विकासन्युज

नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ देखि भदौ ३० गतेसम्म निष्काशन गरेको एफपीओको मंगलबार बाँडफाँट भएको छ । कुल दुई अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको उक्त एफपीओमा ९७ हजार ५०० जना आवेदकले मात्र सेयर पाएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २ लाख ५० हजार ५२४ जनाको आवेदन परेको उक्त एफपीओमा गोलाप्रथाबाट जम्मा ९७ हजार ५०० जनाले मात्र १० कित्ता सेयर पाएका छन् । कुल आवेदन परेको मध्ये ३ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी आवेदकलाई सेयर नपरेको बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीले ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । उक्त एफपीओ निष्काशन पश्चात कम्पनीको पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । (कसले कति कित्ता पाए ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)

माओवादी केन्द्रले सरकार छाड्याे

काठमाडौं । अन्तत नेकपा (माओवादी) केन्द्रले सरकार छोड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि आज मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । यस्तै गृहमन्त्री जनार्दन शर्माले पनि दिउसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउदैछन् । माओवादीले नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याएपछि माओवादीलाई सरकार छाडन् थप दवाव सिर्जन भएको छ । गत शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित ८ जनालाई मन्त्रिपरिषद्मा थप गरेका थिए । माओवादीले नछाडे उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाविभागीय बनाउने देउवाको तयारीमा छन् । माओवादी मन्त्री हटेपछि मन्त्रीको संख्या पनि कम हुने छ ।    

इक्रा नेपालको वार्षिक साधारणसभा कात्तिक २१ गते, केके छन् विशेष प्रस्ताव ?

काठमाडौं । इक्रा नेपालको पाँचौ वार्षिक साधारणसभा आगामी कात्तिक २१ गते हुने भएको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लभांश स्वीकृत गर्ने भएको छ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने भएको छ ।

एनबीआई र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र एनएमबि बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबरको रकम आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।  

ओरियन्टल होटलले १८ प्रतिशत बोनस दिने, कात्तिक ९ गतेदेखि बुक क्लोज

काठमाडौं । ओरियन्टल होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई कम्पनीको २०औं वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । कम्पनीको साधारण सभा आगामी कात्तिक २३ गते हुुने भएको छ । सो प्रयोजनको लागि कात्तिक ९ देखि कात्तिक २३ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड १७ लाख रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ९३ करोड ४२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०२ रुपैयाँ रहेको थियो ।

२५ सय भूकम्प पीडित परिवारलाई एकिकृत बस्तीमा सारिने, घडेरी किन्न ५० करोड

काठमाडौं । भूकम्प पीडित २५ सय परिवारलाई एकिकृत बस्तीमा स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बस्ती स्थानान्तरण गरिनुपर्ने निष्कर्ष निकालेका २५ सय परिवारका लागि एकिकृत बस्ती विकासको प्रक्रिया अघि बढाइएको हो ।  एकिकृत बस्ती विकासका लागि घडेरी खरिद गर्न प्राधिकरणले प्रति परिवार अधिकतम २ लाखका दरले ५० करोड रुपैंयाँ बजेट समेत विनियोजन गरिसकेको छ । ‘भूकम्प प्रभावित १० जिल्लाका १५७० परिवारलाई स्थानान्तरण गर्नुपर्ने रिपोर्ट तयार भैसकेको छ, यस्तो संख्या २५ सय पुग्ने देखेका छौं, आफैं घडेरी किन्नेले अधिकतम २ लाख पाउँछन नत्र सरकारले नै एकिकृत बस्तीका लागि जमिन उपलब्ध गराउँछ’, पुननिर्माण प्राधिकरणका नापी शाखा प्रमुख कमल घिमिरेले विकासन्युजसँग भने । नुवाकोटमा मात्रै ३५० परिवारलाई पुरानो बासस्थानबाट सार्नुपर्ने देखिएको छ भने रसुवामा स्थानान्तरण गर्नुपर्ने पीडितहरुको तथ्यांकबारे धमाधम अध्ययन भैरहेको छ । प्राधिकरणले न्युनतम १० परिवारका लागि एकिकृत बस्ती विकास गर्न सकिने अवधारणामा काम सुरु गरेको छ । त्यसका लागि १० परिवार भूकम्प पीडितले आफैं पनि २ लाख रुपैंयाँ अनुदान लिएर संयुक्त आवास निर्माणका लागि एकिकृत जमिन खरिद गर्न सक्नेछन् । नुवाकोटे आफैं जुटे एकिकृत बस्ती बनाउन नुवाकोटको उर्लेनीका ७० परिवारले एकिकृत बस्ती निर्माणका लागि जमिन खरिदको प्रक्रिया अघि बढाएका छन् । ‘उर्लेनीमा ७० परिवारले एकिकृत बस्तीका लागि ३० रोपनी जमिन खरिद गर्ने भनेका थिए तर केहि जमिन उपयुक्त देखेनौं’, प्राधिकरणको नापी शाखा प्रमुख घिमिरले भने । प्राधिकरणले २ महिनाको समय स्वेच्छिक स्थानान्तरणका लागि दिएको छ । त्यसपछि भने प्राधिकरणले स्थानान्तरणको प्रक्रिया आफैं आरम्भ गर्नेछ ।

गरिब घटाउने दिवसः पेट भरि खान नपाउने नेपालीको संख्या २१.६ प्रतिशत

काठमाडौं । आज संसारभर गरिबी निवारण दिवस मनाइँदैछ । गरिबी घटाउने उदेश्यले सन १९९३ अक्टोबर १७ तारिखदेखि गरिवी निवारण दिवस मनाउन थालिएको थियो । नेपालले पनि चौथो पटक गरिबी निवारण दिवस मनाउन लागेको हो । हाल नेपालमा २१.६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको सरकारी तथ्यांक छ । निरपेक्ष गरिबीको रेखामुनी हुनु भनेको खान र लाउन समेत नपाउने अवस्था हो । नेपालले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकका रुपमा स्तरोन्नति हुनका लागि गरिबी निवारणको बिषेश कार्यक्रम अघि सार्न लागेको छ । मध्यम आय भएको मुलुकका रुपमा स्तरोन्नति हुनका लागि ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने बताईन्छ ।

अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र हकप्रद सेयर लिलामी हुदै, कात्तिक २३ गते अन्तिम मिति

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । बैंकको बिक्री नभएको २ लाख ५९ हजार २४९ कित्ता हकप्रद लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापक सेयर १ लाख ८७ हजार ६७८ र सार्वसाधारण समूहको ७१ हजार ५७१ कित्ता रहेको छ । हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम मिति कात्तिक २३ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।