खारेजीमा रहेको हिमालय फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी, लिक्विडेटरले लगानीकर्तासंग माग्यो सुझाव

<p>काठमाडौं ।  खारेजीको प्रक्रियामा रहेको हिमालय फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन तयारी थालिएको छ ।  लिक्विडेटरको कार्यलयले खारेजीमा परेको कम्पनीलाई दामासाही सम्बन्धि ऐनअनुसार पुनरसंरचना गरेर पुनःसञ्चालनमा ल्याउन सकिने प्रावधान रहेको भन्दै लगानीकर्ता र निक्षेपकर्तासंग सुझाव मागेको छ । कार्यलयले १५ दिनभित्र सुझाव दिन भनेको छ । लिक्विडेटरको कार्यलयले बैंकिङ कसुर तथा सजायमा मुद्धा चलिरहेका संस्थापक [&hellip;]</p>

काठमाडौं ।  खारेजीको प्रक्रियामा रहेको हिमालय फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन तयारी थालिएको छ ।  लिक्विडेटरको कार्यलयले खारेजीमा परेको कम्पनीलाई दामासाही सम्बन्धि ऐनअनुसार पुनरसंरचना गरेर पुनःसञ्चालनमा ल्याउन सकिने प्रावधान रहेको भन्दै लगानीकर्ता र निक्षेपकर्तासंग सुझाव मागेको छ । कार्यलयले १५ दिनभित्र सुझाव दिन भनेको छ ।

लिक्विडेटरको कार्यलयले बैंकिङ कसुर तथा सजायमा मुद्धा चलिरहेका संस्थापक तथा साधारण सेयरधनी बाहेक पुनरसंरचनामा संलग्न हुनसक्ने कार्यलयले स्पष्टपारेको छ । पुनरसंरचनामा सहभागी हुने वा नहुने, गर्ने वा नगर्ने विषयमा प्रतिवद्धता १५ दिनभित्र उपलब्ध गराउन लिक्विडेटरको कार्यलयले अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक पनि पुनरसंरचना गरेर फाइनान्स सञ्चालन गर्न सकरात्मक भएपछि पुनःसञ्चालनको प्रक्रिया थालिएको लिक्विडेटरको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार राष्ट्र बैंकले फाइनान्स सञ्चालनका लागि वित्तीय योजना (क्यापिटल प्लान) मागेको छ ।

हाल निक्षेप रकम फिर्ता र अन्य गरी संस्थाको दाइत्व ५० करोड रुपैयाँ छ । फाइनान्सको तरल र स्थिर सम्पत्ति गरी कुल २५ करोड रुपैयाँ दाइत्व भुक्तान गर्न नसकिने अवस्था देखिएपछि निक्षेपकर्ताको निक्षेप रकम सेयरमा परिणत गर्न योजना ल्याइएको हो ।

निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न सकरात्मक भएको कार्यलयको भनाई छ । २५ करोड रुपैयाँ दाइत्वलाई सेयरमा परिणत गर्न सके फाइनान्स सञ्चालन गर्ने वातावरण बन्ने देखिएको लिक्विडेटरको ठहर छ ।

राष्ट्र बैंकले फाइनान्सको इजाजतपत्र (लाइसेन्स) बन्द गरेको अवस्थामा पुरानो फाइनान्सलाई पुनरसंरचना गर्दा सहज हुने ठहर कार्यलयको छ । फाइनान्स कम्पनी सञ्चालन गर्न अहिले ८० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ ।

वित्तीय संस्थाको अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरी खारेजीका लागि तत्कालिन पुनरावेदन हालको उच्च अदालतमा मुद्धा दायर गरेको थियो ।

उसको निवेदनको सुनुवाई गर्दे पुनरावेदन अदालत पाटनले ०७२ असोज २१ गते दामासाही ऐनअनुसार लिक्विडेटर नियुक्त गरी खारेज प्रक्रिया अघि बढाउन आदेश दिएपछि हाल कार्यलयले खारेजीको काम गरिरहेको छ ।

वित्तीय अवस्था नाजुक भएपछि राष्ट्र बैंकले सन् २०१२ मा जुलाइमा खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको थियो । कम्पनीको पुँजी पर्याप्तता अनुपात, खुद सम्पत्तिलगायत अन्य सुचक नियम भन्दा कमजोर भएपछि राष्ट्र बैंकले खारेजीको प्रक्रियामा लगेको हो ।

हिमालयको कुल सम्पत्ति १८ करोड रुपैयाँ रहेकोमा वित्तीय अवस्था खराब भएपछि दाइत्व बढेर ७३ करोड रुपैयाँ पुगेको थियो । फाइनान्सका पुर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ लगायत १६७ जनालाई बैंकिङ कसुर ऐन अनुसार ५३ करोड २२ लाख ९० हजार रुपैयाँ दावी माग गरिएको छ । सन. १९९४ मा स्थापना भएको फाइनान्सको चुक्तापुँजी १४ करोड रुपैयाँ छ ।

११ वित्तीय संस्था समस्याग्रस्त घोषणा भएकोमा अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् । यस्तै ९ मध्ये केही संस्था पनि नयाँ लगानीकर्ताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

हालसम्म नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स लिमिटेड, कुवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स लिमिटेड समस्याग्रस्त अवस्थामा रहेका छन् । ललितपुरले निक्षेप रकम फिर्ता लिन बोलाएको छ । ललितपुर पुनः सञ्चालनमा आउने तयारी रहेको बुझिएको छ ।

समस्याग्रस्त वित्तीय संस्थाको अझै ५ अर्ब ६७ करोड १६ लाख रुपैयाँ कर्जा असुली हुन बाँकी छ । यस्तै साढे २ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । तरलताको अवस्था ५४ करोड २९ लाख रुपैयाँ छ । यी वित्तीय संस्थाको खराब कर्जा ९७.५९ प्रतिशत छ । चुक्तापुँजी २ अर्ब १४ करोड ९६ लाख रुपैयाँ छ ।

 

Share News