बजाज बाइक ग्राहकको अब हुनेछ पाकेट फुल, तपाईंको पाकेटमा कति अट्छ ?
काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालीले ‘बजाज पाकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । कम्पनीले दशैं-तिहारकोे अवसरमा ग्राहकहरुको पाकेट भर्नको लागि उक्त योजना ल्याएको हो । यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाइने छ । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले ६ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ, जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् । साप्ताहिक पाकेट फुल कार्यक्रममा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।
संघियता असफल भएमा सैन्य शासन आउँछ
काठमाडौं । संघीयताको मातमा नेपालको ब्युरोक्रेसी र एलिट निजामति सेवा निरन्तर ध्वस्त हुदैछ । निजामति सेवा क्षेत्रमा भिजनरी नेतृत्व देखिएन । सरकार भनेकै निजामति सेवा हो र यसको बेहाल हुनु भनेको कुशासनको महारोगमा फस्नु हो । आफू संघीय व्यवस्थाको हिमायति हुदाहुदै पनि म यसको नयॉ निजामति प्रणाली केवल विद्यमान संरचना भत्काउने तर नयॉ प्रभावकारी संरचना निर्माणमा बलिदान र योगदान नगर्नेहरूको हातमा पुग्छ कि भन्ने जुन डर थियो, त्यही देखिन थालेको भान हुदैछ । निजामति सेवाको वर्तमान जेजस्तो छ दह्रो फ्रेम २०१३ सालमा टंकप्रसादले बनाएका थिए, महेन्द्रले दह्रो पारेका थिए । बहुदल आएपछि यसको अंग पतन हुदै अब संघीय व्यवस्था दाहसंस्कार हुन लागेको अनुभूत भयो । कमजोर सरकार र कमजोर ब्योरोक्रेसीले आमन्त्रित गर्ने राज्य व्यवस्था सैनिक शासन हुने गरेको विश्व ईतिहास र वर्तमानले देखाएको छ । नेता कर्मचारीलाई दोष लगाउने, कर्मचारीले नेतालाई सराप्ने र जनता कर्मचारी र नेतालाई धारे हात लाउने अहिलेको अवस्था खतरनाक हो । निजामति सेवा जोगाऔं अनि मात्र मुलुकमा स्थीरता शान्ति र विकासका पूर्वाधार सही हुन पुग्नेछ । नत्र पिँध बिनाको लोटामा पानी अडिने छैन, पुर्पुरोमा हात राखेर धिक्कार्नुको के अर्थ होला ।
बालाजु क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्ने प्रयास जारी, १५ मेगावाट बिजुली कटौती
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजू सबस्टेसनको ट्रान्सफर्मको मर्मत गरिरहेको छ । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलानी भएको थियो । यसबाट बालाजु र महाराजगञ्जको बीचमा विद्युत आपूर्तिमा गडबढी भइरहेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ट्रान्सफर्मरमा समस्या आउनसाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार सबस्टेसनको स्थलगत निरीक्षण गरी मर्मतसम्भारको काम छिट्टो सक्न निर्देशन दिएका थिए । ‘आगलागी भएको बुसिङ फेरी तेल हालिएको छ, लो भोल्टेज बुसिङमा पनि समस्या देखिएकाले त्यसलाई फेर्ने काम भइरहेको छ’,प्रवक्ता अधिकारीले भने,‘मर्मत सम्भारको काम चाँडोभन्दा चाँडो सकेर विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण लागिरहेको छ ।’ बालाजू सबस्टेसनमा पिक समयमा करिव ३१ मेगावाट विद्युत माग छ । साधारण समयमा सबस्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने हुँदा आलोपालो गर्दे त्यस क्षेत्रमा विद्युत आपूर्ति कटौती गरिएको अधिकारीले जानकारी दिए । ‘एउटा ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रमा करिव १५ मेगावाट विद्युत आपूर्ति गर्न सकिंदैन’,उनले भने,‘यसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा केही गडबढी भएको छ ।’ धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज १, महाराजगञ्ज(२, टेकु(१, बिआई डि(१, बिआई डि(२, नयाँ बजार फिडरहरुबाट विद्युत आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् ।
ज्योति विकास बैंकको नायब महाप्रबन्धकमा शर्मा र सहायक महाप्रबन्धकमा आचार्य नियुक्त
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन् । नवनियुक्त शर्माको २३ वर्ष नेपाल एसबिआइ बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनी यस अघि एसबिआइ बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभव रहेको छ । त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० वर्ष काम गरेको अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च व्यवस्थापनमा स्थापित बाणिज्य बैंकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका व्यक्तिहरुको नियुक्तिले ज्योति विकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने कम्पनीको विश्वास छ ।
काठमाडौं महानगरबासीका लागि ६० करोडको सामुहिक घर
काठमाडौं । काठमाडौं महानगरको वडा १८ मा रहेको किलाक्वं गल्ली दम्बोचुकमा भएको करीव ३ रोपनी क्षेत्रफलमा भएका घरलाई एकीकृत गरी सामुहिक आवासमा रुपान्तरण गर्ने भएको छ । महानगरपालिका र राष्ट्रिय पुननिर्माण प्राधिकरणले त्यस्तो सामुहिक आवास निर्माण गर्न लागेका हुन् । त्यहाँको करीब ३ रोपनी क्षेत्रमा ५४ घर परिवार छन् । २०७२ सालको भूकम्पले ५४ मध्ये करीव ३६ घर बस्नै नहुने बनाइदिएको थियो । ती परिवारलाई सुरक्षित व्यवस्थापन गर्न प्रारम्भिक नक्सासमेत तयार भइसकेको छ । योजनाका विषयमा जानकारी दिँदै वडा १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन भने—एकीकृत बस्ती पुननिर्माणका लागि धेरै चरणमा छलफल भइसकेका छन् । यस बस्तीलाई हामी नमूना परियोजना बनाउन चाहन्छौं । २०७२ सालको भूकम्पको कम्पनबाट त्रसित बनेका स्थानीयमध्ये अधिकांशले २०७२ सालको असार महिनामा महानगरमा आएर सुरक्षित बास निर्माणका लागि लालपूर्जा बुझाएका थिए । ६० करोड लागतमा सामुहिक आवास निर्माण गर्न लागेको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए । संयुक्त बस्ती निर्माण गर्दा लिएको ऋण व्यक्तिको हुन्छ कि समूहको? सम्पत्ति माथिको अधिकारको कुरा के हो? उपयोग गर्ने विधि, लाभ र दायित्वका कुरा के हुने ? भन्ने लगायतका प्र्रश्न पनि अझै अनुक्तरित नै छन् ।
गरिमा विकास बैंकबाटै यूनियन लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धीमा सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका जुनसुकै शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने छन् ।
बुवाको सम्मानमा नेपाली जुत्ता घरः ५० प्रतिशतसम्म छुटको अफर
काठमाडौं । नेपाली जुत्ता घर प्रालीले बुवाहरुको सम्मानमा बिशेष अफर ल्याएको छ । कम्पनीले बुवाको मुख हेर्ने समय नजिकिँदै गर्दा २० देखि ५० प्रतिशतसम्म छुटको अवसर ल्याएको हो । यसपाली भदौ २४ गते बुवाको मुख हेर्ने दिन परेको छ । सो दिनलाई नेपालीहरुले आफ्ना बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने गरेका छन् । पछिल्लो समयमा केहि उपहार दिएर सो दिन बुवाको मुख हेर्ने प्रचलन बढ्दै गएको छ । ‘हरेक सन्तानहरुले आफ्ना बुवालाई केहि न केहि उपहार दिन्छन, यसपाली नेपाली जुत्ता उपहार दिएर बुवाको मुख हेरुन भन्ने उदेश्यले ५० प्रतिशतसम्म छुटको अफर ल्याएका हौं’, नेपाली जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले विकासन्युजसँग भने । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । जुत्ता घरमा खरिद गरिने हरेक जुत्ताहरुमा ६ महिना वारेन्टी पाइन्छ । नेपालमा उत्पादन हुने सबै किसिमका जुत्ता किन्ने, हेर्ने र अनुसन्धान गर्ने अवसर पनि प्राप्त हुनेछ । त्यस बाहेक नेपाली उत्पादन र नेपाली ब्राण्डका बारेमा जानकारी लिन पनि सकिन्छ । सबै नेपालीलाई नेपाली उत्पादन प्रयोग गराउने उदेश्यले ६ बर्ष पहिले सुरु भएको नेपाली जुत्ता घर अहिले जमल, बुद्धमल माछापोखरी, महाराजगंज चक्रपथ, अद्धैत मार्ग पुरानो बसपार्क, कुमारीपाटी ललितपुर र पोखरा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा विस्तार भैसकेको छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्ड सहभागी छन् । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरिएको हो । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।
ज्योति विकास बैंक र कैलाश बैंकबीच रेमिटेन्स सम्झौता
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कैलााश विकास बैंक लिमिटेडबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलाश विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ज्योति विकास बैंकलेसंचालनमा ल्याएको ज्योति रेमिट सेवा कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैंकको ६० वटा शाखा रहेका छन् भने यस आर्थिक वर्षभित्र थप ३० शाखा संचालनमा आउदैछन् । साथै कैलााश विकास बैंकका ६५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने सम्झौतापत्रमा उल्लेख छ ।