विकासन्युज

१०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार भत्ता दिइने

धनकुटा । नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ ।प्रधानसेनापति राजेन्द्र् क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज आयोजित भूपू सैनिक सम्मेलनमा १०० वर्ष उमेर पुगेका भूपू सैनिकलाई शताब्दी मासिक भत्ता उपलब्ध गराउने जानकारी दिए । नेपाली सेनाले ९० देखि ९९ वर्ष उमेर समूहका भूपूसैनिकलाई कल्याणकारी कोषबाट पूर्व शताब्दी मासिक भत्ता रु तीन हजार उपलब्ध गराउनेछ । सैनिक कल्याणकारी कोषले ७० देखि ८० वर्ष उमेर समूहका भूपूलाई मासिक रु दुई हजार तथा अन्यलाई रु ४०० भत्ता उपलब्ध गराउँदै आएको छ । विसं २०३२ मा रु एक करोड २४ लाखबाट शुरु भएको सैनिक कल्याणकारी कोषको यथार्थ रकम रु ४२ अर्ब तीन करोड ३८ लाख पुगेको छ । शान्ति सैनिकबाट प्राप्त हुने रकम उक्त कोषको मूल स्रोत हो । उक्त कोषमा रहेको रकमको ब्याजबाट बहालवाला तथा भूपूको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएको छ । भूपू सम्मेलनका क्रममा तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरमा रहेका ज्येष्ठ भूपूमध्ये ८६ वर्षीय जसबहादुर लिम्बूलाई नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा सर्वोत्कृष्ट र उत्कृष्ट लघुवित्त कार्यक्रमका उद्यमीलाई पुरस्कार तथा अशक्त भूपू सैनिक र तिनका परिवारलाई ह्लिचियर वितरण गरिएको थियो । सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकको निधन भएमा किरिया खर्चबापत रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराइयो । सम्मेलनका क्रममा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४९२ भूपू र तिनका परिवार लाभावान्वित भएका थिए ।रासस

खेल्ने होइन त ? कोकाकोलाले दिन्छ साथ अभियान सुरु

काठमाडौं । कोका(कोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ ।  कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ?’ राखेको छ । ‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यत २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटवल खेल्न आब्हान गर्ने र “कोक खाम् रसिया जाम्” भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो ।विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटवलको गफमा रमाउन थालेका छन् । केही समय अगाडी कोका(कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्र्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको छ । कोकाकोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले विषेश भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवाहरुलाई खोलाउँदै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई , यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाँदै छ । कोका(कोलाको यस अभियान संचालन हुने भ्यान आएको देखेमा खेल्नका लागि तयार हुन अनुरोध गरेको छ । यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अंकित बिभिन्न बिशेष उपहारहरु पाउने छन् । कोका(कोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनकोलागि यो अभियान संचालन गरेको हो । नजिकिदो विश्वकपलाई प्रत्यक्ष हेर्न अबसर जुराउदै गरेको कोकाकोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ । करिब १२ हजार ५०० जनाले पुरै क्याम्पेनमा बिजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अंकित बिषेश उपहार दैनिक २०० जनाले पाउने छ ।  

सेयर कारोबार फष्टाउँदै

रुपन्देही । प्रदेश नं ५ को राजधानी बुटवलमा सेयर बजारको कारोबार फष्टाउँदै गएको छ । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्रालीका प्रमुख टेकराज भट्टराइले जानकारी दिए। “हामीले शेयर साक्षरता र काउन्सिलिङको क्षेत्रमा नै धेरै काम ग¥र्यौं”, उनले भने। शेयर बजारमा कारोबार गर्न रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकाबाहेक प्रदेश नं ५ को परासी, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका स्थानबाट बुटवलमा रहेका विभिन्न ब्रोकर कार्यालयमा सेयर लगानीकर्ताको भीड लाग्ने गरेको छ ।   भट्टराईले सेयर बजारमा महिला सहभागिता पनि उल्लेख्य भएको जानकारी दिँदै वाणिज्य बैंक र इन्स्योरेन्सको सेयर खरिदमा लगानीकर्ताको चाप बढी भएको बताए । “सुधारको अवस्थामा रहेको अहिलेको बजार कता जान्छ भन्नसक्ने अवस्था छैन तर दुई दिनको परिसूचँकले सकारात्मक बाटो लिएको छ”, उनले भने। भट्टराईले दीर्घकालीनरुपमा लगानी गर्नेलाई अहिलेको बजारको समय सदुपयोग गर्न आग्रह गर्दै सेयर लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताए । बैंकको ब्याज दर र लगानीयोग्य पुँजीको अभावले गर्दा ब्याजदर बढेपछि यसको असर सेयर बजार प्रभावित भएको अनुमान गर्दै उनले नयाँ लगानीकर्तालाई बुझेरमात्रै लगानी गर्न अनुरोध गरेका छौं भने। बुटवलमा आर्यनतारा इन्भेष्टमेन्ट दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली, लिन्च सेक्युरिटिज, एसियन सेक्युरिटी, मिडास सेक्युरिटिजी ब्रोकर कार्यालयले पनि सेयर खरिद तथा बिक्रीको काम गर्दै आएका छन् । रासस

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु: मनिषा

काठमाडौं । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो । आयोजक संस्थाका अध्यक्ष डा मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताए । एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ । तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ । सो कार्यक्रमलाई नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताए । उनले भने “स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा ‘म मेरो’ सक्रियाता हुन्छ ।” नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिए । सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमा मात्रै नभई क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताए । क्यान्सर केयर नेपालका सचिव प्रा श्यामकृष्ण जोशीले संस्थाद्वारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई एकसय श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिए। त्यसअवसरमा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इं, डा रश्मी पुन गुरुङ, भारतकी डा कञ्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकामा जोड दिए । सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा तारा मानन्धर, डा मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गरिएको थियो ।-रासस

नेपालको गतिलो सुरुवात, अफगान विरुद्ध खड्काको ७५ रन प्रहार

काठमाडौं । नेपालले विश्वकप क्रिकेट टनोटको तेस्रो खेलमा गतिलो सुरुवात गरेको छ । नेपालले हाल अफगानस्थान विरुद्ध ३० ओभरमा १११ रन बनाएर खेलिरहेको छ । नेपाली टीम कप्तान पारस खड्का ८२ बलबाट ७५ रन बनाउँदै आउट भएका छन् । ा ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भएका छन् ।

मेलम्चीको सुरुङ खन्ने इटालीयन सीएमसी डी रेभेना आर्थिक संकटमा, लिखु ४ आयोजनाबाट हटाइयो

काठमाडौं । वित्तीय अवस्था नाजुक भएर काम गर्न नसक्ने अवस्था आएपछि प्रवद्र्धक ग्रीन भेन्चर्सले इटालीको सीएमसी डी रेभेनालाई लिखु ४ जलविद्युत आयोजनाबाट हटाएको खुलेको छ । आयोजना निर्माणको ठेक्का पाएको सीएमसीको वित्तीय अवस्था कामजोर भई काम गर्न नसक्ने देखेपछि ग्रीन भेन्चर्सले आयोजनाबाट हटाएको हो । ग्रीन भेन्चर्सले ५२.४ मेगावाटको लिखु ४ आयोजनाको निर्माणका लागि सीएमसीसंग ठेक्का सम्झौता गरेको थियो । सीएमसीले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम गरिरहेको छ । सम्झौताअनुसार आयोजनाको काम सुरु नगरेपछि हटाइएको आयोजना प्रमुख बद्री रिजालले बताए । ग्रीन भेन्चर्संले एकतर्फी रुपमा ठेक्का तोडेको हो । सीएमसीको आर्थिक अवस्था नाजुक भएको उनले बताए । सीएमसीले १४० मेगावाटको अर्धजलासययुक्त तनहु जलविद्युत आयोजनामा पनि प्रस्ताव पेश गरेको छ । संभवत उसैले ठेक्का पाउने निश्चित देखिएको छ । ठेक्का तोडिएपनि नयाँ प्रक्रियाबाट नयाँ ठेकेदार चयन गरिने उनले जानकारी दिए । निर्धारित समयमा आयोजना सम्पन्न हुने रिजालले बताए । आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न हुने छ । बिशाल गु्रप र त्रिवेणी ग्रुपको लगानी रहेको छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ छ । विशाल र त्रिवेणीले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना निर्माणका लागि बैंकसंग ऋण सम्झौता नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।      

महरा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६ (३) बमोजिम महरा निर्विरोध निर्वाचित भएका हुन् । सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा महराको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएका हुन् । बैठकमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव र देव गुरुङले समर्थन गरेका थिए । प्रधानमन्त्रीको विश्वासको मत आइतबार प्रतिनिधिसभाको अर्को बैठक भोलि फागुन २७ गते दिनको १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।-रासस

इलाम र गुल्मीमा विमानस्थल निर्माण तिब्र गतिमा, जेठदेखि जहाज उड्ने

काठमाडौं । इलाम र गुल्मीमा निर्माणाधिन दुई नयाँ विमानस्थल आगामी जेठसम्मदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले आउदो जेठसम्म विमानको परीक्षण उडान गर्ने भएको छ । फाल्गुनन्द सुकिलुम्बा र गुल्मी–रेसुङगा विमानस्थलमा अहिले ‘अर्दन पेमेन्ट’को काम भैरहेको छ । प्राधिकरण एरोड्रोम इन्जिनियारिङ विभागका उपप्रबन्धक नलबिक्रम थापाले फाल्गुनन्द र रेसुङा विमानस्थलको निर्माण धमाधम भइरहेको जानकारी दिए । ‘अहिले विमानस्थल सम्याउने काम भैरहेको छ, आगामी वर्षको जेठ महिनासम्ममा अर्दन पेमेन्टको काम सकिने छ ।,’ निर्देशक थापाले विकासन्यूजसँग भने । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा १८ करोड र रेसुङगामा १० करोड रुपैंया खर्च भैसकेको उनले जानकारी दिए । सरकारले वर्षमा एक पटक मात्र बजेट छुट्याउने र सो बजेट कम हुदाँ काम गर्न कठिनाई हुने गरेको उपप्रबन्धक थापाको भनाई छ । जेठदेखि परीक्षणमा आउने यी विमानस्थलको धावनमार्गको लम्बाई ७५० मिटर छ । विमानस्थलमा एक पटकमा ३ वटा जहाज पार्किङ गर्न सकिनेछ । विमानस्थलमा १६ देखि १८ सिट क्षमताका डीएचसी ६ र ट्वििनेटर विमानले उडान गर्न सकिने छ ।देशभरीबाट १५ वटा विमानस्थल बनाउन माग भई आएकोमा अवस्था हेरी ८ वटाको मात्र काम अघि बढेको प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । प्रधिकरणले सोलुखुम्बुको गुदेल, हुम्लाको भदनाखोल, पाँचथरको चुहानडाडा, उदयपुर, धनकुटा, धरान, र अर्घाखाँची जिल्लामा नयाँ विमानस्थल निर्माणको काम सुरु गरेको छ । यसमध्ये अधिकांस जिल्लामा साना ‘स्टोल’ विमानस्थल बन्नेछ । धरानमा बन्ने विमानस्थलमा ठुलो हुनेछ । जसमा ३५ देखि ४२ जना क्षमताको जहाज अवतरण गर्न सकिनेछ । नेपालमा हाल ४९ वटा विमानस्थल रहेका छन् । जसमध्ये २० वटा विमानस्थल बन्द छन् । यी दुई विमानस्थल निर्माण सम्पन्न भएपछि सञ्चालनमा रहने विमानस्थल ३१ वटा पुग्ने छ ।