देश माफियाले चलाइरहेको डा. केसीको भनाई, परिवर्तन देख्न नचाहनेले देश विगारको आरोप
काठमाडौं ३०, कात्तिक । डा. गोविन्द केसीले मुलुक माफियाले चलाइरहेकाले विकृति विसंगतिहरू देखिएको आरोप लगाएका छन् । नौवटा माग राखेर दसौं अनशन सुरु गरेका डा.केसीले भने, ‘मुलुकमा अहिले लुटतन्त्र छ, देश माफियाले चलाइरहेको छ, राजनीतिकर्मी उनीहरूका प्यादा मात्र हुन् ।’ नेपाली राजनीतिमा गैरजिम्मेवारपन अपराध, भ्रष्टाचार, दण्डहीनता संस्थागत भइसकेको आरोपसमेत डा.केसीको छ । नेता, माफिया र राजनीतिक भागबन्डाबाट पद ओगटेकाहरूमा मुलुकप्रति अलिकति पनि माया नभएकाले उनीहरूले संस्थानहरूलाई आफ्नो ‘पुख्र्यौली’, सम्पत्ति ठान्ने गरेको दाबी डा.केसीको छ । ‘उनीहरूले मुलुकका उत्कृष्ट संस्थानहरूलाई आफ्नो कार्यकर्ता आसेपासेका लागि मागी खाने भाडो बनाए, अब चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) तिर पनि आँखा लगाएका छन्,’ डा।केसीले संस्थानलाई ध्वस्त पार्न नै पार्टी कार्यकर्ता रहेका त्रिवि उपकुलपति तीर्थ खनियाँले वरिष्ठताको आधार मिचेर भविष्यमा नियुक्ति प्रक्रियालाई आफ्नो मालिकहरूको अनुकूल बनाएको बताए । स्वास्थ्य शिक्षा, सेवा मात्र नभई सुशासनको क्षेत्रमा समेत हाल देखिँदै गरिएको विकृति, विसंगति, गडबडी, अपारदर्शिता, अन्योल, माफियाकरणको चक्रब्यूँहलाई शक्ति केन्द्रहरूले जसरी भए पनि जारी राख्ने प्रयासमा रहेको आरोप उनको छ । जनताद्वारा नेता चुनिए पनि उनीहरू ‘पावर हंग्री’ मात्र भएकाले मुलुकमा सार्थक परिवर्तन देख्न नसकिएको उनी बताउँछन् । नेतालाई जनताको आवाज सुन्नुसँग मतलब नभई कुर्सीमा पुग्न मात्र हतार हुनुका साथै उनीहरू जनताप्रति जिम्मेवार नभएर कुर्सीमा जान जे गर्न पनि तत्पर भएकाले मुलुकको हाल यस्तो स्थिति भएको उनको धारणा छ । कान्तिपुर दैनिकबाट ।
कुलेखानी नचलाई उपत्यका लोडसेडिङमुक्त भएको प्राधिकरणको भनाइ, भएको विद्युत् व्यवस्थित गरिएको दाबी
काठमाडौं ३०, कात्तिक । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ । लक्ष्मीपूजाको दिन कुलेखानीका दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिए पनि त्यसपछिका कुनै पनि दिन कुलेखानी पूर्ण क्षमतामा नचलाइएको विद्युत् प्राधिकरणको तथ्यांक छ । गत वर्षको तुलनामा कुलेखानी क्षेत्रमा यस वर्ष कम पानी परेकाले पानीको सतहचाहिँ कम रहेको प्राधिकरणले जनाएको छ । सञ्चित अवस्थामा रहेको कुलेखानीको पानी रित्याएर ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी चलाई प्राधिकरणले लोडसेडिङ हटाएको आरोप कतिपयले लगाउने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।
नेपालमा रहेका भारु नसाटिने, ५ सय र हजारका भारु नेपालमै पनि कागजको खोस्टोसरह
काठमाडौं ३०, कात्तिक । नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह हुने भएको छ । भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो । आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो । राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ । नागरिक दैनिकबाट।
कुमारी बैंकद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौं, २९ कात्तिक । कुमारी बैंकको बिशेष साधारण सभाद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैंककोद विषेष साधारण सभाले चुक्तापुँजी आठ अर्व पुर्याउनको लागि लगानीकर्तालाई ५० प्रतिशत हकप्रदल सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । विषेष साधारणसभाले बैंकको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा शंसोधन प्रस्ताव समेत सर्व सम्मतिले पारित गरेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४ अर्ब ५ करोड पुग्नेछ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट बैंकले २०७४ साल आषाढ मसान्त भित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन दिएको निर्देशन अनुरुप चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसैगरी, कुमारी बैंक लिमिटेडले यसअघि नै काष्ठमण्डप डेभलपमेन्ट बैंक लि., पश्चिमाञ्चल फाइनान्स कम्पनी लि., महाकाली विकास बैंक लि. र काँक्रेबिहार विकास बैंक लि.लाई प्राप्ति (एक्वायर) गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । बैंकले चार वटा संस्थाहरुको प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढनुका साथै शाखा संजाल, निक्षेप, कर्जा आदिमा बृद्धि हुने जनाएको छ । उक्त प्राप्ति पछि बैंकको शाखा संजाल ७४ पुग्ने छ भने बैंकको निक्षेप र कर्जा लगानी क्रमशः करिब रु. ५० अर्ब र रु.४० अर्ब हुनेछ ।
होन्डा नाभी नेपाली बजारमा आगमनसंगै टेस्ट राईड सम्पन्न
काठमाडौं, २९ कात्तिक । नेपालमा होन्डा मोटरसाइकल, मोटर र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा नाभीको नेपाली बजारमा आगमनसंगै स्याकार सेफ्टी राइडिंग ट्रेनिङ्ग सेन्टर, ग्वार्कोमा नाभी एक्पिरेन्स इभेन्टको आयोजना गरेको छ । सो इभेन्टमा होन्डा नाभी मोटर साइकलहरुलाई टेस्ट ड्राइभको लागि जीम खानामा आधारित ट्रयाकमा राखिएको थियो । यसले नेपाली टु व्हीलर सेग्मेन्टमा नयाँ सेग्मेन्टको शुरुवात गरेको छ र युवा ग्राहकहरुलाई आर्कषित गर्ने अपेक्षा गरिएको छ । नाभी साधारण मोटरसाईकल र एडभेन्चर बाईक बीचको क्रस जस्तो देखिन्छ । यो ब्राण्डका मोटरसाइकल विभिन्न ५ वटा कलर अप्सनहरुमा उपलब्ध छ । स्ट्रीट, एडभेन्चर र अफ रोड भेरियन्टहरुमा उपलब्ध नाभीमा विभिन्न कस्टमाइज्ड अप्सनहरुमा रहेको छ । यसको मेकानिकल र सफा डिजाईनले बाईक चलाउनेलाई आराम र परफरमेन्स दुवै दिने कम्पनीले जनाएको छ । होन्डा नाभी ११० सीसी सिंगल सिलिन्डर ट्रान्समिसनमा छ जसलाई अटोमेटिक गियरबक्ससंग मेटेड गरिएको छ । १५६ एमएमको हाई ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले खाल्डाखुल्डी भएको सडकमा बाइक ठोक्निे जोखिम कम हुन्छ । बाईकको तौल १०१ केजी र फ्युल ट्यांक क्यापसिटी ३.८ लिटर रहेको छ । अधिकतम पावर ७००० आरपीएममा ७.८ बीएचपी छ ।
चीनले पठायो पेट्रोलियम खानीको ल्याब रिपोर्ट, भित्री कुरा गाेप्य रहेकाे उद्योग मन्त्रीकाे भनार्इ
काठमाडौं, २९ कात्तिक । चीनले नेपालका तीन वटा पेट्रोलियम खानीहरुको ल्याब रिपोर्ट नेपाललाई बुझाएको छ । चीनियाँ सरकारको चाइना जियोलोजिकल सर्भेका बिशेषज्ञहरुले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका खानीहरुमा ल्याब रिपोर्ट परराष्ट्र मन्त्रालय मार्फत नेपाललाई बुझाएको हो । ‘चीनले नेपालका पेट्रोलियम खानीको ल्याब रिपोर्ट हामीलाई बुझाएको छ, जटिल प्रक्रिया भएकाले हामी अध्ययन गरिरहेका छौं’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने । सो प्रतिवेदन केहि दिन पहिले मात्रै उद्योग मन्त्रालयमा आइपुगेको हो । चाइना जिओलोजिकल सर्भेको टोलीले गत अप्रिलमा नेपालमा रहेका तीन वटा पेट्रोलियम खानीहरुको स्थलगत अवलोकन गरेको थियो । अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चिनियाँ टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् । एक महिना भित्र नेपाललाई रिपोर्ट पठाउने भन्दै चीन गएको टोलीले ढिलो गरि रिपोर्ट पठाएको हो । उद्योग मन्त्री जोशीले चीनले पठाएको ल्याब रिपोर्टमा के छ भन्नेबारे भने केहि बोल्न नमिल्ने बताए । ‘रिपोर्ट आइपुगेको छ, के लेखिएको छ भनेर अहिले नभनौं, त्यो विस्तृतमै सार्वजनिक गरौँला’, मन्त्री जोशीले भने । यद्यपी खानी विभागका एक अधिकारीले भने ल्याब रिपोर्ट सकारात्मक रहेको दावी गरे । ‘हामीसँग चिनियाँ टोलीले अनौपचारिक कुरा गर्दा ल्याब रिपोर्ट सकारात्मक छ भनेको छ’, खानी विभागका ती अधिकारीले विकासन्युजसँग भने । कसरी हुन्छ उत्खनन ? तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।
नेपाली बजारमा टेलिम्याटिक सिस्टमको जेसीबी लाइभलिंक सार्वजनीक
काठमाडौं, २९ कात्तिक नेपालको लागि ‘जेसीवी हेभी मेसिन’को आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भूउपग्रहका माध्यमले मेसिनहरुको निगरानी र हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीवी लाइभलिंक’ सार्वजनीक गरेको छ । उक्त प्रविधिले ‘टेलिम्याटिक सिष्टम’बाट जेसीवीका मेसिनहरुलाई टाढै बाटपनि नियन्त्रण गर्न सक्ने भएकोले महत्वका साथ नेपाली बजारमा पहिलो पटक सार्वजनीक गरिएको हो । जेसीवी लाइभलिंक अत्याधूनिक टेलिम्याटिक मनिटरिङ सिस्टमबाट चल्ने भएकाले मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई ब्यवस्थित गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्रविधिले जेसीवी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्यूरिटीबारे महत्वपूर्ण जानकारी दिने कम्पनीका प्रबन्ध निर्देशक विष्णु अग्रवालले जानकारी दिए । उनले भने– ‘यस प्रविधिमार्फत उपभोक्ताले मेसिनलाई प्रभावकारी र सुरक्षित तरिकाले प्रयोग गर्न सक्नेछन् । साथै यसको प्रयोगले मेसिनको अनधिकृत प्रयोग र चोरी हुनबाट समेत बचाउँछ ।’ जेसीवी लाइभलिंक पहिल्यै संचालनमा रहेका जेसीवी ब्याकहो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइभलिंकको प्रयोगले जेसीवीका मेसिन चोरीएको खण्डमा भूउपग्रहका माध्यमबाट सजिलै ट्रयाक गर्न सकिनेछ । यसले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोवाइल फोन प्रविधिमार्फत सूचना उपलब्ध गराउँछ । यसको प्रयोगले तोकिएको परिधिभन्दा बाहिर गएर मेसिन संचालन भएको खण्डमा प्रयोग अवधि, इन्धन खपत, इन्जिनको लोडलगायतका बारेमा सूचना दिनेछ । जसले गर्दा न्युनतम संचालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्न सक्ने कम्पनीले दावी गरेको छ । नेपालमा जेसीवीका ब्याकहो लोडर, ह्वील लोडिङ शोभेल, ट्रयाक्ट एक्साभेटर, भाइब्रेटरी कम्प्याटर, स्किड स्टिर लोडर र डिलर जेनसेटलगायतका उत्पादनहरु उपलब्ध रहेको जनाइएको छ । सन् २००३ मा वेलायती हेभी इक्विपमेन्ट ब्राण्ड जेसीवीलाई एमएडब्लु अर्थमुभर्सले आभिकारीक डिलरसिप लिएर नेपालमा भित्र्याएको थियो । नेपालमा जेसीवीका साढे दुईसय जना कर्मचारीहरु छन् भने दुई हजार भन्दा बढीलाई अपरेटर तालिम दिएर दक्ष जनशक्ति तयार पारिसकेको छ । जेसीवीले बिक्रिलाई नभइ बिक्रिपछिको सेवालाई बढी जोड दिएका कारण आफुलाई नेपालकै नम्वर वान हेभी इक्विपमेन्ट ब्रण्डका रुपमा स्थापित गर्न सफल भएको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए । उनका अनुसार एमएडब्लु अर्थमुभर्सले ११ वटा शाखामार्फत जेसीवीका ग्राहकलाई देशभरी सेवा पु¥याइरहेको छ ।
नबिल बैंक फ्रष्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड”बाट सम्मानित
काठमाडौ, २९ कात्तिक । नबिल बैंंक फ्रस्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड २०१६ ”को उत्कृष्ट वित्तिय संस्थाबाट सम्मानित भएको छ । सो सम्मान पूर्व अर्थमन्त्री डा.रामशरण महतद्धारा प्रदान गरिएको थियो । नबिल बैंक सन् २०१६ मा नै “उत्कृष्ट वित्तिय संस्था” बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले १९ अगष्टमा पनि “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको थियो । बैंकको तर्फबाट सम्मान थाप्न जोखिम अधिकृत अनिलकुमार खनाल गएका थिए । उनले नबिल बैंक देशकै पहिलो निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले ग्राहको माग अनुसार आफ्ना सेवाहरु उपलब्ध गराउँदै आएको बताउँदै त्यो नै बैंक सफल हुनुको एक मात्र सुत्र भएको बताए । सम्मान कात्तिक २४ गते प्रदान गरिएको थियो ।