दशैंमा पैसा पठाउँदै हुनुहुन्छ, यस्ता छन रेमिटेन्स कम्पनीका अफर

<p>काठमाडौं । दशैंमा विदेशबाट आफन्तलाई पैसा पठाउँदै हुनुहुन्छ ? त्यसो हो भने उपयुक्त रेमिटेन्स कम्पनी छान्नुस् जसले तपाईलाई राम्रो अफर दिईरहेको छन् । यो रेमिटेन्स अधिक मात्रामा नेपाल पठाउने समय हो । दशैं, तिहार तथा छठ लगायतका चाडबाडमा विदेशमा काम गर्ने नेपालीहरुले अनिवार्य रुपले घरमा पैसा पठाउँछन् । रेमिटेन्स कम्पनीहरुले अत्याधिक रेमिटेन्स भित्रिने यहि समयलाई [&hellip;]</p>

काठमाडौं । दशैंमा विदेशबाट आफन्तलाई पैसा पठाउँदै हुनुहुन्छ ? त्यसो हो भने उपयुक्त रेमिटेन्स कम्पनी छान्नुस् जसले तपाईलाई राम्रो अफर दिईरहेको छन् ।

यो रेमिटेन्स अधिक मात्रामा नेपाल पठाउने समय हो । दशैं, तिहार तथा छठ लगायतका चाडबाडमा विदेशमा काम गर्ने नेपालीहरुले अनिवार्य रुपले घरमा पैसा पठाउँछन् ।

रेमिटेन्स कम्पनीहरुले अत्याधिक रेमिटेन्स भित्रिने यहि समयलाई लक्षित गरेर उपभोक्ता आकर्षित गर्न बिभिन्न अफरहरु ल्याईरहेका छन् । यद्यपी कुनै पनि कम्पनीले सेवा शुल्क भने घटाईरहेका छैनन् । बिशेषतः आईएमई, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस, मनिग्रामले चाडबाड लक्षित आकर्षक योजना अघि सारेका छन् ।

तपाईँ पनि विदेशबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउँदै हुनुहुन्छ ? वा तपाईँका आफन्तले विदेशबाट तपाईलाई पैसा पठाउँदै हुनुहुन्छ ? यदि त्यस्तो हो भने रेमिटेन्स कम्पनीहरुले ल्याएका यी अफरहरु हेर्नुस अनि छान्नुस उपयुक्त रेमिटेन्स कम्पनी ।

आइएमई

आइएमईले यसपाली छक्का पञ्जा अफर ल्याएको छ । कम्पनीले छक्का पञ्जा २ चलचित्र प्रदर्शनमा आउनै लाग्दा आफ्ना ब्राण्ड एम्बेसडर दिपक राज गिरि र दिपाश्री निरौलालाई अघि सारेर त्यस्तो अफर ल्याएको हो । यो अफर अनुसार नेपालमा पैसा पठाउनेहरुले जिवन बीमा र नगद पुरस्कार समेत प्राप्त गर्न सक्नेछन् ।

आईएमईले हरेक ६ हप्तामा १० लाख नगद पुरस्कार बाढ्नेछ भने हरेक १५ औं दिनमा ६ लाख रुपैंयाँको जिवन बीमा गराउनेछ । त्यस्तै, हरेक ६० जनालाई एक सय रुपैंयाँको आइएमई पेको रिचार्ज उपलब्ध गराउनेछ । चाँडै गर्नुहोस, जीवन बीमादेखि नगद उपहारसम्मका यी अफरहरु तपाईकै भर्खाईमा छन् ।

प्रभु मनि ट्रान्सफर
प्रभु मनि ट्रान्सफरले प्रभुसँग दशैं, तिहार, छठको उमंग हर्षले सबै जना दंग अफर ल्याएको छ । यो अफर अनुसार हरेक हप्ता एक जनाई लक्की ड्रबाट एलइडी टिभी, एक जनालाई सेट टप बक्स तथा एक महिनाको रिचार्ज कार्ड दिनेछ ।

त्यस्तै, हरेक हप्ता २ जनाले स्मार्ट फोन पाउनेछन् । कम्पनीले बम्पर उपहारका रुपमा प्रभु हेलि कप्टरबाट पोखरा–मुक्तिनाथ–पोखरासम्मको यात्रा पनि गराउनेछ ।
६० प्रतिशत नेपालीका घरमा रेमिटेन्स भित्रिने गरेको सरकारी तथ्यांक छ । १०९ वटा मुलुकबाट रेमिटेन्स भित्रिने गरेको छ । मुलुकको कुल ग्रार्हस्थ उत्पादनको तुलनामा २६ प्रतिशत रेमिटेन्स भित्रिने गरेको देखिन्छ ।

सिटी एक्सप्रेस
सिटी एक्सप्रेस कम्पनीले उपभोक्तालाई लक्कि ड्र मार्फत ९० दिनसम्म उपहार दिने घोषणा गरेको छ । योजना अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पुर्ण सेवाग्राहीहरु सो योजनामा सहभागी हुन पाउनेछन् । यो अफर भदौ १८ गतेदेखी मंसिर १५ गतेसम्म लागु हुने अफरमा लक्कि ड्र मार्फत दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ उपहार पाइनेछ ।

साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एलजी रेफ्रिजेरेटर उपहार पाउनेछन् । अन्तिम विजेताले भने बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल कार जित्न सक्ने छन् ।

मनि ग्राम

मनिग्रामले दशैंमा कारोवारको दोब्बर रकम जित्न सक्ने स्कीम ल्याएको छ । दुई महिने विशेष कार्यक्रम देश भरी लागु हुने र यसले ग्राहकहरुले आफ्ना प्रियजनलाई दोब्बर रकम जिताउन सक्ने अवसर दिने जनाएको छ । दुई महिनामा १६ जना भाग्यशाली विजेतालाई पठाएको रकमको दोब्बर पैसा दिने जनाएको छ । यस्तो योजना सेप्टेम्बर १ तारिखदेखि अक्टोबर ३० तारिखसम्म लागु हुने मनि ग्राम कम्पनीले जनाएको छ ।

Share News