नेपाली सेनाका दुई प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमसिए–नेपालले निर्माण गर्ने ४०० के.भि. विद्युत प्रशारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहूँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रशारणलाइनको मध्य रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिव १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३० औं पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने गरेको छ । यस्ता छन् सरकारका अन्य निर्णय: एमसिए–नेपालले निर्माण गर्ने ४०० के.भि. विद्युत प्रशारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहूँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रशारणलाइनको मध्य रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिव १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने । भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३० औं पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने। जग्गाधनी श्यामप्रसाद श्रेष्ठलाई हाल जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको कार्यालय रहेको जग्गाको क्षतिपूर्ति बापत एक करोड रुपियाँ उपलब्ध गराउने । २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने । २०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल– इण्डिया कोर्डिनेशन मिटिङकोे ९ औं बैठकमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक श्री राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई बढुवा गर्ने । भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने । साविक रेशम खेती विकास कार्यक्रम धनकुटाको नाममा दर्ता रहेको धनकुटा नगरपालिका वडा नं. ७ स्थित जम्मा २५ रोपनी ५ आना तीन पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न दिन स्वीकृति दिने । २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने । नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने । नेपाली सेनाद्वारा सञ्चालन हुने तालिमहरूको सहयोगार्थ नेपाली सेना र अफिस अफ डिफेन्स करप्शनबिच सम्पन्न भएको समझदारीपत्रको अवधि दुईवर्ष थप गर्न स्वीकृति दिने । २०८२ मङ्सिर ८ देखि १२ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने आइएइए स्कुल अन नुक्लियर एण्ड रेडियोलोजिकल लिडरसिप फर सेफ्टी एण्ड फर नुक्लियर सेक्युरिटी कार्यक्रममा सचिव (विज्ञान प्रविधि) श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्ड, काठमाडौं, गेटा अस्पताल, धनगढी, कैलालीः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके, डडेल्धुरा अस्पताल, डडेल्धुरा र कान्ति बाल अस्पताल, काठमाडौँको आ.व. ०८२÷८३ का लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने। स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौँ तह) डा. टंकप्रसाद बारकोटीले दिनुभएको राजीनामा स्वीकृत गर्ने । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मधेस प्रदेशको प्रमुखमा नियुक्ति गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२१ अंकले बढेर २५६५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ३२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २६ करोड, शिवम् सिमेन्टको १६ करोड र इस्ट्रन हाइड्रोपावरको ९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साइन रेसुंगा डिभेन्चर, बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशत र बुंगल हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । मंगलबारको कारोबारमा सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशतले बढेका छन् । अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशतले घटेका छन् ।
दराज ११:११ अफरमा बोस्च पावर टुल्स: १५ प्रतिशतसम्म छुट, प्रेसर वाशर मात्र ११ मा
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी बोस्चको पावर टुल्स दराज नेपालको ११:११ अफरमा सहभागी भएको छ। अफरमार्फत पेशेवर निर्माणकर्ता, गृह सुधारक र आफ्नै हातले निर्माण गर्ने उत्साहीहरूलाई उच्च गुणस्तरका उपकरणमा १५ प्रतिशतसम्मको विशेष छुट प्राप्त हुने भएको छ । यस अभियानमा बोस्चले निर्माण, अटोमोबाइल र घर सुधारका लागि आफ्नो लोकप्रिय पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गरेको छ । विशेष आकर्षणको रूपमा 'फास्टेस्ट फिङ्गर फर्स्ट' अफरमा २२ हजार ९०० मूल्यको प्रेसर वाशर मात्र ११ मा उपलब्ध हुनेछ । बोस्च जीडब्ल्यूएस ६००, बोस्च जीएचजी १६-५० हिट गन, बोस्च जीएसबी ४५० इम्प्याक्ट ड्रिल, बोस्च जीबीएच २(२३ आरईए रोटरी ह्यामर, बोस्च जीएसबी १३ आरई इम्प्याक्ट ड्रिल किट सेट र बोस्च जीएलएम ४० लेजर रेन्जफाइन्डर अभियानमा उपलब्ध छन् । बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूला निर्माण कम्पनीदेखि व्यक्तिगत कारीगरसम्म ग्राहकलाई आवश्यक उपकरण उपलब्ध गराउँछ । बोस्च पावर टुल्सको नेपालभर एक सय प्लस आधिकारिक उपवितरक रहेका छन् ।
लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको बताए । उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोध गरे ।
धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस् : सन्नी देओल
मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । समाचार सार्वजनिक भएपछि प्रशंसकहरूमा चिन्ता बढेको थियो, जसका कारण धेरै सेलिब्रेटीहरू समेत उनलाई भेट्न अस्पताल पुगेका छन् । बढ्दो जनचासोबीच धर्मेन्द्रका सुपुत्र तथा चर्चित अभिनेता सन्नी देओलले आफ्ना बुबाको स्वास्थ्यबारे आधिकारिक जानकारी दिँदै उनको अवस्था स्थिर रहेको बताएका छन् । उनले धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सकारात्मक रहन र गलत अफवाहहरूबाट टाढा रहन अनुरोध गरेका छन् । सन्नी देओलको टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'श्री धर्मेन्द्रको अवस्था स्थिर छ र निरन्तर चिकित्सकीय निगरानीमा रहनुभएको छ । थप विवरण र टिप्पणीहरू उचित समयमा उपलब्ध गराइनेछ । कृपया उहाँको स्वास्थ्यसम्बन्धी गलत सूचनाहरू नफैलाउनुहोस् । हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरौँ र परिवारको गोपनीयताको सम्मान गरौँ ।' यसअघि, धर्मेन्द्रकी धर्मपत्नी तथा वरिष्ठ अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले पनि सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यबारे जानकारी दिँदै प्रशंसकहरूको चिन्ताप्रति आभार व्यक्त गरेका थिए । उनले इन्स्टाग्राममा लेखेका छन्, 'धरमजी हाल अस्पतालमा निगरानीका लागि रहनुभएको छ । म उहाँप्रति चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँको अवस्था स्थिर छ र हामी सबै उहाँसँगै छौँ । कृपया उहाँको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्न अनुरोध गर्दछु ।' सोमबार साँझ धर्मेन्द्रका परिवारका सदस्यहरू सुपुत्र सन्नी देओल, बबी देओल, नाति करण देओल र राजवीर देओल अस्पताल पुगेका थिए । साथै, बलिउडका चर्चित कलाकारहरू सलमान खान, गोविन्दा र अमिषा पटेल पनि धरमजीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए। धरमजी बलिउडका सर्वाधिक प्रिय र सफल अभिनेतामध्ये एक हुन् । उनले ‘आये मिलन की बेला’, ‘फूल और पत्थर’, ‘आये दिन बहार के’, ‘सीता और गीता’, ‘राजा जानी’, ‘जुगनू’, ‘यादोँ की बारात’, ‘दोस्त’, ‘शोले’, ‘प्रतिज्ञा’, ‘चरस’, ‘धरम वीर’ जस्ता असङ्ख्य लोकप्रिय चलचित्रहरूमा आफ्नो अविस्मरणीय अभिनयमार्फत दर्शकको मन जितेका छन् । सन् २०२३ मा धर्मेन्द्रलाई करण जोहरद्वारा निर्देशित चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा देख्न सकिएको थियो । उक्त चलचित्रमा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए । उक्त चलचित्रमा उनको उपस्थितिले नयाँ पुस्ताका दर्शकहरूमा पनि ठूलो उत्साह जगाएको थियो । वरिष्ठ अभिनेता धर्मेन्द्र निकट भविष्यमा आउने चलचित्र ‘इक्कीस’ मा देखिने तयारीमा छन् । अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ र फिल्म उद्योगसहित सम्पूर्ण भारतभरका प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभका लागि शुभेच्छा व्यक्त गरिरहेका छन् । रासस
नेपाल इन्स्योरेन्सले फुटसल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले फुटसल प्रतियोगिता पुनः आयोजना गर्ने भएको छ । कम्पनीले असोज ३ र ४ गते गर्ने भनिएको प्रतियोगिता देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको थियो । अब उक्त प्रतियोगिता मसिंर १९ र २० गते सामाखुसी फुटसल मैदानमा हुने भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित सम्पूर्ण जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरू सहभागी हुन सक्नेछन् । यसअघि दर्ता भएका कम्पनी वा टिमहरूले पुनः दर्ता गरिरहन आवश्यक छैन भने नयाँ टिमहरू पनि दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकले प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जन मात्र नभई बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच समन्वय, सद्भाव, आत्मविश्वास र स्वास्थ्य चेतना विकास गर्नु रहेको जनाएको छ ।
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै स्टार एजेन्सी मिट सुदूरपश्चिम प्रदेश र नेपालगञ्जमा सम्पन्न गरेको छ। सुदूर श्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरूमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए । साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए। नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सीईओ पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिए ।
मधेश प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ प्रदेश सभा सदस्यको सर्वोच्चमा रिट
काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबार (आज) ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा मुख्यमन्त्री नियुक्ति संविधानविपरीत भएको दाबी गरिएको छ । अदालत परिसरमै रहेका नेपाली कांग्रेसका मधेश प्रदेश सभापति श्रीकृष्ण यादवले रिट दायर भएको पुष्टि गरे । रिट दायर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायतका दलहरू छन् । उनीहरूले प्रदेश प्रमुखले संविधानको मर्म र प्रावधान विपरीत एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् । यस प्रकरणले मधेश प्रदेशमा राजनीतिक अनिश्चितता थपिएको छ । विपक्षी दलहरूले एमाले नेतृत्वको सरकार गैरसंवैधानिक भएको दाबी गर्दै मुख्यमन्त्रीको राजीनामा र वैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनको माग गरेका छन् ।