५२ मेगावाटको लिखु ४ आयोजना बनाउन ठेक्का सम्झौता, २०७७ असाेजदेखि बिजुली बल्ने

<p>काठमाडौं । निजी क्षेत्रले प्रवद्र्धन गरेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माणको ठेक्का नेपाली र भारतीय कम्पनीले पाएका छन् । प्रवद्र्धक ग्रिनभेन्चर्स प्राइभेट लिमिटेडले आयोजनाको विद्युतगृह र १ किलोमिटर लामो सुरुङको काम गर्न नेपालको साउथ एसियन इन्फास्टक्चर प्राइभेट लिमिटेड र भारतको एसएसएनआर प्रोजेक्टस प्राइभेट लिमिटेडले मुहान र साढे ३ किलोमिटर लामो सुरुङ खन्ने ठेक्का [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रले प्रवद्र्धन गरेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माणको ठेक्का नेपाली र भारतीय कम्पनीले पाएका छन् ।

प्रवद्र्धक ग्रिनभेन्चर्स प्राइभेट लिमिटेडले आयोजनाको विद्युतगृह र १ किलोमिटर लामो सुरुङको काम गर्न नेपालको साउथ एसियन इन्फास्टक्चर प्राइभेट लिमिटेड र भारतको एसएसएनआर प्रोजेक्टस प्राइभेट लिमिटेडले मुहान र साढे ३ किलोमिटर लामो सुरुङ खन्ने ठेक्का पाएका छन् ।

दुबै ठेकेदार कार्यस्थलमा परिचालन भइसकेको आयोजना प्रमुख बद्री रिजालले बताए । उनले इलेक्ट्रोमेकानिककाको ठेकेदार चयन गर्न बाँकी रहेको उनले जानकारी दिए । इटालीको सीएमसी डीरेभनाको वित्तीय अवस्था राम्रो नभएपछि ग्रिनभेन्चर्सले उसंगको ठेक्का सम्झौता तोडेर २ कम्पनी नियुक्त गरेको हो । साउथ एसियनले २२ मेगावाटको वाग्मति आयोजना निर्माण गरिरहेको उनले बताए ।

नेपालको बिशाल ग्रुप र त्रिवेणी ग्रुपको लगानी रहेको आयोजनाबाट आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न हुने छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन् ।

आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ छ । विशाल र त्रिवेणीले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । उनका अनुसार विशाल र त्रिवेणी ग्रुपले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ ।

आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।
आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।

Share News