विकासन्युज

यस्तो छ वैशाख एक गते मात्र फुल्ने अनौठो फूल, जसलाई हेर्न भारतबाट लाखौँ आउने

सिरहा। सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौँ सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ । प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ । लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् । सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ । राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे । मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ । भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ । रासस

एप्पल वल्र्डमा मोबाइल किन्दा उपहार नै उपहार, खरिदमा ६० प्रतिशत सम्म छुट

काठमाडौं । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको लेटेस्ट तथा ब्राण्डेड मोबाइल एप्पल वल्र्ड (मोबाइल वल्र्ड) प्रालिले नयाँ बर्षको अबसर पारी मोबाइल खरिदकर्ताले उपहार नै उपहार पाउने योजना ल्याएको छ । एप्प्ल वल्र्डमा सामसुङ मोबाइलमा मोडल हेरी ६० प्रतिशत सम्म छुट, युएमआइ र एलजी मोबाइलको खरिद गर्दा अर्को सित्तैमा पाउने, हरेक मोबाइल खरिदमा हात खाली नजाने उपहार, मोबाइल एक्सचेन्ज अफर लगायतका कम्प्लिट मोबाइलको सोलुसन लिएर आएको एप्पल वल्र्ड न्यु मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । एप्पल वल्र्डलाई कम्प्लीट मोबाइल सोलुसन गर्ने हबको रुपमा अगाडी बढाइरहेको बताउँदै निर्देशक ग्लाइडरले ६० प्रतिशत सम्म छुट पाइने यो योजनाबाट भरपुर फाइदा लिन ग्राहकहरुलाई अनुरोध गरेका छन् । दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले नयाँ प्रबिधी मार्फत फुटेको डिस्प्ले बनाउने र ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने ब्यबस्था गरेको छ ।  नयाँ बर्षमा उपहार आदान प्रदान गर्न र एसइइ परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई यो उपहार योजनाले फाइदा पुग्ने निर्देशक संगम राइको बिश्वास छ । एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्श लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एशोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । नयाँ बर्षको पहिलो दिन देखि १५ दिन सम्म मोबाइल खरीद गर्ने मध्येबाट लक्की ड्र मार्फत २ जनालाई आइफोन सेभेन र सेभेन प्लस बितरण गरिने निर्देशक संगम राइले जानकारी दिए ।

सामान्य अंकले घटेको बजारमा साढे एक अर्बको कारोबार, सबैभन्दा बढी एनसीसी बैंकको

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलब ९४ अंकले घटेर १६९७ दशमलब १३ अंकमा झरेको छ । बिहीबार नेप्से परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन एक अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ५२ करोड रुपैयाँ घटी हो । बिहीबार कुल १४३ कम्पनीको २१ लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ । घटेको बजारमा पनि एनसीसीको बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार बैंकको १७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४५४ रुपैयाँ रहेको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार बीमा र विकास बैंक समूह बाहेका कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक २२ अंकले ओरालो लागेको छ । बीमा र विकास बैंक समूहको परिसूचक भने क्रमशः ६४ र ०.६९ अंकले उकालो लागेका हुन् ।

कृषि विकास बैंकको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । कृषि विकास बैंककोे आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । जस अनुसार बैंकले २०७३ साल असार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयरलाई वार्षिक ६ प्रतिशतले हुने ३८ करोड ६२ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । त्यस्तै, बैंकले हकप्रद साधारण शेयर बिक्री पश्चात कायम भएको साधारण शेयर चुक्ता पुँजी ५ अर्ब ९० करोड रुपैयाँमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको साधारण शेयर र अग्राधिकार शेयर गरी चुक्ता पुँजी ११ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ । २० प्रतिशत बोनस पश्चात बैकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ हुने छ भने साधारण चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । २०७३ साल फागुन मसान्तसम्ममा बैंकको निक्षेप ८८ अर्ब २९ करोड रुपैयाँ र कर्जा २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले जनाएको छ ।

एनसीसी बैंकको विशेष साधारणसभा वैशाख १५ गते, ५० प्रतिशत हकप्रद दिने प्रस्ताव

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विशेष साधारणसभा वैशाख १५ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले वैशाख ६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । साथै, सभाले बैैंक सञ्चालक समितिको ५० प्रतिशत(२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी ७ अर्ब नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ४६४ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैशाख ७ गते देखि नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

काठमाडौं । बैशाख ७ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १३ औं अन्तराष्ट्रिय औद्योगीक व्यापार मेलाको आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेला बैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । बैज्ञानिक खोज र अनुसन्धान आर्थिक विकासका लागि, उद्योगमा प्रविधि प्रतिष्थापन पुस्ता हस्तान्तरण्का लागि भन्ने नारासहित आयोजना हुने मेलालाई विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले सहयोग गरेका छन् । मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको र समग्र राष्ट्रका मौलिक औद्योगिक उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिनेछ । यसका अलावा चीन, भारत, पाकिस्तान र वंगलादेश लगायतका औद्योगिक उत्पादनहरुको समेत प्रदर्शनी हुने सुनिश्चित भएको छ । मेलामा २३६ वटा स्टलहरु रहनेछन् । जसमा ६० जना भन्दा बढी नविन प्रविधि अनुसन्धानकर्ताहरु सहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा स्टलको महिला उद्यमशिलता प्याभिलियन, १० वटा स्टलको बन तथा कृषि सहज कार्यक्रमको प्याभिलियन, खाद्यान्नका स्टलहरु र बाँकीमा औद्योगिक उत्पादनहरु राखिनेछन् । प्रदर्शनीको एक लाख भन्दा बढीले अवलोकन गर्ने र करिव ६ करोडको आर्थिक कारोवार हुने लक्ष्य लिइएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरिले बताए ।

यती डेभलपमेन्ट बैंकको साधारणसभा वैशाख २२ गते, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । यती डेभलपमेन्ट बैंकको १५औँ वार्षिक साधारणसभा आगामी वैशाख २२ गते हुने भएको छ । उक्त निर्णय कम्पनीको ३५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । उक्त सभामा कम्पनीले यती डेभलपमेण्ट बैंकमा महालक्ष्मी विकास बैंक लिमिटेड गाभ्ने गरी एक आपसमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धी विशेष प्रस्ताव लैजाँदै छ । उक्त मर्जर पश्चात बन्ने विकास बैंकको नाम महालक्ष्मी विकास बैंक लिमिटेड रहने बैंकले जनाएको छ । हाल यती डेभलपमेन्ट बैंकको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ । त्यस्तै सोही बैंकमा गाभिन लागेको महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । मर्ज पश्चात बन्ने महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ४८ करोड रुपैयाँ नाघ्ने छ ।

टिसीएल ब्राण्डको नयाँ वर्ष योजना, टिभी र फ्रिज खरिदमा क्यास ब्याक अफर

काठमाडौं । विश्वकै उत्कृष्ट ब्राण्ड द्धारा सम्मानित टिसीएलले यस नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै क्यास ब्याक तथा उपहारको वर्षा योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कम्पनीको एलइडी टिभी र चेष्ट खरिदमा १५ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउने छन् । साथै, वासिङ मेसिनको खरिदमा सिजीको स्प्रे आइरन तथा एसीमा फ्रि इन्ष्टलेसनको सुविधा पाउने कम्पनीले जनाएको छ । नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रा. लि.ले गर्दै आएको छ ।