बिना मगरलाई पछि पार्दै कञ्चनपुर-१ मा रास्वपाका धामी निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी भएका हुन् । उनले ११ हजार ११० मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ मत प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले ८ हजार ८८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले १ हजार ५६० मत प्राप्त गरे। यो क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो ।
गच्छदारलाई पराजित गर्दै रास्वपाका अशोक चौधरी विजयी
काठमाडौं । सुनसरी-३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीले विजयी भएका छन् । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गच्छदारले २० हजार ५०१ मत पाए । यस्तै, नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गरिन् ।
हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी
काठमाडौं । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया ८ हजार ७९६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरे । यस्तै नेकपा (एमाले)का दल फडेराले ४ हजार ३३१, रास्वपाका टासी ल्हाजोमले १ हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरे । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।