पाँच बर्षमा ७५३ वटै स्थानीय तहमा आधुनिक उर्जा, तपाईको घरमा हावाको बिजुली की पानीको ?

<p>काठमाडौं । आगामी पाँच बर्षभित्र ७५३ वटै स्थानीय तहमा आधुनिक उर्जाको पहुँच विस्तार गरिने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी पाँच बर्षभित्रै सबै स्थानीय तहमा आवश्यकता र सम्भावना अनुसारको आधुनिक उर्जाको पहुँच विस्तार गर्ने योजना बनाएको हो । ‘पाँच बर्षभित्र सबत्रै स्थानीय तहमा आधुनिक उर्जाको पहुँच विस्तार गरिसक्ने लक्ष्य अनुसारको योजना तयार भएको छ, [&hellip;]</p>

काठमाडौं । आगामी पाँच बर्षभित्र ७५३ वटै स्थानीय तहमा आधुनिक उर्जाको पहुँच विस्तार गरिने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी पाँच बर्षभित्रै सबै स्थानीय तहमा आवश्यकता र सम्भावना अनुसारको आधुनिक उर्जाको पहुँच विस्तार गर्ने योजना बनाएको हो ।

‘पाँच बर्षभित्र सबत्रै स्थानीय तहमा आधुनिक उर्जाको पहुँच विस्तार गरिसक्ने लक्ष्य अनुसारको योजना तयार भएको छ, जलविद्युत, हावाबाट बिजुली, सौर्य उर्जा वा बायोग्यासलाई आवश्यकता अनुसार विस्तार गरिनेछ’, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भने ।

आयोगले निवर्तमान सदस्य डा. अरविन्द कुमार मिश्रको नेतृत्वमा तयार भएको हो । स्थानीय तह अनुसार जलविद्युत, सौर्य उर्जा, बायोमास र हावाबाट निस्कने उर्जाको पहुँच विस्तार गरिने डा. वाग्लेले भने । ‘जलविद्युत सहज भएको ठाउँमा जलविद्युत, सौर्य उर्जा बायोमास र हावाबाट विजुली निकाल्ने ठाउँमा त्यसैलाई प्राथमिकता दिइनेछ, सम्भाव्यताका आधारमा पहुँच स्थापित गर्ने योजना छ’, वाग्लेले भने । ठाकुर नेतृत्वको टोलीले सो अध्ययन १७ हप्तामा सम्पन्न गरेको थियो ।

Share News