२ महिनामा सरकारले १२४ अर्बको चेक काट्यो, पुँजीगत खर्च ज्यादै कम
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको २ महिनामा सरकारले १ खर्ब २४ अर्ब २७ करोड रुपैयाँको चेक काटेको छ । यो रकम कुल बजेटको ९.७ प्रतिशत हो । चालु आवका लागि सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ १४.८३ प्रतिशत अर्थात १ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ । हो । चालु आवमा सरकारले ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको छ । पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । आव सुरु भएको २ महिनामा १.२७ प्रतिशत मात्र खर्च भएको छ । भदौसम्म ४ अर्ब २७ करोड १६ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत शिर्षकमा बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ ८२ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । चालु आउदो कात्तिक मसान्तसम्म कुल विनियोजन बजेटको झण्डै ३० प्रतिशत खर्च गर्नुपर्ने छ । आउदो कार्तिकसम्म कुल विनियोजन रकम मध्ये २९.४४ प्रतिशत अर्थात ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च हुने गरी बजेटको चौमासिक लक्ष्य विभाजन गरिएको छ । यो लक्ष्य पुरा गर्न आउँदो कात्तिकसम्म २ अर्ब ५२ अर्ब २१ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख र तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने व्यवस्था छ । पहिलो चौमासका लागि साउन १ गते, दोस्रो चौमासमा मंसिर १ र तेस्रो चौमासमा चैत १ गते कोष तथा लेखा नियन्त्रकको कार्यलयले सिधै बजेट निकासा गर्ने व्यवस्था गरिएको छ । ९० अर्ब राजश्व संकलन दुई महिनामा सरकारले ९० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । यो कुल लक्ष्यको १२.३ प्रतिशत हो । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य राखेको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो ।
तराई डुवानले नेपालको अर्थतन्त्र खुम्चियाे, आर्थिक वृद्धि ४.६ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । तराइमा बाढी र डुवानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालु वर्ष आर्थिक वृद्धि खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ । विश्व बैंकको अनुमानअनुसार सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । सरकारले केन्द्रबाट स्थानिय तहमा बजेट पठाए पनि अझै पनि खर्च गर्नका लागि कानूनी आधार नभएकाले आगामी वर्ष संघीय संरचनामा बजेट कार्यन्वन चुनौतिपुर्ण देखिएको भन्दै बैंकले सचेत गराएको छ । गत आवमा मौसमको अनुकुलताले कृषिमा सुधार, लोडसेडिङ हटेपछि औद्योगिक उत्पादनमा बढेत्तरी, पुननिर्माणमा गति र सेवा क्षेत्रमा राम्रो भएपछि समग्र आर्थिंक क्षेत्रमा विस्तार आई साढे ७ प्रतिशत भएको थियो । विश्व बैंकले आइतबार नेपाल विकास अध्यावधि (नेपाल डेभलपमेन्ट अपडेट) प्रतिवेदन सार्वजनिक गर्दे आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको हो । तराई बाढी र डुवानले कृषिमा ठुलो क्षति गरेको, उपभोगमा कमी र वैदेशिक रोजागमारमा जानेको संख्यामा आएको कमीले रेमिट्यान्स आप्रवाह वृद्धि दर घट्दै गएका कारण आर्थिक वृद्धि कम हुने विश्व बैंकका अर्थशास्त्री सुदुम्न दाहालले बताए । उनकाअनुसार बाढी र त्यसपछिको डुवानले ६४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पुगेको छ । तराई डुवानमा १ खर्ब बढी नोक्सान भएको प्रारम्भीक अनुमान छ । कुल जनसंख्याको ५ प्रतिशत बढी प्रभावित भएको बैंकले अनुमान गरेको छ । यस्तै रेमिट्यान्स आप्रवाहमा वृद्धिमा भएको कमीले गर्दा उपभोगमा खर्च घटेको र यसले आर्थिक क्रियाकलामा कमी ल्याउदा वृद्धिमा असर पुग्ने उनको तर्क छ । रेमिट्यान्स आप्रवाह वृद्धिदर घट्दो क्रममा र आयात अत्याधिक बढेको र निकासीमा कमी आएपछि विदेशी मुद्रा संचितीमा दवाव बढेर शोधानान्तर वचतमा घट्ने अनुमान गरिएको छ । उनले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि दर अझ घट्ने जानकारी दिए । उनका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि दर ४.५ प्रतिशतमा खुम्चिने छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको २.७, उद्योगको ३ र सेवा क्षेत्रको ५.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । गत आवमा कृषिको ५.३, उद्योगको १०.९ र सेवा ६.९ प्रतिशतले विस्तार हुदा आर्थिक वृद्धि साढे ७ प्रतिशत पुगेको थियो । यस्तै गत आवमा उपभोत्ता मुल्य वृद्धि साढे ४ प्रतिशत रहेकोमा यो वर्ष बढेर साढे ५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । यस्तै आगामी वर्ष अझ बढेर साढे ६ प्रतिशत पुग्ने बताइएको छ । मूल्य वृद्धि दर घटेर १३ वर्षपछिको रेकर्ड कायम गरेको छ । तीन तहको निर्वाचनपछि मुलुक संघीयता कार्यन्वयन सुरु भएपछि वित्तीय असन्तुलन बढ्ने अनुमान गरिएको छ । यो वर्ष असन्तुलन बढेर ४.३ प्रतिशत पुग्ने दाहालले बताए । उनकाअनुसार गत आवमा ३.३ प्रतिशत थियो । आगामी आवमा अझ बढेर ४.६ प्रतिशत पुग्ने देखिएको छ । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ऋणको अंश पनि बढ्ने भएको छ । चालु आवमा जीडीपीको अनुपातमा ऋण २९.४ र आगामी वर्ष ३१ प्रतिशत पुग्ने उनको भनाई छ । गत आवमा २७.६ प्रतिशत थियो । सरकारले उठाउने राजश्व संकलन लक्ष्य भन्दा बढी भएको देखाएको छ । यस्तै खर्च गर्ने क्षमतामा आएको कमीले वृद्धिमा असर गर्ने ठहर गरेको छ । स्थानिय, प्रदेश र केन्द्रका गरी ३ तहको निर्वाचनले चालु खर्च मात्र बढाउने तर पुँजीगत खर्चमा कमी ल्याउने बैंकको अनुमान छ । यस्तै राजनीतिक अस्थिरताले पनि वृद्धिमा असर पुर्याएको बैंकको ठहर छ ।
एप्पल वल्र्डमा‘अफर भित्र पनि मेगा अफर’को बम्पर उपहारमा आरवानफाइभ बाइक
काठमाडौं । चाडपर्वको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगाअफर’को योजना ल्याएको छ । उक्त साेरुमले मोबाइल खरिद गर्ने ग्राहकलाई हातखाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने साे साेरुममा बम्पर उपहार स्वरुप एकजनाले आरवानफाइभ बाइक, एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुरलक्की ड्र मार्फत पाउने छन् । यस कम्पनीमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मतको सुविधा समेत ग्राहकले पाउने कम्पनीले जनाएको छ । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए । यसले टच एन्ड फिलको सुविधासहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन
संखुवासभा । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिएकी छिन् । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । “ठेकेदारको लापरवाहीका कारण समयमा सडक निर्माणको काम शुरु हुनसकेको छैन भन्ने व्यापक जनगुनासो आएको छ, चाँडो डोजर ल्याएर बाटो निर्माण गर्नुहोस्,”, राज्यमन्त्री गुरुङले भनिन् । पटक पटक कालोपत्रे गर्ने नाममा ठूलो बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरेको जनगुनासो आएपछि राज्यमन्त्री गुरुङ कोसी राजमार्गको प्रवेशमार्ग टुटे देउरालीदेखि मुढे–मामलिङ र लेगुवा– तुम्लिङटार सडक खण्डको अनुगमनमा आएकी हुन् । सोही अवसरमा सांसद दीपक खड्काले आफूले निर्वाचन क्षेत्र विकास कोषमार्फत वर्षेनी धेरै पैसा विनियोजन गरे पनि समयमा निर्माण सम्पन्न नभएको गुनासो पोखे । पूर्व राज्यमन्त्री खड्काले जिल्ला सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई घच्घच्याउने काम नगरेकाले निर्माण ढिलो भएको बताए । “दशैँ अगाडिसम्म सडक मर्मत कार्य सम्पन्न नभए निर्माण कम्पनी र त्यसमा काम गर्ने कर्मचारीलाई कारबाही हुन्छ,”, उनले भने। रासस
‘नेपाली ग्याँस बुलेटको समाधान कुटनीतिक तवरबाटै सम्भव छ’- आपूर्ति मन्त्री मण्डल
काठमाडाैं । आपूर्ति मन्त्रालयले नेपाली ग्यास बुलेट सञ्चालनका लागि पहल गर्न भारतसँग कुटनीतिक पहल गर्ने भएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले यो विषयमाथी छलफल गर्न भारतीय राजदुतसँग छलफल गर्ने तयारी गरेको बताएका छन् । आइतबार आयोजित व्यवस्थापिका सांसद – उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री शिव कुमार मण्डलले भारतीय दुतावासमार्फत नेपाली ग्यास बुलेटका लागि पहल गरिने जानकारी दिए । उनले भने, ‘हिजो हामीले ग्यास उद्योगीसँगको बैठकमा भारतीय राजदूतसँग छलफल गर्ने कुरा गर्या थियौं ।’ मन्त्री मण्डलले ग्याँस बुलेटको विषयलाई बारम्बार क्याबिनेटमा लैजानु उपयुक्त नभएको बताए । उनले भने, ‘एउटै कुरा कति उठाउनु ? यो कसैले नबुझेका विषय होइन । सैद्धान्तिक कुरा बुझिसक्यो अब प्राविधिक विषय हेर्नु पर्छ ।’ मन्त्री मण्डलले ग्यास उद्योगीलाई मन्त्रालयले उठाउनु पर्ने मुद्दालाई सुची सहित पेश गर्न आग्रह गरेका छन् । ‘हामीले आफ्नो ठाउँबाट गर्नुपर्ने पहल गरेकै हौं,’ उनले भने, ‘यो विषय हाम्रो मात्र नभई परराष्ट्र मन्त्रालयको पनि कार्यक्षेत्रमा पर्ने भएकाले सुची सहित प्रस्ताव आए सजिलो हुने थियो।’ मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले भारतको दिल्ली स्थित दूतावासले दुई देशको व्यवसायिक समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने’ यस्तै किसिमको समस्या समाधानका लागी हाम्रो प्रतिनिधि त्यहाँ हुनुहुन्छ। त्यसैले यसको समाधान त्यहाँ पहलकदमी अघि बढाउनु उपयुक्त हुन्छ ।’ संसद सुभाष चन्द्र ठकुरीले सरकारलाई सार्थक प्रयास नगरेको आरोप लगाए। समाधान गर्न नसके अर्बौंको लगानी गरिसकेका उद्योगीलाई क्षतिपूर्ति दिन तयार हुनुपर्ने बताए । उद्योगी सशंकित नेपाल एलपी उद्योगी संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले प्रधानमन्त्रीको भारत भ्रमणमा विषयको उठान गरेको वा नगरेको विषयमाथी आशङ्का व्यक्त गरेका छन् । उनले भने, ‘उहाँहरुले हामीलाई प्रोटोकलका नाममा बैठकमा सहभागी गराउनु भएन । अब बैठक बस्यो कि बसेन उहाँहरुलाई थाहा छ ।’ यसको समाधान तत्काल ननिकाले अप्रीय निर्णय लिने उनले चेतावनी दिएका छन् । घिमिरेको प्रति जवाफमा बोल्दै परराष्ट्र सचिव शंकरदास बैरागीले कुटनीतिक तहको बैठकमा सबैलाई सहभागी गराउनु आवश्यक नभएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री भ्रमण बुलेटको विषयमा मात्रै केन्द्रित थिएन । हरेक विषयको आफ्नो मर्यादा हुन्छ। बैठकमा सबैजना बस्नुपर्छ भन्ने जरुरी छैन।’ बुलेटसम्बन्धी एजेण्डामा छलफल भएन भन्ने उद्योगीको आशंका निराधार भएको उनले बताए । कुटनीतिक पहल जारी रहेको र त्यसको परिणाम आउन बाकी रहेको उनले जानकारी दिए । व्यवसायीको आफ्नै ‘इन्ट्रेष्ट’ :मण्डल नेपाली ग्यास बुलेट सञ्चालनको विषयमा व्यवसायीको आ-आफ्नै ‘इन्ट्रेष्ट’ देखिएको आपूर्ति मन्त्री शिवकुमार मण्डलले बताएका छन् ।मण्डलले भारत र नेपालका व्यवसायीका बीचको समस्या देखिएको बताए। बुलेट ल्याउने बेलामा कसरी सहमती हेर्नु जरुरी रहेको उनले बताए । उनले भने, ‘व्यवसायीले मौखिक सहमति गरेका थिए कि लिखित । केहि निश्चित कुरा छैन । सोलोडोलो कुराले हुँदैन ‘ उनले भने, ‘अब फेरी छलफल गरेर काम हुँदैन ।पहिलेका नेतृत्वले केकस्तो सहमती गरेको त्यो हेर्नुपर्छ र समितिले ठोस निर्देशन दिओस्। आजकै मितिमा त्यो निर्देशन पालना गर्नेछु।
सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट ८० जना भन्दा धेरै टेक्निसियनहरुको उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा टेक्निसीयनले गरेको मेहेनतलाई सम्मान स्वरुप विभिन्न उपहारहरु प्रदान गरेको थियो । विभिन्न किसिमका प्रोडक्सहरु साइड बाइ साइड रेफ्रिजेरेटर, कमर्सियल वासिन मेसिन, डीसवासर, लेटेस्ट मोडल वेब अपरेटिङ एलइडी र अरु हाइ इन्ड प्रोडक्टको ट्रेनीङ् दिएको कम्पनीले जनाएको छ । ‘यस्तो किसिमको कार्यक्रम गर्नाले टेक्निसियनरुमा आत्मबल बढ्नुका साथै काम गर्दा छुटै किसिमको आनन्द आउँछ । साथै, आउँदो दिनहरुमा पनि सिजी इलेक्ट्रोनिक्सले ‘वान टीम वान गोल’ भन्ने नारालाई सार्थक पार्नेछ भन्ने विश्वास लिएको छु।’ सिजी इलेक्ट्रोनिक्सका सर्भिस हेड विकाश श्रीवास्तवाले भने ।
राजश्व बाडफाँडमा केन्द्र र स्थानीय सरकारबीच संघर्ष हुने निश्चित भैसकेको छ-डा. शंकर शर्मा
राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र अमेकिाका लागि नेपाली राजुदुत भइसकेका भईसक्नु भएका डा. शंकर शर्मा अहिले बाहिर बसेर विभिन्न योजना तर्जुमा प्रक्रियामा परामर्श सेवा दिदै आउनु भएको छ । मुलुक संघीयतामा गएपछि नयाँ ऐन कानुन निर्माण र प्राकृतिक स्रोत बाँडफाँडको विषयमा सरकारलाई उहाँले परामर्श दिने काम गरिरहेनु भएको छ । स्थानीय चुनाव सम्पन्न हुने अवस्था र केन्द्रीय र प्रदेशसभाको चुनावको तयारीमा सरकार रहेकाले संविधान कार्यन्वन सुनिश्चित बन्दै गएको छ । संविधान कार्यन्वनपछि मुलुकमा स्थायीत्व आई आर्थिक क्षेत्रले गति लिने देखिएको छ । तर स्रोत बाँडफाँड र परिचालनमा स्थानीय तह र केन्द्रबीच द्वन्द्व बढ्ने संभावना रहेको उहाँको विश्लेषण छ । मुलुकको समग्र अर्थतन्त्र र आगामी दिनेमा यसले लिने गतिको विषयमा केन्द्रीत रहेर डा शर्मासँग विकासन्युजका लागि बाबुराम खड्का र नारायण पाैडेलले गरेको कुराकानीको सारसंक्षेप । राजदूतको कार्यकाल सकिएर अमेरिकाबाट फर्केपछि तपाई सक्रियता कम भएको हो ? सञ्चार माध्ययममा देखिने सक्रियातामा कमी भएको मात्र हो, म आफ्नो काममा व्यस्त छु । मुलुक संघीयतामा गएको छ, नयाँ ऐन कानुन निर्माण भैरहेका छन् । ती ऐन कानुनमा कसरी अर्थतन्त्र र विकासका कुरा समेट्ने भनेर छलफल र सल्लाह दिईरहेको छु । डीफीडको अर्काे एउटा आयोजनामा पनि अर्थ, उद्योग, बाणिज्य र आपुर्ति मन्त्रालयसँग निजी क्षेत्रमैत्री काम कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भैरहेको छ । डीफीड र अर्थ मन्त्रालयको संयुक्त प्रोजेक्टका रुपमा अर्थतन्त्रसँग जोडिएका मन्त्रालयलाई नीतिगत सुझाव दिईरहेको छु । पछिल्लो समयका सरकार संग नजिक भएर काम गरिरहेको छु । नीति निर्माणतहमा सुझाव लिने र दिने काम मात्र भयो तर २०३२ सालको ऐन संशोधन भएको छैन । मन्त्रीले बजार छापा मार्ने र व्यापारीले आन्दोलन गर्ने क्रम जारी छ । किन यस्तो भईराखेको हो ? नीतिगत रुपमा कमजोरी अझै बाँकी नै छन् । १० वा २० प्रतिशत मात्रै नाफा भन्ने आधार के हो ? उत्पादन लागत कति हो ? व्यापारीको व्यापार लागत कति हो ? त्यसलाई मापन गर्ने आधार के हो ? बजारमूखी अर्थतन्त्रमा पनि यस्तो हुन्छ ? सामानको मूल्य कति हो भन्ने आधार पनि छैन् । भन्सारको दर पनि उच्च छ । यसले भन्सार छलेर समान ल्याउन प्रेरित गर्छ । त्यसकारण भन्सार दर घटाएर सरकारले राजश्वका नयाँ स्रोत खोज्नु पर्छ । एउटा ऐनलाई हेरेर बजार बन्द गर्दै हिडेर हुन्न । सरकारले ऐन कानुनलाई सापेक्ष बनाएर बजारमैत्री बनाउनु पर्छ । सरकारले हेर्ने भनेको सिण्डिकेट र कार्टेलिंग मात्रै हो । प्रतिस्पर्धा छैन भने मूल्य तोक्न पनि पाइन्छ । प्रतिस्पर्धा नभएको दुध, इन्धनको मूल्यमा तोकिएकै छ । अर्थतन्त्रको सिद्धान्तले पनि यहि नै भन्छ । गुणस्तरका सवालमा सम्झौता गर्नु हुन्न । यातायातमा, पेट्रोल पम्पमा, बैंकको व्याजदरमा अझै सिण्डिकेट छ । सरकारले सिण्डिकेट प्रणाली पनि रोक्न सकेनन नि, किन ? यातायात क्षेत्रमा सिण्डिकेट छ । यस्तो हुनुको पछाडि सरकार नै दोषी छ । उसले जिल्लादेखि नै सिण्डिकेट तोड्नुपर्ने थियो । बसको आकार, रुट, चालक, सबैको उचित मापदण्ड बनाउनु पर्ने थियो । सडकको गुणस्तर पनि हेर्नु पथ्र्यो । यातायात क्षेत्रको अराजकतामा सरकार र नीजिक्षेत्र दुबै जिम्मेवार छन् । सरकारले आफ्नो अधिकार प्रयोग गर्न सकिरहेको छैन् । ग्यास, पेट्रोल व्यवसायी लगायत धेरै क्षेत्रमा स्वच्छ व्यवसायिक प्रतिस्पर्धा हुन सकेको छैन । २६ वर्ष लामो खुल्ला अर्थतन्त्रको अभ्यासकाबीच सरकार र निजी क्षेत्र दुबै क्षेत्रमा परिपक्कता देखिएको छैन । बजारमा जुन खालका समस्या छन् त्यसका पछाडि धेरै कारणहरु छन् । २६ वर्षमा २३ वटा सरकार गठन भएको छ । २३ वटा सरकारमा कति धेरै मन्त्री भए होलान् । चुनावको पैसा उठाउने व्यवसायीबाट नै हो । यसले गर्दा सोचे अनुसारको उपलब्धि भने हासिल नभएको तथ्यलाई स्वीकार गर्नै पर्ने अवस्था देखिन्छ । सरकारले आफ्नो नियमनकारी भूमिका राम्रोसँग निर्वाह गरेको छ नत निजी क्षेत्रले नै आफ्नो औचित्य पुष्टी गर्न सकेको छ । सरकार कमजोर हुँदा निजी क्षेत्रले छिद्रको उपयोग गर्ने हो अहिले पनि त्यस्तै भएको हो । सरकारले बजारमा आफ्नो उपस्थिति र हस्तक्षेप बढाउनु पर्ने अवस्था आएको हो ? मलाई त त्यस्तो लाग्दैन् । किनभने सरकारले बस चलाउने, औषधी उत्पादन गर्ने, जुत्ता बनाउने काम गर्नु हुन्न र उहिले नै हामीले त्यस्तो बाटो छोडिसकेका छौं । सरकारको काम इँटा र जुत्ता बनाउने होइन । सरकारले यसरकारले पुर्वाधार र विकासका काममा गर्न सक्छ जसबाट फाइदा नै लिन सकिन्छ । स्थानीय तह, प्रदेश र केन्द्रबीच स्रोत बाँडफाँड कति सहज रुपमा अगाडि बढ्दैछ ? तीनवटै तहका बीचमा ठूलो संघर्ष हुने निश्चित भैसकेको छ । अहिले नगर र गाउँपालिकामा कर्मचारीको ठूलो समस्या देखिएको छ । खर्च गर्न थालेपछि कसरी खर्च गर्ने भन्ने अन्यौल सुरु हुन्छ । आयोजनाको प्राथमिकीकरण भएको छैन । प्राबिधिक जनशक्तिको पनि अभाव छ । राजश्वका स्रोतको सुनिश्चितता पनि भएको छैन । अहिले त केन्द्रले नै लेखा अधिकृत पठाउने भनेको छ । तर दुई तीन वटा स्थानीय तहमा एक जना लेखा परीक्षकले काम गरिरहेको अवस्था छ । मुख्य कुरा भनेको राजश्व बाडफाँटको सवाल हो । केन्द्र सरकार ठूलो हुने सम्भावना देखिएको छ । केन्द्र सरकारलाई सानो बनाउने प्रयास सफल भैरहेको छैन् । राजनीतिक दलहरुले नै केन्द्र सरकार ठूलो बनाउने अभियान थालेको देखिन्छ । यो भनेको संघीयताकै मर्म विपरिद हो । राजनीतिक दल अझै पनि संघीयतालाई कसरी अघि बढाउने भन्ने बारे अन्यौलमै देखिन्छन् । प्राकृति स्रोतको रोयल्टीबारे पनि विवाद छ । रोयल्टी भनेको प्राकृतिक स्रोत उपयोग गरे वापतको क्षतिपूर्ति हो । रोयल्टी भनेको स्थानीयको हो । यसमा पनि ठूलै द्वन्द्व निम्तिने देखिइसकिएको छ । यहाँको विचारमा द्वन्द्व समाधानका लागि के गर्नु पर्ला ? द्वन्द्व समाधानका आफ्नै बिधि हुन्छन् । जस्तो अहिले स्थानीय तहका नगरपालिकामा उपसचिव पठाईएको छ, तर उनीहरुले निर्वाचित मेयरलाई समेत नटेरेको देखिन्छ । स्रोत साधनको बाडफाँटमा त ठूलै समस्या आउने छ । स्थानीय तहको निर्वाचनपछि विकास खर्च कति वृद्धि होला ? तल्लो तहको विकास खर्च भने अवश्य वृद्धि हुन्छ । २२५ अर्ब रुपैंयाँ विनियोजन गरिएको छ । ठेकेदार, ठेक्का लगाउने निकाय र जनताको प्रत्यक्ष संलग्नतामा काम हुने भएकाले खर्च पनि बढ्छ । यसले विकासको गुणस्तर पनि बढाउँछ । बजेटको आकार बढ्ने, राजश्वको आकार बढ्ने तर खर्च गर्ने क्षमता भने घटिरहेको छ, अब खर्च बढाउन के गर्नु पर्ला ? खर्च गर्ने क्षमता बढाउन र विकासको गुणस्तर पनि बढाउन अब रेडी टु गो प्रोजेक्टका (.तयारी अवस्थका) लागि मात्रै रकम विनियोजन गरिनु पर्छ । हामीले फास्ट ट्रयाक, निजगढ विमानस्थल र बुढीगण्डकी आयोजनाका लागि रकम विनियोजन गरियो । काम अघि बढेन र बजेट फ्रिज भयो । त्यसको कारण भनेको पुर्वतयारी बिनै बजेट विनियोजन गरिनु हो । त्यसकारण अब हामीले योजना तयार भएपछि मात्रै बजेट विनियोजन गर्नु पर्छ । डिपिआरसहितका सबै काम सम्पन्न गरेर बजेट विनियोजन गर्ने र अनि बजेट आउने बित्तिकै टेण्डर गर्नुपर्छ । अर्काे गम्भिर समस्या भनेको ठेकेदारलाई सरकारले नियन्त्रणमा राख्नै सकिरहेको छैन् । ठेकेदारले नै नेताहरुलाई चन्दा दिने भएकाले पनि यस्तो समस्या आएको देखिन्छ । दलका कार्यकर्ताले चन्दा लिएर पनि हैरान पारेको देखिन्छ । विश्व बैंककै प्रतिवेदनले पनि बाटो बनाउन ११ बर्ष, प्रसारणलाइन बनाउन ९ बर्ष लागिरहेको देखाएको छ । अझै एक दुई बर्षसम्म विकास खर्च बढ्ने खासै सम्भावना मैले त देखेको छैन । रेमिटेन्स आगमनको घट्दो दरले आगामी दिनमा अर्थतन्त्रका कस्तो प्रभाव पार्ला ? यसले शोधानानन्तरमा असर गर्छ । दोश्रो भनेको विदेश जाने क्रम घटेपछि रोजगारी बढाउनै पर्ने बाध्यता हुन्छ । भन्सार घट्दै जानेछ जसले राजश्वमा पनि समस्या हुन्छ । यसले सरकारी खर्च पनि घट्छ । राजनीतिक अस्थिरताले विकासमा रोकावट ल्याइरहेको हुनेछ । सेवा प्रवाह र अर्थतन्त्रका लागि नै समस्या उत्पन्न हुनेछ । जुन कुरा साह्रै दुर्दान्त हुन सक्छन् । साना द्वन्द्वबाट ठुला द्वन्द्वहरुको प्रादुर्भाव हुन सक्छन् । व्यापार घाटा कम कसरी गर्न सकिन्छ, यहाँसंग के शुत्र छ ? आयात प्रतिस्थापनका लागि योजना बनाउनु पर्छ । औद्योगीक क्षेत्रहरुको विकास गर्नुपर्छ । ट्याक्स होलिडे, अनुदान लगायतका उपाय अघि बढाउन सकिन्छ । चोरी निकासी गर्न नसकिने बस्तुमा कर छुटका योजना ल्याउनु पर्र्छ । सिमेन्ट, छड लगायतमा जस्तै छुट दिनुपर्छ । हामीले आफ्ना लागि आवश्यक पर्ने उत्पादन विदेशी लगानी भित्र्याएर भएपनि यहिँ निर्माण गर्नुपर्छ । त्यहिबाट केहि मात्रामा निर्यात गर्न पनि सकिन्छ । भारतमा जस्तै नेपालमा पनि चीन, जापान, कोरियाका लागि भन्दै हामीले विशेष आर्थिक क्षेत्रहरु निर्माण गर्नुपर्छ । भर्खरै गरिएको एक अध्ययनले पश्मिना, फेल्ट लगायतका कच्चा पदार्थको भन्सार दर घटाउनु पर्ने देखिएको छ । अदुवा, अलैँचीको ग्रेडिंग गर्नेदेखि परीक्षण उपकरणको व्यवस्था पनि गरिदिनु पर्छ । यी उत्पादन तेश्रो मुलुक निर्यातको विकल्प पनि खोज्न सकिन्छ । तुलनात्मक लाभको उच्च सम्भावना भएर पनि लाभ उठाउन नसकिएको उत्पादनको नयाँ बजार खोज्न तिर लाग्नु आवश्यक छ । उत्पादन लागतका कारण प्रतिस्पर्धी क्षमता कम देखिन्छ, त्यसको अर्थ अब सेवा क्षेत्रमा अलि ध्यान दिनुपर्ने देखिएको हो ? हामीले पर्यटन क्षेत्रलाई बिशेष योजनाका साथ काम गर्नु पर्ने देखिन्छ । १० बर्षमा ५० लाख पर्यटक भित्र्याउने योजना बनाउन सकिन्छ । कुल जमिनको २४ प्रतिशत संरक्षण क्षेत्रमा पर्छन् । त्यसमा निजी क्षेत्रलाई ४ सय वटा होटल खोल्न दिने हो भने ठुलो उपलब्धि हुन्छ । अहिले संसारभर प्राकृतिक पर्यटन बढेको छ । अमेरिकन, क्यानेडियन र युरोपियन धेरै नेपाल आउनुको कारण पनि प्रकृति हेर्न नै हो । पर्यटन क्षेत्रले अनौपचारिक रुपमा ठुलो रोजगारी दिन सक्छ । अनौचारिक तथ्यांक अनुसार ७० करोड डलर बराबरको आइसीटी उत्पादन निर्यात हुने देखाएको छ तर त्यो अझै प्रणाली भित्र आईसकेको छैन् । यो क्षेत्रलाई पनि ल्याउनु पर्छ । शिक्षाका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा पनि विदेशीसँग संयुक्त लगानी र प्रबिधिका आयोजना सञ्चालन गर्नुपर्छ । तर कमजोर राजनीतिक नेतृत्व भएको हाम्रो जस्तो मुलुकमा त्यति सहज भने देखिएको छैन् । नयाँ ढंगले काम गर्र्न भनेर लगानी बोर्ड ल्याइयो तर त्यो पनि सरकारी निकाय जस्तै भएको छ । उत्पालन मुलक क्षेत्रको लाभ लिन सकिने उत्पादन के के हुन ? निर्यात प्रतिस्थापनको सामान्य सिद्धान्त भनेको आफ्ना लागि आवश्यक समान सकेसम्म आफैं बनाउने भन्ने नै हो । आयात गरिने समानलाई विदेशी लगानीकर्ता भित्र्याएर भएपनि आफ्नै मुलुकमा उत्पादन गर्न आवश्यक छ । नेपाल राष्ट्र बैंकले ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र छ भनेर प्रतिवेदन सार्वजनिक गरेको छ । अनौपचारिक अर्थतन्त्रलाई रोक्ने उपाय के के हुन सक्छ ? जुुनसुकै देशमा अनौपचारिक अर्थतन्त्र हुन्छ । तर हामी कहाँ अलि धेरै अनौपचारिक अर्थतन्त्र हावी छ । कमजोर राजनीतिक नेतृत्वका कारण यस्तो अवस्था आएको हो । डिपार्टमेन्टल स्टोर, शिक्षा, स्वास्थ्य, चिया पसल अधिकांश दर्ता भएका छैनन् । काठमाडौंका ८० प्रतिशत घरले कर नतिरेको तथ्यांकले देखाउँछ । यसको कारण भनेको चाहिने ठाउँमा अनुगमन भएन नचाहिने ठाउँमा मात्रै अनुगमन भएको देखिएको छ । यो सबै सरकारी कमजोरी हो । दोस्रो चरणको आर्थिक सुधारको काम सुरु भएको भनिएको छ । तर जनताले अनुभुति गर्न पाएका छैनन् । साचिक्कै सुधारका काम सुरु भएका हुन त ? बजेटमा दोश्रो चरणको आर्थिक सुधार भनिएको थियो तर त्यो अझै अनुभुत हुने गरी आरम्भ भएको देखिन्न । कानुनहरु संसोधन गरेर लगानीमैत्री बनाउने भनिएको थियो । केहि कानून संसोधन पनि भए तर ती संसोधित कानुनहरु पुराना भन्दा कति अर्थमा फरक छन त ? मलाई लाग्छ लगानी कर्ताले ऐन कानुन संसोधनबाट नयाँ सुबिधा आयो भनेर अनुभव गर्न सकेको छैन् । यसले लगानी बढाउनका लागि खासै ठुलो भूमिका खेल्दैन् । तराई डुबानले ठुलो धनजनको क्षति भएको प्रारम्भीक आँकडाले देखाएको छ । यो वर्ष आर्थिक वृद्धिदरमा कस्तो प्रभाव पार्ला ? पहिलो कुरा त यसपाली गत सालको जस्तो आर्थिक वृद्धिदर सम्भव छैन् । झन बाढी र डुबानले समस्या पार्यो । अहिले नै ठ्याक्कै यति हुन्छ भनेर भन्दा अपरिपक्क हुन्छ । तर ७.२ को आर्थिक वृद्धिदर सम्भव छैन् । २ बर्ष ठप्प भएको आर्थिक विकास गत साल ह्वात्तै बढेको हो, त्यसैले यसपाली त्यस्तो सम्भव छैन् । हाम्रो औसत वृद्धि भनेको ४ प्रतिशत हो । सन् १९९० देखि नै । यसपाली चाँही ४ देखि ५ प्रतिशत पुग्छ । ५ प्रतिशत भन्दा बढिको आर्थिक वृद्धिदर सम्भव हुन्न । लगातार आईरहेका निर्वाचनले आर्थिक गतिबिधि बढाएर वृद्धिदर बढाउन कतिको सहयोग गर्ने संभावना छ ? हामी कहाँ निर्वाचनले आर्थिक गतिबिधि त बढाउँछ तर त्यसले उत्पादन बढाउँदैन् । आयात नै बढाउने हो । तर कृषि उत्पादन बढ्ने, आन्तरिक उत्पादन बढ्ने भन्दा पनि चुनावले आयात नै बढाउने हो । विकास पनि बढाउँदैन् । निजी क्षेत्रलाई पनि चन्दाको चाप बढ्छ । दोस्रो चरणको आर्थिक सुधार त भनियो तर पहिलो चरणमा सुरु गरिएको निजीकरण छाडेर फेरी सरकारले उद्योग चलाउन आरम्भ गरेको छ नि ? सरकारले आफैं उद्योग चलाउने कुरा त्यति सफल हुन्न । यसलाई विगतले पनि पुष्टि गरिसकेको छ । म सिंगापुरमा पनि बसेको मान्छे हुँ । त्यहाँ नाफामा रहेका सरकारी उद्योगहरु पनि निजीकरण गरिएको थियो । सरकारले भन्दा निजी क्षेत्रले नयाँ सीप र प्रबिधीमा काम गरेर उच्चस्तरमा प्रगति गर्छ भन्ने थियो । हामी कहाँ त एउटा सरकारले निजीकरण भन्ने अनि अर्काेले फेरी आफैं चलाउने भनिरहेको छ । सरकार कमजोर भयो भने हाम्रो मुलुकको जस्तो हुन्छ । यस्तै अवस्थामा सरकारले नियमन गर्ने आफ्नो दायीत्व पनि गुमाउँदै गएको छ । जस्तो सुकै समयको फाइदा लिने एउटा समुह हुन्छ त्यस्तो समुहले बिस्फोटक पदार्थ बेचेर पनि प्रगति नै गरिरहेको हुन्छ तर सिंगो मुलुकचाँही ओरालो लागिरहेको हुन्छ ।
दोर्जे डोल्मा गुरुङले हात पारिन मिसेस ग्लोबल २०१७को उपाधी
काठमाडौं । मिसेस ग्लोबल २०१७को उपाधी दोर्जे डोल्मा गुरुङले हात पारेकी छिन् । जमलकाे राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस ग्लोबल नेपालमा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई हराउँदै उपाधी हात पारेकी हुन् । मिसेस ग्लोबल नेपाल २०१७ को फस्ट रनरअपमा सोनिया शर्मा अधिकारी , सेकेन्ड रनरअपमा रिना लामा र थर्ड रनरअपमा सोनिया लामिछाने घोषित भईन् । बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको आयोजकको भनाइ छ । प्रतियोगिताको अन्य टाईटलहरुमा बेस्ट ट्यालेन्टमा रिना लामा, बेस्ट क्याटवाकमा सुजा राउत, बेस्ट पर्सानालिटीमा सुनिता थापा, बेस्ट फोटोजेनिकमा सोनिया लामिछाने, बेस्ट स्माईलमा अन्जना पौडेल, बेस्ट स्किनमा सोनिया शर्मा अधिकारी, बेस्ट ड्रेस्समा रेखा बस्नेत श्रेष्ठ, बेस्ट हेयरमा पुष्पा राई, बेस्ट कम्प्लेक्सनमा आर्जु गुरुङ, मस्ट कन्फिडेन्समा सुनिला कायस्थ, मस्ट डिसिप्लिनमा मिरा राजबंशी गोर्खाली, मस्ट चार्मिङमा तारा थापा, मस्ट ईन्टलजिन्ट दोर्जे डोल्मा गुरुङ, मस्ट एक्टिभमा अनिशा श्रेष्ठ, मस्ट स्मार्टमा सन्तोषी पाण्डे जोशी, मिसेस पंचलमा सुनिता तमाङ, बेस्ट फिगरमा मिना श्रेष्ठ, मस्ट पपुलरमा सुनिता तामाङ र मिसेस पब्लिक चईस एवार्ड मा तारा थापाले हात पारेकी िथइन् । कार्यक्रमको निर्णायकहरुमा मोडेल दिक्पाल कार्की, मोडेल तथा फेसन डिजाईनर क्षितिजा शाक्य िथइन् । साथै, प्रतियोगितालाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकि थिइन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेकाे जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।