एनआरएनएद्वारा नमुना बस्तीको काम शुरु, आगामी एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने
गोरखा, १६ पुस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् । लाप्राक पुनःनिर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत पुस ११ गतेदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए । पुनःनिर्माणका लागि आवश्यक स्वयम्सेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्व तयारी गर्न भन्दै घले गुप्सीमा बसेका थिए । एनआरएनएले पनि आउँदो एक वर्षभित्रमा निजी घर, विद्यालयलगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रुपमा अघि बढाएको हो । गुप्सीपाखामै इँट्टा बनाउने मेसिन पुर्याएर निजी आवास निर्माणलाई तीव्र रुपमा अघि बढाउने एनआरएनएको तयारी छ । लाप्राकको सिङ्गो बस्ती एनआरएनएले पुनःनिर्माण गर्ने जिम्मा लिएपछि लाप्राकीले सरकारले दिने भनेको अनुदान रकम लिन पाएनन् । रासस
इन्डोनेसियाका एक विमान चालक निष्कासित, नशामा उडान गरेको आरोप
इन्डोनेसिया, १५ पुस । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ । विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत उडान गर्न उनले अनुरोध गरेका थिए । विमान चालकले विमान उडाउने तयारी गरिरहेको बेला उनको बोली प्रष्ट नभएपछि यात्रुले चालकमाथि शङ्का व्यक्त गरेका हुन् । यसैबीच सीटी लिङ्क कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । रासस/एपी
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर व्यवस्थापन, शङ्खमूल- गुह्येश्वरी खण्डमा स्नानयोग्य बनाउने तयारी
काठमाडौं, १६ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतः स्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाइ र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर/घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिएका छन् । तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको सदस्य श्रेष्ठले बताए । आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापा, एलपी भानु शर्मा, डा राजु अधिकारी लगायतको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विज्ञापन सङ्घ, जीवन विज्ञान नेपाल, लायन्स क्लब, न्यानो स्पर्श, एस ट्राभल्स, तिलगङ्गा महिला समूह लगायतको सफाइमा संस्थागत सहभागिता थियो । आजदेखि बागमती सफाइ महाअभियान शङ्खमूल- गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ । रुद्रमती सफाइको १४९ औँ हप्तामा आज रातोपुल– सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिएका छन् । सो स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको सो अवसरमा संयोजक रमेश महर्जनले जानकारी दिनुभयो । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जनाएको छ । विष्णुमती सफाइको १२३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाईसँगै यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम पनि गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिएका छन्। सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, आमा समूह, तारकेश्वर नगरपालिका एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा आज सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । यस क्षेत्रको आजको सफाइमा चाल्र्स डाटर्बिन स्कुलका विद्यार्थीले घर घरमा गएर नदीमा फोहर नफाल्न अनुरोध गरे । आजदेखि प्रत्येक हप्ता विद्यार्थीलाई परिचालन गरेर जनचेतना फैल्याइने भएको छ । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, र माकालबारी टोलसुधार समिति लगायतको सक्रियता थियोे । नख्खुखोला सफाइको ६८ औँ हप्तामा आज सफाइ सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रासस
हुन्डीको कारोबार गर्ने एक चिनियाँ पक्राउ
काठमाडौं, १६ पुस । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट ८४ लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको हो । उनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम ११ लाख ७६ हजार रुपैयाँको चेकसमेत प्रहरीले बरामद भएको छ । गौतमसमेत पक्राउ परेका छन् । ठमेल इलाकामा रहेका होटलमा अवैध मुद्राको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर, काठमाडौंका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन् । सो रकम हुन्डी कारोबारका लागि प्रयोग भएको आशङ्कामा प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ । रासस
बत्ति बालेरै मुुलुकलाई विद्युत्भार कटौती मुक्त गरिने- ऊर्जामन्त्री
पोखरा, १५ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले घोषणा गरेर नभई बत्ति बालेर मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा जुटेको बताएका छन् । कास्की जिल्लाको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उनले प्राविधिक कारणले तराईका केही जिल्लाबाहेक हाल मुलुकमा कहीँपनि विद्युत्भार कटौती नभएको बताए ।जलविद्युत् आयोजना निर्माणमा स्थानीय जनसहभागिता अपरिहार्य रहेको बताउँदै उनले उत्पादित विद्युत् खपतका लागि मुलुकमा ठूला उद्योग सञ्चालनमा निजी क्षेत्रको ध्यान केन्द्रित हुनुपर्छ भन्ने धारणा राखेका छन् । ‘नेपालको पानी जनताको लगानी’ भन्दै उनले विद्युत् उत्पादनसँगै औद्योगिकीकरण गरेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सडकको विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिएका छन् । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको राजनीति भाषणको नभई उद्योमशीलता र मुलुकको समृद्धिका लागि गर्नुपर्ने बताए । सांसद यज्ञबहादुर थापाले निजी क्षेत्रको व्यावसायिक कौसलतालाई प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउँदै लोकतन्त्रको रक्षाका लागि मुलुकमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपालको निजी क्षेत्र जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउँदै सरकारले लगानीको सुनिश्चितता दिन माग गरेका छन्। पाँच अर्ब २८ करोड रुपैयाँ बराबरको स्वदेशी तथा वैदेशिक लगानी जुटाएर निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्नेक्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुगेको जलविद्युत् आयोजनाका अध्यक्ष विजयबाबु मल्लले जानकारी दिएका छन् । उनका अनुसार आयोजनाको २० प्रतिशत र चाइना अन्तर्राष्ट्रिय वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) को ८० प्रतिशतको आर्थिक सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजनाको निर्माण कार्य सुरु गरिएको हो । रासस
१०६५ जनालाई एक दिनको भत्ता १५ दिनको तलव सरह, भत्तामा सवा करोड खर्चदै उड्डयन प्राधिकरण
काठमाडौं १६, पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मनाउँदै गरेको १८ औं वार्षिकोत्सवबाट यसले आफ्ना कर्मचारीलाई १५ दिनको तलवबराबरको भत्ता बाड्ने भएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीलाई १५ दिनको तलब बराबरको भत्ता दिन स्वीकृति दिएको आज घोषणा हुने प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले बताए । उनका अनुसार कर्मचारीलाई प्रोत्साहन भत्ता वापत यो रकम दिइने भएको छ । प्राधिकरका कर्मचारीले यो वर्षबाट हरेक वर्ष आफ्नै संस्थाको वार्षिकोत्सव मनाउँदा १५ दिनको तलव भत्तावापत पाउने छन् । यस अघि १६ वर्षदेखि प्राधिकरणका कर्मचारीले वार्षिकोत्सव भत्ता बापत जम्मा पाँच सय रुपैयाँ पाउँदैन आएका थिए । कर्मचारीले एक दिनको भत्ता करीब अवा करोड रूपैयाँ खर्च हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कर्मचारीले हरेक वर्ष डिसेम्बर ३१ का दिन मनाउने प्राधिकरणको वार्षिकोत्सवमा एक दिनको भत्ता वापत यो पैसा पाउने भएका छन् । हाल प्राधिकरणमा १०६५ जनाको दरवन्दी भएपछि करीब नौ सय जना मात्रै कार्यरत रहेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी पदपूर्ति भएको अवस्थामा पनि सबैले पाउने यो सुविधा सबै स्थायी कर्मचारीको हकमा लागू हुने छ । यस अघि प्राधिकरणले एक दिनको भत्ता एक महिनाकै तलवरसर अर्थात दुई करोड ४२ लाख रुपैयाँ माग गरेका थिए । अर्थ मन्त्रालयले १५ दिनको तलव बराबरको भत्ता मात्रै स्वीकृत गरेकोले सोही अनुसार हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई आव २०६८र७९ को नाफाबाट १० प्रतिशतसम्म बोनस खुवाउने तयारी गरिरहेको छ । प्राधिकरणका कर्मचारीले अहिले पनि १४ महिनाको तलब पाइरहेकामा अझै एक दिनको वार्षिकोत्सवको भत्ता पनि एक महिनाको तलब बराबार नै माग गरेका थिए। प्राधिकरणका अनुसार आजकै वार्षिकोत्सव कार्यक्रममार्फत कर्मचारीलाई बोनसको पनि घोषणा हुने उल्लेख छ । प्राधिकरण स्रोतका अनुसार दुई वर्ष अगाडि नै प्राधिकरणका विभिन्न पाँच वटा टे«ड युनियन र सात वटा पेशागत संगठनले एक महिनाको भत्ता माग गर्दै १६ औं वार्षिकोत्सव बहिस्कार गरेका थिए । एक दिनको वार्षिकोत्सव मनाउन एक महिनाको तलव भत्तासहितको सबै सुविधा माग गरेपपछि प्राधिकरण संचालक समितिले कर्मचाारीको दबाब थेग्न नसकेर निर्णय पनि गरिसकेको भएपनि औपचारिक लागू भने दुई वर्ष पछि हुँदै छ । कर्मचारीले प्राधिकरणको सुधारको लागि नीतिगत, पेशागत र संस्थागत माग पूरा नगरेको बताउँदै कार्यक्रम बहिस्कार गर्ने बताए । एक महिनाको तलव नपाए आफ्नै संस्थाको जन्मदिन बिर्सिन बाध्य हुने पनि कर्मचारीको चेतावनी यो वर्ष पनि दिएका थिए । प्राधिकरणका कर्मचारीले युनियले गरेको यो माग पूरा भए श्रेणीविहिन कर्मचारीदेखि १२ औं तहका कर्मचारीसम्मका लागि लाभ हुन्छ । प्राधिकरण स्रोतले भन्यो । कर्मचारीको सेवा सुविधा दिने विषय ठीक भएको, संस्थासँग पैसा पनि भएको र वार्षिक अर्ब नाफा कमाउने संस्थाले कर्मचारीको लागि सवा करोड खर्च गर्नु ठूलो विषय नभएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले कर्मचारीको भत्तामा नै त्यति धेरै खर्च गरेर बार्षिकोत्सव मनाउनुको कुनै तुक नभएको पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।
मेलम्चीको पानी काठमाडौं प्रवेशको समय निश्चित, काठमाडौंवासीका ५० हजार धारा जडान अझै अनिश्चित
काठमाडौं १६, पुस । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ काठमाडौंसँग जोडिए पनि काठमाडौंमा धारा निर्माणको काम सकिएको छैन । आयोजनाका अनुसार काठमाडौंमा अझै ५० हजार धारा जडान गर्न बाँकी छ । पहिलो चरणमा काठमाडौं उपत्यकाको रिङरोडभित्र ८३ हजार भन्दा बढी घरधुरीमा आगामी असोजदेखि पानी वितरण सुरु गर्ने आयोजनाको उद्देश्य छ । तर योजनाअन्तरगत उपयोजना निर्देशनालयले घरघरमा पाइपलाईन विस्तार एवम् धारा जडान गर्न सकेको छैन। निर्देशनालयले घरघरमा धारा पर्याउन छ सय ७० किलोमिटर पाइपलाई विस्तार गर्नुपर्छ। तर उसले २०७३ मंसिर मसान्तसम्ममा चार सय ६८ किलोमिटर मात्रै पाइपलाई विस्तार गरेको छ । अन्नपूर्ण पोस्टबाट ।
अमेरिकामा नेपाल विद्यार्थीलाई सहुलियत, डेढ वर्षसम्म काम गर्न अनुमति
फाइल तस्बिर काठमाडौं १६, पुस । अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम गर्न अमुमति पत्र वर्क परमिट दिने भएको छ। यसअघिको सुविधा हालै सकिएका कारण पुनः अवधि लम्ब्याइएको हो। अमेरिकी सरकारले यो सुविधा भूकम्पका प्रदान गर्दै आएको हो। कान्तिपुर दैनिकबाट ।