२८ करोड ६० लाख ठगेर ८७ जना सहकारी संचालक फरार

<p>काठमाडौं । २८ करोड ६० लाख ठगि गरेर ८७ जना सहकारी सञ्चालक फरार भएका छन् । १२ जिल्लाका सहकारी सञ्चालकहरु आर्थिक अधिकारको दुरुपयोग गरी सम्पर्क बिहिन भएका हुन् । सहकारी विभागका कानून अधिकृत बालकृष्ण निरौंलाका अनुसार रकम हिनामिना गरी फरार रहेका व्यक्तिमाथी प्रहरीले निगरानी गरिहेकाे बताए । डिभिजन सहकारी कार्यालय काठमाडौंका सुचना अधिकृत आनन्द सारुले [&hellip;]</p>

काठमाडौं । २८ करोड ६० लाख ठगि गरेर ८७ जना सहकारी सञ्चालक फरार भएका छन् । १२ जिल्लाका सहकारी सञ्चालकहरु आर्थिक अधिकारको दुरुपयोग गरी सम्पर्क बिहिन भएका हुन् ।

सहकारी विभागका कानून अधिकृत बालकृष्ण निरौंलाका अनुसार रकम हिनामिना गरी फरार रहेका व्यक्तिमाथी प्रहरीले निगरानी गरिहेकाे बताए । डिभिजन सहकारी कार्यालय काठमाडौंका सुचना अधिकृत आनन्द सारुले काठमाडौंमा १९ जना सहकारी संचालक विरुद्ध प्रहरीमा उजुरी गरिसकेको जानकारी दिए ।

रकम ठगी गरी फरार हुनेहरुमा काठमाडौंमा १९ भक्तपुर र नुवाकोटमा १/१, कैलालीमा ६ बाँकेमा ५ धनुषामा ४, कञ्चनपरमा ४, रुपन्देहीमा ६, ललितपुरमा ६, कास्कीमा ४ र सर्लाहीमा ३ जना गरी ८७ जना सञ्चालक फरार रहेका छन् ।

रकम हिनामिना गर्नेहरुमध्ये सबैभन्दा धेरै काठमाडौंका सहकारी सञ्चालकहरुले ७ करोड ५६ लाख हिनामिना गरेका छन् । धादिङका सञ्चालकले २ करोड ५४ लाख, बाँकेकाले ७ करोड, धनुषाकाले ४ करोड ५० लाख, कञ्चनपुरले ९ लाख हिनामिना गरेका छन् । त्यसैगरी रुपन्देहीका ६ सञ्चालकले ४ करोड ६७ लाख, सर्लाहीका २ करोड ४ लाख हिनामिना गरेका छन् ।

यी व्यक्तिहरुलाई सहकारी विभागले कारबाहि गर्न सकेको छैन । यसले वित्तिय सुरक्षामाथी असर परेको महालेखा परिक्षकको कार्यलयले जनाएको छ ।

 

 

Share News