सेती फाइनान्सको साधारणसभा चैत ३० गते, कहिलेदेखि बुक क्लोज?
काठमाडौं । सेती फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत २१ गतेदेखि ३० गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सञ्चालक समितिको निर्णयलाई पारित गर्दैछ । कम्पनीले ५७ लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण पश्चात कायम हुने पूँजीमा सो मात्राको हकप्रद निष्कासन गर्न लागेको बताएको छ । हाल कम्पनीको पूँजी १५ करोड ८६ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी १६ करोड ४३ लाख रुपैयाँ हुनेछ । त्यसपछि १५० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ४१ करोड ८ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १७९ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्थानीय तहका कार्यकारीमा जथाभावी सरुवा गरिएकाेमा निजामती कर्मचारी संगठनको अाराेप
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले नव गठित ७ सय ४४ वटा स्थानीय तह (महा/उपमहा/नगरपालिका र गाउँपालिका) को व्यवस्थापनका लागि मन्त्रालयले पूर्वाग्रही ढंगबाट विना मापदण्ड कर्मचारीको काज सरुवा गरेको आरोप लगाएको छ । मन्त्रालयले लापरबाही, अनुत्तरदायी, कानूनविपरित र गैरजिम्मेवारीपूर्ण तरिकाले दरबन्दी सिर्जना नभएका स्थानमा कर्मचारीको मनोबल गिराउने ढंगले गरिएको काज सरुवा गरेको भन्दै संगठनले विरोध जनाएको छ । संगठनकाे स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिका अध्यक्ष दीलबहादुर पौडेलले देश स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनको वातावरण बनाउने कर्मचारीलाई उत्प्ररित गरी आआफ्नो कार्य क्षेत्रमा खटाउनु पर्नेमा आत्मबल कमजोर पार्ने र निर्वाचनको वातावरण खलबल्याउने गरी राजनैतिक हस्तक्षेप, आर्थिक चलखेल र नाताबाद, कृपाबादका आधारमा गरिएको आरोप लगाएका छन् । एउटै कर्मचारीलाई दुई ठाउमा खटाइएको, मन्त्रालयमा लामो समय काम गरेर अनुभव भएका सिनियर कर्मचारीलाई खटाउने कार्य नगरी, फाजिलमा रहेका कर्मचारीहरुलाई व्यवस्थापन नगरी, गाउँविकास समितिमा कार्यरत पुराना शाखा अधिकृतहरुलाई जिम्मेवारी नदिई सामान्य प्रशासन मन्त्रालयसंग कर्मचारी माग गरी खटाउने कार्य भएको जनाएको छ । लामो समय योजना अधिकृत र कार्यकारी अधिकृत भएका कर्मचारीलाई गाउपालिकामा पठाएर स्टाफ कलेजको तालिममा रहेका शाखा अधिकृतहरुलाई नगरपालिकाको कार्यकारी अधिकृतमा खटाइएको आरोप पनि लगाएको छ । १२ दिन अघि म्यांलुंगबाट काजमा रामेछाप ल्याइएका गणेश नेपालीलाई खोटांग पठाइएको छ भने कमलामाई नपामा कार्यरत जगतप्रसाद भुसाललाई त्यही जिल्लाभित्रको सबैभन्दा दुर्गम गाउँपालिका हरिहरपुरगढी गाउँपालिकामा बिनाआधार पठाइएको छ । यसैगरी कपिलवस्तु नपाका निरन भट्टराई, कृष्णनगर नपाका हरि पौडेल जस्ता पुराना कार्यकारी अधिकृतहरुलाई दुर्गम गाउँपालिकामा पठाई नयाँ तालिमका अधिकृतहरुमध्ये केहीलाई छानी छानी कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको उनले बताए । कंचनपुर जिल्लाका नयाँ सबै नगरपालिकामा शाखा अधिकृत खटाइएको छ भने दक्षिणी भागको पुनर्वासन गरपालिकामा सिनियर उप सचिव हिमलाल भण्डारीलाई खटाइएको संगठनले बतायो । सामान्य प्र्रशासन मन्त्रालयबाट पठाइएका ६४ शाखा अधिकृत (जो उपसचिव हुने प्रक्रियामा छन्) मध्ये नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान उपाध्यक्ष रामहरि शर्मालाई कुनै जिम्मेवारी नदिइको उनले बताए ।
संसारका धनीहरुको सूचि सार्वजनिक, माइक्रोसफ्टका विल गेट्सदेखि सेयर बजारका वारेन बफेट हुँदै फेसबुकका जुकर बर्गसम्म
काठमाडौं । फोब्र्स पत्रिकाले संसारकै धनीहरुको नयाँ सूचि सार्वजनिक गरेको छ । फोब्र्सले सन २०१७ का लागि संसारकै धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । यो सूचिमा फेरी पनि माइक्रोसफट्का मालिक बिल गेट्स एक नम्बरमै परेका छन् । ६१ बर्षिय अमेरिकी नागरिक गेट्सको सम्पति ८६ बिलियन अमेरिकी डलर पुगेको छ । बेर्कसायर हाथवेका मालिक अर्का अमेरिकी नागरिक वारेन बफेटको सम्पति ७५ दशमलब ६ बिलियन अमेरिकी डलर पुगेको छ । ८६ बर्षिय बफेट सेयर बजारका लगानी कर्ता हुन् । अर्का अमेरिकी नागरिक ५३ बर्षिय जेफ बेजोजको सम्पति ७२ दशमलब ८ बिलियन अमेरिकी डलर रहेको छ । चार नम्बरमा भने जारा कम्पनीका मालिक ८० बर्षिय स्पेनी उद्योगी इमान्सीओ ओर्गेगा परेका छन् । उनको सम्पति ७१ दशमलब ३ बिलियन अमेरिकी डलर पुगेको छ । फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि विश्वका धनाढ्यहरुको सूचिमा पाँचौ नम्बरमा परेका छन् । ३२ बर्षिय अमेरिकी नागरिक जुकरवर्गको सम्पति ५६ बिलियन अमेरिकी डलर पुगेको छ । मेक्सिकोका टेलिकम मालिक ७७ बर्षिय कार्लाेस स्लीम हेलुले ५४ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर छैठौं स्थान सुरक्षित गरेका छन् । ७२ बर्षिय अर्का अमेरिकी सफ्टवेयर कम्पनीका मालिक ल्यारी इलिसनले ५२ दशमलब २ बिलियन अमेरिकी डलरका साथ सातौं स्थान सुरक्षित गरेका छन् । डाइभर्सिफाइड कम्पनीका मालिक ८१ बर्षिय चाल्र्स कोचले ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पति जोडेर ८ औं स्थानमा कब्जा जमाएका छन् । अर्का अमेरिक नागरिक डेभिड कोच पनि ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पतिसहित ८ औं नम्बरमै रहेका छन् । १० नम्बरमा पनि ब्ल्युमबर्गका मालिक माइकल ब्ल्युमबर्गले ४७ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर १० औं नम्बर सुरक्षित गरेका हुन् । विश्वका १० धनाढ्यहरुमा ८ अमेरिकी उद्योगी परेका छन भने एक स्पेनी र एक मेक्सिन नागरिक परेका छन् । पछिल्लो २३ बर्षको सूचिमा १८ पटक विल गेट्सले एक नम्बर धनीका रुपमा उभ्याउन सफल भएका छन् । यसपालीको सूचिमा १९५ जना नयाँ धनीहरु थपिएका छन र ति अधिकांश चिनियाँ नागरिक रहेका छन् । २० बर्षिय अलेक्जेण्डर एन्डर्सनले दोश्रो पटक सबै भन्दा कम उमेरका धनाढ्यका रुपमा आफ्नो नाम सुरक्षित बनाउन सकेका छिन् । उनलाई उनका बुवाले १ दशमलब २ बिलियन सम्पति हस्तान्तरण गरेका थिए । सबै भन्दा कम उमेरमा आफ्नै कमाईले धनाढ्य बन्न सफल भएका छन २६ बर्षिय जोन कोलिजन उनको सम्पति १ दशमलब १ बिलियन रहेको छ ।
बैंक अफ काठमाण्डूमा संजय शाह र राधेश पन्तको पुनरागमन, शाह र पन्तको फाटेको मन अध्यक्ष श्रेष्ठले सिऊँन सक्लान् ?
काठमाडौं । ८ वर्षपछि संजयबहादुर शाह र राधेश पन्त बैंक अफ काठमाण्डूमा फर्किएका छन् । ८ वर्षअघि आपसी झगडामा फसेर उनीहरु बाध्य भई बैंकबाट बाहिरीएका थिए । ८ वर्षपछि चुनावी प्रतिस्पर्धाबाट दुबै जना बैंकको सञ्चालकमा चुनिएका छन् । त्यतिबेला शाह बैंकको अध्यक्ष थिए भने पन्त प्रमुख कार्यकारी अधिकृत । दुबै जना बैंकका डोमिनेन्ट प्रमोटर सेयर होल्डर पनि हुन् । अध्यक्ष शाहले पन्तलाई प्रमुख कार्यकारी अधिकृत पदबाट हटाउने निर्णय बोर्डबाट गराए । पन्तले प्रतिकार गरे र राष्ट्र बैंकलाई गुहारे । त्यतिबेला पन्त नेपाल बैंकर्स संघको अध्यक्ष पनि थिए । त्यतिबेला राष्ट्र बैंकमा गभर्नर दीपेन्द्रवहादुर क्षेत्री थिए । उनले पन्तलाई हटाउने निर्णय उल्ट्याएर मिलाप गर्न आग्रह गरे तर शाह र पन्तबीच मिलाप भएन । पन्तलाई हटाउनुको कारणबारे राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई स्पष्टीकरण सोध्यो । अध्यक्ष शाहले ‘प्रमुख कार्यकारी अधिकृत नियुक्ती वा हटाउने विषय सञ्चालक समितिको अधिकार भएको’ जवाफ दिए । पुरानो घट्ना सम्झदै दीपेन्द्रवहादुर क्षेत्री भन्छन्–हटाउनु भन्दा केही समयअघि मात्र पन्तले उत्कृष्ट बैकर्स अवार्ड पाएका थिए । सीईओले गल्ती विराम गरेकोबारे केही बताइएन । मेरो लगानी हो, मैले जे निर्णय पनि गर्न सक्छु भन्ने दम्भ देखियो । संस्थागत सुशाशन, कार्य सम्पादन मूल्याङकन केही पनि देखिएन । त्यसपछि कारवाहीको निर्णयमा पुग्यौ । गभर्नर क्षेत्रीले बैंक अफ काठमाण्डूको सञ्चालक समिति भंग गरिदिएँ । विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति चयन गर्ने मुख्य जिम्मेवारीसहित राष्ट्र बैंकबाट सञ्चालक समिति खटियो बैंक अफ काठमाडौंमा । झगडिया सञ्चालकलाई उम्मेदवार बन्न नपाइने व्यवस्थासहित निर्वाचत भयो र नयाँ सञ्चालक समिति बन्यो । त्यसपछिको दुईवटा सञ्चालक समितिमा शाह र पन्तले प्रवेश पाएनन् । पन्त तत्काल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भए । पछि त्यहाँबाट राजीनामा गरेर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भए । चैत ३ गते सम्पन्न साधारणसभाले पुन शाह र पन्तलाई सञ्चालकमा निर्वाचित गर्यो । निर्वाचनमा संस्थापक सेयरधनीको तर्फबाट शाह, पन्त, शान्तराज सिंह थापा, प्रकाश श्रेष्ठ, केदारनाथ गौतम र रामकाजी कोने प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा थापा र कोने पराजित भए । श्रेष्ठ र गौतम मर्जपूर्व लुम्बिनी बैंकका प्रवद्र्धक हुन् । श्रेष्ठ अध्यक्ष भएका छन् । उनी पर्यटन क्षेत्रमा स्थापित व्यवसायी हुन् । गौतम कर्मचारी संचयकोषको प्रतिनिधि हुन्, उनी नागरिक लगानी कोषसहितको समर्थनमा चुनिएका हुन् । सर्बसाधारण सेयरधनी समूहको तर्फबाट डा हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा, सौरभ केसी, मदनलाल जोशी निर्वाचित भएका छन् । सञ्चालक समितिमा निर्वाचित मध्ये शाह र पन्तबीचको सम्बन्धबारे धेरैको मनमा खुल्दुली छ । उनीहरुबीच फाटेको मन अध्यक्ष प्रकाश श्रेष्ठले सिऊँन सक्छन् कि सक्दैनन ? क्षमताको हिसावले दुबै जना बैंक सञ्चालक बन्न अब्बल मान्छे हुन्, इगो समस्या आयो भने बैंक फेरी सफल नहुन सक्छ ।
प्रभु इन्स्योरेन्सको १९ लाख कित्ता हकप्रद सेयर निष्कासन, चैत ३० गतेदेखि आवेदन खुला
काठमाडौं । प्रभु इन्स्योरेन्सले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले २ कित्ता र बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्सकासन गरेको हाे । कम्पनीकाे चुक्ता पुँजी हाल ३८ करोड ५० लाख १५ हजार ७१६ रुपैयाँको छ । हकप्रद सेयरकाे लागि यही चैत्र ३० गतेबाट जेठ २ गतेसम्मका अावेदन गर्न सकिने कम्पनीले जनाएकाे छ । यसको सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापटिल लिमिटेड हो । यसको आवेदन प्रभु क्यापिटल कमलादी र प्रभु बैंक र यसका शाखा कार्यालयबाट आवेदन दिन पाइने छ ।
मुग्लिन नारायणगढ सडक अब दैनिक ६ घण्टा अबरुद्ध, विहान १० बजेदेखि ४ बजेसम्म सवारी आवागमन ठप्प
काठमाडौं । विश्व वैंकको ऋण सहयोगमा बाटो विस्तारको काम भइरहेको मुग्लिन नारायणगढ सडक खण्ड अब दैनिक ६ घण्टा बन्द हुने भएको छ । यो सडक दैनिक विहान १० बजेदेखि ४ बजेसम्म बन्द गरेर बाटो विस्तरको काम गर्ने यो सडक आयोजनाले जानकारी दिएको छ । यस अघि विहान साढे १० देखि ३ बजेसम्म अर्थात साढे चार घण्टा नियमित मर्मतको लागि सडक बन्द गर्ने गरिएकोमा अब यही चैत्र १५ गतेबाट दैनिक ६ घण्टा बाटो बन्द गरेर मर्मत गरिने भएको छ । यो आयोजनाले यसको विकल्प अन्य सडक प्रयोग गर्न र धैर्य गर्न पनि आम सर्वसाधार तथा बाटो प्रयोगकर्तासँ अनुरोध गरेको छ । यो बाटो दुई लेनबाट चारलेनको बनाउने काम भइरहेको छ ।
कृषिका परियोजनाका आकार वार्षिक बजेटसरह, योजना धेरै कृषिक्षेत्रको प्रगति र सुधार कम
काठमाडौं । कृषि क्षेत्रमा दातृ सहयोगमा सञ्चालित कार्यक्रमहरूको रकमगत आकार सरकारकै कृषि बजेटबराबर भए पनि प्रभावकारिताबारे अध्ययन नै नभएको पाइएको छ । दातृ निकाय आफैंले सञ्चालन गरेका कार्यक्रमबारे केही अध्ययन गरे पनि सरकारले यस्ता आयोजनाको बृहत लेखाजोखा नै नराखेको हो । सोही कारण दाताले कार्यक्रम हस्तान्तरण गर्नेवित्तिकै त्यसको प्रगति नै अलमलमा पर्ने गरेको छ । चालू आर्थिक वर्षका लागि मन्त्रालयका लागि २७ अर्ब ४३ करोड रकम विनियोजन गरिएको छ । कृषि विकास मन्त्रालय मातहत २७ अर्ब ६५ करोड रकम बराबरका वैदेशिक सहायताका मुख्य १० परियोजना सञ्चालनमा छन् । यद्यपि, यो रकम एकै वर्षको कार्यक्रमको भने हैन । यीमध्ये अधिकांश परियोजना पाँच वर्षयताका छन् भने परियोजना अवधि अधिकतम आव ०७६/७७ सम्मका छन् । परियोजनामा सबैभन्दा धेरै लगानी विश्व बैंकको छ । विश्व बैंकको चार वटा परियोजनाको कुल बजेट मात्र ९ करोड ६७ लाख ५० हजार डलर (करीव १० अर्ब रुपैया) रहेको छ । दोस्रो ठूलो लगानी गर्नेमा अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइफाड)को ७ करोड ९ लाख डलरको दुई परियोजनामा सञ्चालनमा छन् । जीएएफएपीको ५ करोड ७५ लाख डलर र एसडीसीको २ करोड ८० लाख डलर बराबरको परियोजना चलिरहेका छन् । एसियाली विकासको दुई परियोजनामा ३ करोड ३८ लाख डलर कुल बजेट छ । हाल ७५ वटै जिल्लामा संचालित व्यावसायिक कृषि तथा व्यापार आयोजना सन् २००९ देखि तत्कालीन समयमा २५ जिल्लामा सुरु गरिएको थियो । अतिरिक्त लगानीसहित ८ करोड १८ लाख ५० हजार डलरको यो परियोजना जुन २०१८ मा सकिँदैछ । कृषिमा दाताको बजेट दाता कुल लागत (डलर) विश्व वैंक ९६.७५ मिलियन (९ करोड ६७ लाख ५० हजार) एडीवी ३८ मिलियन (३ करोड ८० लाख डलर) आइफाड ६०.९ मिलियन (६ करोड ९ लाख डलर) जीएएफएसपी ५७.५ मिलियन (५ कोड ७५ लाख डलर) एसडीसी २.८ मिलियन (२८ लाख डलर) स्रोतः कृषि विकास मन्त्रालय कारोबार दैनिकबाट ।
बैंकले उपभोग्य कर्जाको व्याजदर बढाउँदा समस्या, व्याजदर छिटो बढेपछि ऋणीलाई समस्या
काठमाडौं । बैैंक तथा वित्तीय संस्थाले उपभोग्य कर्जाको व्याजदर जथाभावी बढाउँदा कर्जा जोखिममा पर्ने संभावना बढ्दै गएको छ । व्यक्तिगत जमानत वा धितोमा प्रवाह भएको उपभोग्य कर्जाको व्याजदर छोटो समयमा नै उच्च दरले बढेपछि ऋणीहरुले समायमा नै पैसा तिर्न नसकेको बैंकहरुले नै बताएका छन् । ऋणीलाई आफ्नो बजेट बनाउँदा बैंक किस्ताका किस्ताका रुपमा छुट्याइएको रकम थोरै हुन्थ्यो । तर छिटो व्याजदर बढेको र दोब्बरसम्म व्याजदर पुगेका कारण ऋयालीलाई समस्या परेको उल्लेख छ । बैंक तथा वित्तीय संस्थादले पछिल्लो ५ महिनादेखि वित्तीय प्रणालीमा तरलमा अभाव भएको भन्दै निक्षेपको व्याजदर बढाएपछि कर्जाको व्याजदर पनि पछिल्लो ३ महिनामा दोब्बर भएको छ । नयाँ पत्रिका दैनिकबाट ।