एनसेल र एनटीसीको सीम कार्ड बोक्ने झण्झट हट्दै, अघि बढ्यो एउटै सिम कार्डमा दुईवटा कम्पनीको सेवा दिलाउने प्रक्रिया
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकले सेवा प्रदायक छनोट गरेर सेवा लिन पाउने (नम्बर पोर्टेबिलिटी) सुविधा दिन बेलायती कम्पनीलाई परामर्शदाताको रूपमा छनौट गरेको छ । प्राधिकरणले करिब ८२ लाख रुपैयाँ खर्च गरेर नम्बर पोर्टेबिलिटीको मापदण्ड बनाउँदै छ । यो मापदण्ड बनाउने जिम्मा प्राधिकरणले बेलायती कम्पनी लाउरेसिया एसोसिएसन तथा कमनवेल्थ कम्युनिकेसनलाई दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । अर्यालका अनुसार अन्य दुईवटा कम्पनीको प्रस्ताबभन्दा लाउरेसियाको उपयुक्त भएकोले यसैलाई आगामी चार महिनाभित्रै उचित मापदण्ड सहतिको आधार पेश गर्न जिम्मा दिइएको हो । यो कम्पनीसँग यही असार ५ गते आवश्यक कार्यविधि बनाएर पेश गर्ने गरी प्राधिकरणले सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यो कम्पनीले मोवाइल नम्वर पोर्टेबिलिटीको आवश्यक कानुनी तथा प्रक्रियागत व्यवस्था गर्ने छ । प्राधिकरणले उक्त कम्पनी दिएको प्रस्तावलाई आधार बनाएर कुनै तेस्रो पक्षलाई नम्बर पोर्टेविलिटी सुविधा दिने गरी जिम्मा दिने पनि उल्लेख छ । यो कम्पनीले आगामी चार महिनाभित्रमै आवश्यक प्रक्रियाको प्रतिवेदन दिन्छ । यो कम्पनीले पैसा छोडेर सीम परिवर्तन गर्ने र पैसा सहित सीम लिने ग्राहककोले अपनाउने सर्त र पाउने सुविधा तय गर्छ । कसरी लिन सकिन्छ नम्बर पोर्टेबिलिटी सुविधा ? परामर्शदाताले दिएको सुझावा आधारमा प्राधिकरणले नम्बर पोर्टेविलिटी सुविधा दिन्छ । यो सुविधामा एसएमएस वा सम्बन्धित सोवा प्रदायकमै गएर नम्बर परिवर्तन गर्ने भन्ने बारेमा भने तय गरेर मात्रै परामर्श दाताले प्रतिबेदन दिन्छ । सोही प्रतिवेदनलाई प्राधिकरणले कार्यान्वयनमा ल्याउने हो । यो कम्पनीले एउटा मोवाइल सोवा प्रदायक कम्पनीबाट अर्को मोवाइल सेवाप्रदायक (एनसेलबाट एनटीसी वा एनटीसीबाट एनसेल)को सेवा परिवर्तन गर्न पाउँछन । अहिले टेलिकमको सीमकार्ड प्रयोग गर्नेले एनसेलेको वा एनसेलको सीम प्रयोग गर्नेले टेलिकमको सेवा लिन चाहेमा तुरुन्तै पाउँछन् । यो अभ्यासले अन्तर्राष्ट्रिय स्तरमा हुने गरेको सेवा सुविधा चाहेकै कम्पनीबाट उपभोक्ताले पाउँछन् । ग्राहकको हितमा भएकोले लागू गराउँदै प्राधिकरण दूरसञ्चार प्राधिकरणका अनुसार यो सुविधा ग्राहकको हितमा भएकोले पनि कार्यान्व्यन गर्न खोजिएको हो । यो कुनै कम्पनी विशेषको रुची र हितमा आएको सुविधा नभएको दाबी प्राधिकरणको छ । यो सुविधापछि ग्राहकलाई एउटै नम्बर भएकोले सम्झन सजिलो, सेवाप्रदायकबीच स्वस्च्छ प्रतिप्रर्धा हुन्छ । एउटै ग्राहकले दुईवटा सेवाप्रदायकको नम्बर बोक्नुपर्ने झन्झट हुँदैन । ग्राहकले कति समयमा कम्पनी परिवर्तन गर्न पाउने, शुल्क कति लाग्ने, सिस्टम के हुने, कतिपटक कम्पनी परिवर्तन गर्न पाउने, एसएमएस वा निवेदन दिने भन्ने विषयको टुङ्गो परामर्शदाताले लगाउने भएको पनि प्राधिकरणले जानकारी दिएको छ । परामर्शदाताले सेवा प्रदान, नियमन, ग्राहकको सहजता, सेवाप्रदायक समक्ष धाउनु नपर्नेलगायतको व्यवस्थाको विषयमा पनि परामर्शदाताले दिएकै प्रतिवेदनको आधारमा तय हुने पनि उल्लेख छ । तीन कम्पनीमध्येबाट छानियो लाउरेसिया नेदरल्याण्डको रोविन कन्सल्टेसन, भारतको इभन्स्ट एण्ड युईज र बेलायती लाउरोसिया एसोसिएसन तथा कमनवेल्थ कम्युनिकेसनमध्येको तीन वटा कम्पनीबाट उत्कृष्ट कम्पनी छनोट भएको हो । तीनवटामध्ये लाउसेरियाको प्रस्ताव उपयुक्त भएकोले यसैलाई छनोट गरेर सम्झौता पनि भैसकको प्राधिकरणले जानकारी दिएको छ । यो कम्पनीले करिब ८२ लाख रुपैयाँको प्रस्ताव पेश गरेको थियो । यसले कोट गरेको आर्थिसँगै प्राविधिक प्रस्ताव उपयुक्त देखिएको पनि प्राधिकरणले जानकारी दिएको छ । अब यो कम्पनीले दिएको प्रतिवेदनलाई प्राधिकरणले सेवाप्रदायकमा मार्फत कार्यान्वयन गराउने भएको छ ।
संकटमा कतार, कतारी ऊँटलाई साउदीमा नाकाबन्दी: नेपाली गोठालालाई तनाव
काठमाडौं । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन्। उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो। भोजपुरका ३७ वर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभूमिमा बस्न थालेको ७ वर्ष भयो। खासमा उनी काम गर्न कतार पुगेका थिए। कतारी साहू मोहम्मद मर्रीले साउँदीमा उँट हेर्न लगेपछि उनी त्यतै बस्त थाले। जसोतसो जिन्दगी चलिरहेका बेला कतारमाथि नाकाबन्दी भयो। त्यही कारण उनले उनले एकसातायता कल्पनै नगरेको कष्ट सहनुपरयो। कतारी निकायका अनुसार साउदीले दुई दिनमा १२ हजार उँट, ५ हजार भेडा सयभन्दा बढी गोठाला डिपोर्ट गरेको छ। कतार उँट एसोसिएसनले कतारी नागरिकको साउदीका विभिन्न स्थानमा १ लाख ५० हजारभन्दा बढी उँट रहेको जनाएको छ। कतारी भिसा भएका गोठालालाई ऊँट हेर्न मालिकले सँगै लिएर जान पाउने सुविधा दिएको थियो। कतारीले साउदी लानेबेलामा नेपाली दूतावाससँग अनुमति लिने गरेको छैन्। कान्तिपुर दैनिकबाट । नेपाली दूतावासले आफ्ना नागरिकलाई कतारबाट साउदीमा ऊँट, बाख्रा र मजरामा काम गर्न लैजाने बेला अनुमति वा जानकारी दिनुपर्ने विषयमा कतारी निकायसँग चासो राखेको छैन्।
नगरकोटमा क्लब हिमालयसहित दर्जनौ होटल भत्काउने निर्णय
नगरकोट । पर्यटकका लागि आकर्षक मानिएको नगरकोटमा ठूला साना होटलहरूले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ। जिल्लास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको क्लब हिमालयबाट अतिक्रमण हटाउन सुरू गर्ने निर्णय गरेको छ। जिल्लामा भएका थुप्रै अतिक्रमणमध्ये नगरकोट क्षेत्रको अतिक्रमण क्लब हिमालयबाट सुरू गर्नुपर्छ,’ नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युत पौड्यालले भने,‘ निर्वाचनअघि हामीले केही समय अतिक्रमण हटाउन रोकौं भनेका थियौ, अब जसरी पनि जनप्रतिनिधिलाई अगाडि लगाएर वन र सार्वजनिक जग्गा अतिक्रमण हटाउनुपर्छ।’ नगरकोटका ठूला होटलहरू द फोर्ट, रूपेस माउन्टेन र होटल भ्यू प्वाइन्टले जग्गा अतिक्रमण गरेका छन्। सबैभन्दा धेरै क्लब हिमालयले १३ रोपनी, द फोर्टले ५ रोपनी, रूपेस माउन्टेनले एक रोपनी होटल भ्यू प्वाइन्टले २ रोपनी र मधुवन होटलले १ रोपनी जग्गा अतिक्रमण गरेका छन्। नगरकोटमा रहेका लप्ट होराइजन, घर छँप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारीलगायतका होटलहरूले पनि जग्गा अतिक्रमण गरेका छन्।
राष्ट्रिय राजमार्ग दैनिक ६ घन्टा अवरोध, दशौँ हजार यात्रुलाई सास्ती
काठमाडौं । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ। दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौँ हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन्। राजधानीबाट पूरै देशलाई जोड्ने यो नै मुख्य सडक हो। स्तरोन्नतिमा ढिलाइ हुँदा दिनमा हजारौँ यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ। यो सडकको स्तरोन्नति १० असार ०७२ मा सुरु भएको थियो। अहिलेसम्म आधा काम भएको छ, तर आगामी चैतमा सक्ने नयाँ लक्ष्य छ। सडक जम्मा ३३ किलोमिटर, ठेकेदार नेपाल र भारतका नारायणगढ–मुग्लिङ ९स्तरोन्नतिसहित० सडकखण्डको कुल लम्बाइ ३३ किलोमिटर छ। सडकलाई तीन भागमा विभाजन गरेर विस्तार र स्तरोन्नति गरिँदै छ। पहिलो साढे १० किलोमिटर सडकको विस्तार भारतको बिएलए ग्रुप र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले गरिरहेका छन्। त्यस्तै, बीचको साढे १० किलोमिटरमा भारतको उडहिल कम्पनी र नेपालको लामा कन्स्ट्रक्सन संलग्न छन्। अन्तिम १२ किलोमिटरको काम भने भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कम्पनीले गरिरहेका छन्। तीनवटै खण्डमा भारत र नेपालका एक–एक निर्माण कम्पनीको ‘ज्वाइन्ट भेन्चर’मा सडक स्तरोन्नति भइरहेको छ। यति सुस्त गतिमा काम भइरहे पनि आयोजना प्रमुख चन्द्रनारायण यादवले भने निर्माण कम्पनीहरूले सन्तोषजनक काम गरिरहेको बताए। तर, उनका अनुसार नै अहिले यस सडकखण्डमा करिब ५० कामदार कार्यरत छन्। मंसिर–पुस९सिजन०मा भने दुई सय जनासम्म पुग्ने गरेको उनले जानकारी दिए। आयोजनामा डोजर तथा एक्साभेटर २१ वटा, ट्रिपर २४ वटा, ग्रेडर ६ वटा र रोलर ७ वटा प्रयोग गरिएको छ। ०७२ मा भएको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा निर्माणमा ढिलाइ भएको नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख यादवको भनाइ छ। ‘यसबाहेक आयोजना विस्तारका लागि आवश्यक कामदार, कच्चा पदार्थ (ढुंगा, गिट्टी र बालुवा) अभाव तथा जग्गा प्राप्ति समयमा नहुँदा पनि ढिलाइ भएको हो,’ उनले भने ‘अर्कोतिर अप्ठ्यारो ठाउँमा एकैपटक धेरै कामदार परिचालन गर्न पनि नसकिने अवस्था छ।’ आयोजना व्यवस्थापन पक्षले विस्तार र निर्माण कामको चैतमा मात्र सम्पन्न गर्न सकिने जानकारी गराए पनि अहिलेसम्म सडक विभागले मंसिरसम्मको मात्र म्याद दिएको छ। ‘सरकारले ८ महिना म्याद थपिसकेको छ,’ आयोजना प्रमुख यादवले भने, ‘अब चार महिना पनि थप गराउने प्रक्रियामा छौँ।’ कामलाई तीव्रता दिन सडक बन्द गर्ने समय वृद्धि गरिएकाले हालको कार्ययोजनाअनुसार नै सडक विस्तार सम्पन्न हुने उनको भनाइ छ। आयोजना कार्यालयका अनुसार अहिलेसम्म विस्तारको काम ५१ प्रतिशत सकिएको छ। आयोजनाको कुल लागत ३ अर्ब रुपैयाँमा आर्थिक वर्ष ०७२र७३ सम्ममा १ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ। ०७४ चैतसम्ममा आयोजना सम्पन्न गर्ने हो भने मासिक १५ करोड रुपैयाँको दरले खर्च गर्नुपर्ने हुन्छ। चालू आर्थिक वर्षका लागि सरकारले १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ। ‘जेठसम्म ५० करोड रुपैयाँ खर्च भएको छ,’ यादवले भने, ‘केही बिलको भुक्तानी पनि गर्न बाँकी छ।’ चालू आर्थिक वर्षभित्र कुनै प्राकृतिक वा अन्य समस्या नदेखिए ८० प्रतिशत खर्च गरिने उनले बताए। यस आयोजनाका लागि विश्व बैंकको २ अर्ब ९० करोड रुपैया ऋण सहयोग रहेको छ। नयाँ पत्रिका दैनिकबाट ।
एसईई नतिजामा लापारबाही: परीक्षा नदिएको विषयको नजिता आएपछि विद्यार्थी हैरान
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयको लापारबाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अप्ठेरोमा परेका छन् । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामाा विषय परिवर्तन भएर नतिजा आएपछि सच्याउन जानेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना ईग्लि सेकेन्डरी स्कुलका विद्यार्थीले आफुले नपढेको र परिक्षा नदिएको विषयको नतिजा आएको आरोप लगाएका छन । नेपाल समाचारपत्रबाट ।
हुवावे पि टेन प्लस नेपाली बजारमा, खरिदमा एनसेलको १ जिबि डेटा सित्तैमा
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्व प्रसिद्ध क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै फोटोलाई अझै राम्रो बनाउने कम्पनीले जनाएको छ । नवीन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज जस्ता विषेशता रहेका छन् जसले पि टेन प्लसलाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको छ । एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँनेछन् । यो सहकार्यले ग्राहकलाई विषेश लाभ सुनिश्चित गर्दै उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिइएको छ । नेपालको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग सहकार्य गरी आफ्नो अत्याधुनिक स्मार्टफोन किन्ने ग्राहकलाई निःशुल्क एनसेलको डेटाका प्रदान गर्न पाएकोमा आफु खुसि रहेको हुवावे टेक्नोलोजिज्ले बताएको छ । हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ । बण्डलिङ्ग अन्तर्गतको डेटाकोसेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उक्त मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् । एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरिसकेको छ । साथै, कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कार्य गरिरहेको । कम्पनीले आफ्नो ‘इन्टरनेट सबैका लागि’ थिम अन्र्तगत ग्रामिण र दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्नका लागि थ्रिजी नेटवर्कको विस्तार पनि गर्दैछ । ‘‘हामीले मोबाइल ब्रोडब्याण्डमा ग्राहकको पहुँच बढाउदै डिजिटल नेपाल निर्माणको परिकल्पनालाई साकार बनाउन योगदान पुर्याउने प्रतिबद्घता बमोजिम अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध हुने गरी फोरजी नेटवर्कको विस्तार गर्दैछौ र थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँदै छौं । मोबाइल ब्रोडव्याण्ड र ग्राहक अनुभवमा मोबाइल डिभाइसले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ किनकी डिभाइसको माध्यमबाट ग्राहकले विविध सेवा तथा अवसरहरु उपयोग गरी लाभ लिने हो । त्यसैले नविन विषेशता र क्षमता भएका स्मार्टफोनहरुमा पहुँच हुनु महत्वपुर्ण हुन्छ । हुवावेसँग सहकार्य गर्दै ग्राहकका लागि आफ्नो डेटा सेवा उपलब्ध गराउदा हामी हर्षित छौं । यसले ग्राहकलाई थप मूल्य तथा विभिन्न अवसरहरुको लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । पि टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबि आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध छन् । एनसेलको १० जिबि डेटा, विषेश डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर-घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधाले पि टेनलाई अझ विशेष बनाएको छ । पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि-लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स-साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् । हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहकदेखि युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ । हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र एकदमै रुचाइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो ।
मुक्तिनाथ बिकास बैंकद्धारा मृतकको परिवारलाई १ लाख रुपैयाँ बिमा भुक्तानी
काठमाडौं । मुक्तिनाथ बिकास बैंक लिमिटेडले फलेबास नगरपालिका वडा नं. ३ पर्वत निबासी मृतक माया परियारको परिवारलाई जम्मा १०६,५०० रुपैयाँ बितरण गरेको छ । उक्त रकम बैंकले शुक्रबार एक सोक समारोह आयोजना गरि बितरण गरेको हो। बैंकको ग्राहक मृतक परियारले मुक्तिनाथ बिकास बैंक मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो जिबन बिमा गराएकी थिइन् र मुक्तिनाथ बिकास बैंकबाट १५०,००० कर्जा समेत लिएको बैंकले जनाएको छ । उनको ५५ बर्षको उमेरमा मृत्यु भएकोले निजको हकवाला छोरा मनबहादुर दर्जीलाइ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मृत्युदावी भुक्तानी स्वरुप रु १००,००० बिमांक र बोनस रु ६५०० गरि जम्मा रु १०६,५०० रुपैया राहत स्थानिय र निजको आफन्तहरुको उपस्थितीमा बितरण भएको थियो भने बैंकले बैंकको तिर्न बाँकी रहेको कर्जा रु ६५,००० मिनाहा गरि दिएको थियो । उक्त कार्यक्रममा बैंक अनुगमन कार्यालय पोखराको अनुगमन अधिकृत मुकेश बिक्रम वस्ती र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय वालिंगका शाखा प्रबन्धक भोज कुमार कुवरद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । बैंकले नेपालका उत्कृष्ठ बिमा कम्पनीहरु संगको सहकार्यमा आफ्ना लघुवित्तका ग्राहकहरुलाई जिबन बिमा प्रति आकर्षित गराइ बिमा गराउँदै आएको छ । बैंकका अनुगमन कार्यालय पोखराका अनुगमन अधिकृत मुकेश बिक्रम वस्तीले बताउदै स्थानियहरुलाई समेत बिमाको फाइदा बारे बताएका छन् ।
सोसियल बिजनेश च्यालेन्ज पुरस्कार कुलदिप अर्याललाई
काठमाडौं । सोसियल बिजनेश च्यालेञ्ज २०१७ अवार्ड कुलदिप बन्धु अर्यालले प्राप्त गरेका छन् । युनुस सोसियल बिजनेश सेन्टर र किग्ंस कलेजले संयुक्त रुपमा सञ्चालन गरेको च्यालेन्जमा ग्रामिण विकास अभियानका तर्फबाट सहभागी अर्यालले अग्रो सेल्टर परियोजनाका लागि प्रथम पुरस्कार प्राप्त गरेका हुन् । अर्याललाई एक लाख नगद सहित पुरस्कृत गरिएको हो । समुदायद्धारा सञ्चालित कृषि उपज भण्डार केन्द्रलाई एग्रो सेल्टर भनिन्छ । हाम्रो डक्टर्स, एग्रो मार्ट, एल पानी, एग्रो टेक, फार्म, स्वास्थ्य मञ्च, एभोकाडो एण्ड मोर, स्प्रिङ स्यानीटेरी न्यापकिन्स र रास्बीन इन्टरप्राइजेजलाई पछि पार्दै उपाधी जितेको हो । संस्थाले नेपालमा व्यवसायीक कृषि कर्म र उत्पादित उपजको बजारीकरणमा ठुलो चुनौती रहेको बताएको छ । कृषि क्षेत्रमा रहेका समस्याहरुको तत्कालिन तथा दिर्घकालिन समाधानका उपायहरुको खोजी गर्दै सोसियल बिजनेश च्यालेञ्ज प्रतियोगीता आयोजना गरिएको थियो । ५० प्रतियोगीहरुले काठमाडौं, बिरगञ्ज, बिराटनगर, जनकपुर, चीतवन लगायतका शहरबाट सहभागीता जनाएका थिए ।