विकासन्युज

झापाका सडकमा सौर्य बत्ती जडान गर्न १३ करोड, कुन नगरपालिकालाई कति रकम ?

झापा, ३ असार । झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले १३ करोड सात लाख रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो । सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन गर्न उपप्रधानमन्त्रीस्तरीय बैठकको निर्णयअनुसार रकम बाँडफाँड गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन अनुदान रकमसहितको विवरण कनकाई नगरपालिकालाई पठाइएको पत्रमा उल्लेख छ । कार्यक्रमअन्तर्गत ६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडक सौर्य बत्ती जडानका लागि सरकारले उक्त रकम विनियोजित गरेको उल्लेख छ । सदरमुकाम केन्द्रित नगरपालिकालाई भने सरकारले बजेट भाषणमार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि रु नौ अर्ब छुट्याएको छ । जुन बजेट भाषणमार्फत उक्त रकम छुट्टिएको हो । जसमा यो कार्यक्रमका लागि भद्रपुर नगरपालिका परेको छैन । भद्रपुर नगरपालिकालाई बजेट भाषणमार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि आगामी आवका लागि रु ५० करोड विनियोजन गर्ने भनिएको छ । झापाका आठवटा नगरपालिकामध्ये सातवटाले मात्रै उक्त रकम पाएका हुन् । झापामा आएको अनुदान रकममध्ये बिर्तामोड नगरपालिकालाई बसैभन्दा बढी रहेको छ । कुन नगरपालिकालाई कति रकम ? नगरपालिका                 रकम मेची                      –  चार करोड रुपैयाँ बिर्तामोड              –  चार करोड ६० लाख रुपैयाँ शनिअर्जुन             – १७ लाख रुपैयाँ कनकाई               –  ५४ लाख रुपैयाँ शिवसताक्षी           –  १० लाख रुपैयाँ दमक                   –  तीन करोड ५० लाख रुपैयाँ गौरादह                – १६ लाख रुपैयाँ रासस

होन्डाद्धारा ‘विपुल क्षेत्री कभर सङ कन्टेष्ट’ शुरु, विजेताले १ लाख रुपैयाँ पाउने

काठमाडौं, ३ असार । नेपालमा होन्डा मोटरसाईकल र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग प्रा.ले विपुल क्षेत्री सँगको साझेदारीमा बहुप्रतिक्षित एल्बम “माया” आफ्नो सोसल मिडिया च्यानलहरुमा निःशुल्क डाउनलोड उपलब्ध गराएको छ । होन्डाले विपुल क्षेत्रीको एल्बम “माया” का सबै आठ वटा गीतहरु बिहीबारदेखि निःशुल्क डाउनलोड गराएको छ । होन्डाले प्रत्येक हप्ता आफ्नो प्रशंसकहरुको लागि एउटा गीत रिलिज गर्नेछ र एक रुपैंया पनि नतिरिकनै डाउनलोड सुविधा दिनेछ । नेपालमा नै पहिलो पटक यसरी एउटा अटोमोबाइल ब्रान्डले संगीतकारसंग साझेदारी गरी नयाँ एल्बम नै निःशुल्क डाउनलोड गर्न दिंदैछ । निःशुल्क डाउनलोड बाहेक, होन्डाले ‘विपुल क्षेत्री कभर सङ कन्टेष्ट’ शुरु गरेको छ जसमा नेपालमा बस्ने नेपालीले विपुल क्षेत्रीको कुनै एउटा गीत गाएर कन्टेस्ट च्यानलमा अपलोड गरी प्रतियोगितामा भाग लिन सक्नेछन् । विपुल क्षेत्री र होन्डाले सो कन्टेस्टको विजेता घोषणा गर्नेछन् । विजेताले नगद पुरस्कार १ लाख र विपुल क्षेत्रीलाई भेट्ने मौका प्राप्त हुने । होन्डाका अनुसार अहिलेका युवा पुस्ताका अधिकांशले नेपाली संगीतको कभर गीतहरु गाउन रुचाउछन् र यो कन्टेस्टले उनीहरुको प्रतिभा देखाउने उत्कृष्ट प्ल्याटफोर्म प्रदान गरेको छ ।

जुन महिना भरी फोर्ड हेरिटेज मन्थ मनाइँदै, फोर्ड धनीका लागि रेसिङ्ग निशुल्क

काठमाडौं, ३ असार । फोर्ड मोटर कम्पनी तथा नेपालका लागि फोर्डका आधिकारीक डिलर जि. ओ. फोर्डले जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउँदै छ । कम्पनीले फोर्डको ११३ वर्षको इतिहासलाई स्मरण गर्दै एक महिना भर फोर्ड हेरिटेज मन्थ मनाउने भएको हो । यस उत्सवको बीचमा फोर्डले आफ्नो गाडीहरुको उत्कृष्टतालाई राखेको छ । बिहीबार फोर्ड कम्पनीको ११३औं वार्षिक उत्सव सम्पन्न भएको छ । सो दिन आगामी जुन २५ मा फोर्ड धनीहरुको लागि गोकआट रेसिङ्गको घोषणा पनि गरिएको छ । सबै फोर्ड धनीहरुका लागि रेसिङ्ग निशुल्क हुने र रजिष्ट्रेशन पहिलो आउनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्यहाँ रेसिङ्ग बाहेक अन्य धेरै क्रियाकलापहरु हुनेछन् जस्तै हुम्यान सुइङ, हाभर बार्ड, मेल्ट डाउन खाना र पेयका स्टलहरु । यस वर्ष, हेरिटेज मन्थ र रेसिङ्ग संयुक्त रुपमा, साथै फोर्ड जी टी का चार गाडीहरुले जुन १८ र १९ गते हुन गइरहेको (ल मान्स्) २०१६ को २४ घण्टे कौशलताको प्रतिस्पर्धाको लागि प्रतिष्ठित प्रवेश पाएका छन् । हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन् — जसमा सबभन्दा पछि इन्डिएभोरले प्रवेश पाएको छ ।नेपालमा फोर्डका ११ बिक्री तथा सर्भिस केन्द्रहरु छन् भने एक कुइकलेन सर्भिस सेन्टर रहेको कम्पनीले जनाएको छ ।

प्रभु बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच विद्यूतीय कारोबार सम्बन्धी सम्झौता

३ असार, काठमाडौं, ३ असार । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालि बीच विद्यूतीय प्रणालीमार्फत् गरिने सूचना आदान(प्रदान विश्वसनीय बनाउनेबारे सम्झौता भएको छ । बैंकका अनुसार विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउन सम्झौता भएको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् । समारोहमा बैंक तथा सर्टिफाइङ कम्पनीका अन्य पदादिकारीहरुको समेत उपस्थिति थियो । सूचना आदान प्रदानमा हुने जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाहृय ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवल हुने बैंकले विश्वास लिएको छ ।

धितोपत्र बोर्डले लगानी कर्तालाई भन्यो–लगानी गर्दा सतर्कता अपनाउनुस

काठमाडौं, ३ असार । एक सातामै नेप्से परिसूचक ६४ अंकले बढेपछि नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ । बोर्डले बिहिबार बजार बन्द भएपछि विज्ञप्ति निकाल्दै लगानी कर्तालाई सचेत बन्न आग्रह गरेको हो । साताको पहिलो दिन आइतबार १५६८ अंकमा रहेको परिसूचक अन्तिम दिन १६३२ अंकमा पुगेको थियो भने ९ अर्ब ३० करोड रुपैंयाँको सेयर खरिद बिक्रि भएको थियो । आर्थिक परिसूचकहरु उत्साहजनक नरहेका बेला सेयर बजार बढेको भन्दै बोर्डले विज्ञप्ति निकाल्दै बजारमा जोखिम बढ्न सक्ने तर्फ संकेत गरेको हो । बोर्डका प्रवक्ता निरज गिरिले भने–सेयर बजारका लगानी कर्ताले सधै सचेत हुनु पर्छ, अहिले बजार निरन्तर बढेको छ, बढिरहेको बजार घट्न पनि सक्छ, हामीले लगानी कर्तालाई सचेत गराउने हो ।बोर्डले सेयर बजारको लगानी जोखिम रहित नहुने तथ्य स्मरण गराउँदै अर्थतन्त्रकै वृद्धिदर सकारात्मक नभएको अवस्थामा बजारको वृद्धिले थप जोखिम निम्त्याएको बताएको छ । लगानी कर्ताको हकहितको संरक्षण गर्ने आफ्नो जिम्मेवारी अनुसार सचेत गराइएको पनि बोर्डले बताएको छ । नेप्सेका सह प्रवक्ता मुराहरी पराजुलीले भने बजार जोखिमको मापन गर्ने आधार नभएको दावी गरे । उनले बजार कति वृद्धि हुँदा जोखिम मान्ने भन्ने तथ्यगत आधार नभएको बताउँदै अधिक तरलता र नयाँ प्रबिधीका कारण बजार बढेको स्पष्ट पारे । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले पनि बजार बढ्दा वा घट्दा बोर्डले लगानी कर्तालाई सचेत गराउनु पर्ने बताए ।

काठमाडौं उपत्यका सबै भन्दा महंगो, खाद्यान्न र तरकारीको भाउ छोई नसक्नु

काठमाडौं, २ असार । काठमाडौं उपत्यका शहर देशकै सबै भन्दा महंगो क्षेत्रका रुपमा दर्ज भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अध्ययन प्रतिवेदनले काठमाडौंको मुल्य वृद्धि अत्याधिक रहेको देखाएको हो । काठमाडौंको मुल्य वृद्धिदर ११ दशमलब ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौंको मूल्य वृद्धिदर जम्मा ६ दशमलब ८ प्रतिशत मात्रै थियो । तराई मधेशमा चलेको लामो आन्दोलन र भारतीय नाका बन्दीले आपुर्ति व्यवस्थामा असहजता उत्पन्न भएपछि काठमाडौं उपत्यका महंगो शहरका रुपमा स्थापित भएको केन्द्रिय बैंकको अध्ययन प्रतिवेदनले उजागर गरेको छ । अघिल्लो वर्ष पहाडमा ११ प्रतिशत रहेको मुल्य वृद्धिदर यो वर्ष घटेर ७ दशमलब ७ प्रतिशतमा झरेको छ । तराईको मुल्य वृद्धिदर पनि ६ दशमलब ९ प्रतिशतबाट बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ । खाद्यान्न र तरकारी छोई नसक्नु केन्द्रिय बैंकले तयार पारेको प्रतिवेदन अनुसार २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९ दशमलब ६ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० दशमलब ४ प्रतिशत देखाएको छ । दाल तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २३ दशमलब ४ प्रतिशत बढेको छ । त्यस्तै, तरकारीको मूल्य २० दशमलब १ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशमलब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ । घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको केन्द्रिय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतको युनिबिक कुकिज नेपाली बजारमा

काठमाडौं, २ असार । भारतीय बजारमा प्रसिद्ध युनिबिक कुकिज नेपाली बजारमा भित्रिएको छ । युनिबिक कुकिजदाई टुंचे टुचें ट्रेडिंग कन्सर्नले युनिबिक कुकिज नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका प्रोप्राइटर त्रिकाल तुलाधरले गुणस्तरीय बस्तुको बजार भित्र्याएको दावी गरेका थिए । कार्यक्रममा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा उपलव्ध श्रोत र साधनको अधिकतम सदुपयोग गर्न सके मुलुकको द्रुत आर्थिक विकास हुने बताएका थिए । उनले निजी क्षेत्र नै विकासको सम्वाहक भएको बताउँदै युवा उद्यमीहरुले यसको नेतृत्व गर्नु पर्ने धारणा राखे । कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकासको लागि सरकार र सरोकारवालासंग सहकार्य गर्दै अघि बढने बताए । त्यस्तै,  युवा उद्यमी मञ्चका उपाध्यक्ष दिपेश काजी तुलाधरले युवा उद्यमी मञ्चले युवाहरुको उद्यमशिलता उजागर गर्न सहयोग गर्ने बताएका थिए ।

होण्डाको नयाँ बाइक होण्डा हर्नेट १६० आर अब नेपाली बजारमा

काठमाडौं, २ असार । होण्डा मोटर्सको नयाँ बाइक होण्डा हर्नेट १६० आर नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले बिहीबार नेपाली बजारमा उक्त बाइक सार्वजनिक गरेको हो । बिहीबार कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ । होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो । यो बाइकबाट उच्च गतिमा रोमाञ्चक यात्रा गर्न सकिन्छ। एचइटी (होण्डा इको टेक्नोलोजी) भएको हर्नेट बाईकमा सजिलो र आरामदायी हुनुका साथ रमाईलो यात्रागर्न सकिने कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा स्याकार ट्रेडिङले एक महिना लामो हाइ स्पिड र एकसाइटिङ स्किल बेस्ड फुटसल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा उपत्यका भित्रका ५० फुटसल खेलाडीहरुले आफ्नो स्पीड र ट्यालेन्ट हर्नेट १६० आरसँगको टेस्ट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।कम्पनीका अनुसार प्रतियोगितामा जम्मा चार चरणहरु हुनेछन् जसमा पहिलो सेलेक्सन राउन्ड हुनेछ र यसमा स्पीड र फोकसको टेस्ट हुनेछ । साथै, कम्पनीले प्रतियोगिताको अन्तमा विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको बताएको छ ।