विकासन्युज

प्राइम स्टोरको ‘दसैंको बहार, सस्तो मूल्यमा मोबाइल, साथमा उपहारै उपहार’ योजना

काठमाडौं । ललितपुरको प्राइम स्टोरले दसैँको अवसर‘दसैंको बहार, सस्तो मूल्यमा मोबाइल, साथमा उपहारै उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत मोबाइल खरिदमा उपहार पाउने छन् । निःशुल्क उपहारमा हेडफोन, सेल्फी स्टिक, स्पिकर, सिम कार्ड, रिचार्ज कार्ड दिइने स्टोर सञ्चालक सागर गौतमले बताए । प्राइम स्टारेमा मोबाइल किन्दा उपहारका अलावा मूल्य पनि उचित हुने र जेनुइन सामानको ग्यारेन्टी हुने गौतमको भनाइ छ । ‘हामी बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँछौं,’ गौतमले भने, ‘हाम्रो उद्देश्य गुणस्तरीय सामान उपलब्ध हुने ठाउँको रुपमा प्राइम स्टोरलाई चिनाउनु हो ।’ सञ्चालक गौतमका अनुसार सो ठाउँमा किनेको मोबाइलको मर्मतसम्भार, वारेन्टी जस्ता सुविधा कम्पनीका जुनसुकै सर्भिस सेन्टरबाट लिन सकिन्छ । यो कक्पनीले सामसुङ, हुवावे, एमआई, ओप्पो, वनप्लस, जिओनी, सोनी, नोकिया लगायत ब्रान्डको कारोबार गर्ने कम्पनीले जनकारी दिएको छ ।  

नेसनल हाइड्रोपावरको संचित नोक्सान साढे ४३ करोड

  काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडको निरन्तर घाटामा गएपछि यसको संचित नोक्सान बढेको छ । गत आर्थिक वर्षमा मात्र संचित नोक्सान ६ करोड १२ लाख रुपैयाँ बढेर ४३ करोड ५४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा उसको संचित नोक्सान ३७ करोड ४२ लाख रुपैयाँ थियो । कम्पनीले गत आवमा गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट १८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४२ पैसा मात्र छ । हालसम्म कम्पनीले लाभांश दिन सकेको छैन् ।

नविल बैंकले असोज १०मा साभारणसभा बाेलायाे, ४८% लाभांशसहित पुँजी १० अर्ब बनाउने विशेष प्रस्ताव

काठमाडौं । नबिल बैंकले १० अर्ब रुपैयाँ पुँजी बनाउने प्रस्ताव गरेको छ । बैंकले आगामी असोज १० गते ३३ औं वार्षिक साधारणसभाको बोलाउँदै उक्त साधारणसभामा अधिकृत पुँजी १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । उक्त साधारणसभामा नबिल बैंकले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने प्रस्ताव लैजादैछ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले १६ प्रतिशत बोसन सेयर दिने, असोज ९ गते साधारण सभा

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको हालै बसेको सञ्चालक समितिको २४४ औ बैठकले गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट सेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने निर्णय गरेको छ । बोनस सेयर वितरण प्रस्ताव पारित गर्न बैंकले असोज ९ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि बैंकले बोनस सेयर बितरण गर्ने जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।

एनबी इन्स्योरेन्सको साधारणसभा असोज १० गते, ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्ने भएको छ ।  कम्पनीले २० औ वार्षिक साधारणसभा असोज १० गते बोलाएको छ ।

नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने, असोज १० गते साधारणसभा गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको ३३५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिन निर्णय गरेको हो । नियाम निकायबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । नेकोले गत आवमा ७ करोड १२ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ । कम्पनीले असोज १० गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ । यस्तै चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।  

कोकाकोलाले ल्यायो दशैं र तिहार लक्षित ‘‘मन खोलौं कोकसँग’’अभियान

  काठमाडौं । कोकाकोला नेपालले दशैं र तिहार लक्षित ‘‘मन खोलौं कोकसँग’’ अभियान ल्याएको छ । यो अभियान मंगलबारदेखि सुरु भएर असोज ३० गतेसम्म चल्नेछ । कोकाकोलाले दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ, जसमा विभिन्न फरक सम्बन्धहरु दर्शाउने संदेशहरु लेखिएका छन् । यी लेबलहरु नेपालीमा लेखिएका छन, जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँदै सम्मान गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यी प्याकहरुले उपभोक्तालाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गरेको छ । अभियानको नाम जस्तै कोका–कोलाले सबै परिवारका सदस्यहरुलाई कोका–कोलाका साथमा आफ्ना भावनाहरु एकआपसमा दर्शाउन र नजिकपना ल्याउन उत्साहित गर्ने कम्पनीले बताएको छ । कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिँहले भने,‘दशैं, आशिर्वाद दिने र सँगसँगै मनाउने उत्सव हो, कोकाकोलाले उपभोक्ताका साथीहरु र परिवारहरुलाई जोड्न सहयोग गर्दछ । हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मिय सम्बन्धहरुलाई ‘‘परिवार’’सहित ८ यूनिक लेबलका साथमा खुशीयाली बाँड्दै छौं । यसले हामी प्रत्येकको जिवनलाई प्रभावित गर्ने विशेष सम्बन्धहरुलाई सम्मान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौं, हाम्रा उपभोक्ताहरुले आफ्ना मनपर्ने व्यक्तिहरुलाई विशेष संदेश भएको कोका–कोला उपहारको रुपमा प्रदान गर्नेछन् ।’

टिकापुरमा हंशराज हुलासचन्द एण्ड कम्पनीको नयाँ शोरुम सञ्चालन

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कैलालीको टिकापुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सुविधा सहितको नयाँ शोरुम “जैमिनी आटोमोटीभ्स कम्पनी प्राइभेट लिमिटेड” शोरुम सञ्चालनमा ल्याएको हो । बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको टिकापुरमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टिकापुरमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।’