तीन वर्षमा शिक्षा क्षेत्रमा १११ अर्ब लगानी गर्ने सरकारको योजना, लक्ष्य उद्यमी र नवप्रवर्तनशील मानव पुँजी निर्माण गर्ने
सरकारले शिक्षा क्षेत्रलाई आर्थिक सामाजिक रूपान्तरणको संवाहकको रूपमा विकास गर्न ३ वर्षमा एक खर्ब ११ अर्ब १६ करोड लगानी गर्ने भएको छ । नेपाललाई अल्पविकसित राष्ट्रहरूको सूचीबाट मुक्त गराई विकासोन्मुख राष्ट्रको सूचीमा समावेश गराउन सरकार, निजी क्षेत्र तथा सहकारी मार्फत सो लगानी गर्ने योजना बनाएको हो । दिगो विकासका लक्ष्यअनुरूप समावेशी र समन्यायमा आधारित शिक्षा सबैमा पु¥याउनसमेत शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताइएको छ । हाल शिक्षामा ठूलो लगानी भएपनि यसअनुसारको प्रतिफल प्राप्त नहुँदा शिक्षाको लगानी राज्यका लागि उपयोगी बन्न सेकेको छैन । सो रकममध्ये चौधौ योजना अवधिभर सार्वजनिक क्षेत्रबाट ७२ अर्ब २६ करोड खर्च गर्ने अनुमान सरकारले गरेको छ भने चौधौ योजना अवधिमा निजी क्षेत्रबाट ३५ अर्ब ५७ करोड र सहकारी क्षेत्रबाट ३ अर्ब ३३ करोड रुपैयाँ खर्च गर्ने योजना सरकारले सार्वजनिक गरेको छ । शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्ने, शिक्षालाई रोजगारी उन्मुख बनाउने, गुणस्तरमा सुधार एवम् व्यवस्थापकीय क्षमतामा अभिवृद्धि गरी आर्थिक सामाजिक विकासका लक्ष्यहरू हासिल गर्नेतर्फ शिक्षा नीति तथा कार्यक्रमहरू उन्मुख रहेका चौधौ योजनाको आधारको आधार पत्रमा समेटिएको छ । सरकारले शिक्षा क्षेत्रको समग्र विकासका लागि चालू आवका ३२ अर्ब ११ करोड, आगामी आव २०७४÷७५ मा ३६ अर्ब ८३ करोड र योजना अन्तिमको वर्ष २०७५÷७६ मा ४२ अर्ब २२ करोड खर्च गर्ने योजना सार्वजनिक गरेको छ । शिक्षामा सबैको पहँुच र गुणस्तर अभिवृद्धि गरी प्रतिस्पर्धी, उद्यमी र नवप्रवर्तनशील मानव पुँजीको विकासबाट आर्थिक सामाजिक रूपान्तरण गर्ने सोच सरकारले राखेको हो । सबैलाई जीवनउपयोगी शिक्षाका अवसरहरू प्रदान गर्दै जीवनपर्यन्त सिकाइ उन्मुख तथा नवप्रवर्तनशील शैक्षिक प्रणाली विकास गर्ने, मुलुकको आवश्यकताअनुरूप गुणस्तरीय, व्यावसायिक र सीपयुक्त शिक्षा प्रदान गर्न, रोजगारी एवम् स्वरोजगारीका लागि सीपमूलक शिक्षाको विस्तार गर्नु सरकारको मुख्य लक्ष्य रहेको छ । शिक्षामा समतामूलक अवसरहरू सुनिश्चित गर्दै वैकल्पिक उपायहरूको अवलम्बनबाट सबै तह एवम् प्रकारको शिक्षा र सीपमूलक तालिममा पहँुच अभिवृद्धि गर्न, शैक्षिक प्रशासनमा निरन्तर सुधार, नवप्रवर्तन र सुशासनलाई संस्थागत गर्ने उद्देश्यका साथ सरकारले सो योजना अघि बढाएको हो । याोजनाको अन्त्यसम्ममा १५ वर्षमाथिका साक्षरता दर ८५ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ९२ प्रतिशत पुगेको हुनेछ । कक्षा एकमा बालविकासको अनुभवसहित भर्ना हुन आउने बालबालिकाहरूको सङ्ख्या ७८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । आधारभूत तह कक्षा १ देखि ८ को खुद भर्ना दर ९४ प्रतिशत तथा माध्यमिक तह कक्षा ९ देखिा १२ को खुद भर्ना दर ४५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कक्षा ८ देखि १० भर्ना टिकाउ दर क्रमशः ८० र ५० प्रतिशत पुगेको हुने छ । सबै गाउँपालिका र नगरपालिकाका वडाहरूमा सामुदायिक अध्ययन केन्द्र स्थापना भएको हुने, उच्च शिक्षामा विज्ञान विषय अध्ययनरत विद्यार्थी सङ्ख्या ५ प्रतिशत पुग्ने अनुमान सरकारको छ । शिक्षामा सहजै देखिने भर्ना दर २० प्रतिशत पुगेको हुने र गुणस्तरीय प्राविधिक तथा व्यावसायिक तालिमको पहुँचको लागि आधार सुनिश्चित गर्ने सरकारले रणनीति लिएको छ ।
अब फास्ट ट्रयाकसँगै रेल मार्ग पनि, विज्ञ भन्छन-‘यो उपयुक्त विकल्प हो’
काठमाडौं । काठमाडौं-निजगढ फास्ट ट्रयाकसँगै रेल मार्ग बनाउने बहसले तिब्रता पाएको छ । काठमाडौंबाट तराई जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा निर्माण गर्ने भनिएको फास्ट ट्रयाककै आसपासबाट काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्गको निर्माण गर्न सकिने देखिएको हो । ‘काठमाडौं–बिरगञ्ज रेलमार्गका रुपमा काठमाडौंबाट निजगढ जोड्ने गरि फास्ट ट्रयाककै वरपरबाट विद्युतिय रेल मार्ग बनाउन सकिन्छ’, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव धन बहादुर तामाङले भने । उनले रेल मार्ग र सडकका बिचमा सम्बन्ध रहने र रेल मार्ग छोटा बनाउन सक्दा लागत पनि कम हुने भएकाले फास्ट ट्रयाककै आसपासमा रेलमार्ग बनाउन सकिने बताए । पुर्वाधार विद डा. सूर्यराज आचार्यले पनि फास्ट ट्रयाकसँगै विद्युतिय रेलमार्ग बनाउनु उपयुक्त विकल्प भएको बताए ।‘रेल मार्गको आर्थिक पक्षले छोटो दुरी, न्युन लागत र सहज भुगोलको माग गर्छ, फास्ट ट्रयाकसँगै रेल मार्ग बनाउने कुरा यी सबै पक्षबाट उपयुक्त देखिन्छ’, डा आचार्यले भने । उनले हाल चार लेनको फास्ट ट्रयाक बनाउने भनिएको ठाउँमा रेल मार्ग निर्माण गर्दा फास्ट ट्रयाकलाई दुई लेनमा घटाउन सकिने पनि बताए । ‘फास्ट ट्रयाकलाई सानो बनाएर त्यसकै आसपासबाट रेल गुडाउन सकिन्छ । फास्ट ट्याकलाई चार लेनबाट घटाएर २ लेनको बनाउने अनि त्यसकै छेउबाट रेल मार्ग कुदाउन सकिन्छ’, डा. आचार्यले विकासन्युजसँग भने । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यापले पनि काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्गलाई फास्ट ट्रयाक हुँदै निर्माण गर्न सकिने विकल्प रहेको बताए ।‘काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको एउटा विकल्प फास्ट ट्रयाक पनि हुन सक्छ’, उपाध्यायले भने । उपाध्यायले पनि न्युन लागत, सहज भुगोल, न्युन वातावरणिय क्षति, छोटो दुरी भएको ठाउँबाट रेल मार्ग बनाउन उपयुक्त हुने बताउँदै फास्ट ट्रयाकको आसपास एउटा विकल्प रहेको स्विकार गरेका हुन् । ‘सम्भाव्यता अध्ययनले कहाँबाट बनाउने भन्ने निर्धारण गर्छ । तर सरकारले सबै ढंगबाट उपयुक्त छ भन्ने निष्कर्ष निकाल्यो भने यहाँबाट बनाउने भनेर निर्देशन दिन पनि सक्छ’, उपाध्यायले भने । उनले बागमति नदिको किनारै किनार वा भिमफेदी हुँदै हेटौडा निकाल्ने विकल्पबारे पनि छलफल आवश्यक रहेको बताए । रेल विभागले काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ वटा कम्पनीले आवेदन दिएका छन् । विभागले मंसिर १९ गते ग्लोबल टेण्डर निकालेको थियो । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । विभागले आवेदन दिएका १५ कम्पनी मध्ये पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने उपाध्यायले बताए । छनौट भएको कम्पनीले सन २०१७ को अप्रिल महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट बुझाउनुपर्ने छ । सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ ।
लगानीकर्ताले नै कम्पनी व्यवस्थापन गर्नु क्यापिटल डेमोक्रेसी हो-सञ्जिव न्यौपाने
स्टेट युनिभर्सीटी अफ न्युयोर्कबाट फाईनान्समा स्नातकोत्तर तहसम्म अध्ययन गरेका सञ्जिव न्यौपाने यतिबेला अपि पावर कम्पनीको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहनु भएको छ । अमेरिकी इन्स्योरेन्स कम्पनीले गरेको जागिरको अफरलाई छाडेर नेपालमै केहि गर्नु पर्छ भन्दै फर्किनु भएका न्यौपानेले जनता बैंक स्थापनामा सहभागी हुनु भयाे । पछि चार बर्षसम्म मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्नु भएका न्यौपानले विगत ५ बर्षदेखि अपि पावर कम्पनीको जिम्मेवारी सम्हालिरहनु भएको छ । अपि पावर, रिडी हाइड्रो, अरुण भ्याली, अरुण कावेली, कञ्चनजंघा हाउजिङ, सिद्धकाली पावर लिमिटेड लगायतका कम्पनीमा गुरु प्रसाद न्यौपाने परिवारको बहुमत सेयर रहेको र व्यवस्थापनमा पनि आफैं सहभागी रहेपछि संस्थागत सुशासनका सवालमा भने प्रश्न उठ्ने गरेको छ । प्रस्तुत छ सञ्जिव न्यौपानेसँग गरिएको विकास बहस । तपाई सहभागी अपि पावर लगायतका कम्पनीहरुको अवस्था कस्तो छ ? अपि पावर कम्पनी नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख किर्तिचन ठाकुरले तयार पार्नु भएको थियो । उहाँले वित्तिय व्यवस्थापन गर्न नसकेपछि हामीले लिएका हौं । साइटको अवस्था हेरेर कम्पनी टेक ओभर गरेका थियौं । र निर्माण गरेर सञ्चालन पनि गरिरहेका छौं । अहिले संखुवासभामा ३ मेगावाटको अरुण भ्याली प्रोजेक्ट छ । १२ बर्षदेखि नियमित रुपमा लाभांश वितरण गरिरहेको छ । नौगाढ प्रोजेक्ट अपिले नै बनाएको हो र त्यो १७ महिनामै सम्पन्न गरेका थियौं । अरुण भ्याली, रिडी हाइड्रो, अपि पावर कम्पनी नेप्सेमा सूचिकृत छन र चौथोमा अरुण कावेली पनि सूचिकृत हुँदैछ । अहिले सिद्धकाली पावर लिमिटेडका नाममा ७५ मेगावाटको त्रिशुली गल्छी आयोजना बैशाखबाटै आरम्भ गर्दैछ । हिजो अस्ति मात्रै ८ मेगावाटको अपर नौगाढ पनि निर्माणको चरणमा पुर्याएका छौं । इवा खोलामा १० मेगावाटको आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । पाँचथरमा २५ मेगावाटको कावेली पी १ अन्तिम चरणमा छ । अहिले अरुण भ्याली ३ मेगावाट, नौगाढ साढे ८ मेगावाट, रैराङ ५०० किलोवाट, रिडी २ दशलम ४ मेगावाटका आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । र, हाल १९ मेगावाटको सोलारको काम पनि अघि बढाउने अन्तिम तयारी भैरहेको छ । सिद्धकाली पावरको काम कति अघि बढ्यो ? सिद्धकाली पावर लिमिटेडका लागि संस्थापक सेयर खुल्ला गरेका छौं । एक लाख भन्दा बढि लगानी गर्न सकिन्छ । २५ सय जनाले लगानी गरिसकेका छन् । आयोजना निर्माण सुरु हुने वित्तियकै आयोजना प्रभावितका लागि शेयर जारी हुन्छ । रातोमाटे र मासटारलाई बिशेष प्राथमिकताका आधारमा २० प्रतिशत शेयर एक सय रुपैंयाँमा खरिद गर्न सक्छन् । त्यसपछि आइपिओ पनि खोल्छौं । काठमाडौंबाट ५५ किलोमिटरको दुरीमा यो आयोजना पर्छ र त्यहाँ उत्पादित विद्युत सिधै काठमाडौं ल्याउन सकिन्छ । यसको ड्याम नुवाकोटको रातोमाटेमा पर्छ र धादिङको मासटार गाबिसमा पावर हाउस रहन्छ । यसमा ८ मिटर ब्यासको ८ किलोमिटरको सुरुङ रहन्छ । आठ मिटर ब्यास भनेको दुइ तले घर बराबरको हुन्छ । मासटारको पावर हाउसमा साढे ३७, साढे ३७ मेगावाटका २ वटा युनिटबाट विद्युत उत्पादन गरिन्छ र रातोमाटेबाट सुरुङमा हालिएको त्रिशुलीको पानी मासटारमा पुगेपछि फेरी त्रिशुलीमै छोडिन्छ । लक्ष्मी बैंकको अगुवाईमा १० वटा बैंकले कन्र्साेर्टियममा ९ अर्ब लगानी गर्दैछन् । एक हप्ता भित्रै फाइनान्सीयल क्लोजर हुन्छ । सञ्चालनमा रहेका कम्पनीहरुको नाफाको अवस्था कस्तो छ ? हामीले सञ्चालन गरेका सबै कम्पनीहरुले बर्षेनी न्युनतम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश दिईरहेका छन् । बैंक ऋण र सञ्चालन खर्चले लाभांश निर्धारण गर्छ तर हामीले सधैँ लाभांश वितरण गरिरहेका छौं । अरुण कावेली र अरुण भ्यालीको मर्ज प्रक्रिया कहाँ पुग्यो ? नेपालमा उर्जा कम्पनीको मर्जर अहिलेसम्म भएको छैन् । हामीले पहिलो पटक मर्ज गर्न चाहेका छौं । अरुण भ्याली अहिले नेप्सेमा सूचिकृत भएर कारोबार भैरहेको छ । अरुण कावेली भने सूचिकृत भएको छैन् । सूचिकृत कम्पनी र सूचिकृत नभएको कम्पनीको मर्जर गर्न नमिल्ने रहेछ । त्यसकारण अरुण कावेलीलाई पनि सूचिकृत गराउने अभियान अघि बढाएका छौं । एक हप्ताभित्रै सूचिकृत हुन्छ । दुबै कम्पनीको साधारण सभाले मर्जरको निर्णय गरिसकेका छन् । दुबै कम्पनी सूचिकृत भैसके पछि स्वतन्त्र लेखा परिक्षकबाट डिडिए गराएर स्वाप रेसियो निकाल्छौं । त्यसका आधारमा मर्जर अघि बढ्छ । स्वाप रेसियो सहितको प्रस्ताव फेरी दुबै कम्पनीको साधारण सभाबाट पास गराएर मर्जरमा जान्छौं । न्यौपाने समूहले सञ्चालन गरेका कम्पनीहरुमा शेयरको संरचना कस्तो छ ? अरुण भ्याली, रिडी वा अपि पावर सबैमा बहुमत शेयर हाम्रो परिवारले होल्ड गरेको छ । यसका पछाडी पनि कारणहरु छन् । हामीले काम गरेको मोडल भनेको नेपालका लागि सर्वाेत्कृष्ठ मोडल हो । सस्तो र सुरक्षित प्रोजेक्ट सञ्चालनका लागि बहुमत शेयर होल्ड गर्नु पर्छ भन्ने हाम्रो निष्कर्ष हो । पब्लिक कम्पनीमा एउटै समूहको बहुमत रहनु कतिको सहि हो ? आधुनिक चीनका निर्माता देङ स्याओ पिङले भनेका थिए की बिरालो कालो होस वा सेतो त्यो मुख्य कुरा होइन । मुख्य कुरा भनेको त्यसले बिरालो मार्नु हो । यहाँ आउनेहरु गुरु सरको अनुहार हेरेर आएका हुन्छन् । उनीहरुको लगानीको सुरक्षाका लागि पनि हाम्रो मोडल आवश्यक छ । उर्जा बाहेक कहाँ कहाँ लगानी गरेको छ न्यौपाने समूहले ? हामीले उर्जा बाहेक जनता बैंक, भैसेपाटीमा जनता आवास योजना, कञ्चनजंघा हाउजिङ मार्फत टे«ड टावर र सोलारको काम पनि गरिरहेका छौं । अब हावाबाट बिजुली निकाल्ने योजना पनि बनाईरहेका छौं । हामी कञ्चनजंघा हाउजिङलाई पनि नेप्सेमा सूचिकृत गर्ने योजनामा छौं । हामीले होल्डिङ कम्पनी भने बनाएका छैनौं । होल्डिङ कम्पनी बनाउने सोँच छैन ? हामीले होल्डिङ ग्रुप बनाउने योजना पक्कै पनि बनाएका छौं । एउटा ग्रुप कम्पनी बनाएर त्यसका सहायक कम्पनीका रुपमा उर्जा, मेकानिकल, हाउजिङ लगायतका काम गर्ने योजना छ । तपाईहरुको दीर्घकालिन योजना के हो ? हाम्रो दीर्घकालिन योजना भनेको उर्जा नै हो । जलविद्युत, सोलार, हावा, बायो लगायतका उर्जामा लगानी गर्ने हाम्रो मुल उदेश्य हो । नेपाललाई उर्जामा आत्मनिर्भर बनाएर निर्यातको अवस्थामा पुर्याउन हाम्रो पनि केहि योगदान होस भन्ने चाहाना हो । त्यसका लागि हामी काम गरिरहेका छौं । तपाईहरुको बार्षिक कारोबार कति छ अनि लगानी र ऋणको मात्रा कति हो ? हाम्रो बार्षिक कारोबार २ अर्बको हुन सक्छ । लगानी पनि दुई अर्बकै हाराहारीमा गरेका छौं । बैंकको ऋण २ अर्ब भन्दा अलि बढि नै होला । जहाँ जोखिम छैन त्यहाँ आम्दानी पनि हुन्न भन्ने मान्यता हो । हाम्रो ठुलो मात्रामा ऋण छ तर कुनै पनि बैंकको ब्याज र सावाँ तिर्न एक दिन पनि म्याद नघाएका छौनौं । एउटै परिवारका मान्छेले बहुमत शेयर होल्ड गरेका कम्पनीहरुमा संस्थागत सुशासन कसरी व्यवस्थापन गर्दै आउनु भएको छ ? संस्थागत सुशासन भनेको हाम्रो मुल मर्म नै हो । त्रैमासिक विवरण, समयमै साधारण सभा गर्ने, हिसाब किताब स्पष्ट पार्ने काम गर्छाै । पब्लिक लिमिटेड कम्पनीका लागि साधारण सभा नै सर्वेसर्वा हुने हो । हामीले सबै निर्णय साधारण सभाबाटै पारित गराउँदै आएका छौं । हामी बहुमतमा रहेपनि कुनै पनि निर्णय पेलेर गर्दैनौं । हामीले सबै सेयर धनीहरुको आवाज सुन्ने गरेका छौं । कम्पनीमा लगानी कर्ता र व्यवस्थापक छुट्याउने अवधारणा छ, तर तपाई कहाँ त त्यस्तो पनि देखिएन नि ? कसैले एउटा संस्था खोल्दा आफ्ना सबै कुरा जोखिममा हालेर लगानी गरेको हुन्छ । यो क्यापिटल डेमोक्रेसीको समय हो । आफ्नो लगानीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा लगानी कर्ताले हेर्न पाउनु पर्छ । लगानी गरेर बजारबाट व्यवस्थापक ल्याउने एउटा मोडल हो । आफ्नो लगानीको व्यवस्थापन आफैै गर्छु र नियम कानुन पनि पालना गर्छु भन्ने नयाँ मोडल हो र त्यो हामीले कार्यान्वयन गरिरहेका छौं । सबै कम्पनीमा लगानी कर्ता र व्यवस्थापक आफैं बसेपछि तपाईहरुको कम्पनी डुब्ने त होइन भन्ने आंशका छ बजारमा , कसरी चिर्नु हुन्छ ? हामीले १२ बर्षदेखि उर्जा क्षेत्रमा काम गरिरहेका छौं । कुनै पनि समयमा हाम्रो कम्पनी जोखिममा पुगेको छैन् । प्रत्येक पल सफलताकै बाटोमा अघि बढिरहेको छ । उर्जाका धेरै कम्पनीले लाभांश दिईरहेका छैनन् । अरुण भ्यालीमा एक सय रुपैंयाँ लगानी गर्नेहरुले एक सय ९० रुपैंयाँ रिटर्न पाईसकेका छन् । हामीले जंग बहादुरले जसरी कम्पनी चलाईरहेका छैनौं । अपि पावरको एक बराबर २ कित्ता अनुपातको हकप्रद शेयर किन अड्कियो ? हामीले साधारण सभाबाट पारित गरेर नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका थियौं । हामी नै हकप्रद सेयरको प्रयास गर्ने पहिले उर्जा कम्पनी थियौं । बैंक र इन्स्योरेन्स जस्तो फ्रन्ट लाइन रेगुलेटर नभएकाले धितोपत्र बोर्डले नयाँ नियम ल्याएको छ । बोर्डले साधारण सेयर निष्काशन गरेको २ बर्ष पुगेपछि मात्रै हकप्रद सेयर निष्काशन गर्न पाइन्छ भनेको छ । हामीले २०७२ भदौंमा साधारण सेयर निकालेका थियौं । अब ७४ भदौंमा अपिको हकप्रद सेयर आउँछ ।
एसबीआई बैंकको नाफा २१ प्रतिशतले बढ्दा प्रति सेयर आम्दानी घट्यो, यसै वर्ष ४ अर्ब २२ करोड लगानी थप्नुपर्ने बाध्यता
काठमाडौं । नेपाल एसबिआई बैंकले पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा २१ प्रतिशतले वृद्धि हो । यस बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैयाँ छ भने संचित कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ छ । गत पुस मसान्तसम्ममा बैंकले ७७ अर्ब ५० करोड निक्षेप परिचालन गरेको छ भने करिब ६० अर्ब कर्जा सापटी र २५ अर्ब लगानी गरेको छ । बैंकको क्यापिटल एडेक्वसी १२ प्रतिशत छ भने सीडी रेसियो ७९.३२ प्रतिशत छ । बैंकको खराव कर्जा शुन्य दशमलव १२ प्रतिशतमा झरेको छ । बैंकको समग्र वित्तीय सूचक राम्रो भएता पनि प्रतिसेयर आम्दानी घटेको छ । बैंकको नाफा २१ प्रतिशतले बढेपनि प्रतिसेयर आम्दानी भने बढेको छैन । अघिल्लो पुस मसान्तमा प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५४ पैसा थियो भने अहिले प्रति सेयर आम्दानी २१ रुपैयाँ ३५ पैसामा झरेको छ । गत वर्षभन्दा यस वर्ष सेयर पुँजी ८२ करोड रुपैयाँ थपिएकोले प्रति सेयर आम्दानी घटेको देखिन्छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको नीति अनुसार यस बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब २२ करोड रुपैयाँ सेयर पुँजी थप्नुपर्ने हुन्छ । तसर्थ अर्को वर्ष बैंकको प्रति सेयर आम्दानी झनै घट्ने देखिएको छ । बैंकले गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफाबाट २ अर्ब १५ करोडको बोनस सेयर निष्काशन गर्ने र बाँकी १ अर्ब ९७ करोड पुँजीको लागि हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको छ । गत असारमा प्रति सेयर करिव २१ सयमा काराबार भएको यस बैंकको सेयर हाल प्रतिकित्ता १३ सय रुपैयाँका कारोबार भईरहेको छ । बैंकले गत वर्षको नाफा वितरण गर्न बाँकी छ ।
२ लाख ६३ हजार जोडीसँग स्मार्ट जीवन, कसरी गर्ने परिवार नियोजन ?
दाङ । नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार दाङ जिल्लामा आयोजित कृषि तथा पर्यटन प्रबद्र्धन तथा सांगीतिक महोत्सवमा स्वस्थ्य परिवारको प्रबद्र्धन सम्पन्न गरेको छ । स्थानीय स्वास्थ्य अधिकारीहरु तथा निजी क्षेत्रका संस्थाहरुसँको सहकार्यमा नेपालभरका लक्षित जिल्लाहरुमा स्मार्ट जीवनले युवा बिवाहित जोडीहरुका बीचमा परिवार नियोजनको प्रयोगको माध्यमबाट स्वस्थ्य परिवारको प्रबद्र्धन गरेको थियो । यो अभियान, स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, परिवार स्वास्थ्य विभागद्धारा यूएसएडको हेल्थ कम्यूनिकेसन क्यापासिटी कोल्याबोरेटिभ नेपाल प्रोजेक्टको सहयोगमा लागू गरिएको हो । दुई वर्षको अवधिमा यो अभियान २ लाख ६३ हजार योग्य जोडीहरुसम्म पुगिसकेको छ र १३ जिल्लाका ५१ हजार भन्दा बढि जोडिहरुलाई परिवार नियोजन सेवाका लागि निर्देशित गरिसकेको छ । कार्यक्रममा सहभागीहरुले खाना, विभिन्न किसिमका सामाग्रीहरुको स्टल, कार्निभल गेम, प्रहशन, र सांगीतिक प्रस्तुतीको आनन्द लिएका थिए, जसले तिनीहरुको परिवारले सहि समयमा परिवार नियोजनको प्रयोगका लागि जोडिहरुलाई कसरी योजना बनाउने भनेर देखाएका थिए । विभिन्न जोडीहरु तथा परिवारहरुले कार्यक्रममा सहभागी भएर निशुल्क रुपमा पारिवारिक फोटो प्राप्त गरेका थिए, तथा जीवनको विभिन्न चरणहरुमा प्रयोग गरिने अनेकौं परिवार नियोजनका विधिहरुको बिस्तृत सामाग्रीहरु प्राप्त गरेका थिए ।
टेलिकमले उत्कृष्ट ग्राहक र सेवा बिक्रेता सम्मान गर्यो, को को हुन् सम्मानित ?
काठमाडौं । नेपाल टेलिकमले गत आ. व. २०७२÷७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने बिक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका हुन् । सो अवसरमा कम्पनीका रिचार्ज कार्डहरु सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा भी कार्ड कन्सर्न, कन्टिनेन्टल मार्केटिङ प्रा.लि., सक्सेस युनाइटेड प्रा.लि., सनलाइट मल्टिपर्पोज प्रा.लि., त्रियोग स्टेशनरी सप्लायर्स र टकटाइम ट्रेडिङ प्रा.लि. रहेका छन् । ब्यक्तिगत तर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा साजनमान जोशी, सीडीएमए पोष्टपेडमा अशोकनाथ योगी, ल्यान्डलाइनमा रमेश सापकोटा, एडीएसएलमा राजेन्द्र सिंह भण्डारी र वाइम्याक्समा योजेन्द्र पुन सम्मानित भएका छन् । त्यसैगरी संस्थागततर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा सूर्य नेपाल प्रालि, सीडीएमए पोष्टपेडमा कारागार कार्यालय चितवन, ल्यान्डलाइनमा ग्रान्डी इन्टरनेसनल हस्पिटल धापासी, एडीएसएलमा नापी कार्यालय डिल्लीबजार र वाइम्याक्समा सीई कन्स्ट्रक्सन प्रालि त्रिपुरेश्वर सम्मानित भएका छन् । नेपाल टेलिकमले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा माघ २१ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट प्रारम्भ भई न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय प्रांगणमा पुगेर सम्पन्न भएको थियो । सो अवसरमा टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गर्नुका साथै सेवासँग सम्बन्धित सामग्रीहरु प्रसारण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकतावद्ध भई लाग्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरिन् । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष यस किसिमका कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपाल टेलिकमले भोलि शनिबार (२०७३ माघ २२ गते) तेह्रौँ वार्षिकोत्सव मनाउँदै छ ।
सिटिजन्स बैंक इन्टरनेसनल आफ्नै भवनमा, गुणस्तरीय र प्रभावकारी सेवा दिने प्रतिवद्धता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको केन्द्रीय कार्यालय आफ्नै स्वामित्वको भवनमा सरेको छ । काठमाडौंको कमलादीमा रहेको बैंकको केन्द्रीय अब काठमाडौकै नारायणहिटी पथमा सरेको बैंकका प्रबक्ता तथा नायम प्रमुख कार्यकाी अधिकृत गणेशराज पोखरेलले जानकारी दिएका छन् । ‘नारायणहिटी पथस्थित केन्द्रीय कार्यालयको निर्माण कार्य सम्पन्न भईसकेको हुँदा माघ २१ गतेबाट सो नवनिर्मित भवनबाट बैंकको केन्द्रीय कार्यालयको सम्पूर्ण काम कारवाहीहरु सञ्चालन गरिएको छ’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘यसबाट बैंकका ग्राहकवर्गलाई गुणस्तरीय एवम् प्रभावकारी सेवा प्रदान गर्न अझ सजिलो हुने विश्वास बैंकले लिएको छ ।’
पुल्चोक इन्जिनियरिंग क्याम्पसमा प्रदर्शनी सुरु, दिगो घर निर्माणमा जोड
ललितपुर । दिगोपनका निम्ति नविनता (इनोभेसन फर सस्टेनेविलिटी) नाराका साथ इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरमा शुक्रबारदेखि सातौैं राष्टिय मेकालिनक इन्जिनियरिंग प्रदर्शनी सुरु भएको छ । सोसाइटी अफ मेकानिलक इन्जिनियरिंग स्टुडेण्टस् र मेकानिकल इन्जिनियरिंग डिपार्टमेन्टको संयुक्त आयोजनामा तीनदिने प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा सस्टेनेबल हाउजिंग (दिगो घर) माथि जोड दिइएका स्टलहरु राखिएका थिए । त्यसका लागि कम मात्रै उर्जाको खपट हुने निर्माणमा जोड दिइएको छ । इको प्यानलबाट निर्मित घरमा घामबाट विजुली उत्पादन, घामबाटै पानी तताउने, बायो ग्यास र आकाशे पानी संकलन प्रविधि प्रदर्शन गरिएको थियो । सस्टेनेबल हाउजिंगका लागि इको प्यानल उपयुक्त हुने स्टलमार्फत देखाइएको छ । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नारालाई आत्मसाथ गरी स्वदेशमै उत्पादन भइरहेको इको प्यानल पूर्ण वातावरण प्रदूषणरहित प्रविधिबाट बनेकोले अवलोकनकर्ताहरुले त्यस स्टलप्रति विशेष रुचि देखाएका थिए । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा अध्यापनरत डा सञ्जीब महर्जनले सिमेन्ट, वालुवा, ईपीएस (चलनचल्तीको भाषामा थर्माेकोल), नन् एस्वेस्टस् क्याल्सियम सिल्केट वोर्डबाट बनेको इको प्यानलमा थर्मल इन्सुलेशन राम्रो भएकोले यो प्यानल नेपालको हिमाली भेग र तराई भेगको निम्ति उपयुक्त रहेको जानकारी दिए । यसमा भएको राम्रो थर्माेल इन्स्युलेशनले जाडोमा बाहिरको चिसोपन भित्र आउन नदिने र गर्मीमा बाहिरको तातोपन भित्र आउन नदिने भएकोले जाडो ठाउँंमा स्पेश हिटिंगको निम्ति हिटरमा खपट हुने उर्जा कम हुने र गर्मी ठाउँंमा एसीमा खपट हुने उर्जा कम हुने उनंको जिकिर छ । दिगो निर्माणका लागि चाहिने उर्जा क्लिन तथा ग्रिन हुनुपर्नेमा विषयमा प्रदर्शनीमा जोड दिइएको छ । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा अध्ययनरत प्रदर्शनीकर्ता आकाश वस्नेतले विभिन्न ननवीकरणीय उर्जाहरुको प्रविधि जडान भएको इको प्यानलबाट निर्मित सस्टेनेबल हाउसको स्टलमा अवलोनकर्ताको विशेष रुचि रहेको बताए । स्वदेशमै निर्मित हलुका तथा चाँंडो निर्माण सम्पन्न हुने कारणले गर्दा भूकम्पपश्चातको पुननिर्माणका लागि इको प्यानलका स्टलप्रति अवलोकनकर्ताले विशेष ध्यान दिएको उनले बताए । त्यसमा पनि स्वदेशमै बनेको इको प्याननलको प्रयोगमाथि त्यहाँं जोड दिइएको छ । भूकम्पपश्चात् विदेशबाट वर्षेनी अर्वाै रुपैयाँंको प्रिफ्याब् आयात भइरहेको बेला स्वदेशमै इको प्यानल प्रयोग भएको प्रदर्शनीमा देखिएपछि अवलोकनकर्ता खुशी देखिएका थिए । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।