ।  गत आवमा सेयर कारोबारबाट मात्र २ अर्ब ८ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये पुँजीगत लाभकर १ अर्ब ४५ करोड, अग्रिम कर (टीडीएस) बाट ४६ करोड ६९ लाख र आय कर १६ करोड ३९ लाख रुपैयाँ संकलन भएको बोर्डले जानकारी दिएको छ ।

बढ्दो पुँजीबजारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट खाकामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षका नयाँ योजना तथा कार्यक्रम सार्वजनिक गर्दे नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने संकेत गरेको हो ।

यो वर्षदेखि कमोडिटी डेरिभेटिभ बजारलाई नियमावली बनाई दायरामा ल्याउने, नगरपालिका ऋणपत्र निश्कासन सम्बन्धि नयाँ व्यवस्था, ऋणपत्र, अग्राधिकार सेयर बजार विकासका लागि आवश्यक प्रोत्साहनमुलक नीतिका सम्बन्धमा अध्ययन गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

बोर्डले कम्पनी रजिष्टार कार्यालयको सहयोगमा धितोपत्र बजारमा लगानी गर्ने स्थापना भएकालाई नियमनको दायरामा ल्याउने भएको छ । धितोपत्र बजारमा गैरआवासिय नेपालीलाई लगानी खुलाउन आवश्यक कार्यविधि बनाउने योजना बोर्डको छ । गैरआवसिय नेपालीले धितोपत्र बजारमा लगानी गर्न पाउनुपर्ने माग गर्दे आएकोमा अब पुरा हुने देखिएको छ ।

इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्रीको व्यवस्थालाई कार्यान्वयनमा ल्याइने, दलाल व्यवसायिको कार्यक्षेत्र बढाउन मार्जिन ट्रेडिङ र धितोपत्र व्यापारी सेवा विस्तारका सम्बन्धमा अध्ययन गर्ने बोर्डले जानकारी दिएको छ ।

यसैगरी बोर्डले सुचिकृत संगठित संस्थाका लागि संस्थागत सुशासन निर्देशिका र सुपरीवेक्षण म्यायूअल बनाइ लागु गर्ने, भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डको अध्ययन गरी नियम बनाउने तयारी गरेको छ ।

सामुहिक लगानी कोषअन्तर्गत खुलामुखी योजना प्रवेश गराउने र बोर्डको ५१ प्रतिशतसम्म लगानी हुने गरी धितोपत्र प्रशिक्षण संस्था स्थापना गर्ने जस्ता योजना रहेका छन् ।

 

 

Share News