इन्द्रसरा खड्का

छाला मुनिको प्लाष्टिक सर्जरी : आवश्यकता धेरै, जनशक्ति न्यून

काठमाडौं । केही महिनाअघि ट्रमा राष्ट्रिय सेन्टरमा बाइक दुर्घटनामा परेका बिरामीलाई उपचारका लागि ल्याइयो । खुट्टाको हड्डी भाँचिएर आएका उनको अर्थोपेडिक डाक्टरले उपचार गरे । तर, हड्डी बाहिर देखिन थाल्यो । उपचार भएपनि घाउ छोप्न प्लास्टिक सर्जरी गर्नुपर्ने आवश्यकता भयो । त्यसपछि प्लास्टिक सर्जनले हड्डी छोप्ने गरी मांसपेशी र छाला नभएको अवस्थामा माइक्रो सर्जरीको प्रविधिबाट पेटको मांसपेशी लिएर माइक्रोस्कोपमा सानो रगतको धमनीलाई जोडेर प्रत्यारोपण गर्न सम्भव भयो ।  खुट्टामा जटिल घाउ हुँदा माशंपेशी अर्को ठाउँबाट सारेर छाला प्रत्यारोपण गरेर उपचार गर्न सम्भव प्लास्टिक सर्जरीबाट हुन्छ । ट्रमा सेन्टरमा कार्यरत प्लास्टिक सर्जन डा. अनुराग थापा प्लाष्टिक शल्यक्रिया बिना ट्रमा सेवा अपुरो हुने बताउँछन् ।  ‘सामान्य चोटपटकमा अन्य चिकित्सकले काम गर्छन तर यस्ता गहिरा घाउ भर्न प्लास्टिक सर्जनहरूकै आवश्यकता हुन्छ । घाउ चोटपटक लाग्दा प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ,’ उनले भने ।  ट्रमा अस्पतालमा सयौं बरामी विभिन्न घाउ चोटपटक लागेका बिरामी आउँछन् । उनीहरूमध्ये धेरैको गहिरो घाउ हुन्छ । जहाँ उपचार गर्दा घाउ छोप्न अर्को ठाउँमा मासु ल्याएर छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा उपचारमा प्लास्टिक सर्जरी विलासिता नभइ आवश्यकता रहेको उनी बताउँछन् ।   जलनमा सर्जरी नेपालमा हरेक वर्ष ५५ देखि ६० हजार हाराहारीमा जलनको घटना हुन्छ । जसमा २ हजार बढीले ज्यान गुमाइरहेका छन् भने हजारौं अगंभंग अवस्थामा पुग्छन् । ४० प्रतिशत शरीर जलिसकेका व्यक्तिलाई बचाउन सक्ने सम्भावना न्यून हुने उनको भनाइ छ । ३० प्रतिशतसम्म गहिरो जलन भएका व्यक्तिमा प्लास्टिक सर्जरी आवश्यकता पर्छ ।  प्लास्टिक सर्जन डा. नीरन महर्जन जलनका धेरै बिरामीमा प्लास्टिक सर्जनको आवश्यकता पर्ने बताउँछन् । उनी नेपालमा वर्षेनी दुई हजार बढी बिरामीको जलनमा परी मृत्यु हुने गरेको तथ्याङ्क भएपनि अस्पतालमै नपुगेर घरमै मृत्यु हुनेको सख्या अझ धेरै  हुनसक्ने बताउँछन् ।  कुनै पनि चरम ताप, रसायन पदार्थ, करेन्ट तथा विकिरणले जलन हुने गर्छ । जलेका घटनाले शारीरिक मात्र नभइ पारिवारिक जीवनभर भावनात्मक रूपले धेरै गहिरो दख्खल दिएको हुन्छ ।  जलन भइसकेपछि सबैभन्दा पहिलो प्राथमिक उपचार घरमै गर्न सकिन्छ ।  शरीरमा भएका गहना कपडा खोलेर करिब २५ मिनेट जति जलेको ठाउँमा पानी खन्याउन सकिन्न्छ । त्यससपछि अस्पताल पुर्याउनदा जलनको प्रकारी गहिराइ र गम्भिरताका आधारमा धेरै विधागत स्वास्थ्यकर्मीको उपस्थितीतमा उपचार गरिन्छ ।  क्यान्सरमा सर्जरी त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. समित शर्मा क्यान्सर उपचारमा प्लास्टिक सर्जरीको आवश्यकता उत्तीकै रहेको बताउँछन् । ‘प्लाष्टिक सर्जरी एउटा यस्तो विद्या हो यो एक अंगमा मात्र समिति हुँदैन,’ उनी भन्छन्, ‘टाउकोदेखि खुट्टासम्म बच्चादेखि वृद्धसम्म सबैलाई आवश्यकपर्छ, क्यान्सर रोग लागेका बिरामीको उपचार गर्ने चिकित्सकहरूले छाला, मासु, हड्डी नशा सबैको उपचार गर्नुपर्छ ।’  नेपालमा भयानक क्यान्सरका बिरामीको उपचार भएका छन् । केही समय अघि शिक्षण अस्पतालमा एक जना बिरामी टाउकोको पछाडी भागमा ठूलो ट्युमर बोकेर आए । हेर्दै डर लाग्ने मासुको ढिको कपालमा थियो । अस्पतालमा उपचार सुरु हुँदा मासुको डल्लो काटेर फालियो । ट्युमर निकालिएपछि उनको टाउकोमा ठूलो भ्यवाङ पर्यो । क्यान्सर रोग विशेषज्ञले अप्रशेन गरिसकेपछि यो घाउलाई कसरी छोप्ने भन्नेबारे छलफल भयो ।  प्लास्टिक सर्जनसहितको सहभागितामा कसरी घाउ छोप्ने भन्नेबारे छलफल भइसकेपछि ढाडको मासु लिएर घाउलाई छोपियो । हामीले छोपेको ठाउँमा रौं त आउँदैन तर छोपेनौं भने संक्रमण हुनसक्ने, घाउ पाक्न सक्नेमात्र नभइ गिद्धीभित्र पनि संक्रमण फलन सक्ने डर हुन्छ,’ डा. समित भन्छन्, ‘प्लाष्टिक सर्जनको सहयोगमा क्यान्सरका विभिन्न अंगमा अप्रेशन गर्दा यसरी नै घाउ छोप्नुपर्ने हुन्छ ।’  जन्मजातका समस्यामा समेत सर्जरी कुनै रोग लागेर अस्पताल पुगेका बिरामीमात्र होइन, जन्मजात समस्या भएकाहरू पनि प्लाष्टिकको सर्जरी गर्नुपर्ने हुन्छ । जन्मिदै यस्त समस्या भएका बालबालिकाहरूलाई पनि उपचारको लागि अस्पताल ल्याइन्छ । डा. विशाल कार्की जन्मदै हात जोडिएका, औला जोडिएका वा कसैका बढी औला भएका बच्चाहरू आउने गरेको बताउँछन् ।  उनी यसको उपचारका लागि पनि प्लास्टिक सर्जरी गर्नुपर्ने बताउँछन् । उनका अनुसार आजभोलि सौन्दर्यको लागि प्लास्टिक सर्जरी गर्नेको संख्या नेपालमा पनि बढिरहेको छ । शरीरका हरेक अंग तन्काउन मिल्ने, खुम्च्याउन पनि पनि मिल्ने भएकाले नाक, कान, आँखा, स्तनदेखि सबै अंग सर्जरी गर्नेको संख्या बढिरहेको छ । सौन्दर्यका लागि होस् या दुर्घटना वा कुनै रोग लागेर होस् अस्पताल  विभिन्न कारण अस्पताल पुग्नु परेका बिरामीको प्लास्टिक सर्जरी आवश्यक पर्छ । तर नेपालमा आवश्यक मात्रामा प्लास्टिक सर्जनहरू छैनन् । हाल नेपालमा ५० जनासम्ममात्र प्लास्टिक सर्जरी गर्ने चिकित्सक रहेका छन् । प्लास्टिक सर्जन बन्नको लागि मास्टर गर्नुपर्यो त्यसपछि इन्र्टनसिप गरेर केही वर्ष काम गरेर प्रतिस्पर्धाका आधारमा जनरल सर्जरी पढ्नुपर्ने हुन्छ । यो पास गरिसकेपछि फेरि २ वर्ष काम गरेर परीक्षा दिनुपर्ने हुन्छ । यसमा पनि पास भइसकेपछि बल्ल अर्काे  तीन वर्ष पढ्नुपर्छ ।  डा. शकरमान राइ यस्तो लामो पढाइधेरै व्यक्तिले पढ्न नचाहदा सख्यामा कमी भएको बताउँछन् । उनी भन्छन्, ‘जनरल सर्जन भएर मात्रै प्लास्टिक सर्जन हुनुपर्ने भएकाले जनरल सर्जन हुने वित्तिकै काम गर्न पाइने भएकाले त्यो पछाडी तीन वर्ष फेरि पढ्न समय नहुँदा प्लास्टिक सर्जनको सख्या बढ्न नसकेको हो ।’  नेपालमा वर्षमा ६ जना चिकित्सकलाई प्लास्टिक सर्जन बन्न तालिम दिनसक्ने  अवस्था भएपनि गएको दुई, तीन वर्षदेखि तालिम लिने जम्मा दुई दुई जना मात्र भेटिएका छन् । प्रत्येक वर्ष ६ जना उत्पादन गर्न सकिने भएपनि दुईजना पनि मुस्किलले आउँदा नेपालमा आवश्यक अनुसारको जनशक्ति हुन नसेको राई बताउँछन् ।  उनी यो विषयमा चिकित्सा शिक्षा आयोगसँग छलफल गरिरहेको बताए । ‘लामो समय टुक्रा टुक्रा गर्नुभन्दा एमबीबीएस पछाडी नै स्पेसालिष्टमा जान पाउने बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ,’ उनले भने । पढ्न चाहने डाक्टरको समस्या  महाराजगञ्ज मेडिकल कलेजमा एमसिएच प्लास्टिक सर्जरी २०११ देखि सुरु भएको थियो ।  तर सुरुका दुई वर्षसम्म विद्यार्थी कोही पढ्न आएनन् । सिट त्यत्तिकै खेर गयो । यो वर्ष पनि न्याम्समा एउट सिट खालिरहेको प्रा.डा लोहोनी बताउँछन् ।  परीक्षामा क्वालिफाइड नगरिकन यो विषय पढ्न पाइदैन । हालसालै नेस्नल बोर्ड अफ मेडिकल स्पेसालिटी एनबीएमएस भनेर प्लास्टिक विषयको पढाइका लागि विभिन्न निजी अस्पतालबाट आवदेन परेको छ । उनी भन्छन्,‘भएको सिट खालिरहेको अवस्थामा निजी कलेजले अध्ययन अनुमती मागिरहेको कुरालाई धेरैले फरक अर्थमा पनि हेरिरहेका छन् ।  जुन गतिले अहिले विश्वमा प्लाष्टिक सर्जरीको विकास भएको छ  त्यो सापेक्ष विकास गर्न नेपाली चिकित्सक पनि प्रयत्नरत रहेको उनले बताए । उनी आफ्नो साढे २७ वर्षको रेसियो हेर्दा धेरै चेतना र सचेत भएको बताउँदै यो बीचमा ६ साढे ६ हजार मेजर अप्रेसन गरिएको बताउँछन्  ।  प्लाष्कि सर्जरीको  विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।  प्लास्टिक सर्जरीले न्युरो सर्जरी, कार्डियो थेरासिकभास्कुलर सर्जरीसँग पनि काम गर्नुपर्छ  भने गाइने सर्जरी सबैसँग काम गर्नुपर्छ । सबै विद्यासँग उत्तिकै जोडिएकाले प्लास्टिक सर्जरीको निकै महत्व रहेको लोहनी बताउँछन् ।   एशोसियसन अफ प्लास्टिक सर्जन्स अफ नेपालका सचिब प्रा डा.पीयुष दाहाल नेपालमा प्राचिनकालदेखि नै प्लास्टिक सर्जरीको इतिहास रहेको बताउँछन् ।   ऐतिहासिक पृष्टभूमिमा महादेवले जतिवेला गणेशको टाउको काटेर पछि टउकोलाई रिप्रण गरेका थिए यो । इतिहाससँग प्लास्टिक सर्जरीलाई जोड्ने गरिन्छ ।  यो कथा कहीँ न कहीँ स्वास्थ्यसँग पनि जोडिएको छ । प्रा.डा दाहाल सो सर्जरीको सुरुवात नेपाल अथवा हाम्रो क्षेत्रबाटै भएको इतिहाँस रहेको बताउँछन् । सुश्रुतलाई अहिले फादर अफ प्लास्टिक सर्जरी भन्ने गरिन्छ । उनले सिकेको नभइ पुस्तक लेखेको, औजार प्रयोग गरेको हुनाले ‘सुश्रुत संहिता’ भन्ने किताबमा प्रस्ट लेखेकाले  त्यही औजारकोहरूको विकास क्रममा विकास हुँदै जाँदा अहिलेको अवस्था पुगिएको मानिन्छ  ।  नेपालमा आधुनिक चिकित्सा सेवा वीर  अस्पतालबाट सुरु भएको मानिन्छ । त्यो भन्दा पहिले बैद्यले पनि सर्जरी गर्थे । यो सेवा धेरै पहिलेदेखि ब्रिटेनबाट आएको प्लास्टिक सर्जनहरूले सुरु गरेको थिए । यो कुरा अन्तराष्ट्रिय जर्नलमा पनि प्रकाशित भएको इतिहास पाइन्छ । यसैको आधारमा एउटा अभियान सुरु भएको थियो  त्यो बेला  प्लाष्टिकको सर्जरी सेवा दिएको भेटिन्छ । प्लास्टिक सर्जरी सेवा १९७३ अर्थोपेडिक डिपार्टमा सुरु भएको थियो । त्यो बेला प्लास्टिक सर्जन कोही पनि थिएनन् ।  पछिल्लो समयमा एचआरडिसी भनेर जोरपार्टीमा विकालंगहरूलाई सेवा पु¥याउने कार्यक्रम थियो प्लास्टिक सर्जरीको कार्य सुरु भयो । र १९८८ मा  प्लास्टिक सर्जरी सेवा सुरु भयो  र छुट्टै वर्नवार्ड  प्वालाष्टिक सर्जरी वार्ड बनेर २००१ देखि छुट्टै सेवाको विकास भयो । १९९५ मा त्रिवि शिक्षण अस्पतालमा सुरु भएको थियो । सबैभन्दा पहिलो केशवराज जोशी (केपि)ले प्लास्टिक सर्जरीको सुरुवात गरेका थिए भने त्यसपछि डा.शंकरमान राइ, प्रा.डा.इश्वर लोहनीहरूले यसलाई बिकासको धारमा अगाडि बढाएका थिए ।  काटिएको हात जोड्ने, काटिएको औलाहरू जोड्ने कामदेखि जलनको कामलाई पनि यही समूहले काम गरेको थियो । पछिल्लो समय काठमाडौंमा मात्र केन्द्रित नभइ यो सेवालाई दुरदराजमा पुर्याउनुपर्ने आवश्यकता पनि औल्याइएको छ । ‘मान्छेको चाहना पनि बढ्दै गयो, कपाल रोप्नदेखि राम्रो बन्ने चाहना पनि बढ्दै गयो । चाहना बढेसँगै सेवा पनि बढ्दै गयो डा. दाहल भन्छन्, ‘२०१८ मा आउँदा थोरै प्लास्टिक सर्जन थिए । त्यसपछि अझै प्वालिष्टक सर्जनको आवश्यकता भयो । प्वालाष्टिक सर्जरी एशोसिएसनको २०१७ मा स्थापना भयो । केन्द्रबाट दुर्गम क्षेत्रसम्म पुर्याउनुपर्छ भन्ने हिसाबले काम सुरु गरियो । नेपालमै  प्लास्टिक सर्जन उत्पादन गर्ने कार्य सुरु भयो ।’  प्लास्टिक सर्जरी यस्तो विषय हो यो कुनै एक अंग विशेषसँगमात्र सम्बिन्धत नभएर पुरै शरीर टाउकोदेखि खुट्टासम्मका सबै ठाउँका अपूर्णतालाई पूर्णतामा परिणत गर्ने जमर्को गर्छ । अहिले पनि जनमानसमा प्लास्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग गर्ने होइन भन्ने कुरा बुझाउन निकै गाह्रो परेको थियो । अहिले बिस्तारै मानिस सुसचित हुँदै गएका छन् । समस्याकै कुरा गर्ने हो भने जताततै समस्या छ । ‘सबै ठिक हुन्छ र काम गरौला भनेर बसेको भए सायद यहाँसम्म पुगिदैन थियो होला अहिले पनि सबै सुविधा शहरमामात्र केन्द्रित छ । दुरदराजमा उस्तै समस्या छ,’ प्रा.डा इश्वर लोहनीले भने । आधारभुत स्वास्थ्य सेवा सर्वसाधरणको पहुँचबाट टाढा रहेको अवस्थामा प्लास्टिक सर्जरीको विकास गर्न लामो यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।   

इलावेन इकोनोमी

काठमाडौं । काठमाडौंका अविरल कार्की ३.५७ जिपीए ल्याएर एसईईमा पास भए । काठमाडौंको बागबजारमा रहेको सिद्धार्थ पब्लिक एकेडेमीबाट एसईई पास उनी अहिले नयाँ बानेश्वरमा रहेको नोवेल एकेडेमीमा व्यवस्थापन अन्तर्गत गत कम्प्युटर साइन्स पढ्न भर्ना समेत भइसकेका छन् । भर्ना शुल्क ५ हजार तिरेका अविरलले ड्रेसका लागि १० हजार तिर्नुपर्यो  । कलेजको ड्रेस कलेजले भनेकै ठाउँमा गएर मात्र सिलाउनुपर्छ । यसका लागि १० हजार खर्च भएको उनले बताए ।  उनको जीपीए पनि राम्रो र  साथीहरूको समूह जाँदा उनलाई कलेजले केही छुट दिएको उनले बताए  । उनका अनुसार अब उनलाई वर्षभरीको मासिक शुल्क ३५ हजार मात्र तिर्नुपर्ने छ । त्यस बाहेक कलेजलाई वार्षिक ५५/६० हजार रूपैयाँ बुझाउनु पर्ने उनी बताउँछन् । सिन्धुलीकी निकिता चावहिलको टेक्सास कलेजमा कक्षा ११ मा भर्ना भइन् । अघिल्लो साता आमाबुवासँग कलेजमा पुगेकी उनले कलेज हेरेपछि भर्ना भइन् । विज्ञान विषय लिएर अध्ययन गर्ने योजना बनाएकी उनीसँग शुल्कको विषयमा बुझ्दा छुट विभिन्न छुटपछि वार्षिक ६० हजार तिर्नुपर्ने उनका बुवाले बताए ।  उनले भने, ‘हाम्रो चिनजानका मान्छे पनि हुनुहुन्थ्यो छोरीले पनि राम्रै नम्बर ल्याएकी थिइन्, छुट पाएर ६० हजार शुल्कमा कुरा मिलेको छ, नभए कति धेरै पैसा लाग्छ ।’ कलेजलाई बुझाउने बाहेक भर्ना, स्कुल ड्रेस लगायत विभिन्न शिर्षकमा उत्तिकै खर्च हुन्छ । उनी कक्षा ११ मा छुट पाए पनि कम्तिमा एक लाख खर्च हुने बताउँछन् ।  काभ्रेका अंकित खनाल ज्ञानोदय माविमा कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गर्ने योजनामा छन् । उनी कलंकीमा रहेको ज्ञानोदयले लिएको प्रवेश परीक्षामा नाम निकालेर भर्ना समेत भइसकेका छन् । भर्नाको लागि ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्यो भने स्कुल ड्रेसको लागि ५ हजार ५ सय रुपैयाँ स्कुलमा बुझाइसके ।  ज्ञानोदयमा विज्ञान विषय लिएर अध्ययन गर्दा मासिक शुल्क १ हजार पाँच सय तिर्नुपर्छ । शुल्क मात्रै हेर्ने हो भने उनले एक वर्षमा अर्थात कक्षा ११ मा १८ हजार तिर्नुपर्छ ।  अंकितकी आमा जानुका कमै खर्च भने पनि छोरा पढाउँदा ३० देखि ४० हजार हाराहारीमा खर्च हुने बताउँछिन् ।  ‘सरकारी स्कुल राम्रो पनि छ, सस्तो पनि छ भनेर यही भर्ना गरियो,’ जानुका भन्छिन्, ‘मासिक शुल्क १५ सय भनेको छ, स्कुल त हो कहिले केही कहिले केही भनेर पैसा मागिरहन्छ, जति खर्च लागे पढाउनै पर्यो ।’ सामुदायिक विद्यालयमा कक्षा ११ मा पढ्न ४० देखि ५० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । पुतलीसडकमा रहेको पद्मोदय माविका प्रधानाध्यापक डा. शर्मीला पोख्रेल पद्मोदय माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले ३५ देखि ४० हजारको हाराहारीमा खर्च लाग्ने गरेको सुनाउँछिन् ।  मासिक शुल्क महँगो छैन । तर, भर्ना, ड्रेस, किताब कापी लगातय सामग्री जोड्दा हाम्रो स्कुलमा विज्ञान विषय पढ्ने विद्यार्थीले ३५ देखि ४० सम्म खर्च गर्नैपर्छ,’ उन्ले भनिन् । उनी व्यवस्थापन विषय लिएर पढ्दा पनि सोही हाराहारीमा खर्च आउने बताउँछिन् ।  पद्मोदयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले सुरुमै भर्ना हुँदा ५ हजार तिर्नुपर्छ भने स्कुल ड्रेसका लागि ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । विद्यालयले नेपाली अंग्रेजी र सामाजिक विषय उपलब्ध गराएपनि बाँकी विषय भने विद्यार्थीले किन्नुपर्ने हुन्छ ।  ‘सामुदायिक विद्यालय हो यति शुल्क पनि हामीले लिनु नपर्ने हो । तर, विद्यार्थीका लागि आवश्यक शिक्षक राख्नुपर्यो, कहिलेकाहीँ अन्य विभिन्न किसिमका खेलहरू पनि खेलाउनुपर्यो,’ उनी भन्छिन्, ‘विद्यार्थीबाट उठाएको शुल्क हामी व्यक्तिगत रुपमा खर्च गर्ने होइन, दरबन्दी अनुसार शिक्षक छैनन्, शिक्षक राख्नुपर्यो,  विद्यार्थीबाट लिइएको शुल्क उनीहरूकै क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।’ निजीमा लाखाैं शुल्क सामुदायिक विद्यालयमा ३० देखि ४५ हजार रुपैयाँसम्म खर्च गरे पनि निजी विद्यालयमा भने लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ । उपत्यका सबैभन्दा महँगा भनिका युलेन्स र रातो बंगलामा अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ र १२ पुरा गर्न ६ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । ललितपुरमा रहेको प्रसादी एकेडेमी, बागबजारमा रहेको काठमाडौं मोडेल कलेज, डिल्ली बजारमा रहेको ट्रिनिटी इन्टरनेश्नल निष्ट र युनाइटेड कलेजमा अध्ययन गर्ने विद्यार्थीले ५ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ ।  सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ ।  नेपाल मेगा कलेज, गोल्डेन गेट र अरनिको स्कुलमा  विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तीन लाख ७५ हजारसम्म शुल्क तिर्नुपर्ने सम्बन्धित कलेजका अधिकारीहरुले बताएका छन् ।  चावहिलमा रहेको टेक्सास कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ टेक्सासमा पढ्ने विद्यार्थीले १ लाखदेखि डेढलाखसम्म खर्च गर्दा  कक्षा ११ र १२ को पढाइ पुरा गर्न सकिने बताउँछन् । व्यवस्थापन र विज्ञान विषयका लागि एक देखि डेढ लाख र मानवशास्त्र र कानुन विषयका लागि औसत एक लाख खर्च गर्दा पढाइ पुरा हुने उनी बताउँछन् ।  उनी भन्छन् ‘मैले भनेको कलेजको शुल्कको मात्र कुरा हो । तर, किताब कापी, ट्युसन लगायत अन्य विद्यार्थीको व्यक्तिगत शुल्क त्यो भन्दा बढी लाग्न सक्छ । अनामनगरमा रहेको मेगा कलेजमा व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ । त्यहाँ कक्षा ११ मा मात्रै भर्ना हुँदा विद्यार्थीले एक लाख १२ हजार मासिक शुल्क तिर्नुपर्छ । कक्षा ११ र १२ दुवै पूरा गर्न विद्यार्थीले करिब तीन लाख हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । बजारमा अर्बौं रकम माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात पास भए । अर्थात् २ लाख ७१ हजार २ सय ९२ विद्यार्थी कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)पास भएका छन् ।  एक वा दुई विषयमा फेल भएका विद्यार्थीले फेरि परीक्षा दिँदा यो संख्या अझै बढ्छ ।  कुनै पनि विषय नलागेर पास भएका २ लाख ७१ हजार बढी विद्यार्थीको मात्र कुरा गर्ने हो भने अहिले उनीहरू कक्षा ११ मा भर्ना भइसकेका छन् । कतिपय विद्यार्थीले प्राविधिक विषय रोजेर ११ मा भर्ना गरेका छन् भने कतिपयले नन्प्राविधिक विषय रोजेका छन् ।  कक्षा ११ मा सामुदायिक विद्यालय र निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको भर्ना शुल्कदेखि मासिक शुल्क फरक छ  । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ ।  सामुदायितक र निजी विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीले भर्ना शुल्क, किताब–कापी, स्कुल ड्रेस लगायत सामग्रीमा सुरुमै औसत ४० हजार बढी खर्च हुने गरेको शिक्षकहरु बताउँछन् । अहिले एसईईमा पास भएका कुल २ लाख ७१ हजार २ सय ९२ विद्यार्थीले ११ मा भर्ना गर्नका लागि सुरुमै औसत ४० हजार रुपैयाँ खर्च गर्दा करिब ११ अर्ब रुपैयाँ बजारमा जान्छ ।  यो न्यूनतम रकम हो । निजी विद्यालयमा पढ्ने विद्यार्थीले सुरुमै २ लाख बढी रुपैयाँ विद्यालयलाई तिर्नुपर्ने अवस्था पनि छ भने केही विद्यार्थी प्राविधिक क्षेत्र रोज्ने भएकोले पनि त्यहाँ पनि लाखौं रकम खर्च गर्नुपर्ने बाध्यता छ । तर, औसतमै हिसाब गर्ने हो भने एसईईमा पास भएका विद्यार्थीले सुरुमै बजारमा ठूलो रकम पठाउँछन् ।  एउटा सामान्य सामुदायिक विद्यालयमा भर्ना शुल्क न्यूनतम १० हजार, ड्रेस १० हजार, किताब–कापी लगायत स्टेसनरी खर्च १० हजार र मासिक शुल्क १० हजारमात्र छुट्याउने हो भने पनि एक जना विद्यार्थीले औसतमा ४० हजार रुपैयाँ खर्च हुन्छ ।   

जब सफ्टवेरिका कलेजमा जहाजदेखि रोबर्टसम्म देखिए

काठमाडौं । दुइटा भाँडामा माटो राखिएको छ । अर्को एउटा डिब्बामा राखिएको  छ चामल । छेउमै छ, एउटा सानो मेसिन । त्यसलाई चलाइरहेका छन् काठमाडौंको रवी भवनका सौगातले । उनले देखाइरहँदा विद्यार्थीहरू वरिपरि झुम्मिएर हेरिरहेका थिए । कसैले जिज्ञासा राखिरहेका छन भने कसैले अनौठो रुपमा हेरिरहेका छन् । मेसिनले भाँडामा राखिएको चामल मेसिनले टुप्पामा जोडिएको भाडोमा डोब्दै माटोमा छर्किरहेको थियो ।  हामीले सौगातलाई सोध्यौं यो के हो ? उनले भने बिउ छर्ने रोबर्ट हो । उनका साथीहरूको आइडियामा सौगातले बनाएको रोबर्ट हेर्दा सानो भएपनि यसले गर्ने काम ठूलो थियो । किसानहरूले धान गहुँ छर्दा, टिप्दा हिँडेर वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउने परिकल्पनाका साथ यो प्रोजेक्ट तयार पारेका थिए उनले ।  ‘यो भन्दा पहिले हामीले यो मेसिनबाट टमाटर टिपेका पनि थियौं, सानो तरकारी, फलफल टिप्नदेखि लिएर धान गहुँ, मकै, जहुँ लगायतको बिउ छर्न यसले रोबोर्टिक हुने हो भने किसानहरू धेरै सहज हुने थियो,’ उनले भने ।  उनले बनाएको रोबोर्टिक मेसिनमा चाहिने सामग्री सबै कलेजले उपलब्ध गराएको थियो भने साथीहरूको आइडिया पनि सौगातले लिएका थिए । अहिले प्रदर्शनीमा देखाएको मेसिन जस्तै ठूलो मेसिन बनाउन सके ठूलो राहत हुने बताउँदै पढाइसकेर यस्तै रोबोर्टिक मेसिन बनाउने सोचमा उनी छन् । अर्को कोठामा पनि विद्यार्थीहरूको भीड उस्तै छ । त्यहाँ विद्यार्थीहरू बनाएको हवाइजहाज छ, कोही हवाइजहाज हेर्दैछन् भने कतिपय विद्यार्थी बनाउँदै गरेका, कोही सोध्दै गरेको दृश्य त्यहाँ पनि देखियो । जसका पाटपुर्जा र बनाउने तरिकाबारे विद्यार्थी सुजल न्यौपाने विद्यार्थीहरूलाई जानकारी गराउँदै थिए ।  जहाजमा के–के सामग्री कसरी प्रयोग गरिरहेको छ यसले हावाको सामना कसरी गर्छ यसलाई कसरी उडाउन सकिन्छ भन्ने बारेमा सुजल विद्यार्थीहरूको जिज्ञासा मेटाइरहेका थिए । ‘यो पनि कलेजकै विद्यार्थीको आइडियामा बनाएको हो । सफ्टेवरिका कलेजमा स्नातक चौथो समेष्टरमा अध्ययनरत उनी भन्छन्, ‘यो हामीले वर्कसप भनेर बनाएका हौं, आईओटी विषमा हामीले पढ्नुपर्छ, कलेजकै पाठ्यक्रममा भएको कुरा प्रदर्शनीमा राख्न आवश्यक सबै सामग्री कलेजले नै उपलब्ध गराइदिन्छ ।’   बुधबार सफ्टवेरिका कलेज पुग्दा त्यहाँ विद्यार्थीहरूले बनाएका थरिथरिको एआई सम्बन्धी परियोजनाहरु प्रर्दशनमा राखिएका थिए । कसैले गाडी बनाएर कुदाइरहेका थिए भने केही विद्यार्थीले अहिलेको सामाजिक सञ्जालमा भइरहेको ह्याकिङ कसरी हुन्छ भन्नेबारे सिकाइरहेका थिए । केहीले ह्याकिङ गर्ने व्यक्तिलाई कसरी पत्ता लगाउने भन्नेबारे सिकाइरहेका थिए । फरक दृश्य, रमाइलोसँगै विद्यार्थी अत्यन्तै आवश्यक र चाख लाग्दा आइडियाहरू सेयर गर्दै परियोजना प्रदर्शनीमा राखेका थिए ।  कलेजको पहिलो तलामा थियो ठूलो रोबर्ट । जसले व्यक्तिहरूसँग कुरा गरिरहेको थियो । विद्यार्थीले जस्तो प्रश्न सोध्यो त्यही अनुसारको उत्तर दिने र यताउती घुम्ने काम रोबर्टले गरिरहेको थियो । विद्यार्थीहरू त्यही रोबर्टसँग कुरा गर्न बढी रमाइरहेका थिए । यो रोबर्ट बनाएका थिए त्यही कलेजमा स्नातकोत्तर अध्ययन गरिरहेका विश्वास अधिकारी र उनका दुई जना अन्य साथीहरूले ।  रोबर्टको बारेमा जानकारी दिँदै उनी भन्छन्, ‘यो रोबर्ट ग्राहकलाई सहयोग गर्ने काम गर्छ । कलेजमा आएको विद्यार्थीले अथवा कुनै व्यक्तिले कलेजको बारेमा जान्नुपर्यो भने रोर्वटलाई सोध्दा उसले भनिदिन्छ ।’  रोबर्ट कता जाने, कता के गर्ने भन्नेबारे बताइदिन्छ । यताउता जान सहयोग गर्ने हिड्ने सम्म बनाउन काम गरिरहेको अधिकारीले बताए । अहिले पनि यताउता जान भनेपछि हिँड्छ ।  यो रोबर्ट बनाउँदा तीन जनाले तीन भागमा काम गरे । विश्वासले यसको भिजन हेर्थे भने अर्को साथिले फिजिकल पार्ट हेर्थे । त्यस्तै अर्को साथीले अर्को विधामा काम गर्दा सहज भएको उनी बताउँछन् ।  उनी रोबर्ट बनाउन खोज्दा नेपालमा सामग्री नपाइएको पनि गुनासो गर्छन् । ‘यसमा लाग्ने सेन्सरहरु लाइडार, थ्रिडी क्यामेरा नेपालमा नपाएकोले काम गर्दा बाहिरबाट आयात गर्नुपर्यो  । रोर्वटको डिजानइन गरेर नेपालमै प्रिन्ट गर्छौ भन्दा राम्रो नहुँदा बाहिरबाटै मगाउनु पर्यो,’ उनले भने । यो रोवर्ट अहिले अंग्रेजी भाषामा मात्र कुराकानी गर्न सक्छ ।  अब विस्तारै नेपाली भाषा बुझन् सक्ने बनाउनमा तीनै जना लागिरहेका छन् । विद्यार्थी भर्ना हुन आउँदा म भर्नाको लागि अएको हो कहाँ जाने भन्दा यो रोर्वटले कृपया मलाई फलो गर्नुहोस भन्दै सघाउने काम गर्छ ।   आर्टिफिसियल इन्टेलीजेन्स (एआई) सम्बन्धी विद्यार्थीहरूले बनाएका सबै सामग्रीहरू निकै आकर्षक रहेको कलेजका प्रमुख प्रमोद पौडेल बताउँछन् । उनी कलेजले पढाउनेमात्र नभई पढाएका कुरालाई कसरी प्रयोगमा ल्याउने भन्नेबारे सिकाउन कलेजले यस्ता कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको बताए । ‘हाम्रो शिक्षामा जहिले पनि कमजोरी रहने भनेको सिद्धान्तमा बढी ध्यान दिने र व्यवहारिकमा कमी हुँदा ग्राजुएट भएका विद्यार्थीहरूले राम्रो रोजगारी पाउन नसकेको र उद्यमशिलता पनि बन्न नसकेको अवस्था छ,’ उनी भन्छन्,‘ यस्तो अवस्थामा स्थापना भएको सफ्टवेरिका कलेजले विद्यार्थीलाई गरेर सिक्ने शिक्षा दिने उद्देश्यले सुरु गर्यो । विद्यार्थीहरू नवीनतम् प्रोजेक्टहरू प्रदर्शनी गरिरहेका छन् ।’ टेक एक्स एलिभेट  सफ्टवेरिका कलेजले टेक एक्स एलिभेट कार्यक्रम सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको यो कार्यक्रम आइतबारसम्म जारी रहनेछ । जहाँ विद्यार्थीले आफ्नो प्रोजेक्ट प्रदशनी गर्नेदेखि आईडी सेयर गरिरहेका छन् । हरेक वर्ष विद्यार्थीका इनोभेटिभ (नविन) प्रोजेक्ट प्रदर्शन गर्नेदेखि लिएर कलेजका भौतिक पूर्वाधारहरू देखाउने, कस्तो रिसर्चमा काम गरिरहेका छौं भनेर सोकेस गर्न कार्यक्रम गर्ने गरिएको क्याम्पस प्रमुख पौडेलले बताए ।  उनले विभिन्न क्षेत्रका विज्ञलाई बोलाएर उद्यमशिलता मास्टर कक्षाहरू पनि दिइरहेको जानकारी दिए । विद्यार्थीको तेस्रो वर्षमा गएर एउटा बृृहत प्रोजेक्ट बनाउनुपर्ने हुन्छ । जुन पढाइएको एउटा पार्ट हो । यसका लागि चाहिने सबै सामग्रीहरू कलेजले विद्यार्थीहरूलाई उपलब्ध गराउँछ । नेपालमा स्नातक र स्नातकोत्तर पास गरेर रोजगारी नपाउने अवस्था अहिले पनि उत्तिकै छ । जागिरको लागि अहिले पनि लोकसेवा आयोग भिड्नुपर्ने अवस्था छ । अन्य क्षेत्रमा त्यति आवश्यकता देखिँदैन । पर्यटन तथा उद्यमका क्षेत्रमा पनि अहिले अवस्था उस्तै छ ।  कलेजका प्रमुख पौडेल कतिपय क्षेत्रमा रोजगारदाताको अभाव भइरहेको बेला पनि सीप नहुँदा विद्यार्थीले काम पाउन नसकेको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीलाई सजिलो हुने बताए ।  सफ्टवेरिकाले विद्यार्थी ग्राजुएसन भइसकेपछि उ रोजगार गर्न सक्नेमात्र नभई रोजगारी दिनसक्ने गरी सीपमा बढी जोड दिएको छ । अझ प्रविधिमा प्रयाक्टिकल अझै आवश्यक भएकाले कलेजले यस्ता कार्यक्रममा जोड दिएको पौडेलले बताए ।    

एसईई पास गरेका विद्यार्थीले यस कारण रोज्ने होटल म्यानेज्मेन्ट

आजभोलिका विद्यार्थीहरू स्मार्ट छन् । अभिभावकको दबाबमा नभई आफूले गर्न सक्ने र आउने दिनमा गर्ने सकिने अवसर छनोट गरेर विषय रोज्न थालेका छन् । कुनै समय डाक्टर इन्जिनियर मात्र पेसा रोज्न दबाब दिने अभिभावकहरू पनि अहिले बच्चाहरूको रुचिका आधारमा विषय छनोटमा सहयोग गर्छन् । आजभोलि अन्य विषय जस्तै विद्यार्थीहरूको रुचि होटल म्यानेजमेन्ट क्षेत्रमा पनि बढिरहेको छ । हस्पिटालिटी क्षेत्रमा पर्ने होटलम्यानेजमेन्ट कस्ता विद्यार्थीले पढ्न सक्छन् हामीले टेक्सास कलेजको होटल म्यानेजमेन्ट विभागीय प्रमुख सुवोध दाहालसँग कुराकानी गरेका छौं ।  होटल म्यानेज्मेन्टके हो ?   होटल म्यानेज्मेन्ट भनेको अहिले विश्व बजारमा पर्यटन र होटलसँग सम्बन्धी रोजगारी छ, यसको माग पूर्ति गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डले विगत केही वर्षदेखि लागू गरेको कोर्स हो । यो कोर्स पढिसकेपछि विद्यार्थीले होटलमा इन्ट्रेयल तहको जागिर गर्न सक्छन् भने पर्यटन क्षेत्रमा पनि जान सकिन्छ । यसमा पढाइ पुरा गरिसकेपछि ब्याचलर इन होटल म्यानेजमेन्ट, ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट अन्तर्गत अध्ययन अध्यापन अगाडि बढाउन पनि सक्नुहुन्छ ।  यसको छुट्टै कोर्स हुन्छ कि विषय मात्रै छनोट गर्नुपर्छ ? एसईई दिएर होटल म्यानेजमेन्टकाे छुट्टै कोर्स भन्ने हुँदैन । यो विषय म्यानेजमेन्टमा भर्ना भएर अनिवार्य विषयहरू पढ्नै पर्ने हुन्छ । त्यो सँगसँगै मुख्य विषय भनेको होटल म्यानेजमेन्ट राखेर पढ्न सकिन्छ । यो कोर्स जम्मा २ वर्षको हुन्छ । कक्षा ११ र १२ पास गर्नुपर्छ । यसमा प्रयोगात्मक धेरै हुन्छ ।  कस्ता विषयहरू पढ्नुपर्छ ? यसका लागि माथि भने जस्तै अन्य विषयसँगै मुख्य विषयका रुपमा यो विषय पढ्नुपर्ने हुन्छ । तर ब्याचलरमा गइसकेपछि होटलमा चार वटा डिपार्टमेन्ट हुन्छ । फ्रन्ट अफिस, हाउसकिपिङ,  फुड एण्न वेभ्रेज  प्रडक्सन जसलाई किचन पनि भनिन्छ । ब्याचलर इन होटल म्यानेज्मेन्ट पढ्दा विशेष गरी होटल म्यानेज्मेन्ट पढ्नुपर्छ भने अनिवार्य विषय सँगसँगै होटल म्यानेज्मेन्ट पढ्नुपर्ने हुन्छ र कोर्सको रिक्वाएरमेन्ट अनुसार प्रयोगात्मक रुपमा लिने गरिन्छ । कस्तो रुचि भएका विद्यार्थीहरू यो विषय रोज्ने ? जसको स्वभाव बहिर्मुखी छ, जसले पाहुनासँग परिचय गर्न मन पराउँछ, आफ्नो उत्पादित सामाग्रीहरू बिक्री गर्न सक्छु भन्ने कन्फिडेन्स हुन्छ त्यस्ता विद्यार्थीले यो विषय रोज्दा राम्रो हुन्छ । यो विषय अहिले विश्व बजारमा निकै इमर्ज भएको विषय हो । के पनि विश्वास गरिन्छ भने प्रत्येक १० जनामा एक जना यो इन्ड्रष्टिसँग आवद्ध छन । विश्वमा पेट्रोलियम पछिको ठूलो इन्ड्रष्टी हस्पिटालिटी मान्ने गरिन्छ । त्यसैले पनि यो विश्व बजारमा एकदमै ग्रो भइरहेको छ । यसको माग पनि बढी छ ।  प्लसटु पढिसकेपछि स्नातक गर्नै पर्छ वा कुनै कोर्स हुन्छ ? यो व्याचलर्समा चार वर्षको कोर्ष हुन्छ । आठवटा समेस्टरमा हुन्छ । व्याचलरमा होटेलको चार वटा डिपार्टमेन्ट अनिवार्य पढ्नुपर्छ । यसमा पढेरमात्र हुँदैन प्रयाक्टिकल पनि गर्नुपर्यो । प्लसटुको भन्दा बढी प्रयाक्टिकलव्यालरमा गर्नुपर्छ भने । म्यानेजमेन्टका वेशिक कुराहरू पनि पढ्नुपर्छ । परीक्षा बोर्डले पाठ्यक्रम बनाउँदा खेरी नै ५० थेउरी र ५० माक्स प्रयाक्टिकल भनेको छ । यसमा प्रक्यिाटिकल बढी हुन्छ । प्लस टु मा अध्ययन गरेर व्याचलरमा शैक्षिक रुपमा जाने हो भने ब्याचलर इन होटलम्यानेजमेन्ट विभिन्न विश्वविद्यालयहरू अफिलियसन गरेको छ त्यसमा जाँदा हुन्छ । हैन म एक वर्ष, डेढ वर्षको डिप्लोमा गर्छु भन्यो भनेपनि यो तरिकाले अगाडि जान सकिन्छ । लागत बढी नपर्ने हिसाबले डिप्लोमा गरी यो क्षेत्रमा काम गर्न सकिन्छ । यसमा शैक्षिक रुपमा जान्छु भन्न पनि पाइयो र व्यवसायिक तरिकाले जान्छु भन्न पनि सकिन्छ । तर व्यवसायिक रुपमा जाँदा एउटा डिपार्टमेन्टमा मात्र समिति भएर बस्नुपर्छ । शैक्षिक रुपमा ब्याचलर गरिसकेपछि जुनसुकै डिपार्टमेन्टमा पनि काम गर्न योग्य हुनुहुन्छ ।  पढ्न खर्च कति लाग्छ ? यो विषय पढ्न ठ्याक्कै यति नै खर्च लाग्छ भन्ने हसुँदैन । विभिन्न स्कुल कलेजले फरक शुल्क लिन्छन् । परीक्षा बोर्डले यो विषय पढाउने स्कुल र कलेजलाई कम्तीमा प्रयोगात्मक ल्याब हुन आवश्यक पर्छ भनेको छ । टेक्सासको कुरा गर्दा प्लसटुमा होटलम्यानेजमेन्ट पढ्दा जम्मा एक लाखमा यो कोर्स पुरा हुन्छ । व्याचलरमा पनि कलेजपिच्छे फरक हुन्छ । यसमा विश्वविद्यालयको अफिलियसन अनुसार पनि हुन्छ । ल्याबमा कति लगानी गरेको छ त्यसमा पनि फरक पर्छ । तर ६/७ देखि ९/१० लाखसम्म खर्च लाग्न सक्छ । किनकि व्याचलर्समा धेरै प्रयाक्टिकल हुन्छ । इन्टर्नको लागि विदेश जानुपर्ने हुन्छ । तर विदेश गएर एक वर्ष इन्टर्न गर्दा कम्पनीले पैसा पनि दिन्छ । पैसा पनि राम्रो कमाइ हुन्छ ।  यो विषय पढेका विद्यार्थीलाई कामका अवसर कति छ ? होटलम्यानेजमेन्ट पढिसकेका विद्यार्थीले काम नपाएर घरमा बस्नुपर्ने अवस्था रहदैन । धेरैजसो विद्यार्थी आफै उयद्य्मी बन्नुुहुन्छ । हैन सुरुमा काम गर्छु भन्छ भने प्लस टुको सकिने वित्तिकै इन्ट्रलेभल काम गर्न सक्नुहुन्छ । जस्तै मैले अघि भनेको चार वटा डिमापर्टमेन्टमा गएर आफुले ज्ञान सिप प्राप्त गरेर भोलि आफ्नो स्तर अनुसारको होटेल, रेष्टुरेन्ट, क्याफे,क्याट्रीङमा पनि आफ्नो स्कोप पाउन सकिन्छ ।  विश्व बजारमा माग कति छ ? कुनै विषय आफैमा नराम्रो हुँदैन । आफुले आफैलाई पढेको विषयमा विज्ञ  बनाउन सक्यो भने त्यो अनुसार काम पनि पाइन्छ र कमाइ पनि हुन्छ । ज्ञान, अनुभव विज्ञ यि तीन कुराले काम र दामको निर्धारण गर्छ । होटलम्यानेजमेन्ट पढेको व्यक्तिसँग राम्रो सिप छ भने फुडलार्य फ्युज गरेर पनि नयाँ रेसिपी आफैले बनाउन सक्छ । यसो हुँदा एउटा नयाँ अवसर पनि हुन्छ भने बाहिर पनि यसको धेरै माग भइरहेको छ । म आफै पनि व्याचलरबाट युरोप गएर पढेर आएको हुनाले यो क्षेत्रमा राम्रो देख्छु । देश, देश बाहिर पनि छ ।  आफ्नै उद्योग खोल्न पनि सकिने, केही काम गरेर पछि आफै गर्छु भन्ने पनि सकिने यो क्षेत्र व्यापक भएकाले धेरै राम्रो अवसर छ ।  व्यक्तिमा भर पर्छ । मान्छेलाई खाना जहाँ पनि खान पर्छ । आधारभुत कुरा पनि हो । अहिले विश्वबजारमा सबै भन्दा बढी माग भएको यही विषय देखेको छु ।  पढिसकेपछिको सम्भावना के हुन्छ ? यो विषय पढेकाहरूको माग विश्व बजारमा धेरै छ । यि चार मध्ये प्रोडक्सन शेफको माग धेरै अवसर छ । नेपालमा पनि उस्तै अवसर छ र विदेशमा पनि उस्तै माग छ । अहिले नेपाली विद्यार्थी पढ्न र काम गर्न विश्का धेरै ठाउँमा पुगिसकेका छन् । इन्टर्नको लागि पनि विद्यार्थी विदेशमा जाँदा राम्रो काम गर्नेहरूलाई कम्पनीले उतै कामको अवसर पनि दिइरहेको हुन्छ । होटलम्यानेजमेन्ट पढिसकेका धेरै विद्यार्थीले पयर्टनतिर गएको पाइन्छ । यसको नेपाल र बाहिर धेरै स्कोप छ । पर्यटनमा कसरी जान सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्डले प्लसटुमा टुरिजम स्टडीज भनेर राखेको छ । यसको छुट्टै पढाइ पनि हुन्छ । तर होटलम्यानेजमेन्ट पढेका विद्यार्थीले पनि पयर्टनमा जान पाइन्छ । व्याचलर इन ट्रभल टुरिज्म स्टडिज म्यानेजमेन्टमा पनि जान पाइन्छ । यसमा गइसकेपछि ट्राभल एजेन्सी खोल्न सकिन्छ भने टुर अप्रेटरको रुपमा पनि काम गर्न सकिन्छ । सरकारी जागिर खान्छु भनेपनि पर्यटन बोर्डतिर पनि जान सकिन्छ । हस्पीटालिटी र टुरीजम एक अर्कासँग सम्बन्धीत हुन्छ त्यसैले होटलम्यानेजमेन्ट पढ्दा टुरिज्म तिर पनि जान सकिन्छ ।  कुन खानाका परिकार बनाउन बढी सिकाइन्छ ? नेपालीसँगै अरु खानाको बारेमा पनि विद्यार्थीलाई सिकाइन्छ । इटिलिनय फुड , कन्टिनेन्टल फुडको बारेमा पनि सिकाइन्छ । अहिले विश्मा सबैभन्दा धेरै कन्टिनेन्टल फुड बनाइन्छ भने होटेलमा प्रयोग हुने बेशिक कुरा जस्तै सस, सुप, वेभरेज लगायतका सबै कुरा पनि विद्यार्थीलाई सिकाइन्छ । प्रयोगात्मक परीक्षा राम्रोसँग लिएर थेउरी पढ्दै गयो भने एउटा वेसिक फुड फुडसँग सम्बिन्धत पोषण लगायतका विषयमा राम्ररी जानकारी लिन्छ ।  यो विषय पढ्न विद्यालय छनोट कसरी गर्ने ? कुनैपनि विद्यार्थीले भर्ना हुनुभन्दा पहिले कलेजकोबारेमा थाह पाउन आवश्यक हुन्छ । सकेसम्म पहिले भिजिट नै गर्नुपर्छ । आफु के विषय पढ्दै छु त्यो अनुसारको दक्ष जनशक्ती छ या छैन, भन्ने कुरा हुर्नेपर्छ । यस्ता विषय पढ्दा पढाइसँगै प्रयाक्टिकली बढी सिक्नुपर्ने भएकाले मैले काम गर्ने ल्याब कस्तो छ, कलेजले ल्यावको कति लगानी गरेको छ भन्ने कुरालाई बिचार गर्नुपर्छ । यदि ल्याबहरू छैन पढेकोमात्र छ कसरी बनाउने भन्ने सिकेको छैन भने फ्लोरमा जाँदा केही अनुभव हुँदैन । कलेज छान्दा यि कुरामा ध्यान दिनुपर्छ ।  मैले अहिले के देखेको छु भने साथी भाइले रिकमेण्डेसन गरेको भरमा कलेज छनोट गरिरहेको र विद्यार्थीहरू पनि अन्धाधुन्द भनाइ भइरहेको पाएको छु । यो राम्रो होइन पहिले कलेज राम्रो बुझनुपर्छ ।  

टेक्सास : पढाइ मात्रै होइन, भविष्य बनाउने कलेज

ओखलढुङ्गाकी सुनिता धमला चाबहिलमा रहेको टेक्सास कलेजमा कक्षा १२ मा अध्ययन गर्छिन् । व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेकी उनी यो कलेजले किताबी ज्ञानसँगै बाह्य ज्ञान पनि प्रदान गर्ने गरेको बताउँछिन् । अरुको कुरा सुनेकै आधारमा टेक्सास भर्ना भएकी उनी अहिले राम्रो कलेज रोजेकोमा खुसी छिन् ।  गाउँबाट प्लसटु पढ्न काठमाडौं आएकी उनलाई पहिले कुन कलेज रोज्ने भन्ने अन्योल थियो । उनका गाउँका दाइदिदीहरूले टेक्सास कलेज राम्रो छ भनेपछि उनी भर्ना भएकी थिइन् । सुनिता अहिले आफूले राम्रो कलेज रोजेको रहेछु भन्ने लागेको बताउँछिन् । ‘अरुले भनेकै आधारमा भर्ना भएकी थिएँ, तर यहाँ अध्ययन गर्न सुरु गरेपछि सबै कुरा थाहा भयो,’ उनी भन्छिन्, ‘यहाँको वातावरण निकै राम्रो छ, शिक्षकहरू पनि साथी जस्तै हुनुहुन्छ, पढाइ पनि राम्रो छ सँगै स्पोर्टदेखि हरेक कुरामा विद्यार्थीले अवसर पाउँछन् ।’  उनी अहिले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई पनि टेक्सास रोज्न आग्रह गर्छिन्  ।  युवाहरू विदेश गइरहेको बेला सुनिता भने नेपालमै काम गर्न इच्छा रहेको सुनाउँछिन् । प्लस टु मा व्यवस्थापन लिएर पढ्दा पछि  सूचना प्रविधि, कानुन पढ्न पनि पाइने र बैंकिङ क्षेत्रमा काम गर्ने सोच रहेकाले पनि व्यवस्थापन रोजेको उनको भनाइ छ । सोलुखुम्बुका आशिषबाबु भट्टराई टेक्सास कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । उनका दाइ पनि यही कलेजमा अध्ययन गरेकाले उनलाई पनि यही कलेजमा भर्ना गरिदियो । दाइले भर्ना गरेर टेक्सासमा पढिरहेका उनी कलेजको वातावरण, यहाँका शिक्षकहरूको व्यवहार निकै राम्रो रहेको बताउँछन् ।  ‘यहाँ शिक्षकहरू पनि अनुभवी, पढाउने तरिका पनि राम्रो’ उनी भन्छन्, यस्तो वातावरणमा अध्ययन गर्दाको अनुवभ फरक हुन्छ ।’ उनी पनि नयाँ कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई टेक्सासमा आउन आग्रह गर्छन् ।  उनी व्यवस्थापन विषय लिएर पढ्दा  अवसर पनि हुने र धेरै कुरा सिक्न मिल्ने हुँदा यो विषय रोजेको रोजेको बताउँछन् ।  कुनै पनि विद्यालय वा कलेजको पढाउने तरिका भन्दा पनि वातावरण महत्वपूर्ण हुन्छ । विद्यार्थीले विद्यालयमा पढ्न मात्र होइन खेल्न, रमाउन उफ्रन र कुरा गर्न पाउनुपर्छ । शिक्षकसँग डराएर भन्दा नजिकै भएर सम्बन्ध बनाउँदा विद्यार्थीले छिटो सिक्छन् ।  चाबहिलका आयाम पोख्रेल टेक्सासमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका छन् । अहिले कक्षा १२ मा अध्ययन गरिरहेका उनले विभिन्न अनलाइन, टिभीमा विज्ञापन देखेर रोजेको बताउँछन् । साथीहरूबाट पनि यो कलेज राम्रो छ भन्ने सुनेका र विज्ञापनको आधारमा कलेज रोजेका उनी टेक्सास वेस्ट कलेज रहेको बताउँछन् । यहाँ विद्यार्थीलाई आवश्यक पर्ने सबै ल्याबहरूको पनि सुविधा भएको र व्यवहारिक सिकाइ धेरै हुने गरेको उनले बताए । आफूलाई मात्र नभइ आफ्नो जीवनको विकास गर्नुछ भने उनी यो कलेज रोज्न सकिने उनको भनाइ छ । टेक्सासमा प्राक्टिकल र थेउरीकल ज्ञान दुवै राम्रो रहेका घर जस्तो वातावरण र साथीजस्ता शिक्षक खोज्नेहरूलाई टेक्सासमा आउन आग्रह गर्छन् ।  साेलुखुम्बुकी ससिशा राई एसईई पास भइसकेपछि कक्षा ११ मा अध्ययन गर्न राम्रो कलेजको खोजिमा थिइन् । उनले धेरै कलेजहरूको भिजिट गरिन् । जब उनी टेक्सास कलेजमा पुगिन् उनले कलेजको बारेमा सबै बुझिन् । उनलाई यहाँको वातावरण असाध्यै राम्रो लाग्यो । उनले यही कलेजमा अध्ययन गर्ने निधो गरिन् ।  विज्ञान विष लिएर टेक्सासमा अध्ययन गरिरहेकी उनी यहाँ शुल्क पनि धेरै महँगो नरहेको र सेवासुविधा पनि राम्रो हुँदा कलेज रोजेकोमा कुनै दुःख नलागेको बताउँछिन् । पढाइको लागिमात्र नभइ यहाँ खेलकुदमा रुचि भएकाहरूलाई खेल खेल्न पनि पाइन्छ । नाच्ने रहर भएकाहरूले नाच्न पनि पाउँछन् । उनी कम पैसामा राम्रो शिक्षाका लागि टेक्सास कलेज रोज्न सकिने बताउँछिन् ।  टेक्सास कलेजमा कक्षा ११ र १२ मा चार वटा विषय लिएर पढ्न पाइन्छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारवटा विषय पढाइ हुन्छ । यो कलेजले कक्षा ११ मा हरेक वर्ष १ हजार एक सय विद्यार्थीको भर्ना लिन्छ ।  किन रोज्ने टेक्सास ?  कक्षा कोठालाई जीवनसँग जोड्न, किताबलाई जीवनयापनसँग जोड्न र  पढाइ, पढाइसँगै जीवनलाई अगाडि बढाउन टेक्सास कलेज रोज्नुपर्ने शिक्षकहरू बताउँछन् । कलेजका बिजनेस डेभलपमेन्ट डिरेक्टर नारायण पोख्रेल कलेजले विद्यार्थी पढाएर मात्र नछोड्ने भएकाले पनि यो कलेज रोज्नुपर्ने बताउँछन् ।  विद्यार्थीले पढ्ने किताब जे छ त्यो किताबलाई जीवनसँग जोड्ने प्रयास टेक्सासको हुन्छ ।  ‘यहाँ शिक्षकले पढाएर छोड्ने काम मात्र हुँदैन । पढाइसँगै आ आफ्नो विषयसँग एक्सपोजर दिन्छौं जुन एक्सोपोजरले करियरमा पनि अगाडि बढाउन सजिलो हुन्छ,’ उनले भने । जस्तै विद्यार्थीले कम्प्युटर पढ्छ भने ११ र १२ मा गरी ३० वटा एक्स्ट्रा कोर्स स्टडी गर्नुपर्छ । विद्यार्थीलाई यो परीक्षामा आउँदैन तर जीवनलाई अगाडि बढाउन निकै सहयोगी हुन्छ । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि विद्यालयको आफ्नै ल्याब छ ।  ‘विद्यार्थीलाई हामी यसरी एक्सपोजर दिन्छौं, वास्तवमा हस्पिटालिटी भनेको सामान्य कुकिङ मात्र होइन यो साइन्ससँग सम्बन्धीत विषय रहेछ भन्ने थाह पाउँछ उनी भन्छन्,‘ विद्यार्थीलाई पढाइसँगै एकाउण्टिङको ट्रेनिङदेखि लिएर अन्य विषयमा पनि तालिमहरू दिन्छौं, साइन्स पढ्ने विद्यार्थीलाई ११ देखि प्रोजेक्ट फोकस गरेर लगिएको छ ।’ टेक्सासले अब किताब राम्रो पढाउनुपर्छ, पढ्नुपर्छ, राम्रो नम्बर ल्याउनुपर्छ भन्नेमात्र सोचाइ राख्दैन । विद्यार्थीलाई करियरमा अगाडि बढाउनको लागि सीप पनि चाहिन्छ र सिपसँगै ज्ञान पनि ११ कक्षादेखि दिदैँ जानुपर्छ भन्ने टेक्सासले ध्यान दिएको छ । विद्यार्थीले पढेरमात्र हुँदैन । उनीहरूले अनिवार्य प्रस्तुति गर्नुपर्छ । यस्तो कुराले उनीहरूलाई आत्मविश्वास दिलाउँछ ।  विद्यार्थी स्कुलभित्र मात्र नभइ मार्केटमा जाँदा पनि उ बोल्न सकोस् भन्ने हेतुले विभिन्न कार्यक्रमहरू गरिरहेका छौं । विद्यार्थीलाई दक्ष बनाउने त्यही अनुसारको दक्ष जनशक्ति आवश्यक पर्छ । टेक्सासले शिक्षकहरूलाई बेलाबेला विषयविज्ञहरू बोलाएर तालिम दिन्छ । कसरी विद्यार्थीलाई सजिलो तरिकाले रुचि पूवक पढाउने भन्ने विषयमा पनि कलेजले ध्यान दिन्छ ।  प्राविधिक विषयमा विद्यार्थीको रुचि कक्षा ११ मा भर्ना हुन तथा कलेजका बारेमा बुझन आउनेहरूको टेक्सासमा भिड दिनहुँ भिड लाग्ने गरेको छ । कलेजका अनुसार आजभोलि दिनहुँ पाँच भन्दा बढी विद्यार्थी अभिभावक कलेजमा आइरहेका छन् । कलेजमा अध्ययनका लागि र बुझ्न गर्न आउनेहरूसँग कुरा गर्दा प्राविधिक विषयमा विद्यार्थीहरू रुचि बढी गएको पाइन्छ ।  पोख्रेल भन्छन्, ‘अहिलेको समय, सामाजिको सञ्जालको प्रयोगले पनि हुन सक्छ विद्यार्थीको प्राविधिक विषयमा बढी रुचि छ ।’  टेक्सासमा आउने विद्यार्थीहरू धेरै जसो विज्ञान र व्यवस्थापनतिर आए पनि कम्पुयटर साइन्स, होटेल म्यानेजमन्ट तिर बढी जान्छन् ।  ‘विद्यार्थीको यस्तो रुचि छ कि मैले भोलि जे पढे पनि भोलि रोजगारी पाउनुपर्छ भन्ने सोच हुन्छ । अहिले अभिभावकले यही पढ, तिमी यस्तै बन्नुपर्छ भन्ने दबाब पनि दिइएको पाइँदैन । जे पढोस्, तर राम्रो गरोस् भन्ने उनीहरूको चाहना हुन्छ,’ उनले भने ।   

विद्यार्थीलाई कथा बुन्न सिकाइरहेको क्यानोपी नेपाल

काठमाडौं । मान्छेले अरुको कुरामा बयान गर्न सक्छ । प्रायः आफ्नो बारेमा भन्न सक्दैन । कुनै ठाउँमा तपाईं आफ्नो बारेमा लेख्नुहोस् अथवा भन्नुहोस् भन्दा एकछिन के लेख्ने अकमक हुन्छ । किन कि हामीलाई आफ्नो बारेमा भन्न सिकाइएको हुँदैन । हामीले पढ्ने पाठ्यक्रममा स्टोरी टेलिङको कुरा छैन । शिक्षकहरूले पनि पाठ्यक्रममा भएका कुरालाई कसरी सिकाउने, कसरी विद्यार्थीलाई कण्ठ पार्न लगाउने भन्नेमा बढी जोड दिएको पाइन्छ । जसका कारण प्रायः व्यक्ति आफ्नो बारेमा लेख्न र व्यक्त गर्न सक्दैन । जसको असर अहिले तपाईं हामीले आफ्नो बारेमा भन्न नसक्नु हो ।  अहिले विद्यालय शिक्षादेखि नै विद्यार्थीलाई आफ्नो बारेमा भन्न सक्नु अथवा आफ्नो कथा बुन्न सिकाउनुपर्ने कुरा पनि उठ्दै आएको छ । कतिपय कलेजले वार्षिक क्यालेन्डरमा स्टोरी टेलिङको कुरा समावेश गरेमात्र छैनन्, कार्यक्रम पनि गर्दै आएका छन् । तर, अहिले विद्यालय तहबाटै यस्ता कुरा सिकाउनुपर्ने आवाज उठ्न थालेको छ । शिक्षाको क्षेत्रमा काम गर्ने कतिपय संघ सस्था र व्यक्तिले विद्यार्थी पढ्न, लेख्नसँगै कथा भन्न र लेख्न सक्ने बनाउनुपर्नेमा जोड दिइरहेका छन् । उनीहरू सरकारलाई दबाब स्वरुप आफै कार्यक्रम सञ्चालन गरिरहेका छन् यसैमध्येको एक शैक्षिक संस्था हो क्यानोपी नेपाल । यसले विद्यालय बाहिर रहेका बालबालिकालाई छात्रवृत्तिको माध्यमबाट शिक्षाको पहुँचमा ल्याउनुका साथै त्यस्ता विद्यार्थीलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ भने विभिन्न स्थानीय पालिकासँग मिलेर विद्यालयमा कथा बुनौं कार्यक्रम सुरु गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भई विद्यालयको पहुँचमा पुग्न नसकेका वा विद्यालयको पहुँचमा भएर पनि पढ्न नसक्ने अवस्थाका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने काम गरिरहेको छ ।  क्यानोपीका कार्यकारी निर्देशक अंगिरस कार्की विद्यार्थीलाई विद्यालयमा भर्ना गर्नु मात्र नभई उनीहरूलाई चाहिने अभिभावकीय भूमिका समेत आफूहरूले गरिरहेको बताउँछन् ।  डर लाग्दो ड्रप आउट नेपालमा विद्यार्थी ड्रप आउटको संख्या अझै डर लाग्दो छ । युनिसेफको एक तथ्याङ्कले कक्षा १ मा भर्ना हुने सय जना विद्यार्थीमध्ये जम्मा २७ जना बच्चाहरू माध्यमिक तहसम्म पुग्ने गरेको देखाएको छ । सरकारले कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा र कक्षा १२ सम्म निःशुल्क भने पनि विद्यार्थी ड्रप आउटको संख्या घट्न सकेको छैन । नेपालको यस्तो अवस्थामा शिक्षाको पहुँच बाहिर रहेका विद्यार्थीलाई छात्रवृत्ति मार्फत शिक्षाको पहुँचमा ल्याउने काम आफूहरूले गरिरहेको कार्की बताउँछन् ।   ‘हामीले छात्रवृत्ति दिएका बालबालिकालाई स्कुल भर्ना गर्ने मात्र नभई मेन्टरसिप, साइकोसोसेल काउन्सिल, करियर काउन्सिलिङ दिएर जबसम्म आत्मनिर्भर शिक्षा नसकुन्जेल सहयोग गर्ने काम गर्छौ,’ उनले भने ।  कार्कीले स्थानीय सरकारहरूसँग मिलेर पाठ्यक्रम विकासमा पनि यो संस्थाले काम गरिरहेको बताए । क्यानोपीको सहयोग मार्फत अहिलेसम्म ४० जना विद्यार्थी ग्रायजुएट भइसकेका छन् भने उनीहरू मध्ये केही विद्यार्थी बैंक, नेपाल एयरलाइन्स लगायतका विभिन्न कम्पनीमा काम गरिरहेका छन् । यसरी पढेका विद्यार्थीहरू अहिले आफै यो अभियानमा लागिरहेका छन् ।  विद्यार्थी छनोट प्रक्रिया  आर्थिक अवस्था कमजोर भएका अभिभावकमा पनि छोराछोरी पढाउनुपर्छ भन्ने चेत आइसकेको छ । तर, नेपालका सामुदायिक केही विद्यालय भन्दा अन्य विद्यालयको शिक्षाको अवस्था राम्रो छैन । अहिले पनि सामुदायिक स्कुलमा पढ्ने विद्यार्थीलाई पाठ्यक्रम भित्रकै पढाइएका कुराहरू पनि राम्रोसँग आउँदैन । दिनहुँ विद्यालय आउने, जाने परीक्षामा चिट चोरेर वा चोराइएर पास हुने प्रवृती सामुदायिक विद्यालयको छ ।  यस्तो शिक्षा पाएका विद्यार्थीलाई अहिलेको ग्लोबलाइजेसनमा प्रतिस्पर्धा गर्न समस्या छ । कतिपय बालबालिका साँच्चिकै आर्थिक अभावकै कारण विद्यालयको पहुँच बाहिर छन् । अभिभावक जसले दिनभरी मजदुरी गरेर पढाइरहेका छन् त्यस्ता विद्यार्थीलाई यस्तो छात्रवृत्ति दिइन्छ । यसका लागि माघ महिनामा आवेदन खुलाएर विद्यार्थीको अवस्था, पारिवारिक अवस्था सम्बन्धित पालिकाको सिफारिस पत्रका आधारमा बालबालिका छनोट गर्ने गरिन्छ । अहिलेसम्म छात्रवृत्ति पाएर अध्ययन गरिरहेका बालबालिकाको संख्या बढी छ । आर्थिक अवस्था कमजोर भएका ज्यामी गरिरहेकाहरूका बच्चाहरु बढी छन् । अध्ययनले पनि छात्र भन्दा छात्राको ड्रप आउट धेरै रहेको देखाएको छ ।  ‘हामीले पढाइदिने भनेर लिँदैनौ, उनीहरूकै अभिभावकसँग राखेर घरको आर्थिक अवस्था हेरेर जिम्मामा लिइसकेका बालबालिकाको खाने बस्नेदेखि लिएर हरेक कुरा हेर्छौ,’ कार्की भन्छन्, ‘यसमा हाम्रो भूमिका दोस्रो अभिभावकीय हुन्छ ।’  अहिलेसम्म धादिङ र काठमाडौं उपत्यका भित्रका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने प्रयास गरिरहेको छ । नुवाकोटमा पनि पहिले कार्यक्रम गरेको र उनीहरू ग्रायजुएट भइसकेका छन् ।  महँगो शिक्षा हरेक देशले शिक्षालाई सुलभ बनाएका हुन्छन् । देश विकासको मेरुदण्ड नै शिक्षा हो । तर, नेपालमा शिक्षा दुई प्रकारको छ । एक निकै महँगो छ, जो सामान्य वर्गका छोराछोरीको पहँचमा हुँदैन, अर्को पहुँचमा छ तर गुणस्तरको छैन । नेपालमा पाइने दुई प्रकारको शिक्षाले नै कमजोरलाई झन कमजोर र बलियोलाई अझ महजुत बनाइरहेको छ । कार्की विद्यार्थीहरू ड्रप आउटको एउटा कारण यो पनि हुन सक्ने बताउँछन् । नेपालमा शिक्षा निकै महंगो भइरहेको छ ।  काठमाडौंमा राम्रा भनिएका नाम चलेका निजी विद्यालयको शुल्क उत्तिकै चर्को छ । तर, यसो भनिरहँदा सामुदायिक स्कुलको भन्दा राम्रो शिक्षा निजीले नै दिइरहेका छन् । निजीले पैसा महँगो लिए पनि लगानी पनि गरेको पाइन्छ । शिक्षकको तालिमदेखि अन्य विद्यार्थीको सेवा सुविधामा पनि लगानी गरेको देखिन्छ । तर सरकारी विद्यालयले शिक्षकहरूलाई तालिम दिएको छ भन्ने सुनिन्छ तर लागु भएको देखिंदैन ।  अंगिरस कार्की निजी विद्यालयको शुल्क अलि कम गर्न सक्यो र सामुदायिक विद्यालयको शिक्षामा ध्यान पुरयाउन सक्यो भने राम्रो हुन सक्छ । ‘सरकारले निःशुल्क शिक्षा भनेको छ । तर त्यहाँ पनि विभिन्न शीर्षकमा विद्यालयले शुल्क लिइरहेका हुन्छन् । विद्यालयको शुल्क निःशुल्क भनेमात्र समस्या समाधान हुँदैन धेरै कुराहरू किन्नुपर्ने बाध्यता हुन्छ । जसका कारण विद्यार्थी अझै शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता छ,’ उनी भन्छन्,  ‘सरकारले अझै पनि जति शिक्षामा लगानी गर्नुपर्थ्याे त्यो गरेको छैन ।’  कथा बुनौं कार्यक्रम हरेक बालबालिका भित्र फरक क्षमता हुन्छ । कुनै न कुनै विषयमा क्षमता नभएको व्यक्ति सायदै हुँदैन । तर कस्ता बालबालिकामा कस्तो क्षमता छ भन्ने कुरा प्रायः नेपालमा हेरिदैन । यसको एउटै कारण हो विद्यालयमा उनीहरू आफ्नो कथा बुन्न सिकाए हुँदैन । उनीहरूलाई आफ्नो सपना थाह नहुँदा जस्तो अरुलाई देख्यो उनस्तै बन्न चाहन्छन् । केही दिन पहिले स्कुलका विद्यार्थीलाई कथा बुन्न सिकाउने कार्यक्रम अन्तर्गत अंगिरस धादिङको एउटा विद्यालयमा पुगे । त्यहाँ पुगेर विद्यार्थीलाई तपाइको सपना के छ भनेर सोधे । सुरुमा कोही विद्यार्थी बोलेनन्  विस्तारै उनीहरूसँग नजिक जाँदा केहीले आफ्नो सपना सेयर गरे ।  उनीहरूले आफ्नो सपना ट्याक्टर ड्राइभर बन्ने रहेको बताए । किन उनीहरू ड्राइभर त्यो पनि ट्याक्टरको भन्ने लाग्यो । उनले विद्यार्थीलाई फेरि जिज्ञासा राखे । बिस्तारै थाह भयो उनीहरूले गाउँमा सबैभन्दा राम्रो कसैलाई देखेका छन् भने ति हुन् ट्याक्टर ड्राइभर । गाउँमा भर्खर बन्दै गरेका सडकमा त्यसमा गुड्ने ट्याक्टर ड्राइभरले ठूलो स्पिकरमा गित बजाउँदै हिँडेको, हातमा मोबाइल बोकेको देखेका बालबालिकाहरूको सपना पनि त्यही ट्याक्टर ड्राइभर बन्ने भयो । अब हाम्रो बच्चाहरुको सपना के यही मात्र होे त?,’ उनी भन्छन्,‘ ‘यो भन्दा अगाडी कहिल्यै कसैले विद्यार्थीलाई तपाइको सपना के सायद भनेको भए, कसैले बोल्न सिकाएको भए यो भन्दा फरक र ठूलो सपना उनीहरूले देख्न सक्थे ।’  क्यानोपीले अहिले धादिङ, नुवाकोट लगायतका बागमती प्रदेशका विभिन्न विद्यालयमा कथा बुनौं कार्यक्रम सुरु गरेर विद्यार्थीलाई आफ्नो बारेमा लेख्ने, बोल्न लगाउने कार्यक्रम गरिरहेको छ । सँगै अहिले सिन्धुली, नुवाकोट बागमती प्रदेशका स्थानीय तहसँग मिलेर स्टोरी टेलिङको पाठ्यक्रम नै तयार गरिरहेको छ । धादिङको शिद्धलेक गाउँपालिकाको दुई वटा विद्यालयमा कार्यक्रम गर्दा परिणाम राम्रो देखिएपछि पालिकाले सबै विद्यालयमा कथा बनौं कार्यक्रम सुरु गरेको छ । दुई सय भन्दा बढी स्कुलमा यो कार्यक्रम सुरु गरिएको छ । कथा बुनौं किन ? ‘म आफै पनि कथा सुन्दै हुर्केको मान्छे हुँ,’ कार्की भन्छन्, ‘मैले कथाबाटै धेरै कुरा सिकेको पनि छु, कथा सुनाउँदा एउटा रमाइलो हुने नै भयो अर्को सिकाइ पनि हुन्छ ।’ अहिले पनि विद्यार्थीलाई आउ म तिमिलाई लेख्न सिकाइदिन्छु भन्दा प्राय कोही आउँदैन । तर कथा लेख्न भन्दा उत्साहित हुन्छन् । विद्यालयमा पढाइ हुन्छ तर एक्सप्रेस गर्न सिकाइरहेको हुँदैन । सुन्न सिकाइएको हुन्छ बोल्न सिकाइएको हुँदैन ।  विद्यार्थीलाई सिकाइसँगै बोल्न पनि सिकाइनुपर्छ । कतिलाई लेख्न आउँछ बोल्न आउँदैन, लेखाइभित्र पनि प्यारा छुट्याउन आउँदैन । नेपालको पाठ्यक्रले यो कुरालाई समावेश गरेको पाइँदैन । पाठ्यक्रममा समावेश गराउने पहल गरिरहेका छौं । स्थानीय सरकार मन्त्रालयसँग छलफल गरेका छौं । शिक्षा पढ लेख्न मात्र नभइ अवसर निर्माण गर्न र दिनको लागि पनि आवश्यक हुन्छ ।  अहिले प्रायः विद्यार्थी आफ्नो शिक्षाबाट खुसी छैनन् । यो प्रणालीमा कहीँ न कहीँ अझै त्रुटी छ । तर परिवर्तन अझै हुन सकेको छैन । उनी यो प्रणालीलाई परिवर्तन गर्न आफूहरू लागि परेको बताउँछन् । विद्यार्थी कक्षा कोठामा पढाइ, सिकाइसँगै रमाउन पनि पाउन पर्छ । शिक्षाले गर्दा नै मान्छे ठूलो हुने हो र शिक्षा नै अवसर पाइने हो । तर यो अवसर नेपाली बालबालिकाले पाएका छैनन् ।  देशविकास गर्ने भनेर लागिरहेको अवस्थामा बच्चाहरू नै पढ्न पाएका छैनन भने कसरी हुन्छ । अहिले नेपाली युवाहरू धेरैजसो बाहिर गइरहेका छन् तर यति फरक छ । राम्रो पढे-लेखेकाहरू अस्ट्रेलिया, अमेरिकाका गएका छन् नपढेकाहरू खाडी । तर हाम्राे उद्देश्य खाडीमै जानेहरूले पनि राम्रो सीप सिकेर जाँदा सम्मानित काम गर्न पाउन भन्ने हो । कक्षा कोठामा किताबी कुरा पढाइन्छ गृहकार्य पनि दिइन्छ तर रुचि के हो भनेर सोधिँदैन । यो पनि विद्यार्थीलाई सिकाउन आवश्यक छ । कक्षा कोठाभित्र यति सिकाउन सकियो भने भोलि पढेर गएका विद्यार्थीलाई काम खोज्न सहज हुन्छ उनीहरूले आफ्नो बारेमा भन्न सक्छन् । बच्चाहरुलाई हास्ने खेल्ने सिक्ने वातावरण बनाइदिनु पर्छ ।  शिक्षाको झिनो बद्लिँदो अवस्था  हामीले नेपालको शिक्षालाई लिएर निरास हुनुपर्ने अवस्था पक्कै छैन । पहिलेको भन्दा केही राम्रो भइरहेको छ । जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले काठमाडौंमा रहेको विद्यालयले बुक फ्री फ्राइडे कार्यक्रम गरिरहेका छन् । यसबाट पनि विद्यार्थीहरू विभिन्न सीप सिकिरहेको छन्  । यो राम्रो काम हो । अहिले एकै छिनमा नभए पनि विस्तारै राम्रो हुन्छ भन्ने आशा छ ।  स्थानीय तहले गर्न सक्यो भने धेरै काम गर्न सकिन्छ । किनकि उनीहरूलाई आफ्नो गाउँठाउँको सबै काम थाह हुन्छ । कतिपय पालिकाहरूले गरि पनि रहेका छन् । क्यानोपीले तत्काल अहिलेका कार्यक्रमलाई  निरन्तरता दिने सोच बनाएको छ । ‘बच्चाहरु अझै विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालय ल्याउनुपर्ने छ,’ कार्की भन्छन्,‘ शिक्षाको पहुँचमा ल्याएरमात्र होइन गुणस्तरिय शिक्षा दिनुपर्यो । शिक्षकको समस्या उस्तै छ, शिक्षा विद्येयक आएको छैन ।’ अहिले एकजना शिक्षकले एक कक्षामा ४५ मिनेटमा ४५ जनालाई हेर्नुपर्ने हुन्छ । शिक्षकले ४५ मिनेटमा के के जाँच गर्ने उनीहरूले चाहेर पनि गर्न सक्दैनन् । कार्की अहिलेको अवस्थामा नेपालमा गुणस्तरीय शिक्षा दिन निकै आवश्यक रहेको बताउँछन् । उनका अनुसार गुणस्तरीय शिक्षा भित्र मुख्य गरी तीन कुरा हुनुपर्छ  । पहिलो, सामुदायिक स्कुलमा फण्डिङ बढाउनुपर्छ । जसबाट शिक्षकहरूले राम्रो प्रशिक्षण पाउन सकुन् । जसका कारण बच्चाहरूको सिकाइ राम्रो होस् । बच्चाहरूले स्कुल जान खोज्दा करले होइन रहरले जाने वातावरण बनाइयोस् ।  दोस्रो,  इन्ट्राक्टिभ लर्निङ  हुनुपर्छ ।  रमाइलो वातावरणमा सिकाउने र कसरी मुल्यांकन गर्ने भन्नेबारे पनि ध्यान दिनुपर्छ । तेस्रो, शिक्षकलाई सेवा सुविधा पनि राम्रो हुनुपर्छ यसो हुँदा उनीहरूलाई पनि उत्साह हुन्छ र परिणाम पनि राम्रो दिन सक्छन् । 

निजामती विधेयक जस्तै शिक्षा विधेयकमा चलखेल हुने आशंका, शिक्षक फेरि सडकमा आउने

काठमाडौं । शिक्षकहरूसँगको सहमतिअनुसार असार १५ गते विद्यालय शिक्षा विधेयक पारित  भइसक्नुपथ्र्यो । तर १९ गतेसम्म पनि विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट नै पारित हुन सकेको छैन ।  गत चैत्र १७ गते नेपाल शिक्षक महासंघसँग भएको सम्झौतामा असार १५ गते विधेयक पारित गरिसक्ने लिखित रूपमै सहमत भएको थियो । तर, विधेयक पारित हुनुको सट्टा अझै समितिमै थन्किएको छ ।  सहमतिअनुसार निर्धारित मितिमै विधेयक पास गर्न समितिले निरन्तर छलफलसमेत गरेको थियो । समितिले उपसमिति बनाइ डेढ महिनासम्म घनीभूत छलफल गर्दा धेरै विषयमा सहमति पनि जुट्यो । बाँकी रहेको विषयमा समितिभित्र पनि छलफल चल्यो । विवादित धेरै विषयमा सहमति पनि भइसकेको थियो ।  तर अन्तिम समयमा समितिबाट पास हुन खोज्दा सरकारले नै अड्काउन खोज्यो । विवादित विषयमा सहमति जुटाइ अन्तिम अवस्थामा पुगेको बेला शिक्षक छनोटको विषयलाई लिएर  नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले अड्को थाप्दा र शिक्षामन्त्रीले हैसियत देखाउँदा बैठक नै अनिश्चित समयका लागि स्थगित भएको छ  । घिमिरे र मन्त्री पन्तको अडानको आशय विद्यालय शिक्षा विधेयकमा सरकारको अरुचि भन्दा फरक पर्दैन । विधेयकमा देखिएका विवादित विषयमा समेत सहमति जुटाएर पास गर्ने बेलामा एकाएक कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र मन्त्री पन्तले थप छलफल गर्नुपर्ने बताएपछि सबै सांसद रुष्ट भएका थिए । तर मन्त्री पन्तले ‘मन्त्रीले हुँदैन’ भनिसकेको बेला जबर्जस्ती पास गर्न चेतावनी नै दिएका थिए । केही दिनदेखि निरन्तर रूपमा संसदमा छलफल गरेका सांसदहरूले सरकारले नै विधेयक अगाडि बढाउन नचाहेको बताए ।  घिमिरेले राखेको अडान के हो ?  अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग नेपाल शिक्षकको सबैभन्दा पहिलो माग नै हो भन्दा फरक नपर्ला । अस्थायी शिक्षकलाई स्थायी गर्ने कि गोल्ड ह्यान्डचेक दिएर बिदाइ गर्ने भन्ने विषयमा लामो समयसम्म बहस चल्यो । अन्तिममा आएर शिक्षा समितिबाट अस्थायी शिक्षक स्थायी गर्दा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रक्रियाबाट छनोट गर्ने सहमति भयो । तर यो सहमतिमा नेपाली कांग्रेसले भाँजो हाल्यो ।  सचेतक घिमिरेले छुट्टै अडान राखे जसका कारण विधेयक समितिबाट पारित हुन सकेन । यसअघि  शिक्षक र सरकारबीच ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाबाट शिक्षक छनोट गर्ने सहमति भएकोमा घिमिरेले खुलालाई २५ प्रतिशत बनाउनुपर्ने भनेपछि मत विभाजित भयो । घिमिरेको यो अडानपछि शिक्षामन्त्री रघुजी पन्तले पनि यो विषयमा थप छलफल गर्न समय माग गरेका छन् । सबै दलका सांसद सहमति हुँदा घिमिरे र मन्त्री पन्तका कारण विधेयक संसदीय समितिमा जना नसकेको विपक्षी दलका नेताहरू बताउँछन् । नेपाल शिक्षक महासंघका प्रतिनिधि पनि सत्तामा रहेका दुई ठूला दल नै विधेयक ल्याउनेमा अग्रसर नदेखिएको बताउँछन् । महासंघले १७ गते नै सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिइसकेको छ । नेपाल शिक्षक महासंघका सह अध्यक्ष नानुमाया पराजुली महासंघ अहिले पर्ख र हेरको विषयमा रहेको बताउँछिन् ।  ‘हामीलाई दिएको समय घर्किसक्यो, यसको मतलब सरकारले प्रतिबद्धता पूरा गरेन,’ उनी भन्छिन्, ‘शिक्षामन्त्रीले समय पुगेन भन्नुभएको छ, कांग्रेसका सचेतकज्यूले पनि त्यसै भन्नुभएको छ, हुनसक्छ सकारात्मक ढंगले टुङ्ग्याउने योजना होला ।’ सरकारले यो वा त्यो बहानामा आफ्नो दायित्वबाट पन्छिन नहुने पराजुलीको भनाइ छ । ‘ऐन नल्याउने षड्यन्त्र हुने हो भने शिक्षक महासंघ हेरेर बस्दैन, हामीले १७ गते नै विज्ञप्ति निकालेर भनिसकेका छौं,’ उनी भन्छिन्, ‘लगातार गरिएको घनीभूत छलफलपछि सरकार पछाडि नहट्ला । यदि यस्तो अवस्था आयो भने परिणाम नराम्रो हुन्छ ।’  निजामतीको हलचलले अलमलमा निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ पिरियडको विवादले अहिले नेपालको राजनीति तरङ्गित बनेको छ । संसदीय समितिको राज्य व्यवस्था समितिबाट पास भइ १५ गते प्रतिनिधिसभाबाट समेत पारित भइसकेको  विधेयक राष्ट्रिय सभामा छलफलको लागि जाँदा सहमति विपरीत बुँदा थपिएर आएपछि हलचल मच्चिएको हो।  संसददेखि सांसदको ध्यान निजामती विधेयकतिर जाँदा विद्यालय शिक्षा विधेयक अलमलमा परेको छ । कतिपय शिक्षकहरू भने विद्यालय शिक्षा विधेयकमा पनि यस्तै चलखेलको आशंका गरिरहेका छन् । अहिले संसदमा भइरहेको दृश्य र सांसदहरू गरिरहेको क्रियाकलापलाई सरकारको कही नभएको जात्रा भनिरहेका छन् । ल्याउनुपर्ने आवश्यक कानुनमा ध्यान नदिइ अनावश्यक मुद्दामा संसद अल्झेको भन्दै यसले संसद सरकार र सांसद सबैको चरित्र स्पष्ट पारेको बताउँछन् ।  शिक्षाविद् प्राडा. विद्यानाथ कोइराला विधेयक पारित नहुँदा अवस्था झन जटिल हुने भन्दै शिक्षकहरू दिएको समयसीमा असार २३ गते भित्रमै विधेयक पारित हुनुपर्ने बताउँछन् । उनी समितिबाट पर्याप्त छलफल भइसकेको अवस्थामा समितिमै अड्काउन उचित नहुने बताउँछन्।  भन्छन्, ‘सायद प्रधानमन्त्री स्वदेश फर्किने आशामा पनि होल्ड गरिएको हुनसक्छ, अब २३ गते समय दिएको छ, यो समयमा विद्येयक आयो भने सबै समस्याहरू सल्टिँदै जाने छ ।’  पर्याप्त छलफल भइसकेको अवस्थामा निजामती विधेयक पारित गरेजस्तो प्रतिनिधिसभामा पेश गरेर ताली बजाउन सकिने कोइराला बताउँछन् । ‘उपसमितिले बनाएको कुरा समितिले फरबदल गर्यो, समितिमा सहमति भइसकेपछि संसदमा कुरै नहुन सक्छ,’ उनी भन्छन्, ‘अस्थायी शिक्षकलाई स्थायी बनाउनु जुन ६०,४०,७५,२५ को कुरामा अड्किएको छ यो विषयमा त्यति अप्ठ्यारो नपर्न सक्छ ।’  कोइराला यो बेला पनि विधेयक नआउने हो भने सामुदायिक विद्यालयका शिक्षकले निहुँमात्र खोजिरहने र यसको फाइदा निजी विद्यालयले लिने दाबी गर्छन् । यस्तो अवस्थामा आम नागरिकले नै दुख पाउने उनको भनाइ छ ।  शिक्षकका नेताहरू दलका नेतासँग भेट्दै  विद्यालय शिक्षा विधेयक लिएरमात्र घर फर्किने भन्दै आन्दोलनपछि पनि केही शिक्षकहरू काठमाडौंमै छन् । नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली , महासचिव तुला थापा लगायतका केही शिक्षकहरू चैतदेखि निरन्तर काठमाडौंमै छन् ।  १५ गते विधेयक पारित हुनुको साटो संसदीय समिति बैठक नै स्थगित हुँदा उनीहरूको दौडधुप चलेको छ । काठमाडौंमा रहेर विभिन्न राजनीतिक दल, मन्त्रीहरू भेटिरहेका उनीहरू समिति बैठक स्थगितपछि नेताहरूको निवास धाउन थालेका छन् । सभामुख देवराज घिमिरेदेखि विभिन्न मन्त्री र नेतासँगको भेटघाटमा व्यस्त छन् । सरकारले दिएको समयसीमामा संसदीय समितिबाट विधेयक पारित नहुँदा शिक्षक नेताहरू निवासमै पुगेर भेट गर्न थालेका हुन् ।  महासंघमा आवद्ध नेताहरू आफू आवद्ध दलका नेताहरूको निसावमै पुगेर भेट गरिरहेका छन् । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंशबहादुर शाहीको टोलीले सभामुख घिमिरे, एमाले सचेतक महेश बर्तौला लगायतलाइ भेटेर ध्यानाकर्षण गराएका छन्।   नेपाली कांग्रेससँग निकट नेपाल शिक्षक संघले पनि कांग्रेस उपसभाति पूर्णबहादुर खड्का निवासमै पुगेर ध्यानाकर्षण गराएको छ ।  सत्तारूढदल निकट शिक्षकहरू नेताहरू भेटिरहँदा प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी लगायत एकीकृत समाजवादी निकट शिक्षकहरूले पनि नेताहरूलाई भेटेर दबाब दिइरहेका छन् ।  

करिअर काउन्सिलिङपछि सही विषय छनोट

काठमाडौं । एसईईको नतिजा जब आउँछ तब धेरै विद्यार्थीलाई तनाव हुन्छ । के विषय पढ्ने कहाँ पढ्ने, किन पढ्ने ? तर आजभोलिको पुस्ता स्मार्ट भइसकेको छ । कुन विषयमा आफ्‌नो रुचि छ त्यो विषयबारे इन्टरनेटमा सर्च गर्दै विद्यार्थीले समस्याको समाधान गरिसकेका हुन्छन् । तर अहिलेको पुस्ता स्मार्ट छ भन्दैमा कसैलाई गाइड गर्नुपर्दैन भन्ने चाहिँ होइन ।  २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा यो वर्ष ६१ प्रतिशत बढी विद्यार्थी ग्रेड भएका छन् । अर्थात् उनीहरू कक्षामा पढ्न योग्य भएका छन् । अहिले कक्षा १२ सम्मको शिक्षा विद्यालय तहको शिक्षाभित्र राखिएको छ । तर विद्यार्थीहरूको  मस्तिष्कमा पहिलेकै फलामे ढोकाको छाप परेको छ ।  विद्यार्थी परीक्षाको नतिजालाई लिएर जति चिन्तित् हुन्छन् त्यत्तिकै चिन्तित् कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने विषयमा समेत लिने गरेको मनोविद्हरू बताउँछन् ।  यस्तो बेलामा विद्यार्थीलाई करिअर काउन्सिलङसँगै मानसिक काउन्सिलङको पनि आवश्यकता पर्ने उनीहरूको तर्क छ । मनोविज्ञ इन्दिरा प्रधान सबैभन्दा पहिले बच्चाको रुचिमा ध्यान दिनुपर्ने बताउँछिन् । कहिलेकाँही रुचि एकातिर, क्षमता अर्कोतिर हुँदा समस्या निम्तने गरेको बताउँदै उनी यसो हुँदा जुन विद्यार्थीले देखाउन सक्ने क्षमता हो त्यो नदेखिने दाबी गर्छिन् ।  ‘एसईई दिने विद्यार्थी भनेको १५/१६ वर्षका बालबालिकाहरू हुन्छन्, कतियपलाई यो उमेरमा केही ज्ञान भए पनि धेरै जसोलाई के गर्ने कसो गर्ने भन्ने जानकारी हुँदैन,’ उनी भन्छिन्, ‘यो बेलामा बच्चाहरूले बुझरै म यो गर्छु पनि भन्न हुँदैन र अभिभावकले दबाव पनि दिन हुँदैन ।’  मनोविज्ञ प्रधान यस्तो बेला आमा बुवा र परिवारले आफूलाई थाहा भएको विषयमा उपाय, सल्लाह दिन सक्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘तिमीले यही गर्नुपर्छ भनेर दबाब दिनुभन्दा विज्ञान पढ्दा योयो विषय पढ्नुपर्छ, भोलि यस्तो हुनसक्छ, गणित पढ्दा भोलिको सम्भावना यो हुनसक्छ भनी घरभित्रै छलफल चलाउनुपर्छ ।’ कुनै विषय पढिसकेपछि यो बन्नु भन्ने हुँदैन । साइन्स पढेको व्यक्तिहरू शिक्षक पनि बनेका छन् भने कृषक पनि बनेका छन् । शिक्षा पढेकाहरू प्रशासक बनेका छन् । भोलिको कुरा निश्चित हुँदैन । यतिबेला अहिलेको अवस्थामा कुन विषय राम्रो हो र आफ्‌नो क्षमताले कति सकिन्छ भन्ने विषयमा खासगरी ध्यान दिनुपर्ने हुन्छ । साथै आर्थिक पक्षमा पनि परिवारभित्र छलफल गर्न आवश्यक छ । वास्तविक धरातल नबिर्सी आमाबुवाको गक्ष हेरेर पढ्ने विषय रोज्नुपर्छ । प्रधान अभिभावक र सन्तानबीच मजाले कुराकानी हुनुपर्नेमा जोड दिन्छिन् ।  काठमाडौंको नीलबराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल विद्यार्थीले सबैभन्दा पहिले आफ्‌नो रुचि बुझ्‌नुपर्ने बताउँछिन् । विषय छनोट गर्नुभन्दा अगाडि आफैले आफ्‌नो परीक्षा लिनुपर्ने उनी सुझाउँछिन् ।  ‘विद्यार्थीले भोलि गएर आफू बन्न चाहेको के हो, त्यो विषय पढ्दा राम्रो हुन्छ । यसरी रोजिसकेको विषयमा त्यही अनुसारको मिहिनेत गर्यो भने पक्कै त्यो विद्यार्थीले भोलि राम्रो गर्न सक्छ ।’ हरेक विद्यार्थीको चाहना फरक हुन्छ । कसैलाई साहित्यकार हुन मन लाग्छ, कसैलाई शिक्षक, कसैलाई व्यवस्थापक, कसैलाई डाक्टर, इन्जिनियर, पत्रकार हरेकको फरक चाहना हुन्छ । आफ्‌नो चाहनाअनुसारको विषय रोजेर भर्ना हुँदा कुनै तनाव लिन नपर्ने उनी बताउँछिन् । भन्छिन्, ‘विद्यार्थीको आनबानीदेखि रुचिका विषय कतिपय अभिभावकभन्दा धेरै कुरा विद्यालयका शिक्षकहरूलाई थाहा हुन्छ, एसईई दिएका भाइबहिनीहरूलाई शिक्षकले पनि काउन्सिलिङ गर्न सक्छन् ।’  नीलबराहीमा कक्षा १० मा पढिरहेका विद्यार्थीलाई अब कसरी अघि बढ्ने कुन विषय रोज्ने भन्ने विषयमा शिक्षकहरूले नै विद्यार्थीलाई काउन्सिलिङ गर्ने कार्य भइरहेको उनले जानकारी दिइन् । रोजाइमा फरक-फरक विषय हरेक व्यक्तिको रोजाइ फरक हुन्छ । विद्यार्थीले रुचि अनुसारको विषय रोज्छन् । आजभोलि विद्यार्थी पढेर मास्टर्सको सर्टिफिकेट हातमा लिनुभन्दा कम समयमा पढेर चाँडो जागिर खाने सोचमा हुन्छन् । यही अभिलाशाले विद्यार्थीको रोजाइ प्राविधिक धारतिर बढी हुन्छ । १८, महिने, दुई/तीन वर्षे कोर्स रोजेर पढाइ सकिनेबित्तिकै जागिर खाने योजनाका साथ विद्यार्थी एसईईपछि बाटो रोज्छन् । तर, विज्ञहरू प्राविधि वा नन् प्राविधिक कोर्ष गर्दा पनि रुचिअनुसार छनोट गर्न सल्लाह दिन्छन् । कुनैपनि विषयमा मिहिनेतका साथ प्रयास गर्यो भने जुनसुकै विषयमा पनि उत्तिकै अवसर रहन्छ ।  पछिल्लो समय शिक्षा र मानविकी संकायमा विद्यार्थीको अरुचि देखिन्छ । तर विज्ञहरू यो संकायमा अध्ययन गर्दा झन् अवसर रहेको बताउँछन् । शिक्षाविद् विनय कुसियत अरूको लहलहैमा लागेर विषय छान्नुभन्दा आफै विषय छनोट गरेर अध्ययन गर्दा फलदायी हुने धारणा राख्छन् । उनी सबै विषय जीवनउपयोगी हुने भएकोले विद्यार्थीको पढाइको स्तरले यस विषयलाई निर्क्यौल गर्ने बताउँछन् ।  ‘आर्थिक क्षमताले धान्न सक्ने र आफूलाई भविष्यमा के बन्ने इच्छा छ, त्यही अनुसार के पढ्ने भन्ने विषय छनोट गर्नुपर्छ,’ उनी भन्छन्, ‘पढाइमा अब्बल विद्यार्थीका लागि सरकारले छात्रवृत्ति पनि दिन्छ, अन्य सेवा सुविधा पनि दिन्छ । त्यसमा नाम निकाल्ने गरी मिहिनेत गर्न सक्यो भने आर्थिक क्षमताले भ्याउन नमिल्ने विषय पनि पढ्न पाइन्छ ।’ एसईईपछि के-के हुन्छ पढाइ ? एसईईपछि नेपालमा प्राविधिक र अप्राविधिक विषय पढाइ हुने गर्छन् । त्यसको लागि प्राविधिक विषय के–के हुन् र अप्राविधिक विषय के–के हुन् भनेर थाहा पाउनुपर्छ । प्राविधिक विषय अन्तर्गत सीटीईभीटीबाट मान्यताप्राप्त १५ महिने तथा १८ महिनेदेखि तीन वर्षे कोर्षहरू हुन्छन् । जुन अप्राविधिक विषयभन्दा केही फरक हुन्छन् । जसमा नर्सिङ, एचए, सीएमए, फार्फेसी ओभरसियर लगायतका विषयहरू पर्छन् । यी विषय लिएर पढ्ने विद्यार्थी तुलनात्मक रूपमा अन्य विषय अथवा अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थी जस्तो बेरोजगार बस्नु पर्दैन । उनीहरूले पढिसकेपछि जागिर नपाउँदा पनि आफै केही गर्न सक्छन् । तर, यी विषय पढ्न पनि त्यत्तिकै मिहिनेत र पैसा लाग्छ । यसको मतलब अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थीले जागिर पाउँदैनन् वा मिहिनेत गर्न पर्दैन भन्ने होइन । छोटो समयमै रोजगारी पाउने वा स्वरोजगार बन्न सक्ने सम्भावना बढी हुन्छ । प्राविधिक विषय एसईई दिएका विद्यार्थीले प्राविधिक विषयतर्फ स्टाफ नर्स पनि पढ्न सक्छन् । यसका लागि एसईई दिनेबित्तिकै तयारी गर्नुपर्छ । त्यसपछि प्रवेश परीक्षामा नाम निकालेर पढ्न सकिन्छ । पछिल्लो समय यो क्षेत्रमा विद्यार्थीको आकर्षण बढ्दो छ । सीएमए, फार्फेसी ओभरसियर र एचएतर्फ विद्यार्थीको आकर्षण छ । विद्यार्थीले यी विषय पढ्न न्यूनतम १८ महिनामा पढ्न सक्छन् । पढाइ सकेपछि विद्यार्थीले काम पाउने सम्भावना धेरै हुन्छ । यी विषय पढ्ने विद्यार्थीले आफै औषधी पसल खोलेर पनि बस्न सक्छन् ।  अप्राविधिक विषय यो विषय भित्र विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विषयहरू पर्छन् । यी विषय पढ्दा पनि मिहिनेत उत्तिकै गर्नुपर्छ । मिहिनेतका साथ राम्रो नम्बर ल्याउँदा विद्यार्थीलाई खाली बस्नु पर्दैन । नेपाली, गणित, अंग्रेजी, जनसंख्या, अर्थशास्त्र, लेखालगायतका विषय लिएर पढ्दा भविष्य राम्रो हुन्छ । कुनै पनि विषय नराम्रो भन्ने हुँदैन । तर, यी विषयमा तपाईंले कत्तिको दख्खल राख्न सक्नुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । मानविकी संकायमा पढ्ने विद्यार्थीहरूले भविष्यमा शिक्षक बन्ने, समाजशास्त्री तथा दर्शनका विषयमा राम्रो दख्खल राख्न सक्छन् । यस्तै, व्यवस्थापन पनि विद्यार्थीका लागि आकर्षक संकायका रूपमा देखिएको छ । यस संकायमा अध्ययन गर्ने विद्यार्थीको माग पनि बजारमा बढी हुन्छ । यो विषय पढेका विद्यार्थीको स्वदेशमा मात्र नभइ विदेशमा पनि उत्तिकै स्कोप छ । यो विषय पढ्ने विद्यार्थीहरू कम्प्युटर साइन्सदेखि होटल म्यानेजमेन्ट, एकाउन्ट, मार्केटिङ, फाइनान्स, इकोनोमिक लगायतका विषयहरू पढ्न मिल्छ । यी विषय पढेका विद्यार्थीहरू शिक्षण पेशादेखि वित्तीय क्षेत्रमा काम गर्ने अवसर मिल्छ। यस्तै, कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पनि विद्यार्थीले पढ्न सक्छन् । तर, विज्ञानमा केही मिहिनेत चाहिन्छ । प्लस टुमा विज्ञान पढेका विद्यार्थीका लागि भविष्यमा डाक्टर, इन्जिनियर र आईटी क्षेत्रमा काम गर्न सकिन्छ । प्लस टुपछि म्यानेजमेन्ट, आर्ट्स लगायतका विभिन्न क्षेत्रमा पनि प्रवेश गर्न सकिन्छ । विज्ञान, प्रविधिमा रुचि भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृतिलगायत क्षेत्रमा भविष्य बनाउन सोंच भएका विद्यार्थीेले मानविकी संकायमा अध्ययन गर्न सक्छन् । डाक्टर, इन्जिनियर, पाइलट, आइटी, म्यानेजमेन्ट, मानविकी, लगायत हरेक क्षेत्रमा करिअर बनाउनको लागि अलिकति मेहिनेत गर्न सक्ने विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा साइन्स एजुकेसन पढ्न विज्ञहरू सुझाव दिन्छन् । विषय पढाइसँगै कलेज छनोट पनि महत्वपूर्ण विषय हो । अहिले गाउँदेखि सहर बजारसम्म जताततै कलेज सञ्चालनमा छन् । विद्यार्थीले राम्रो कलेज छान्न सक्नुपर्छ । शिक्षाविद् डा. कुसियत आफू पढ्ने कलेज कस्तो हो, त्यसमा कस्ता शिक्षक छन्, त्यसको वातावरण कस्तो छ र समाजमा त्यो कलेजप्रतिको दृष्टिकोण कस्तो छ भनेर मात्र भर्ना हुनु पर्ने राय दिन्छन् ।