विकासन्युज

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ । सुरेन जे. अमरासेकरा नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने एनसेलले जनाएकाे छ । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु जस्तै सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् । ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संङ्गालेका छन् । अमरासेकरा एनसेलमा प्रबन्ध सञ्चालकको रुपमा नयाँ कार्यभार सम्हाल्न लाग्नु भएकोमा एनसेलको सञ्चालक समितिले खुशि व्यक्त गरेको छ । भारत, मलेसिया, श्रीलङका तथा सिङगापुर लगायतका विभिन्न देशहरुका चर्चित दूरसञ्चार कम्पनीहरुमा काम गरेको विस्तृत अनुभव सहित उनको नेतृत्वमा एनसेलले नयाँ कोसेढुंगा थप्दै, डिजिटल इन्क्लुजनद्वारा देशको समग्र प्रगतिमा योगदान पुर्याउने विश्वास एनसेलको सञ्चालक समितिले लिएको छ । सञ्चालक समितिले साइमन पर्किन्सलाई संक्रमणको समयमा प्रमुख योगदानकर्ताको रुपमा नेतृत्व प्रदान गरी एनसेललाई उल्लेखनीय योगदान पुर्याएकोे भन्दै धन्यवाद ज्ञापन गरेको छ । ‘‘यो अवसर पाएकोमा म निकै नै गौरवान्वित छु । एनसेलसँग आवद्ध भई एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गर्दै, डिजिटल नेपालका लक्ष्य प्राप्तिमा योगदान पुर्याउदै, आजीआटाको ‘एडभान्सिङ एसिया’ को लक्ष्य हासिल गर्न इच्छुक छु,’’ एनसेलका नव नियुक्त प्रबन्ध सञ्चालक, सुरेन जे. अमरासेकराले भने । अमरासेकरासँग दूरसञ्चार क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव डिजिटल नेपालको लक्ष्य प्राप्तिमा योगदान पुर्याउदै एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गराउने अमरासेकराको लक्ष्य एनसेलसँग आवद्ध हुनु अघि अमरासेकरा आजीआटा ग्रुप बर्हादको प्रधान कार्यलय क्वालालम्पुर, मलेसियामा रणनीतिक परियोजना निर्देशकको रुपमा ग्रुपले दक्षिण एसियाली क्षेत्रहरु बंगलादेश, नेपाल, श्रीलङ्का तथा पाकिस्तानमा पहल गरेका कार्यहरुमा केन्द्रीत थिए । यसअघि सन् २०१४ देखि २०१७ सम्म अमरासेकराले एयरसेल लिमिटेडमा प्रमुख इन्टरप्राइज अधिकृतका रुपमा सम्पूर्ण भारतको फोरजी/एलटिई सेवा, इन्टरप्राइज, होलसेल र क्यारीअर ब्यवसायको नाफा नोक्सानको जिम्मेवारी लिदै आफ्नो कार्यभार सफलतापुर्वक सम्हालेका थिए । एयरसेल लिमिटेडसँग आवद्ध हुनु अधि अमरासेकराले म्याक्सिस् बहार्द, क्वालालम्पुर, मलेसियाको लागि सह प्रमुख अपरेटिङ् अधिकृतका रुपमा काम गरेका थिए । उनकै नेतृत्वमा म्याक्सिस् मलेसियामा फोरजी सेवा व्यावसायीक रुपमा सुरु गर्ने पहिलो कम्पनी बन्न सफल भएको थियो । म्याक्सिस्सँग रही काम गर्दा उनले ब्रिज एलायन्सको बोर्डको सदस्यको रुपमा पनि काम गरेका थिए । यो एलायन्स ७५ करोड भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको विभिन्न ३७ अग्रणी मोबाइल सेवा प्रदायकहरुको संगठन हो । यस अघि अमरासेकराले १३ वर्ष सिङगापुरको सिङ्टेलमा व्यवस्थापनको विभिन्न उच्च तहमा रहेर काम गरेका थिए । त्यसपश्चात् उनले श्रीलङकाको मोबीटेलमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा कम्पनीको नेतृत्व गर्दै ५ वटा सेवा प्रदायकहरु रहेको अत्यन्त प्रतिस्पर्धि बजारमा मोबीटेललाई दोश्रो स्थानमा पुर्याउन सफल भएका थिए । विभिन्न खाले बजारमा संगालेका अनुभव एवं बहुसांस्कृतिक परिवेशमा सहजै घुलमिल हुनसक्ने दक्ष सिपका कारण अमरासेकराले एनसेललाई अझ उचाईमा पुर्याउन मद्दत गर्नेछन् । अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जीनियरिङ्मा स्नातक तथा स्नातकोत्तर गरेका छन् । यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गरेका छन् ।

नेपाल बैंकले पुर्यायो आठ अर्ब पुँजी

काठमाडौँ । चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक लि दोस्रो बन्न सफल भएको छ । नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत केही अवधि करार व्यवस्थापन र केही अवधि राष्ट्र बैकको व्यवस्थापनअन्तर्गत सञ्चालित भई दुई वर्षयता खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको नेतृत्वमा चलिरहेको सो बैंकको चुक्ता पुँजी हाल आठ अर्ब दुई करोड पुगेको बैंकले जनाएको छ । पुरानो कर्जा असुली, सम्पत्ति बिक्रीलगायतबाट नियामक निकायद्वारा निर्धारित न्यूनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पुर्याउन बैंक सफल भएको हो । बैंकमा सरकारको ६२.५५ प्रतिशत स्वामित्व छ । हाल देशका १३१ शाखामार्फत सेवा पु¥याइरहेको बैकले आगामी आवमा प्रथम चरणमा आफ्ना २५ शाखाबाट स्मार्ट बैङ्किङ सेवा आरम्भ गर्ने जनाएको छ । रासस

आन्तरिक वायुसेवाको उडान काठमाडौंमा, पार्किङ पोखरा र विराटनगरमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप घटाउन नयाँ विकल्पको खोजी गरेको छ । प्राधिकरणले आगामी पर्यटकीय सिजनदेखि काठमाडौं विमानस्थलको हवाई चाप घटाउन बाहिरका विमास्थनमा जहाज पार्किङ गनुपर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंलाई आधार बनाएर उडान गरिरहेका आन्तरिक उडानका अग्रणी वायुसेवा यती, बुद्ध, तारा, सिम्रिक, सीतासहितको वायुसेवालाई दिनभर काठमाडौंबाटै उडान अनुमति दिने र राती पार्किङ गर्न भने विरानगर र पोखरासहितका बाहिरका विमानस्थलमा पठाउने भएको छ ।  तत्कालका लागि जहाज पार्किङ गर्ने ह्याङ्गर विराटनगरमा भएको, रात्री उडानको सुविधा पनि उक्त विमानस्थलबाट रहेको र काठमाडौंबाट अधिकांश वायुसेवाको उडान प्राथमिकता पनि यो विमानस्थलमा पर्ने गरेको छ । जुन विमानस्थलमा धेरै उडान हुन्छ अब त्यहि आधार बनाएर उडान गर्ने व्यवस्था आगामी पर्यटकीय सिजनबाट हुने भएको छ । काठमाडौंबाट पोखरा र विराटनगर जाने होइन अब उताबाट चाहिँ काठमाडौं आउनुपर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने आवश्यकता देखिएको विमानस्थल स्रोतको दाबी छ । यती, बुद्ध, तारा र सिम्रिकको काठमाडौ आधार भएकोले अरु थोरै उडान भएका वायुसेवालाई मात्रै बाहिर जाउँ भन्न सकिएन, अब सबैलाई उडान तालिका अनुसार र जहाज संख्या अनुसार बाहिर पठाएर काठमाडौंको चाप घटाइने भएको  पनि प्राधिकरण स्रोतको दाबी छ । हाल काठमाडौं विमानस्थलमा आन्तरिक वायुसेवाका लागि जम्मा २७ वटा पार्किङ स्थल रहेको छ । ३ वटा जहाज विग्रिए वा लामो समय राख्नुपर्दा रनवेबाट पश्चिमको रिमोट पार्किङ क्षेत्र रहेको छ । कुन बायुसेवाका कति जहाज वायुसेवा कम्पनी             जहाज संख्या बुद्ध एयर                            ९ वटा तारा एयर                          ७ वटा यति एयरलाईन्स              ६ वटा गोमा एयर                        ६ वटा नेपाल वायुसेवा                 ७ वटा सिम्रिक एयरलाईन्स         ४ वटा श्री एयरलाइन्स                ३ वटा सीता एयर                       २ वटा सौर्य एयर                        २ वटा मकालु                             १ वटा काष्टमण्डप                    १ वटा अहिले अत्यावश्यक पार्किङ आन्तरिकको लागि ४० वटा आवश्यक छ । तर मुस्किलले ३० वटा सम्म मात्रै प्रयोग गर्न सकिने अवस्थामा हुने पनि विमानस्थलका प्रवक्ता प्रमनाथ ठाकुरले बताए । उनका अनुसार आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको चार ५ वटा जहाज सधै पार्किङमै थन्किएको हुन्छ । अन्य वायुसेवाको पनि जहाज विग्रिने र आवश्यक मर्मतको लागि पार्किङ स्थल प्रयोग भइरहने भएकोले पनि व्यवस्थापन मिलाउनै समस्या भएको विमानस्थल कार्यालयको भनाइ छ । हाल आन्तरिक वायुसेवाको उडानमा एक दर्जक कम्पनीबीच तीब्र प्रतिस्पर्धा चल्न थालेको छ । वायुसेवा कम्पनीबीच एकपछि अर्कोले जहाज थप गर्ने र सेवा संचालनको दायरा बढाउने गरि भएको प्रतिस्पर्धाले पनि विमास्थल सेवा सुविधा पुर्याउँनै हम्मे परिरहेको छ । काठमाडौं विमानस्थलाई आधार बनाएर मात्रै भएको यस्तो प्रतिस्पर्धाले दुर्गम क्षेत्रका नागरिकको यातायात समस्या भने ज्यूँकात्यूँ छ । हाल नेपालका विभिन्न १० वटा आन्तरिक वायसेवासँगले करिब चार दर्जन  जहाज संचालन गरिरहेका छन् । यी जहाजमार्फत काठमाडौं विमानस्थलबाट मात्रै दैनिक साढे तीन सय वटासम्म उडान हुने गरेको छ । यो जहाज सख्या नियमित उडानका वायुसेवाको मात्रै हो । पर्यटकीय सिजनमा सबैभन्दा बढी उडान तथा अवतरण हुने गरेकोले काठमाडौं बाहिरबाट सेवा दिन र पुर्याउँन नयाँ व्यवस्था हुन लागेको हो । अहिले नै दैनिक ११० वटा उडान र सोही नै संख्यामा अवतरण हुने गरेको छ । पर्यटकीय सिजनमा भने दैनिक रुपमा साढे ३ सय देखि ४ सय वटा सम्म आन्तरिक वायुसेवाको उडान तथा अवतरण हुने गरेको छ । यस्तो समयमा पार्किङ गर्न समस्या हुने गरेकोले अकासमै जहाज होल्ड गर्नुपर्ने समस्या बढेको छ ।

कन्काई विकास बैंकको ३२ लाख कित्ता हकप्रद निष्कासन, साउन ९ देखि आवेदन खुला

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडले ३२ लाख १० हजार कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरले एक कित्ता हुनेका लागि २ दशमवल १४ ( १ः २.१४)को अनुपातमा हकप्रद विक्री गर्ने भएको छ । यो बैंकले आगामी साउन ९ गतेबाट भदौ ११ गतेसम्म हकप्रदको आवेदन दिन पनि आग्रह गरेको छ । यो बैैंकले १५ करोड रुपैयाँको चुक्ता पुँजी बढाउन ३२ करोड १० लाख रुपैयाँको उक्त सेयर जारी गरेको हो । यसको यही असार १८ गतेभित्र कारोबार गरेको सेयरधनीले मात्रै हकप्रदको आवेदन दिन पाउने भएका छन् । यसको सेयर आवेदन कन्काई विकास बैंक, सिद्धार्थ बैंक तथा सिद्धार्थ क्यापिटलमार्फत दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

कहाँ गए दर्ता छुटमा भित्र्याएका माओवादी नेताका ९४ गाडी, कुन गाडी को सँग ?

काठमाडौं । शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन्। सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई दुई गरी ९४ वटा गाडी दर्ता छुटमा उपलब्ध गराएको थियो। माओवादीले ती गाडी पार्टी केन्द्रीय कार्यालयको सम्पत्तिका रूपमा नेताका नाममा दर्ता गराएको थियो। तर, अहिले ती गाडी कुन अवस्थामा छन् भन्ने विवरण माओवादी केन्द्रीय कार्यालयसँग छैन। २०७२ साल फागुनमा बसेको माओवादी स्थायी समिति बैठकले पार्टीका सम्पत्ति पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गर्ने निर्णय गरे पनि अहिलेसम्म केन्द्रीय कार्यालयले त्यसको रेकर्ड राख्न सकेको छैन। ‘पार्टीको सम्पत्तिका नाममा केही गाडी छन्, ती जजसले प्रयोग गरिरहनुभएको थियो, उहाँहरूले नै आफ्नो तजबिजका साथ प्रयोग गरिरहनुभएको छ, पार्टीले त्यसको अभिलेख राखेको छैन’, माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रल्लाद बुढाथोकीले भने, ‘कतिपय नेता पार्टी छाडेर अन्य पार्टीमा हुनुहुन्छ। पार्टी विभाजनपछि माग्ने कुरा भएन, उहाँहरूले पनि बुझाउनुभएको छैन।’ कहाँ छन् ती गाडी ? ९४ गाडीमध्ये ५७ वटा माओवादी लडाकु नेपाली सेनामा समायोजन हुँदा शान्ति मन्त्रालयमा बुझाइएको माओवादी नेता बताउँछन्। बाँकी ३७ गाडी भने अहिले विभिन्न समूहमा विभाजित माओवादी नेतासँगै छ। त्यसमध्ये २६ माओवादी केन्द्र, चार मोहन वैद्यको क्रान्तिकारी माओवादी, तीनवटा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेतासँग र चारवटा नेत्रविक्रम चन्दको पार्टी नेकपाका नेतासँग छन्। कतिपय माओवादी नेताले यो अवधिमा राज्यका तर्फबाट गाडी सुविधासमेत पाएका छन्। त्यसरी सुविधा पाएपछि पार्टी बैठकले दोहोरो सुविधा नलिन निर्देश गरेको थियो। तर, त्यो निर्देशन कार्यान्वयन नभएको माओवादी नेता बताउँछन्। ‘दुई वर्षअघि नै स्थायी समितिले दोहोरो सुविधा लिइरहेका नेताहरूलाई आफूले प्रयोग गरिरहेका पार्टीको नामका गाडी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको थियो तर दोहोरो सुविधा पाएका नेताले नै बुझाउनुभएको छैन’, केन्द्रीय कार्यालयका अर्का एक नेताले भने। पार्टी बैठकको निर्णय कार्यान्वयन गर्ने हो भने अहिले सरकारमा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जर्नादन शर्मालगायत नेताले आफूसँग रहेको गाडी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने थियो। यसअघि मन्त्री भएका नेताहरूले पनि नबुझाएपछि महरा र शर्माले पनि कार्यालयमा गाडी बुझाउनुभएको छैन। माओवादी स्रोतका अनुसार पार्टीको गाडी लगेको र राज्यबाट पनि सुविधा पाइरहेका नेताले प्रदेश कार्यालय र पार्टीकै काममा प्रयोग हुँदै आएको बताएर केन्द्रीय कार्यालयमा बुझाएका छैनन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा राज्यले गाडी सुविधा दिएपछि उनले चढ्दै आएको गाडी नेता नारायणकाजी श्रेष्ठले प्रयोग गरिरहेका छन्। नेताहरूले मर्मतमा ध्यान नदिँदा अधिकांश गाडी अहिले प्रयोग गर्न छाडेका छन्। चक्रपाणि खनाल, जर्नादन शर्मा, लेखराज भट्ट, हितमान शाक्यलगायत नेताले अहिले गाडी प्रयोग गर्न छाडेका छन्। ‘कन्डिसनभन्दा बाहिर रहेको र प्रयोगहीन अवस्थामा पुगेका कारण गाडी चढिँदैन’, एक नेताले भने, ‘मर्मत खर्च धान्नै नसकिने भएपछि चढ्नै छाडिदिएको छु।’ कुन गाडी कोसँग ? माओवादी केन्द्रसँग बा.९ च ६४०० पुष्पकमल दाहाल बा.९ च ६४३९ रामबहादुर थापा बा.९ च ७६३७ हितमान शाक्य बा.९ च ६९२९ पम्झा भुसाल बा.९ च ६६९४ अग्निप्रसाद सापकोटा बा.९ च ७१९९ जनार्दन शर्मा बा.९ च ६५९५ टोपबहादुर रायमाझी बा.९ च ६५९९ दिनानाथ शर्मा बा.९ च ७४२८ गोपाल किराती बा.९ च ७६३६ लेखराज भट्ट बा.९ च ७४५० केन्द्रीय कार्यालय बा.९ च ६९२२ वर्षमान पुन बा.९ च ६९३० हरिबोल गजुरेल बा.९ च ७४३५ लोकेन्द्र विष्ट मगर बा.९ च ६३९५ कृष्णबहादुर महरा बा.९ च ६३९७ पोष्टबहादुर बोगटी बा.९ च ७४३१ शक्तिबहादुर बस्नेत बा.९ च ७४३९ चक्रपाणि खनाल बा.९ च ६३९८ केन्द्र्रीय कार्यालय बा.९ च ७२०० नन्दबहादुर पुन (हाल उपराष्ट्रपति) बा.९ च ६३९९ केन्द्रीय कार्यालय बा.९ च ६४२९ नारायणप्रसाद शर्मा बा.९ च ६६९७ कुलप्रसाद केसी वैद्य माओवादीसँग बा.९ च ७९२९ मोहन वैद्य बा.९ च ६६९३ चन्द्रप्रसाद गजुरेल बा.९ च ६५९८ इन्द्रमोहन सिग्देल बा.९ च ६७१५ हरिभक्त कँडेल भट्टराई पक्षसँग बा.९ च ७६३८ बाबुराम भट्टराई बा.९ च ६९२१ देवेन्द्र पौडेल बा.९ च ६३९६ हिसिला यमी चन्द पक्षसँग बा.९ च ७१९८ धर्मेन्द्र बाँस्तोला बा.९ च ६५९६ खड्गबहादुर विश्वकर्मा बा.९ च ७४२७ नेत्रविक्रम चन्द बा.९ च ६५९७ हेमन्तप्रकाश ओली , अन्नपूर्ण पोस्टबाट ।

नेपालमा कतार संकटको बाछिटो, नेपाललाई आफ्नो पक्षमा पार्न कुटनीतिक प्रयास

काठमाडौं । खाडीका ६ सहित सात राष्ट्रले कतारसंग कृटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पनन कुटनीतिक संकट नेपालसम्म आईपुगेको छ । सम्बन्धी विच्छेद गर्ने सात राष्ट्र र कतारले नेपाललाई आफ्नो पक्षमा पार्न कुटनीतिक प्रयास थालेका छन् । खासगरी खाडीका सबै राष्ट्रसंग रोजगारको सम्बन्ध राखेको नेपाल भने दुबै पक्षसंग सन्तुलित हुन चाहेको छ । खाडी राष्टमा उत्पन्न कुटनीतिक संकटबारे जानकारी गराउन र नेपाललाई आफ्नो पक्षम लिन बिहीबार साउदी अरब, इजिप्ट र संयुक्त अबर इमिरेट्सका राजदूत एकसाथ परराष्ट मन्त्रालय पुगे सात राष्टले कुटनीतिक सम्बन्ध विच्छेद गरेकोले कतार राजदूरतसँग एक साताअघि नै परराष्ट पुगेका र्थि । नागरिक दैनिकबाट ।

अनियमितताको मेलोमा असारे विकास, हतारमा कामले बजेटको सदुपयोग

सिरहा । सरकारी अड्डाका लागि असरा महिना भ्यानभ्याई हुन्छ । असारको मिससिमे पानीमा कालोपत्रे, मुसलधारे बर्षमा नाली निर्माण काम हुन्छ, भईरहेको छ । बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छ न बजेटको सदुपयोग नै हुन्छ । असारे विकास आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ । असारे अनियमिताको नुमना काम अहिले सिरहा बजारमा हुँदैनछ । बजारको हेमनारायण चोकदेखि पुर्व २ सय १४ मिटर र त्यसपछि जिल्ला प्रहरी कायाृल्यसम्म २५० मिटर पक्की नाला निर्माणका लागि जिल्ला समन्वयसमितिले कमला निर्माण सेवा गोद्धारसँग ठेक्का सम्झौता गरेको छ । ७५ लाखको उत्त नाला सम्पन्न भैसक्नुपर्ने बेलासम्म पनि काम नै सुरु भएको छैन । यो विकास होईन बरु सरकारी रकमको चरणम दूरुपयोग हो । यहाँ खर्च भएको रकम बर्खामा हुने खर्च बर्षासंगै बग्छ । नागरिक दैनिकबाट ।

प्रदेश सभाको निर्वाचन असोज ३० मा गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ। साथै आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दबाब पनि सरकारलाई दिएको छ। निर्वाचन आयोगमा बिहीबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारी र कानुन सचिव कमलशाली घिमिरे तथा गृह मन्त्रालयका प्रतिनिधिहरूसहितको बैठकमा आयोगले यस्तो प्रस्ताव गरेको हो । बैठकमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्यालसहित आयोगका सहसचिवहरू सहभागी थिए। बैठकमा प्रमुख आयुक्त यादवले नेपालको संविधानअनुसार आगामी माघभित्र प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक व्यवस्था भएकाले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधि सभा सदस्य ऐन आयोगलाई चाहिने बताएका थिए। बैठकपछि आयोगका कायम मुकायम सचिव महेश्वर न्यौपानेले छोटो कुरा गर्दै भने, ‘प्रमुख निर्वाचन आयुक्तले असार मसान्तसम्म प्रदेश सभा र प्रतिनिधि सभा सदस्य ऐन आयोगलाई चाहिन्छ भन्नुभयो, त्यसपछि कानुन सचिवले यो कुरा कानुन मन्त्रीसँग राख्छु भन्नुभएको छ।’ आयोग स्रोतले दिएको जानकारीअनुसार आयोगले निर्वाचनको मिति र कार्यक्रमको कार्यसूची नै छलफलका लागि प्रस्तुत गर्दै प्रदेश सभाको निर्वाचन असोज ३० गते सोमबार गर्ने गरी प्रस्ताव गरेको छ । निर्वाचनको मिति तोक्ने अधिकार नेपाल सरकारलाई मात्रै छ । आयोगले मतदाता नामावली सङ्कलन गर्नुपर्ने भएकाले मतदाता ऐनमा पनि संशोधन हुनुपर्ने प्रस्ताव सरकारसमक्ष राखेको छ । मतदाता ऐनमा निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्था छ । आयोगले यसअघि नै मङ्सिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्नका लागि सरकारलाई लिखित रूपमै पत्राचारसमेत गरेको छ । आउँदो असोज २ गते प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तह निर्वाचन हुँदैछ । गोरखापत्र दैनिकबाट ।