काठमाडौंमा शहरी पारवहन दौडाउने तयारी, गृहकार्य तीब्र

काठमाडौं २३, मंसिर । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ। काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो। काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालीले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको  छ। बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइए अनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय लिने बताए।नेपाल समाचारपत्रबाट ।

स्कुल बस र डेलिभरी भ्यान चलाउँनमा कडाई, कार्यालय समयमा चावारी चाप घटाउने नयाँ अभियान

काठमाडौं २२, मंसिर । विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्‍याइसक्नुपर्ने निर्णय गरेको हो। ‘बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय हाताभित्र प्रवेश गराइसक्नु पर्नेछ,’ निर्णयमा भनिएको छ, ‘दिउँसो ४स्३० बजेभित्र विद्यार्थीलाई आ–आफ्नो घर पुर्‍याई सवारीसाधन विद्यालय हाताभित्र प्रवेश गराइसक्नुपर्छ।’ कार्यालय समयमा सडकजाम नियन्त्रणका लागि यस्तो निर्णय गरिएको विभागले जनाएको छ। विभागको संयोजकत्वमा ट्राफिक प्रहरी निर्देशनालयका अधिकारीसमेतको उपस्थितिमा मंसिर २ मा उक्त निर्णय गरेको हो। विभागले निर्णय तत्काल कार्यान्वयन गर्न ट्राफिक निर्देशनालय, उपत्यका आयुक्तको कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्थाका सबै अञ्चल कार्यालयलाई निर्देशन दिएको छ। फाइल तस्बिर त्यसका साथै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई ‘पिक आवर’ मा ट्राफिक प्रहरीले नियन्त्रण गर्न सक्ने भएपछि उक्त निर्णय गरेको बोधार्थ पठाएको छ। ‘प्रत्येक दिन सवारीसाधनको संख्या बढदै गएको छ, सडकको चौडाइ उस्तै छ,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘विद्यार्थी ओसारिसकेपछि विद्यालयका सवारीसाधन सडकमा चलाउन पाइँदैन।’ विभागका अनुसार उपत्यकामा विद्यालयका करिब २ हजार गाडी गुडछन्। त्यसका साथै डेलिभरी भ्यान र पिकअप ९पानी र पेट्रोलियम पदार्थ बोक्नेबाहेक लाई जाम हुने समय बिहान ९ देखि ११ बजे र दिउँसो ४ देखि ६ बजेसम्म रिङरोडभित्र सञ्चालन गर्न नपाइने निर्णय गरेको पाण्डेले जानकारी दिए। विभागले माइक्रो बसभित्र उभिएर यात्रा गराए कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ। ‘फोल्डिङ सिटमा यात्रा गर्न दिन्छौं, उभिएर यात्रा गर्न पाइँदैन,’ उनले भने, ‘साँखु र जोरपाटी सुरु र अन्तिम स्थान हुने गरी कुनै पनि सवारीसाधन इजाजत नदिने पनि निर्णय गरेका छौं, दिएको भए पनि अब नवीकरण गर्दैनौं।’ उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले विभागको निर्णयलाई कार्यान्वनका लागि आन्तरिक सर्कुलर भइसकेको बताए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० का महासविच डीके ढुंगानाले हालको सडक संरचनाको अवस्था हेर्दा यो निर्णय उपयुक्त नभएको र पालना गर्न सम्भव नहुने बताए। ‘साधारणतस् १० बजेदेखि विद्यालयको पठनपाठन सुरु हुन्छ, अनि ९ बजेभित्र विद्यालय हाताभित्र प्रवेश गरिसक्नुपर्ने कसरी सम्भव हुन्छ रु’ उनले भने, ‘अनि दिउँसो ४स्३० बजेभित्र गाडी विद्यालयभित्र प्रवेश गराइसक्न २ बजे विद्यालय बिदा हुनपर्छ, अध्ययन अध्यापन कतिबेला गर्ने ? ‘कार्यालय समयमा त ट्राफिक प्रहरीलाई सवारीसाधनको व्यवस्थापन गर्न हम्मे पर्छ,’ डीआइजी अर्यालले भने, ‘यो निर्णयले केही राहत दिन्छ।’ प्रत्येक दिन सवारीसाधनको संख्या थपिए पनि ट्राफिक जनशक्ति उस्तै रहेको उनले बताए। ‘पिक आवर’ मा विद्यालयका गाडी मात्र नगुडे जाम केही घटने उनले बताए।  कान्तिपुरबाट ।

भूकम्पपीडितले नयाँ ट्याक्सी तत्काल नपाउने, प्रक्रिया नै झन्झटिलो भएकोले ट्याक्सी दर्ता नम्बर आएन

काठमाडौं १९, मंसिर । फारम विवरण भरेको साढे तीन महिना हुँदा पनि सरकारले भूकम्पपीडितलाई ट्याक्सीको दर्ता नम्बर दिन सकेको छैन । सरकारले भूकम्पपीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सी वितरण गर्न गत ५ साउनदेखि २ भदौसम्म फारम भराएको थियो । यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरेर भराइएका फाराम व्यवस्थापन गर्न झन्झटिलो भएकोले दर्ता नम्बर दिन ढिलाइ भएको हो । नम्बर तितरण गर्न अझै साँढे तीन महिनाभन्दा बढी समय लाग्ने बताइएको छ । साना ठूला सवारी साधन यातायात व्यवस्था कार्यालयका अनुसार ट्याक्सीको नम्बर वितरण गर्न अझै तीन महिना लाग्ने छ । सबै फारम व्यवस्थित गर्न नयाँ कम्प्युटर सर्भर बनाउनुपर्ने भएकोले समय लागेको कार्यालयका प्रमुख वसन्त अधिकारी बताए । नयाँ पत्रिका दैनिकबाट ।