राज्यलाई वार्षिक ७ करोडको व्ययभार थपेर पूर्वपदाधिकारीलाई सुविधा
काठमाडौं । पूर्वपदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयक पारित भएपछि राज्यकोषलाई वार्षिक करिब ७ करोड रुपैयाँ थप ब्याभार पर्ने भएको छ । संसदबाट छलफलका लागि राज्य ब्यवस्था समितिमा पठाईएको पूर्वपदाधिकारलाई सुविधा प्रदान गर्ने सम्बन्धी विधेयकलाई प्राथमिकतामा राख्न दबाब बढेपछि सरकारले फास्ट ट्रयाकबाट पारित गर्न लागेको हो । पूर्वराष्ट्रपति पूर्वउपराष्ट्रपति, पूर्वसांसदहरुबाट छिटो गर्न दबाब आएपछि सरकार फास्ट ट्रयाकबाट विधेयक पारित गर्ने गृहकार्यमा जुटेको छ। संसदले समितिमा पठाएको चार महिनासम्म छलफल नभए पनि लअहिले दबाब बढेकाले समितिले छिट्टै टुंग्याउन लागेको हो। यी विधेयक पारित भएमा पूर्वपदाधिकारीलाई दिने सवारीसाधन र सुरक्षाकर्मीका लागि राज्यकोषबाट ठूलो रकम खर्च हुनेछ। यस्ते अन्य सुविधा उपलब्ध गराउँदा वार्षिक ६ करोड ८७ लाख ६५ हजार २ सय ९२ रूपैयाँ व्ययभार थपिनेछ। नागरिक दैनिकबाट ।
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी, काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी भएको बताएका छन्। ‘समयमै काम नगर्ने कम्पनीहरूसँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयावधिभित्र काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने नीतिगत व्यवस्थासमेत गरिनेछ’, ऊर्जामन्त्री शाहीले अमेरिकी कार्यवाहक राजदूत मिचेल सी गोञ्जालेजसित बुधबार मन्त्रालयमा भएको भेटमा भने। मन्त्री शाहीको निजी सचिवालयले बुधबार जारी गरेको प्रेस नोटअनुसार अमेरिकी कार्यवाहक राजदूतले यी दुई आयोजना बन्न नसक्नुको कारणबारे जिज्ञासा राखेपछि मन्त्री शाहीले उक्त चेतावनी दिएका हुन्। ‘नेपालमा झोलामा खोला बोकेर दलाल र माफियाहरूले काम नगरिरहेकाले यस्ता समस्या सिर्जना भएको हो,’ मन्त्री शाहीको भनाइ उद्धृत प्रेस नोटमा छ। भेटमा अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेको छ। अमेरिकी कार्यवाहक राजदूत गोञ्जालेजले आफ्नो देश नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताएका हुन्। यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गरेको लगानी बोर्डको बुधबार बसेको बैकले माथिल्लो कर्णाली र अरुण तेस्रो कार्यान्वयनका लागि वन क्षेत्र उपयोग गर्न आयोजना विकास सम्झौता ९पीडीए० प्रावधानअनुसार विकासकर्तालाई हस्तान्तरण गर्न तत्काल अघि बढाउने निर्णय गरेको छ। बोर्डको उक्त २७ औं बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि ‘राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७४’ र ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति, २०६५’ का सम्बन्धमा सरोकारवालासँग छलफल गरी लगानीमैत्री वातावरण सिर्जना हुने गरी परिमार्जन गर्न तथा भूसंरक्षण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। माथिल्लो कर्णाली र अरुण तेस्रोका लागि वन मन्त्रालयले रूख कटान तथा वन क्षेत्रको जग्गा उपलब्ध गराउन नसक्दा दुई वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। अन्नपूर्ण पोस्टबाट ।
चितवनमा नेपाल ग्यासकाे बजार विस्तार आक्रामक, सौराहाका सबै होटलले नेपाल ग्यास प्रयोग गर्ने
काठमाडौं । मुलुकको प्रमुख पर्यटकीय गन्तब्य सौराहाका सबै होटलले नेपाल ग्यास प्रयोग गर्ने भएका छन्। सौराहामा बुधवार आयोजित कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भरपर्दो र सुरक्षित ग्यासमा परिचित नेपाल ग्यास सौराहाका सबै होटलले प्रयोग गर्ने बताए। ‘नेपालको पहिलो ग्यास कम्पनी मात्रै नभएर सुरक्षामा पनि ध्यान दिएकोले हामीले नेपाल ग्यास प्रयोग गर्न सहमत भएका हौं’उनले भने,सौराहाको पर्यटन पूर्वाधार विकासमा पनि नेपाल ग्यासले सघाउने हामीले विश्वास लिएका छौं। नेपाल ग्यासका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले नेपाल ग्यासले विश्व बजारमा आएको पछिल्लो प्रविधि ल्याएर उपभोक्तालाई सुरक्षित ग्यास बिक्री गर्दै आएको बताए। ‘हामी उपभोक्ताको सुरक्षामा संवेदनशील छौं त्यसैले सुरक्षित ग्यास पुर्याउन गुणस्तरीय र विश्व बजारमा आएका पछिल्ला प्रविधि उद्योगमा राखेर ग्यास भर्दै आएका छौं’ उनले भने,हामीले नाफालाई मात्रै हेरेर लगानी गरेका होइनौ।उपभोक्तालाई सुरक्षित र पूर्ण तौलको ग्यास दिएर सेवाभावलाई पनि कायम राख्न प्रतिवद्ध छौं।‘ ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले नेपाल ग्यासले जस्तै सुरक्षित र पूर्ण तौल भएको ग्यास बिक्री गर्न अरु ग्यास उद्योगीलाई आग्रह गरे। ‘हरेक भान्छामा पुग्ने ग्यास सुरक्षित हुनुपर्छ।सुरक्षामा नेपाल ग्यासले अहिलेसम्म कुनै सम्झौंता गरेको हामीले पाएका छैनौ’ उनले भने, अरु ग्यास कम्पनीले पनि नेपाल ग्यासलाई अनुशरण गर्न सके उपभोक्ताले सुरक्षित ग्यास पाउने वातावरण बन्थ्यो। ‘नेपाल ग्यासको सौराहाको बिक्रेता अल्फ्रेस्को सप्लार्यसका संचालक गोकर्ण गिरीले उपभोक्तालाई सुरक्षित,भरपर्दो र पूर्ण तौल भएको ग्यास बिक्रीको वातावरण बनेको बताउँदै उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री गरिने प्रतिवद्धता व्यक्त गरे। चितवनमा दुई महिना अघिदेखि नेपाल ग्यास बिक्री सुरु भएको हो।चितवनमा उन्नयन सप्लायर्सले नेपाल ग्यास बिक्री गर्दै आएको छ।उन्नयन सप्लायर्सका अध्यक्ष रामहरी पोखरेलले तत्कालको नाफा हेरर ग्यास बिक्री नगरि दीर्घकालिन बजार विस्तारमा ध्यान दिएको बताए।
होङ्सी शिवम् सिमेन्टसँग ३६ अर्ब लगानी सम्झौता १९ भित्र हुने, धरानमा फोहर व्यवस्थापन गर्न भेन्चर वेस्ट टु इनर्जीलाई २० वर्षको ठेक्का स्वीकृत
काठमाडौं । सरकारले नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट लिमिटेडसंग आयोजना लगानी सम्झौता (पीआईए) गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार साँझ बसेका लगानी बोर्डको २७ औ बैठकले मस्र्यौदा स्वीकृत गरी आउदो भदौ १९ गतेभित्र होङ्सीसँग पीआईए गर्ने निर्णय भएको छ । नेपालको निजी क्षेत्रको वैदेशिक लगानी व्यवस्थित गर्नका लागि पीआईए पहिलो पटक हुन लागेको हो । पीआईएले लगानी सुरक्षाका साथै सरकारी निकायबाट सहजीकरण हुने छ । होगसीले सिमेन्टमा लगानी ल्याउन सरकारले अनुमति दिएको छ । उसले ३६ अर्ब रुपैयाँ लगानी नेपालमा ल्याउदै छ । कारखाना स्थापनाका लागि हाल भौतिक निर्माणको काम भइरहेको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिइएको छ । बोर्ड बैठकले नेपालमा रासयनिक मल कारखाना स्थापना र लगानीको खाका तयारी र संभाव्य न्युन परिपूर्ति कोष (भीजीएफ) को विषयमा सुझाव दिन राष्टिय योजना आयोगका कृषि हेर्ने सदस्यको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठनको निर्णय गरेको बोर्डले जनाएको छ । समितिले सार्वजनिक निजी साझेदारीलाई आधार मानेर ३ महिनाभित्र सुझाव दिने छ । धरान उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापन गर्न निजी क्षेत्रको भेन्चर वेस्ट टु इनर्जीलाई २० वर्षका लागि आयोजनामा लगानी गर्न स्वीकृति दिएको छ । विदेशी लगानीमा निर्माण हुन लागेको ९ सय मेगावाटको माथिल्लो कर्णाली र ९ सय मेगावाटको अरुण तेस्रो आयोजनालाई वनको जग्गा दिने निर्णय गरेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी अपरिहार्य भएको बताउदै लगानीकर्तालाई कुनै पनि किसिमको झन्झट मुक्त बनाउन नीतिगत तथा कानूनी सुधार आवश्यक भएकाले यसका लागि प्रक्रिया थाल्न निर्देशन दिएका छन् । वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विभिन्न प्रस्ताव पेश गर्दे आयोजनामा सहजीकरण गर्न सरकारी निकायबीच आपसी समन्वयको आवश्यकता रहेको औल्याएका थिए ।
अरु देशमा लगानीकर्तालाई रेड कार्पेट, नेपालमा प्रशासनिक र कानुनी झन्झट किन ? प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई देखिएको प्रशासनिक झन्नझट तत्काल हटाउने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको लगानी बोर्डको २७ औ बैठकमा बोल्दै प्रधानमन्त्रीले लगानीमैत्री वातावरण बनाउन आवस्यक ऐन/कानुन संशोधन गर्न पनि सरकार तयार रहेको धारणा राखेका छन् । ‘अरु देशमा लगानीकर्तालाई रेड कार्पेटले स्वागत हुन्छ’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै लगानी बोर्डल भनको छ,–‘हाम्रो देखिएको प्रशासनिक र कानुनी झन्झट अव हटाएर लगानीमैत्री वातावरण बनाउछु ।’ प्रधानमन्त्रीले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गरेर रोजगारी सृजना गर्दै आर्थिक सृमद्धितर्फ अघि बढ्ने आफ्नो सरकारको लक्ष्य भएको बताउदै लगानीकर्तालाई ढुक्कसँग काम अघि बढाउन पनि आग्रह गरेका छन् । ‘अव लगानीकर्तालाई निरुत्साहित हुने कुनै पनि काम मेरो नेतृत्वको सरकारबाट हुदैन’ प्रधानमन्त्रीले भने, ‘कहाँ के समस्या छ, त्यो समाधान गर्न सरकार तयार छ ।’ प्रधानमन्त्रीले लगानीमैत्री वातावरण नहुदा लगानीकर्ताहरु विदेशीने गरेको र त्यसका कारण लाखौ युवा बैदेशिक रोजगारीमा जानु परेको बताउदै रोजगारी स्वदेशमै सृजना गर्नेगरी सरकार लगानी आकर्षण गर्ने रणनीतिमा अघि बढेको पनि बताएका छन् । उनले लगानीमैत्री वातावरण बनाएर केही बर्षमै लाखौको रोजगारी मुलुकमै सृजना गर्न सकिने धारणा पनि उक्त बैठकमा राखेका छन् । बैठकमा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पुर्वाधार तथा यातयात मन्त्री वीरबहादुर बलायर, संचार मन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, लगानी वोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारी, उद्योग बाणिञ्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो ।
१९ कम्पनीले बोर्डमा दिए निवेदन, १३ अर्बको हकप्रद सेयर आउँदै
काठमाडौं । पुँजी बजारमा विभिन्न १९ कम्पनीले १३ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्नेमा बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत र उत्पादनमुलक कम्पनी छन् । बोर्डबाट स्वीकृति पाएपछि चुक्तापुँजी बढाउन १९ कम्पनीले १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ रुपैयाँ बराबरको १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएका हुन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । यस्तै, जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउनका लागि थप लगानी जुटाउन हकप्रद सेयर निष्कासनको अनुमति मागेका हुन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, विकास बैंकलाई साढे २ अर्ब र वित्त कम्पनीलाई ८० करोड रुपैयाँ चुक्तापुँजी बढाउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि हकप्रद निष्कासन गर्न लागेका हुन् । बोर्डमा निवेदन दिने १९ कम्पनीहरु:
बिहीबार भक्तपुरमा बिजुली आपूर्ति बन्द हुने
काठमाडौं । थिमिस्थित सवस्टेशन मर्मतका लागि भक्तपुरमा बिहीबार दिउसो ५ घण्टा विद्युत आपूर्ति कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोली विहान ११ बजेदेखि दिउसो ४ वजेसम्म ५ घण्टा भक्तपुरका विभिन्न १० स्थानमा बिजुली आपूर्ति बन्द हुन लागेको हो । भक्तपुरका अधिकाँश स्थानमा बिजुली आपूर्ति बन्द हुने भएको छ । थिमीको सवस्टेशनबाट प्रवाह हुने बिजुली आपूर्ति बन्द हुने प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले बताए । नियमित मर्मत सम्भारका लागि बिजुली आपूर्ति बन्द हुने उनले जानकारी दिए । धितालका अनुसार भक्तपुरका निकोसेरा, राधेराधे, न्युथिमी, गठठाघर, कौशलटार, बालकोट, लोकन्थली दधिकोट, गुण्डु र सानो थिमीमा बिजुली आपूर्ति बन्द हुने भएको छ । प्राधिकरणले उपत्यकामा विद्युत प्रवाहलाई सहज बनाउन पुराना प्रणालीलाई प्रतिस्थापन गर्न थालेको छ । नयाँ बानेश्वर सवस्टेशनलाई आधुनिकीकरण गरेको छ । यस्तै अन्य सवस्टेशनलाई पनि आधुनिकीकरण गर्ने तयारी भएको छ । यस्तै महाराजगञ्ज र रत्नपार्कको मुल सडकमा वितरण प्रणालीलाई भुमिगत गर्न तयारी थालेको छ ।
सुजुकी मोटरसाईकल एण्ड स्कुटर्सको डिलर सम्मेलन थाइल्याण्डमा सम्पन्न
काठमाडौं । नेपालको लागी सुजुकी टू ह्वीलर्सको आधिकारिक बितरकले सुजुकी मोटरसाईकल एण्ड स्कुटर्स डिलर सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले हालै साउन ९ देखि साउन १३ गतेसम्म एशियाको गल्फ राजधानी एवं मनोहर देश थाइल्याण्डमा टू ह्वीलर्सका डिलरहरुको सम्मेलन आयोजना गरेर नयाँ र पुराना डिलरहरुसँगको सम्बन्धलाई अझ कसिलो बनाएको छ । वितरकहरुको सो सम्मेलन पटाया र बैंङ्ककका सुन्दर होटलहरुमा गनिने होटल सिजन पटाया र होटल सिजन सियाम बैंङ्ककमा सम्पन्न गरिएको थियो । नेपालभर रहेका सुजुकी टू ह्वीलर्सका ७० वटा शोरुमका सबै वितरकहरुको समुपस्थितिबीच उक्त सम्मेलनमा विगतका रणनीतिको समीक्षा र आगामी दिनको योजनाका सम्बन्धमा घनीभूत छलफल चलाइएको थियो भने ब्राण्डको विकास गर्ने सम्बन्धमा एक सत्रको पनि संचालन गरिएको थियो । डिलर सम्मेलनमा बेस्ट डिलर अवार्डद्वारा गत वर्षमा उत्कृष्ट कार्य गर्ने धरानका वितरक नवदुर्गा अटो प्यालेसलाई सम्मानित गरिएको थियो । सम्मेलनका सहभागी वितरकहरुले पटायाको मनभावन प्राकृतिक छटाहरु र अकल्पनीय मनोरञ्जनको पनि भरपूर आनन्द उठाएका थिए । भिजि अटोमोबाइल्सका सिइओ चिरञ्जिवी शाहले सम्मेलनको उद्घाटन गर्दै भने, ̎हामी भिजि अटोमोबाइल्स यस कुरामा दृढ विश्वास राख्दछौं कि हाम्रो सफलता र प्रगतिको सम्पूर्ण आधार भनेकै हाम्रा वितरकहरुको उच्च कार्य क्षमता हो । हामी र हाम्रा वितरकहरुबीचको सम्बन्ध सदैव सौहाद्रपूर्ण र घनिष्ठ रहँदै आएको छ र हामी विश्वस्त छौं कि आउँदा वर्षहरुमा पनि हाम्रो यो सम्बन्ध अझ मजबुत बन्दै जानेछ, जसबाट हामी दुवैलाई बराबर लाभ हासिल हुनेछ । हामी विश्वस्त छौं कि यो सम्मेलनले हामीहरुको सम्बन्धमा नयाँ आयाम थप्न र दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ̎ सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । कम्पनीसँग सबै वर्गका ग्राहकहरु अनुकूलका बाइकका व्यापक मोडलहरु रहेका छन् । सर्वाधिक पुरस्कृत सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् । विश्वस्तरीय यी बाइकहरु नेपालमा भिजि अटोमोबाइल्सको बलियो वितरण सञ्जाल मार्फत् देशभरी नै उपलब्ध छन् । यसैगरी देशभर बिक्रीपछिको सेवा पनि प्रभावकारी रुपमा प्रदान गरिंदै आएको छ ।